PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक पुस पहिलो साता

    राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक पुस पहिलो साता

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस पहिलो साता बस्ने भएको छ। अध्यक्षत्रयको आज बसेको बैठकले पुस ४ गते काठमाडौंमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिए। बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुने थापाको भनाई छ।

    विस्तृतमा पढ्नुस्

  • कलंकीमा ट्रकले ८ सवारीसाधनलाई दियो ठक्करः एकको मृत्यु, ६ जना घाइते

    कलंकीमा ट्रकले ८ सवारीसाधनलाई दियो ठक्करः एकको मृत्यु, ६ जना घाइते

    काठमाडौंः कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ओखलढुङगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको हो। प्रदेश २-०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक अनियन्त्रित भई सडकमा रहेका सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। त्यस्तै ६ जना घाइते भएका छन्। घाइतेलाई बयोधा अस्पतालमा लगिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक पुरुषोत्तम…

    विस्तृतमा पढ्नुस्

  • एआइजी पोखरेलले लगाए दर्ज्यानी चिह्न

    एआइजी पोखरेलले लगाए दर्ज्यानी चिह्न

    काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका विश्वराज पोखरेलले दर्ज्यानी चिह्न लगाएका छन्। शुक्रबार  प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई एआइजीमा बढुवा गरेको थियो।  उनीसँगै अब नेपाल प्रहरीमा प्राविधिकबाहेक चार एआइजी भएका छन्। नवनियुक्त एआइजीलाई नेपाल प्रहरी अपराध अनुसन्धान विभागमा पदस्थापना गरिएको छ। त्यस्तै त्यहाँ रहेका एआइजी हरिबहादुर पाललाई…

    विस्तृतमा पढ्नुस्

  • पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

    पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

    काठमाडौं: नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ। खड्काले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमणको पुस्टी भएको जनाउँदै आफू होम आइसोलेसनमा भएको बताएका छन्। ‘कोरोनाका केही सामान्य लक्ष्यणहरु देखिएपछि मैले दुईदिनया आफूलाई आइसोलेट गरेको थिएँ। जब हिजो बेलुकीबाट मेरो स्वाद र गन्ध पनि हरायो मैले आज बिहान पीसीआर परीक्षण गराएको थिएँ,’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन्,…

    विस्तृतमा पढ्नुस्

  • म्यानपावरसँग दश लाख रुपैयाँ घुस लिने विभागका तत्कालीन महानिर्देशक पाण्डे भ्रष्टाचारी ठहर

    म्यानपावरसँग दश लाख रुपैयाँ घुस लिने विभागका तत्कालीन महानिर्देशक पाण्डे भ्रष्टाचारी ठहर

    काठमाडौंः विशेष अदालतले वैदेशिक रोजगार विभागमा तत्कालीन महानिर्देशक विश्वराज पाण्डेलाई भ्रस्टाचारी ठहर गरेको छ। वैदेशिक रोजगार न्यायाधीकरणको मुद्दा मिलाइदिने आश्वासनमा दश लाख रुपैयाँ घुस लिएको अभियोगमा पाण्डेसहित तीन जनालाई मुद्दा चलाइएको थियो। कालोसूचीमा समेत रहेको म्यानपावरको मुद्दा मिलाइदिने भन्दै पाण्डेसहितको टोलीले दश लाख रुपैयाँ असुलेको थियो। न्यायाधीशहरु प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले तत्कालीन महानिर्देशक पाण्डे, विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेइसँग चैत १२ गते खेल्ने

    विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेइसँग चैत १२ गते खेल्ने

    काठमाडौं : एसियाली फुटबल महासंघ (एएफसी)ले कतार विश्वकप छनोट अन्तर्गतको एसियन लेगको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ। यसअघि यो वर्षको मार्च/अप्रिलमा तय गरिएको खेलहरु कोरोना महामारीका कारण अक्टोबर/नोभेम्बर हुँदै अनिश्चित कालका लागि पछि धकेलिएको थियो। र, पछिल्लो समय एएफसीले सन् २०२१ मा खेलहरु हुने जनाएको थियो। एएफसीले जारी गरेको तालिका अनुसार नेपालले चाइनिज ताइपेइसँग २५ मार्च (चैत १२ )मा…

    विस्तृतमा पढ्नुस्

  • एउटै प्रकृतिका खेल संघहरुलाई एक हुन समितिको निर्देशन

    एउटै प्रकृतिका खेल संघहरुलाई एक हुन समितिको निर्देशन

    काठमाडौं: युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजीकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एकै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो। समितिले अन्तरिक विवादमा रहेका संघलाई पनि यथाशीघ्र विवाद सामाधान गरि खेलकुद विकास ऐन…

    विस्तृतमा पढ्नुस्

  • सर्वाधिक पुरस्कार राशीको चौतारा साँगाचोकगढी मेयर कप उपाधि प्रिन्स दाहाललाई

    सर्वाधिक पुरस्कार राशीको चौतारा साँगाचोकगढी मेयर कप उपाधि प्रिन्स दाहाललाई

    काठमाडौं: नेपालका उदयीमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप - २१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको उपाधि जितेका छन्। शुक्रबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज नाका खोल्न चौतर्फी दबाब, धर्ना बस्ने तयारीमा काँग्रेस

    वीरगंज नाका खोल्न चौतर्फी दबाब, धर्ना बस्ने तयारीमा काँग्रेस

    वीरगंज: नेपाल भारत सीमामा लगाइएको लकडाउन हटाएर यथाशीघ्र नाका सहज पार्न अपिल गरिएको छ। होटल तथा पर्यटन व्यवसायी वीरगंजले यस्तो अपिल गरेको हो। संघका अध्यक्ष हरि पन्तले एक विज्ञप्ति निकाल्दै विगत ९ महिनादेखि नेपाल भारत सीमा बन्दको कारण वीरगंजसंगै नेपालकै अर्थतन्त्र धरासायी भइसकेकोले अब फेरि लकडाउन लम्बिएको खण्डमा चौतर्फी नकारात्मक असर पर्ने भएकोले लकडाउन नलम्ब्याउन र तत्काल सीमा खुला गर्न…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'क्रृष'को चौंथो संस्करणमा महिला 'सुपरहिरो'

    फिल्म 'क्रृष'को चौंथो संस्करणमा महिला 'सुपरहिरो'

    ऋतिक रोशनलाई 'सुपरहिरो'का रुपमा स्थापति गर्ने 'क्रृष' फ्रेन्चाइजको चौंथो संस्करण बन्दैछ। यस पटक क्रृषमा ऋतिकसँगै एक महिला सुपरहिरो रहने बताइएको छ। त्यस्तै फिल्ममा ऋतिक चार फरक भूमिका निर्वाह गर्दैछन्। बलिउड हंगामाका अनुसार हाल फिल्मकै लागि राकेश रोशन स्क्रिप्टमा काम गरिरहेका छन्। स्रोतलाई उल्लेख गर्दै लेखिएको छ,'भिएफएक्सकै लागि ठूलो बजेट चाहिने देखिन्छ। यस पटक कोही मिल गयाको जादु पात्र पुन: देखाउने…

    विस्तृतमा पढ्नुस्

  • बाइडेन र ह्यारिस टाइम वर्ष व्यक्ति

    बाइडेन र ह्यारिस टाइम वर्ष व्यक्ति

    टाइम म्यागजिनले अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित जो बाइडेन र कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेर ह्वाइट हाउसको यात्रा तय गरेका डेमोक्रेट बाइडेन र ह्यारिसलाई विभाजनबाट अमेरिकालाई बचाउन र अमेरिकाको इतिहास परिवर्तन गर्न सक्षम भएको भन्दै सम्मानित गरिएको म्यागजिनले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्धको खोप आपत्कालीन प्रयोगका लागि सिफारिस

    कोरोना भाइरसविरुद्धको खोप आपत्कालीन प्रयोगका लागि सिफारिस

    फाइजर-बायोएनटेकद्वारा विकास गरेको कोभिड-१९ विरुद्धको भ्याक्सिन आपत्कालीन प्रयोगका लागि सिफारिस भएको छ। अमेरिकी एजेन्सी ‘फ़ूड एण्ड ड्रग एडमिनिस्ट्रेशन’ (एफडीए) को सल्लाहकार समितिमा रहेका विशेषज्ञहरूले सिफारिस गरेका हुन्। अमेरिकामा एकदिनमै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार पुगे लगत्तै भ्याक्सिन सिफारिस भएको हो। बीबीसीका अनुसार २३ जना विशेषज्ञहरूको समूहले उक्त भ्याक्सिन प्रयोगका लागि सुरक्षित भएको बताएका हुन्। अमेरिकी अधिकारीका…

    विस्तृतमा पढ्नुस्

  • अफगानस्तानमा महिला पत्रकारको हत्या, ५ वर्षअघि उस्तैगरी मारिएकी थिइन् उनकी आमा

    अफगानस्तानमा महिला पत्रकारको हत्या, ५ वर्षअघि उस्तैगरी मारिएकी थिइन् उनकी आमा

    पूर्वी अफगानस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ। मलाला माएवन्दको विहीवार हत्या भएको हो। उनी जलालाबादमा आफ्नो कामका लागि गइरहेको बेला उनको गाडी ताकी गोली फायर भएको हो। हमलामा परी उनका सवारी चालक मोहम्मद ताहिरले पनि ज्यान गुमाएका छन्। बीबीसीका अनुसार हालसम्म कुनै पनि समूहले यस हत्याको जिम्मेवारी लिएको छैन। पत्रकार मलाला एनिकास टिभी र रेडियोकी पत्रकार थिइन्। उनी…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा बलात्कार घटनाका अभियुक्तसँग मिलेर मिलापत्र गराउने ६ जना पक्राउ, ५ लाख रुपैयाँमा गराएका थिए मिलापत्र

    मोरङमा बलात्कार घटनाका अभियुक्तसँग मिलेर मिलापत्र गराउने ६ जना पक्राउ, ५ लाख रुपैयाँमा गराएका थिए मिलापत्र

    काठमाडौंः  मोरङमा २१ वर्षीया युवतीको बलात्कार गरेका अभियुक्तसँगै मिलेर घटनाको मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ धनपालथान गाउँपालिका वडा नम्बर ५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास,  ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका वडा नम्वर १ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका वडा नम्वर…

    विस्तृतमा पढ्नुस्

  • डिज्नीका फिल्महरूपनि हलभन्दा अघि अनलाइन प्रदर्शन हुँदै

    डिज्नीका फिल्महरूपनि हलभन्दा अघि अनलाइन प्रदर्शन हुँदै

    डिज्नीले आफ्नो स्ट्रिमिङ सर्भिसमा स्टार वार्स र मार्भल फ्रेन्चाइजको सेवा बिस्तार गर्ने योजना सार्वजनिक गरेको छ। डिज्नीको आउँदो फिल्म 'पिटर प्यान' र 'वेन्डी र टम हंक्स पिनोचियो'लाई सिनेमा घरमा नभइ सिधैं डिज्नी प्लसमार्फत् सार्वजनिक गर्ने बताएको हो। बीबीसीका अनुसार डिज्नी सिनेमाघरदेखि स्ट्रिमिङ साइटसम्म दर्शकको ध्यान आकर्षित गर्ने प्रमुख स्टुडियो हो। पछिल्लो साता मात्र वार्नर ब्रदर्सले कम्पनीको सन् २०२१ का सबै फिल्म…

    विस्तृतमा पढ्नुस्

  • बिजुलीको पोलमा बलेरो ठोक्कियो : करेन्ट लागेर २ जनाको मृत्यु, ११ जना घाइते

    बिजुलीको पोलमा बलेरो ठोक्कियो : करेन्ट लागेर २ जनाको मृत्यु, ११ जना घाइते

    काठमाडौंः चितवनमा सवारी दुर्घटना हुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।  आज बिहान ९ बजेर ५५ मिनेटमा ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडक साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएको प्रहरीले जनाएको छ। बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई बलेरो चालकसहित बलेरोमा रहेका करिब २० जनामध्ये दुई…

    विस्तृतमा पढ्नुस्

  • ब्रेग्जिट : इयूको यूकेसँग कुनै व्यापार सम्झौता नहुने सम्भावना

    ब्रेग्जिट : इयूको यूकेसँग कुनै व्यापार सम्झौता नहुने सम्भावना

    बोरिस जोनसनले ब्रिटेनले यूरोपियन संघ (इयू) सँग 'पोस्ट-ब्रेग्जिट ट्रेड' सम्झौता गर्न नसक्ने संकेत गरेका छन्। प्रधानमन्त्रीले छलफल जारी भएपनि जनतालाई यही नतिजाका लागि तयार रहन बताएका हुन्। उनले इयुकी प्रमुख उर्सुला वनसँगको बुधवारको बैठकपछि उक्त वयान दिएका छन्। ब्रिटेनले डिसेम्बर ३१ देखि इयूसँगको व्यापार नियम पालना गर्न बन्द गर्छ। कुनै पनि नयाँ सम्झौताका लागि समय कम भएको बीबीसीमा जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहमको सहज जित

    टोटेनहमको सहज जित

    युरोपा लिग अन्तर्गत गएराति भएको समूह ‘जे’ को खेलमा टोटेनहमले सहज जित निकालेको छ। टोटेनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले रोयल एन्टवेर्पमाथि २-० को सहज जित निकालेको हो। टोटेनहमको जितमा कार्लोस भिन्सियस मोरिस र जिओभानी लो सेल्सोले समान १/१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा टोटेनहमले मोरिसको गोलमा ५७ औं मिनेटमा अग्रता बनाएको थियो। त्यस्तै ७१ औं…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतको आदेशबाट सरकार पन्छिन मिल्दैन : प्रधान न्यायाधीश

    सर्वोच्च अदालतको आदेशबाट सरकार पन्छिन मिल्दैन : प्रधान न्यायाधीश

    काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतबाट नेपाल सरकारलगायत सम्बद्ध निकायहरूको नाउँमा जारी भएका निर्देशनात्मक आदेशहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन्। नेपाल बार एसोसिएसनद्वारा भर्चुअल माध्यमबाट आयोजित मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले आदेशहरूको कार्यान्वयनमा कुनै किसिमको अवस्था, कारण वा परिस्थिति देखाएर पन्छिन नमिल्ने र नसकिने बताए। उनले भने, ‘विपद्को यस परिस्थितिमा त्यस प्रकारका आदेशहरूको शीघ्र कार्यान्वयन र राज्यको…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक आयोगमा ४५ पद रिक्त, परिषद्ले अघि बढाउला नियुक्ति प्रक्रिया?

    संवैधानिक आयोगमा ४५ पद रिक्त, परिषद्ले अघि बढाउला नियुक्ति प्रक्रिया?

    काठमाडौं: संवैधानिक आयोगमा पदाधिकारी रिक्त भएको लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदपूर्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक बोलाएका छन्। गत वैशाखमा प्रतिपक्षविहीन हुनेगरि अध्यादेशले परिषद् ऐन संशोधन अघि बढाएर पदपूर्ति गर्न खोजे पनि विवादले अध्यादेश नै फिर्ता भएको थियो। सोपछि पदपूर्तिको प्रक्रिया ठप्प छ। विपक्षी दलसँगको समेत समन्वयमा ओलीले आइतबार बिहान परिषद् बैठक बोलाएका छन्। लामो समयपछि बैठक बस्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell