काठमाडौं : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘जुलुङ्गो’ (स्केरक्रो)ले लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जित्न सफल भएको छ। भर्चुअल्ली आयोजित चार दिन लामो महोत्सवमा लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको चलचित्र ‘ग्रामर्सी’ले पनि पुरस्कृत भए। त्यस्तै रामदास कदावल्लुरको फिल्म ‘मन्नु : स्प्राउट्स अफ एन्डुरेन्स’ ले स्पेसल जुरी मेन्सन अवार्ड पाएको छ। सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’…
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर-११ स्थित पिपिरा चोक तनाव ग्रस्त बनेको छ। आइतवार पत्रकार खिमप्रसाद पोखरेलको दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएपछि आफन्तले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका छन्। सडकमा टायर बालेर र नारा जुलुसले यातायातका साधन आवतजावतमा अवरोध गरेका छन्। तर, सुर्खेत प्रहरीले अश्रु ग्याँस प्रहार गरी आन्दोलनकारीलाई तितरवितर पारेर यातायात आवतजावत भइरहेको जनाएको छ। ‘क्षतिपूर्तिको माग…
टोकियो ओलम्पिकमा १० हजार जापानी दर्शकहरुले स्टेडियम प्रवेशको अनुमति पाउने भएका छन्। विदेशी समर्थकलाई भने यसअघि नै निषेध गरिएको हो। त्यस्तै, खेल भेन्युको ५० प्रतिशत दर्शकलाई मात्र अनुमति दिइने बताइएको छ। त्यस्तै, दर्शकलाई ठूलो स्वरमा कराउन र हुटिङ गर्न अनुमति छैन भने दर्शकहरुलाई फेस मास्क अनिवार्य गरिएको छ। ओलम्पिक २३ जुलाइबाट शुरु हुँदैछ भने पाराओलम्पिक २४ अगस्टबाट शुरु हुनेछ। पाराओलम्पिक्समा…
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार १० हजार ९ सय ४ जनामा परीक्षण गर्दा २ हजार २ सय ९७ जनामा संक्रमण देखिएको हो। जसमा आरटी-पीसीआर विधिबाट १ हजार ५ सय ८४ र एन्टिजेनबाट ७ सय १३ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही…
कोपा अमेरिका अन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन्। समूह 'ए' अन्तर्गतको भोलि बिहानको पहिलो खेलमा चिली र उरुग्वे भिड्ने छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा बिहान पौने तीन बजे हुने खेलमा कोपा अमेरिकाको सर्वाधिक सफल टिम उरुग्वेले चिलीको सामना गर्ने। आफ्नो पहलो खेलमा अर्जेन्टिनासँग पराजय ब्यहोरेको उरुग्वे दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै अर्जेन्टिनासँग बराबरी र बोलिभियामाथि जित निकालेको चिली…
काठमाडौं : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका पदमुक्त सांसद कृष्ण थापाको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। गण्डकी प्रदेशसभाका सभामुख, प्रदेशसभा सचिवालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले लिखित जवाफ बुझाउन विपक्षीका नाममा आदेश जारी गरेको हो। इजलासले अन्तरिम आदेश भने दिएन। अन्तरिम आदेशका लागि दुबै पक्षलाई असार ११ गते…
काठमाडौं: निषेधाज्ञाबिच रोकिएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ सञ्चालनमा आउने भएको छ। निषेधाज्ञा केही खुकुलो भएपछि आयोजकले शो सुटिङ सुरु गर्ने तयारी गरेको हो। ‘कमेडी च्याम्पियन सिजन २’ का निर्णायक हास्य कलाकार मनोज गजुरेलले शो लाई आगामी सातादेखि प्रसारणमा ल्याउने तयारी रहेको जानकारी दिए। ‘यस सातादेखि शो को आगामी एपिसोडहरू छायाङ्कन सुरु गर्ने तयारी भइरहेको छ। साथै आगामी…
बुटवल : रुपन्देहीमा मंगलवारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले निजी सवारीमा जोरविजोर प्रणाली र सरकारी कार्यालय समेत खोल्नेगरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाले भने, 'जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पर्नेछ। यो निजी सवारी…
काठमाडौं: बौद्ध क्षेत्रमा रहेको मन्दिरको मूर्ति चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले चोरी गर्ने गिरोहलाई आइतवार मूर्ति चोरी गर्दै गरेको अवस्थामा फेला पारेको हो। गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा रहेको मन्दिरमा चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले बताए। 'पछिल्लो समय मन्दिरको मूर्ति चोरी भइरहेको उजुरी आएपछि खोजी गरिरहेका थियौँ।…
पछिल्लो दिन भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ। ८८ दिनपछि सोमवार सबैभन्दा कम संख्यामा कोरोना संक्रमित पहिचान भएका छन्। संक्रमण दर घटेसँगै सक्रिय कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ। तर, मृतकको संख्या भने अहिले पनि माथि नै छ संक्रमण हुने संख्याको तुलनामा। दैनिक १ हजार भन्दा बढीको अझै संक्रमणका कारण मृत्यु भइरहेको छ। विभिन्न राज्यहरुले छुटेका मृतकको संख्या अपडेट…
काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस मुल समारोह समितिले एक समारोहबिच योग दिवस मनाएको हो। कार्यक्रममा मुल समारोह समितिका संयोजक शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, पर्यटनमन्त्री उमाशंकर अरगरिया, योग गुरुहरु डा. हरि पोखरेल, स्वामी आनन्द अरुण लगायत सहभागी थिए। कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले राजयोगको अभ्यास गराएको थियो…
अभिनेत्री राशी खन्नाले दक्षिण भारतीय फिल्मका अभिनेत्रीहरू अब बाह्य सुन्दरतामा मात्र सिमित रहेन नहुने प्रतिक्रिया दिएकी छिन्। दक्षिण भारतीय फिल्मका अभिनेत्रीहरूले अभिनय गर्न समेत जान्नुपर्ने उनको तर्क छ। बलिउड फिल्म ‘मद्रास क्याफे’बाट डेब्यु गरेकी हुन् राशीले। तर, अहिले उनी दक्षिण भारतीय फिल्ममा नै बढी सक्रिय छिन्। तमिल र तेलगु फिल्ममा काम गर्छिन्। बलिउडमाजस्तै दक्षिणका फिल्म उद्योगमा पनि पुरुष केन्द्रित फिल्म…
काठमाडौं : नेपालमा कोरोना भाइरसको 'डेल्टा भेरियन्ट' को नयाँ म्युटेसन फेला परेको छ। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै डेल्टा भेरियन्टको परिस्कृत रुप ‘डेल्टा प्लस’ म्युटेसन भेरियन्ट फेला परेको जानकारी दिएको हो। नेपालका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमूना परीक्षणका लागि पठाइएको थियो। जसमध्ये ४७ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको हो भने एउटामा अल्फा भेरियन्ट देखिएको हो। डेल्टा भेरियन्ट देखिएको कुल नमुना स्वाबमध्ये…
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनका लागि खोलिएको आवेदनमा ५ सय बढी आवदेन परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले खुला प्रतिस्पर्धाको विजेताले एक लाख रुपैयाँ पाउने गरी जेठ ३१ गते आवेदन खोलेको थियो। क्यानका अनुसार हालसम्म ५ सय वटा डिजाइन क्यानमा आइपुगेका छन्। जसबाट छनोटका लागि क्यानले…
काठमाडौं : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका पदमुक्त सांसद कृष्ण थापा फेरि सर्वोच्च अदालत पुगेका छन्। उनको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशीमा चढेको छ। पाँचौं नम्बरमा थापाको रिटको पालो छ। तत्काली विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग नगरेको भन्दै पार्टीको सिफारिसमा सभामुख नेत्रनाथ अधिकारीले जेठ २८ गते दोस्रोपटक पदमुक्त गरेका थिए। पहिलोपटकको पदमुक्त निर्णय कार्यान्वयनमा सर्वोच्चले…
काठमाडौंः १५ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नम्बर ८ बस्ने २३ वर्षीय जयराम चौलागाईलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। असार ५ गते बिहान बालिकाकी आमाले छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएकी थिइन्। त्यसपछि प्रहरीले बालिकाको खोजी गरेको थियो। खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले…
यूईएफए युरो कपमा अन्तर्गत आज राति हुने कुल चार खेल मध्ये समूह 'बी' का दुई खेल हुँदैछन्। आज डेनमार्कको पार्केन स्टेडियममा हुने खेलमा रसिया र डेनमार्क आमनेसामने हुनेछन्। यसअघिको खेलमा फिनल्याण्डमाथि जित र बेल्जियमसँग पराजय ब्यहोरेको रसिया डेनमार्कलाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ। त्यस्तै यसअघिका दुई खेलमा बेल्जियम र फिनल्याण्डसँग पराजय ब्यहोरेको डेनमार्क रसियालाई हराउँदै अन्तिम १६…
युईएफए युरो कपमा आज चार खेल हुँदैछन्। जसमध्ये पहिलो दुई खेलमा समूह सी अन्तिम खेलहरु हुनेछन्। समूह 'सी' को आज हुने खेलमा शीर्ष दुईमा अटाउने लक्ष्यका साथ युक्रेन र अस्ट्रिया भिड्दा अन्तिम १६ मा स्थान बनाइसकेको नेदरल्याण्ड्सले नर्थ म्यासाडोनियासँग प्रतिस्पर्धा गर्नेछ। दुबै खेल बेलुकी पौने १० बजे सुरु हुनेछ। रोमिनियास्थित नेशनल एरेना स्टेडियममा हुने खेलमा युक्रेन र अस्ट्रिया प्रतिस्पर्धा उत्रने…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र भोलिबाट निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुँदैछ। कोरोना संक्रमण बढेपछि नियन्त्रण तथा रोकथामको लागि भन्दै काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। त्यसलाई खुकुलो बनाउने सरकारको तयारीसँगै निजी सवारी साधनले भोलिदेखि गुड्न पाउने भएका छन्। आइतवार काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकल निजी सवारी साधानलाई जोर बिजोर आधारमा चल्न दिने निर्णय गरेको हो। भोलिबाट…
ब्राजिलमा कोभिड महामारीका बीचका कडा स्वास्थ्य मापदण्ड अपनाउँदै कोपा अमेरिका चलिरहेको छ। १० देशबीचको यो प्रतियोगिता खेल्न ब्राजिल पुगेको चिलीका ६ जना खेलाडीले पार्टी गर्न उनीहरु बसिरहेको ओडेरा ग्राण्ड होटलमा बाहिरबाट महिलाहरु बोलाएपछि विवादमा तानिएका छन्। यो घटनालाई लिएर चिलीका टेक्निकल डारेक्टर मार्टिन लासार्टले कारवाहीका लागि छलफल अघि बढाएको बताइएको छ। यो प्रकरणका कारण यी ६ खेलाडीलाई देश फर्काउने पनि…