काठमाडौंः पछिल्लो केही दिनयता देशभर अविरल वर्षा भइरहेको छ। वर्षाको कारण विभिन्न जिल्लामा बाढी पहिरो गइरहेको छ। बाढीले जनधनको क्षति पुर्याएको छ। सिन्धुपाल्चोक जिल्ला सबै भन्दाबढी प्रभावित बनेको छ। गएको १७ दिनमा देशभर बाढी पहिरोमा परेर २७ (बिहीबार सम्म) जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १८ दिनमा २७ जनाको मृत्यु भएको हो। त्यस्तै २६ जना बेपत्ता भएका…
यूईएफए युरो कपको आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन्। जसमा आज दुई खेल हुनेछन्। आज हुने पहिलो खेलमा स्वीजरल्याण्ड र स्पेन आमनेसामने हुनेछन्। क्रिस्टोभ्स्की स्टेडियममा आज बेलुकी पौने १० बजे खेल सुरु हुनेछ। युरो कपमा यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन्। समूह 'ए' को तेस्रो स्थानमा रहेको स्वीजरल्याण्डले अन्तिम १६ को खेलमा विश्वकप विजेता फ्रान्सलाई स्तब्ध बनाउँदै स्वीजरल्याण्डले क्वाटरफाइनलमा स्थान…
विश्व फुटबलको महारथी जर्मनी जारी युरो कपको अन्तिम १६ बाट बाहिरी सकेको छ। र, यो सँगै १५ वर्ष जर्मनीको प्रशिक्षण सम्हालेका योआखिम लो पनि प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएका छन्। लामो समयसम्म जर्मनीको टिमको कन्सिस्टेन्सीलाई जोगाएर राखेका उनले सन् २०१४ मा जर्मनीलाई विश्वकपको उपाधिसमेत दिलाउन सफल भएका थिए। जारी युरो कपमा जर्मनीले इङ्ग्याण्डविरुद्ध खेल्दा ल प्रशिक्षकका रुपमा १९८ औं र अन्तिम खेलमा…
काठमाडौं : नेकपा एमालेको असन्तुष्ट समूहले शुक्रवारको बालुवाटारको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। वरिष्ठ नेता माधव कुमार नेपाल-झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो। बानेश्वरमा बसेको नेपाल-खनाल समूहको स्थायी कमिटीको बैठकले अहिलेकै अवस्थामा बैठकमा सहभागी नहुने निर्णय गरेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए। ‘महाधिवेशन आयोजक…
काठमाडौं : राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले सरकारले राष्ट्रिय सभालाई हेपेको आरोप लगाएका छन्। बिहीवारको राष्ट्रिय सभाको बैठकमा उनले सरकारले सर्वोच्च अदालतको फैसला विपरित नागरिकता सम्बन्धी अध्यादेश सभामा प्रस्तुत गरेर हेपेको आरोप लगाए। बिडारीले सर्वोच्चले नागरिकता अध्यादेश अघि बढाउन नहुने आदेश दिएकाले त्यसलाई अघि बढाउन नहुने भन्दै नियमापत्ति जनाएका थिए। भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्बाङले नागरिकता सम्बन्धी अध्यादेश राष्ट्रिय…
काठमाडौं : राष्ट्रिय सभाकी सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर विश्व रेकर्ड बनाएको आरोप लगाएकी छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा)की नेतृ प्रमिलाले बिहीवारको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभा २ पटक ओलीले विघटन गरेको आरोप लगाइन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अपव्याख्या गरेको उनको आरोप थियो। ‘शेरबहादुर देउवाले प्रधानमन्त्री दावी गरे पनि राष्ट्रपतिले संविधानको अपव्याख्या गर्नुभयो,’ उनले भनिन्।…
काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २ हजार ७ सय ६० जनामा संक्रमण पुष्टी भएको हो। यो अवधिमा देशभर १० हजार ९ सय ८५ जनाको कोरोना संक्रमण परीक्षण गरिएको थियो। जसमा ७ हजार १ सय ३० जनाको आरटी पिसिआर र ३ हजार ८…
काठमाडौं : राष्ट्रिय फुटबल टोलीमा खेलाडी र अफिसियल गरि २० जनामा कोभिड संक्रमण देखिएकोमा दोस्रो परीक्षणमा ११ जना खेलाडी र २ जना अफिसियलको कोभिड रिपोर्ट नेगेटिभ आएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले १३ जनाको दोस्रो परीक्षणमा कोभिड रिपोर्ट नेगेटिभ आएको बताए। '१३ जनाको नेगेटिभ आयो। ११ जना खेलाडी दुई जना अफसियल। अब बाँकी स्टाफहरुको भोलि परीक्षण…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका २० जनालाई कोभिड १९ संक्रमण देखिएको छ। साफ च्याम्पियनसिप र एसिया कप क्वालिफायर्सको तयारीका लागि आजबाट सुरु हुने भनिएको प्रशिक्षण अघि खेलाडी र अफिसियलको कोभिड परीक्षण गर्दा २० जनामा कोभिड संक्रमण देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले बताए। 'जम्मा २० जनालाई कोभिड संक्रमण भएको हो।' उनले भने। एन्फाका महासचिव इन्द्रमान तुलाधरले टिमका…
पाकिस्तानमा क्यान्सर पीडितको उपचार हुने अस्पताल छ - शौकत खानम अस्पताल। उक्त अस्पताल निर्माण गर्दा प्रधानमन्त्री इमरान खानको अगाडि अजंगको चुनौती थियो, पैसा जुटाउनु पर्ने। त्यस जिम्मेवारी निर्वाह गर्नका लागि खान एक भ्रमणमा निस्किएका रहेछन्, गायक नुसरत फतेह अली खानसँग। उनीहरू एकसाथ बेलायत र अमेरिका पुगेका थिए। किनकि इमरानको मिक ज्यागर, पिटर गेब्रियल, स्टिंग जस्ता चर्चित पप गायकहरूसँग राम्रो चिनजान…
काठमाडौंः चितवनमा बाढी पहिरोमा परि ४ जना मानिस बेपत्ता भएका छन्। हिजोदेखि परेको अविरल वर्षाको कारण बाढी पहिरो आउँदा राप्ती नगरपालिका १२ मा रहेका दुई वटा घर बगाएको हो। घरमा रहेका ४ जना मानिस समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। बेपत्ता भएका मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै गोठ समेत पहिरोमा परेकाले गोठभित्र…
भारतको प्रयागराजमामा गंगा नदीको जलस्तर बढेसँगै किनारमा गाडिएका शवहरू बाहिर देखिन थालेका छन्। नगर निगमका अधिकारीका अनुसार ती बेवारिसे शवहरूको हिन्दी रीत अनुसार दाह संस्कार गरिँदैछ। हालसम्म एक सय पचासभन्दा बढी शव जलाइएको बीबीसी हिन्दीमा जनाइएको छ। प्रयागराज जिल्लाको फाफामऊ इलाकामा कोरोना संक्रमणको दोस्रो लहरमा ज्यान गुमाउनेहरूको शरीर किनारमै गाडिएको थियो। पछिल्लो केही दिनदेखि भइरहेको वर्षाका कारण गंगामा पानी बढ्यो।…
जनकपुरधामः हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिरहा जोडने कमला पुल भाँसिएको छ। यो पुल निर्माण कम्पनीले हस्तान्तरण नगर्दै भासिएको हो। कमला नदीमा धनुषा जिल्ला र सिरहा जिल्ला जोडने सिरहाको बसपिट्टा घाटस्थित निर्माण भइरहेको कमला पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए। कँडेलले भने ‘पुलमा १२ वटा…
नेपाल सरकारको ‘कालीगण्डकी डाइभर्सन’ परियोजनाविरुद्ध स्थानीय तह र बासिन्दाले विरोध जनाएका छन्। यस परियोजनाले गण्डकी सभ्यताको एउटा विशाल खण्डमा जैविक विविधतामा संकट निम्त्याउने, विभिन्न समुदायको जीविकोपार्जन र संस्कृतिमा गम्भीर असर पार्ने र ठूलो भूभागमा जल संकट निम्त्याउने उनीहरूको दावी छ। अर्थ, ऊर्जा तथा सिंचाइ मन्त्री विष्णु पौडेलका कारण विनाशकारी परियोजना अगाडि बढाइएको उनीहरूको आरोप हो। कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर…
काठमाडौंः अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्दार गरेको छ। ४६ वर्षिय गणपती यादव, ४० वर्षिया सितादेवी यादव र २७ वर्षिय संजय अधिकारीको उद्दार गरेको प्रहरीले जानकारी दिएको छ। रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै बढेको पानीको वाहवका कारण टापुमा नै फसेका थिए।…
स्वास्थ्यमा समस्या देखिएपछि फेरि अस्पताल भर्ना भएका छन् बलिउड अभिनेता दिलिपकुमार। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। स्वाप्रस्वासमा समस्या आएपछि उनलाई मंगलवार अस्पताल भर्ना गरिए थियो। हिन्दुजा अस्पताल भर्ना भएका ९८ वर्षिय दिलिपकुमारको आइसीयुमा उपचार भइरहेको छ। हाल स्वास्थ्य अवस्था सामान्य रहेको फैसल फारुकीले दिलिपकुमारको ट्विटर अकाउन्टमार्फत जानकारी दिएका छन्। लेखिएको छ, ' दिलिप साहबको बढ्दो उमेरमा देखिने समस्याका कारण…
काठमाडौंः कोभिड संक्रमणको दोस्रो लहरका कारण बन्द गरिएको आन्तरिक नियमित उडान दुई महिनापछि आजबाट संचालनमा आएको छ। दुई महिनापछि खुलेको आन्तरिक उडान मौसम प्रतिकूलताका कारण भने प्रभावित भएको छ। आज बिहानैदेखि पानी परेका कारण भिजिबिलिटी प्रष्ट नहुँदा उडान निर्धारित समयमा हुन नसकेको वायुसेवा कम्पनीहरुले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम प्रतिकुलताका कारण यतिखेर विभिन्न आन्तरिक गन्तव्यको उडान १५ मिनेटदेखि…
बलिउड अभिनेता नसीरुद्दीन शाह मंगलवारदेखि अस्पताल भर्ना भएका छन्। उनलाई निमोनिया भएका कारण मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत् छन्। यतिखेर बलिउड कलाकारलगायत उनका फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्। यसैबिच कलाकार अनुपम खेरले पनि उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दैँ ट्विटरमा एक ट्विट लेखे। जसमा उनले लामो समयदेखि नसीरुद्दीन शाहसँग सँगै काम गर्ने इच्छा रहेको समेत उल्लेख गरेका छन्।…
वीरगंज : डुबानको कारण जोखिममा परेका १३ घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ। पर्सा जिराभवानी गाउँपालिका-१ स्थित पिपरा गाउँमा अविरल वर्षाको कारण डुबानमा फसेका १३ घरपरिवारलाई उनीहरूको समान सहित सुरक्षित स्थानमा पुर्याइएको हो। डुबान फसेको सूचना पाउनासाथै सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट महादेवपट्टिबाट खटिएको टोलीले उक्त गाउँ नजिकैको भवानीपुर र बनशक्ति प्राथमिक विद्यालयको भवनमा स्थानान्तरण गरेको हो।
बुटवलः हत्यामा गरेर ४४ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ। हत्यामा अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएका दुई जनालाई जल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका २ का ७० वर्षीय चिनगुद चाई र ७० वर्षीय कप्तान चाई रहेका छन्। उनीहरूलाई प्रहरीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी…