काठमाडौं : एन्फा कार्यसमितिको आजको बैठकमा महिला र पुरुष दुबै फुटबल खेलाडीको तलब बृद्धि गर्दै समान तलब दिने निर्णय गरिएको छ। यसअघि महिला टोलीका सदस्यले मासिक ७ हजार र पुरुष टोलीका सदस्यले १५ हजार रुपैयाँ तलब पाउँदै आएकामा एन्फाले दुबैतर्फ तलब बढाउने निर्णय गरेको हो। अब फुटबलका महिला तथा पुरुष खेलाडीले समान १८ हजार तलब प्राप्त गर्नेछन्। ‘राष्ट्रिय पुरुष तथा…
काठमाडौं: एन्फा कार्यसमितिको आजको बैठकले फुटबलका मुख्य प्रशिक्षक योहान कालीनको राजीनामा स्वीकृत गरेको छ। महामारीयता आफ्नै देशमा रहेका स्वीडिस प्रशिक्षक कालिनले दिएको राजीनामा नोभेम्बर १ बाट लागु हुनेगरी स्वीकृत गरेको एन्फाले जनाएको छ। कालीनको राजीनामा स्वीकृत गरेसँगै एन्फाले बालगोपाल महर्जनलाई निमित्त मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको समेत जनाएको छ। महर्जन पछिल्लो समय बंगलादेश फुटबल सिरिज खेल्न जाँदादेखि निमित्त मुख्य प्रशिक्षकको भूमिकामा छन्।…
काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोखरेललाई बढुवा गरेको हो। पोखरेलको बढुवासँगै नेपाल प्रहरीमा एआइजीको संख्या प्राविधिकसहित पाँच पुगेको छ। यसअघि एआइजीको दरबन्दी कटौतीमा परेको थियो। यसअघि बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले पोखरेललाई बढुवा गर्नेगरि सरकारले अनुमोदन गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्थगन गर्न निर्देशन…
काठमाडौंः सरकारले सहसचिव मणिराम गेलालाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा बढुवा गरेको हो। गेलाल इन्जिनियरिङ समूहका हुन्। वरिष्ठतम सहसचिवमध्ये गेलालको बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए। हाल उनी सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत छन्। यस्तै, बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूतमा पठाउने निर्णय गरेको छ। महावाणिज्यदूत सिफारिसका लागि घिमिरेको केही दिनअघि परराष्ट्र…
काठमाडौं: उदियमान खेलाडी प्रिन्स दाहाल सेनाका रत्नजित तामाङ्लाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रियस्तरीय पुरुष एकलको फाइनल प्रवेश गरेका छन्। बिहिबार सम्पन्न सेमिफाइनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङ्गलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे। निकैनै आक्रमक देखिएका प्रिन्सले रत्नलाई सम्हालिने मौका नै दिएनन्। प्रिन्सले अब उपाधिका लागि सेनाका नविन श्रेष्ठसँग प्रतिस्पर्धा…
हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरि राजादेखि बिप्लव माओवादीसम्म अट्ने राज्य ब्यबस्था आबश्यक भएको बताएका छन्। आज हेटौंडामा पार्टीको चुनाव चिन्ह "हलो" तथा झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको निमित्त सर्बपक्षीय सम्मेलन हुनुपर्ने माग गरे। उनले नेपाली जनताको अभिमतबाट, राजनीतिक दलहरुको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने स्पष्ट पार्दै विदेशी…
काठमाडौंः अबैध रुपमा लगाएको लागुऔषध गाँजा प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले २ सय २० बिगाहमा लगाएको गाँजा नष्ट गरेको हो। एसपी इन्द्रबहादुर रानाको नेतृत्वमा गएको ८६ जनाको टोलीले चार दिन लगाए गाँजा खेती नष्ट गरेको हो। मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर २, ३, ४, ५, ८ र ९ को अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल,…
अमेरिकामा कोभिड-१९ संक्रमणका कारण एकैदिन ३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा हालसम्मको उच्च संक्रमित मृत्युदर रेकर्ड भएको हो। त्यहाँ संक्रमणकै कारण मृत्यु हुनेहरूको संख्या गत अक्टोबरमा भन्दा तीन गुणा बढी भएको बीबीसीमा जनाइएको छ। दैनिक संक्रमण दर २ लाखको हाराहारीमा बढ्दो छ। संक्रामक रोग विज्ञ एन्थोनी फाउसी लगायत अन्यले 'थ्याङ्क्स गिभिङ' पछि संक्रमण दर बढ्ने चेतावनी…
काठमाडौं: भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले काठमाडौं आइपुगेका छन्। चौथाइवालेले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। सत्तारुढ नेकपाभित्रको अन्तरविरोध उत्कर्षमा पुगेका बेला महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा चौथाइवाले चार्टर विमानबाट काठमाडौं आएका हुन्। Honoured to call on Rt. Hon. PM @kpsharmaoli ji today. It's pleasure to be in Kathmandu…
'नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१'का लागि आवेदन खुल्ला काठमाडौं: मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै 'नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१' हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनका कारण सुस्ताएको नेपाली मनोरञ्जन क्षेत्रलाई चलायमान बनाउन अवार्ड कार्यक्रम आयोजना हुन लगेको हो। सांगीतिक तथा सम्पूर्ण मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्य रहेको आयोजकको दावी छ। मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, पर्यटन…
कैलाली : धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। हो । मंसिर १८ गते अस्पताल भर्ना भएका उनमा कडा खालको निमोनिया रहेको श्रेष्ठले बताए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा मृत्यु…
भारतमा नयाँ प्रतिभा खोजी भइरहेको छ। त्यसका लागि संगीतकर्मी एआर रहमान भनेका छन् – हामी केही सर्पाइजका लागि तयार छौं। स्लमडग मिलिनियर र एलिजावेथ : द गोल्डेन एजजस्ता सफल फिल्मका लागि अवार्ड विजेता उनले लुकेर रहेका प्रतिभा बाहिर निस्कने बताए। ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) को पहल भारतमा खुला गरिएको छ। बलिउड एवं हलिउडमा समेत संगीतकै कारण…
इटलीका फुटबलर पाउलो रोसीको ६४ वर्षको उमेरमा निधन भएको छ। इटलियन सञ्चारमाध्यमहरुका अनुसार लामो समयदेखि अस्वस्थ रोसीको आज निधन भएको हो। रोसीकी पत्नी फेडेरिका क्याप्पेल्लेटीले श्रीमानको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै 'फर इभर' लेखेकी छिन्। यद्यपि उनले रोसीको मृत्युको कारण भने खुलाएकी छैनन्। इटलीको राष्ट्रिय टिमबाट रोसीले ४८ खेल खेल्दै २० गोल गरेका छन्। त्यस्तै इटालियन सिरी ए मा युभेन्टस, मिलान, भेरोनालगायतका पाँच…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले लामाको निधनले नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको उल्लेख गरेका छन्। आफ्नो शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको भन्दै स्मरण…
काठमाडौं: भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ। बाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो। प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन्। प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ। आयोजक बाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगितामा सहभागिता जनाउने तीन वटा…
काठमाडौं : रसुवामा एक ६ वर्षीय बालिकाको हत्या भएको छ। आइतबारदेखि परिवारसँग सम्पर्कबिहीन भएकी कालिका गाउँपालिका १ फैलिगाङकी सुमिना तामाङको शव हत्या गरिएको अवस्थामा फेला परेको हो। आइतबार दिउँसो ग्राङ प्राविबाट पढेर फर्किएकी बालिका घर नफर्किएपछि आफन्तले भोलिपल्ट(सोमबार) प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले खोजतलास गर्दा मंगलबार साँझ बालिकाको शव कालिका गाउँपालिका १ स्थित नागुर्दुङको ओडारमा फेला परेको हो। 'आइतबारदेखि हराएपछि आफन्तले…
काठमाडौं : प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङजाको प्रहरी चौकी बिर्खाबाट खटिएको टोलीले घरमा लुकाइरहेको अवस्थामा तीन थान बन्दुक बरामद गरेको हो। प्रहरीले स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नम्वर ४ बस्ने २४ वर्षीया शिव प्रसाद पाण्डे र ६३ वर्षीय रिमबहादुर रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए। उनीहरुले…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘सी’ को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब मार्सेलीमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा सिटीले मार्सेलीमाथि ३-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा फेरन टोरेसले सिटीलाई अग्रता दिलाए। उनले खेलको ४८ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै ७७ औं मिनेटमा सर्जियो…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘ए’ को खेलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोमाथि सहज जित निकालेको छ। एलिनाज एरेनामा भएको खेलमा घरेलु टोली बायर्नले २-० को सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बायर्नले दोस्रो हाफमा अग्रता बनाएको थियो। खेलको ६३ औं मिनेटमा निकलस सुलले अग्रता दिलाए। त्यस्तै ८० औं मिनेटमा सर्ज गनब्रीको पासमा चौपो मोटिङले…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह 'बी' खेलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब मुन्छेनग्लाडबाखमाथि सहज जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिडले ग्लाडबाखमाथि २-० को जित निकालेको हो। मड्रिडको जितमा दुबै गोल करिम बेन्जेमाले गरे। खेलको ९ औं मिनेटमै बेन्जेमाको गोलमा मड्रिडले अग्रता बनाएको थियो। त्यस्तै ३१ औं मिनेटमा बेन्जेमाले नै दोस्रो गोल थप्दा…