काठमाडौं : हाँस्य कलाकार मनोज गजुरेल पूर्वपत्नी मिना ढकाल विरुद्ध कानुनी उपचारको बाटो अपनाउने भएका छन्। डिभोर्स भएको तीन वर्ष कट्दासमेत 'अर्को पक्ष (पूर्व पत्नी)' ले विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै गजुरेलले कानुनी उपचारको बाटो अपनाउनुको विकप नरहेको टुंगोमा पुगेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 'कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट…
काठमाडौंः क्यामरा चोरी गरेको अभियोगमा प्रहरीले एक जोडीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गतको प्रहरी टोलीले रोल्पा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका बस्ने १९ वर्षीय दिपक मगर र पोखरा पुम्दिभुम्ददी बस्ने १९ वर्षीया अनिस राइलीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले मंसीर २३ गते पोखरा महानगरपालिका वडा नं.३ तेर्सापट्टी बस्ने प्रबिण बैधको घरमा राखेको क्यानोन…
संचालन निर्देशिका उलङ्घन गरेका कारण भिडियो सेयरिङ एप टिकटकले सेलिब्रेटी ब्लगर पेरेज हिलटनलाई ब्यान गरेको छ। सुरुवाती चरणमा गसिप ब्लगर रहेका हिलटन पछिल्लो समय सञ्चार क्षेत्रमा प्रभावशाली व्यक्तित्व ठहरिएका छन्। उनका १६ लाख फलोअर्स छन् र एक सातामा करिव एक करोड भ्यूज हुन्थे। उनले एक किशोरीको भिडियोमा कमेन्ट लेखेका थिए – एक १५ वर्षीया किशोरी यसरी नाँच्नु गलत लाग्ने मलाई मात्र…
बेलायतका रङ्गमञ्चहरूलाई पुन: ठूलो झट्का लाग्ने खबर सार्वजनिक भएको छ। कोभिड-१९ संक्रमणको संख्या बढ्दै जाँदा अवस्था नियन्त्रणमा ल्याउन त्यहाँका रङ्गमञ्चहरूलाई बन्द गर्न निर्देशन दिइएको हो। केही नाटकघरहरूमा गत दुई साताअघि देखि मात्र प्रदर्शन सुरु गरिएको थियो। लण्डनको रङ्गमञ्चहरूको संघले यस निर्णयले 'भयावह आर्थिक संकट' सिर्जना हुने जनाएका छन्। रङ्गमञ्च, निर्माता र हजारौं कामदारहरूको जनजीवन प्रभावित हुने जनाइएको छ। त्यहाँको संस्कृति…
काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ। कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनमा केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको र भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ सरकार नै उन्मुख भएको भन्दै काँग्रेस सडकमा उत्रेको हो। काठामडौँ उपत्यकासहित सातै प्रदेशका विभिन्न जिल्लामा काँग्रेसले शक्ति प्रदर्शन समेत गरेको हो। देशव्यापी भएको विरोध प्रदर्शनको नेतृत्व गर्न काँग्रेसका शीर्ष नेताहरू विभिन्न जिल्लामा…
यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सम्पन्न भएको छ। जसअनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्ने भएको छ। त्यस्तै म्यानचेस्टर सिटीले मोन्छेनग्लाडबाखसँग खेल्दा बायर्नले लाजियोको सामना गर्ने छ। त्यस्तै लिभरपुलले लाइपजिगसँग खेल्दा रियल मड्रिडले एटलान्टासँग खेल्ने छ। Round of 16 draw ✔️ Which tie are you most excited for? 🤩#UCLdraw | #UCL pic.twitter.com/M6AqMYTygN —…
काठमाडौं : नेपालमा थप ८२१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ५ हजार ४२३ जनाको नमुना परीक्षणका क्रममा ३१७ महिला र ५०४ पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा हाल सम्म २ लाख ४९ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८४२ जना संक्रमित संक्रमण मुक्त भएका छन्।…
काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वकर्मा शर्माले सरकारलाई सच्याउन आफूहरु सडकमा आएको बताएका छन्। उनले कांग्रेसलाई सुतेको बाघ भन्दै जिस्क्याउने प्रयास नगर्न सरकारलाई चेतावनी समेत दिए। मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै शर्माले भने, ‘कांग्रेस सकियो, दिन गयो भन्नेहरु, पार्टीभित्र रडाको मच्चिँदा कांग्रेसको ढोका ढक्ढक्याउनेहरुलाई भन्न चाहन्छु हामी सडकमै रहन्छौं। सरकारमा जानु पर्यो भने आगामी निर्वाचनबाट बहुमत लिएर जान्छौं भन्नका लागि…
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि राजा फर्किने सम्भावना नभएको बताएका छन्। मकवानपुरको हेटौडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले केपी ओलीको कम्युनिस्ट सरकारको रवैयाका कारण राजावादी तत्व सल्बलाएको र आजित भएका जनताले पनि केही हुन्छ कि भनेर सोच्न थालेको बताए। ‘राजा आउ देश बचाउ भन्ने नारा लाग्नुमा कम्युनिस्ट सरकार जिम्मेवार छ। राजा ज्ञानेन्द्रले मलाई…
काठमाडौं: चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गौतम बुद्ध कप अन्तर्गतको आजको खेलामा राप्तीले नारायणीमाथि जित निकालेको छ। करण केसीको कप्तानीमा रहेको नारायणी र बिनोद भण्डारीको कप्तानीमा रहेको राप्तीबीच भएको खेलमा राप्तीले १ विकेटले जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनायो। नारायणीका लागि आक्रामक ब्याटिङ गरेका किसोर महतोले अभिजित…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बरालिएको सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा आएको बताएका छन्। ठेगानमा नआएसम्म कांग्रेस घर नफर्किने उनको भनाई थियो। कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘जनतालाई घरभित्र राखेर कोरोना महाव्याधीको नियन्त्रणमा लाग्छु भन्दै संसदबाट भागेको, बालुवाटारको दुलोभित्र लुकेर षडयन्त्र गरेको सरकारलाई लल्कार्नका निम्ति, बरालिएको सरकारलाई ठेगान ल्याउनका निम्ति कांग्रेस सडकमा…
काठमाडौंः चन्द्रागिरीमा मिनि ट्रक सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको छ। आज बिहान ना २ क ३२३ नम्वरको ट्रक चन्द्रागिरी नगरपालिका वाडभञ्ज्याङ सडक खण्डमा करिब तीन सय मिटर तल खसेको थियो। ' रोडबाट तल खसेको थियो। ट्रकमा रहेका दुबै जनाको मृत्यु भएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए। ट्रक दुर्घटना हँदा चालक सहित दुई जनाको…
काठमाडौं : बहराइनले कोभिड-१९ विरुद्ध चिनियाँ कम्पनीले विकास गरेको खोपको प्रयोगका लागि अनुमति दिएको छ। बहराइनको स्वास्थ्य नियामक निकाय नेशनल हेल्थ रेगुलेटरी अथ्योरिटीले चीनको राष्ट्रिय फार्मासिटिकल ग्रुप 'सिनोफार्मा'ले तयार गरेको भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको हो। बहराइन न्यूज एजेन्सीका अनुसार आइतवार त्यहाँको स्वास्थ्य नियामक निकायले आधिकारिक रुपमा सनोफार्माको कोभिड-१९ भ्याक्सिन प्रयोगका लागि दर्ता गरेको हो। सिनो फर्माको मिडल इस्ट र उत्तर…
काठमाडौंः पार्किङ गरि राखिएका मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। सिन्धुली हरिहरपुरगढि गाँउपालिका वडा नम्वर ६ क्यानखोला घर भएका २१ वर्षीया प्रकाश तामाङ, तिनपाटन गाँउपालिका वडा नम्वर ५ भिमस्थान घर भएका ३२ वर्षीया अम्मर तामाङ,ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भएका वर्षीय भोला…
चितवन : गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन्। प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधान विरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट पारे। नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको…
काठमाडौंः सार्वजनिक पोखरीको माछा मार्ने विषयमा दुई पक्षबिच झडप हुँदा एक महिलाको मृत्यु भएको छ। आइतबार राति ९ बजेतिर सप्तरी बोदेबरसाईन नगरपालिका वडा नम्वर ३ कुशमार टोलमा दुई पक्ष बिच सार्वजनिक पोखारीको माछा मार्ने बिषयलाई लिएर झडप भएको थियो। झडपमा परि सोही ठाउँकी ३५ वर्षीया गंगिया देबी मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै झडपमा जय नारायण मण्डल,…
भारतमा कोरोना भाइरसविरुद्धको खोप जनवरीदेखि सुरु हुने सम्भावना रहेको छ। इन्डियन एक्सप्रेसको अनुसार सीरम इन्सटिच्युट अफ इन्डियाका मुख्य कार्यकारी अधिकारी अदार पूनावालाले उक्त जानकारी दिएका हुन्। सीरमले अक्सफोर्ड-एस्ट्राजेनको खोप बनाइरहेको छ। उक्त खोप परीक्षण भइरहेको छ जसलाई यस महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगको अनुमति मिल्ने अनुमान गरिएको छ। सीरम इन्स्टिच्युटको खोप ७० प्रतिशतमा प्रभावकारी देखिएको जनाइएको छ। इकोनोमिक टाइम्स ग्लोबल बिजनेस…
जर्मनीमा क्रिस्टमसको समय लकडाउन हुने भएको छ। कोरोना भाइरस संक्रमित र संक्रमणकै कारण मर्नेको संख्या बढेसँगै त्यहाँ लकडाउन हुन लागेको हो। बुधवारदेखि अत्यावश्यकबाहेक अन्य सामाग्रीका पसल बन्द रहनेछन्। त्यस्तै हेयर सलुन र विद्यालयहरू पनि बन्द गरिनेछ। चान्सलर एन्जेला मर्केलले क्रिस्ट्मसमा हुने भिडभाडका कारण संक्रमण दरमा वृद्धी हुनसक्ने बताउँदै पुन: लकडाउन गर्ने बताएकी हुन्। बीबीसीका अनुसार अत्यावश्यक सामानका लागि पसल र बैंक…
इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले जेनोआ माथि जित निकालेको छ। लुइगी फेरारिस स्टेडियममा भएको खेलमा युभेन्टसले घरेलु टोलीमाथि ३-१ गोल अन्तरले जित निकालेको हो। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा पाउलो डिब्यालाले एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा डिब्यालाले युभेन्टसलाई अग्रता दिलाए। उनले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए। तर…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल बर्नलीसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली बर्नलीसँग १-० ले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरी रोकिएको खेलमा दोस्रो हाफमा बर्नलीले अग्रता बनाएको थियो। खेलको ७३ औं मिनेटमा आर्सनलका पिअरे एम्रिक औबुमेयाङले आत्मघाती गोल गरेपछि अग्रता बनाएको बर्नलीको जितका लागि त्यही गोल पर्याप्त बन्यो। खेलको ५८ औं मिनेटमा…