यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुलमाथि फराकिलो जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले इस्तानबुलमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। पीएसजीको जितमा नेइमारले ह्याट्रिक गर्दा किलियन एम्बापेले दुई गोल गरे। खेलको २१ औं मिनेटमा घरेलु टोलीले नेइमारको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ३८ औं मिनेटमा नेइमारले नै किलियन…
चितवन : चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म विभिन्न चोरीशिकारका गतिविधिमा संलग्न भएको आशंकामा २४९ जनालाई पक्राउ गरेको छ। उनीहरुमध्ये तीन जना कारागार चलान भएका छन् भने अन्य कतिपयलाई मुद्दा चलाइएको छ। कतिपयलाई ठाडो जरिबाना गरेर छाडिएको हो। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी १२३ जना माछा मार्ने काममा संलग्न भएका हुन्। यसैगरी घाँस दाउराका…
काठमाडौं : बहुप्रतिक्षित कमेडी टिभी सिरिज ‘सक्किगोनी’को प्रमुख प्रायोजकमा डाबर रेड टुथपेस्ट अनुबन्धित भएको छ। ‘डाबर रेडपेस्ट प्रेजेन्ट्स सक्किगोनी’को मार्केटिङ राइट्स होल्डर एडप्याड प्रालि र डाबर नेपालबीच बुधवार उक्त सम्झौता भएको हो। ‘सक्किगोनी’ प्रत्येक बिहीवार राति ८ बजे हिमालय टिभी एचडीबाट प्रशारण सुरु हुन गइरहेको छ। उक्त सम्झौता एक वर्षको लागि गरिएको हो। सो सम्झौताले नेपाली मौलिक कार्यक्रमहरुको प्रवर्द्धन र…
मुम्बई : बलिउड अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्मको सुटिङ शुरु गरेका छन्। सलमानले आगामी फिल्म ‘अन्तिम’को सुटिङ शुरु गरेको भएपनि उनले यसको पत्तो कसैलाई दिएनन्। यो फिल्मको सुटिङ आइतवारबाट शुरु भएको हो। उक्त फिल्ममा सलमान एक सिख प्रहरीको रुपमा देखिने भारतीय मिडिया चर्चा छ। ‘गन्स अफ नर्थ’ शिर्षकमा यो फिल्मको सुटिङ केही समय अघिदेखि शुरु भएको भएपनि हाल नयाँ…
काठमाडौं: प्रधान सेनापति पूर्णचन्द्र थापा पूर्वी नेपालको भ्रमणमा निस्किएका छन्। थापाले बुधवार पाँचथरमा तैनाथ श्री भैरवीदल गण, ताप्लेजुङ्गमा तैनाथ श्री भिमकाली गुल्म, संखुवासभामा तैनाथ श्री नयाँ रणभीम गुल्म र इटहरीमा तैनाथ श्री पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त गण, गुल्म र पृतना हेडक्वार्टरको स्थलगत निरीक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी…
काठमाडौं: कतार सरकारले नेपाललाई तीन वटा मर्सिडिज कार उपहार स्वरूप प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयको प्राङ्गणमा बुधबार आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल-हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो हस्तान्तरण गरे। उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धन्यवाद दिए। उनले भने, ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति…
बेलायतका चर्चित गीतका गीतकारहरू हाल 'उबर चलाइरहेका छन्।' यस विषयमा सांसदहरूलाई जानकारी पुगेको बीबीसीमा जनाइएको छ। वान डिरेक्सन, स्टेप्स र लिउस क्यापाल्डीका लागि गीत लेखेकी फिओना बेवान उबर चलाइरहेकी एक गीतकार हुन्। उनका अनुसार स्ट्रिमिङ सर्भिसले दिने रोयल्टीका कारण आफूहरूले संघर्ष गर्नु परेको हो। उनले आफूले काइली मिनगको नम्बर वान एल्बम डिस्कोको लागि गीत सहलेखन गर्दा जम्मा एक सय पाउन्ड…
काठमाडौं: प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति शशी श्रेष्ठको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले एआईजी दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो। दरबन्दी थप्न आवश्यक भएमा नेपाल प्रहरी र प्रदेश प्रहरीको समग्र संगठन तथा व्यवस्थापन (ओएण्डएम) गर्न पनि समितिले निर्देशन दिएको…
काठमाडौंः अनलाइन मार्फत सामान डेलिभरी गर्दै आएको फुडमाण्डु कम्पनीको सर्भर ह्याक गरेको अभियोगमा एक जनलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर व्यूरोले नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीया दिनेश तिवारीलाई नियन्त्रणमा लिएको हो। ' आर्थिक प्रलोभन वा के कारणले ह्याक गरेको भन्ने खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौं,' व्यूरोका एसएसपी नबिन्द्र अर्यालले भने व्यूरोको टोलीले केही दिनअघि…
काठमाडौंः प्रहरीले सवारी चालक अनुमतिपत्र नक्कली बनाएको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भएका २८ वर्षिय आशिष गिरीलाई नियन्त्रणमा लिएको हो। त्यस्तै उनले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नम्बरको कार तथा कीर्ते गरी बनाइएका ३८ थान नक्कली सवारी चालक अनुमतिपत्र समेत नियन्त्रणमा लिएको छ। उनले बनाएको…
लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन्। उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका–११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकाले उनीहरुको संवाद र सहकार्य अपरिहार्य रहेकाले यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको बताए।…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा जर्मन क्लब आरबी लाइपजिगले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। रेडबुल एरेना लाइपजिगमा भएको खेलमा घरेलु टोलीले युनाइटेडमाथि ३-२ गोलअन्तरले जित निकालेको हो। खेलमा घरेलु टोलीले खेलको दोस्रो मिनेटमै सबिट्जरको पासमा एन्जेलिनोले गोल गर्दा अग्रता बनाएको थियो। त्यस्तै १३ औं मिनेटमा अमडउ हैदरले दोस्रो गोल थपे। पहिलो हाफमा लाइपजित २ गोलले…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत आजराति भएको खेलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको छ। क्याम्प नाउमा भएको समूह ‘जी’ को खेलमा युभेन्टसले घरेलु टोली बार्सिलोनामाथि ३-० को सानदार जित निकालेको हो। खेलको १३ औं मिनेटमा नै युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलमार्फत खेलमा अग्रता बनाएको थियो। रोनाल्डोलाई बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरौजोले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको…
काठमाडौं : शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। पार्टीको मेचीकोशी ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै मोरङको मिक्लाजुङ् गाउँपालिकाको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मृत्युको जिम्मा लिएको हो। विज्ञप्तिमा शिक्षक श्रेष्ठले आफूहरु विरुद्ध सुराकी गर्दै आएको र प्रहरी लगाए आफ्नो पार्टीविरुद्ध जनतालाई उक्साउने काम गर्दै आएको उल्लेख गरिएको छ। त्यसैक्रममा श्रेष्ठलाई कयौं पटक सम्झाउदा नमानेको…
काठमाडौं : गृह मन्त्रालयमा मंगलवार बसेको मन्त्रालयस्तरको बैठकमा नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री व्यवस्थापन, क्रसर तथा बालुवा प्रशोधन उद्योग सम्बन्धमा विभिन्न निर्णयहरु भएका छन्। बैठकले बिनादर्ता/अनुमति सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्ने निर्णय गरेको छ। दर्ता/अनुमति प्राप्त भएका तर मापदण्ड पूरा नगरेका उद्योगको हकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय/सम्बन्धित स्थानीय तहले त्यस्ता उद्योगहरूबाट मापदण्ड पालनाको समयबद्द कार्ययोजना…
भारत र अस्ट्रेलियाबीचको टी २० सिरिजको अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलियाले जित निकालेको छ। सिड्नी क्रिकेट ग्राउन्डमा आज सम्पन्न सिरिजको अन्तिम खेलमा भारतलाई १२ रनले हराउँदै अस्ट्रेलियाले सान्त्वना जित निकालेको हो। यद्यपि सिरिज भने भारतले २-१ ले जितेको छ। आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको छ। अस्ट्रेलियाका लागि म्याथिउ…
काठमाडौं : काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौं संस्करण डिसेम्बर महिनाको १० देखि सुरु हुँदैछ। ‘तमसोमा ज्योतिर्गमय' भन्ने नारासहितको फेस्टिभल ४ दिन लामो चल्नेछ। कोभिड-१९ का कारण यस पटक फेस्टिभल भर्चुअल्ली हुन लागेको हो। यस पटक १५ देशका १८ वटा फिल्म प्रदर्शनका लागि छानिएका छन्। त्यस्तै नेपाली पानोरोमा अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा फिल्म देखाइनेछ। फेस्टिभलमा…
काठमाडौं : मोरङमा मंगलबार बिहान शिक्षकको हत्या गोली हानि नभई धारिलो हतियारले घाँटी रेटेर हत्या भएको खुलेको छ। प्रहरी टोली घटनास्थल पुगेर हेर्दा घाँटी काटिएको अवस्थामा फेला परेको थियो। शिक्षक श्रेष्ठको हात बाँधेर घाँटी काटिएको प्रहरीले जानकारी दिएको छ। 'सुरुमा स्थानियले गोलीको आवाज सुनेको भनेकाले गोली हानिएको भन्ने थियो। तर हाम्रो टोली पुगेर हेर्दा घाँटी काटिएको पाइयो,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष…
काठमाडौं : बालुवाटारमा मंगलवार सम्पन्न सर्वदलीय बैठकमा विपक्षी दलहरुले सरकारको आलोचना गरे। संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सरकारले गणतन्त्र विरोधी गतिविधिलाई रोक्न नसकेको तथा सरकार काम कारवाही प्रभावकारी नहुँदा नागरिकमा निरासा पैदा भएको भएको भन्दै प्रश्न उठाएका थिए। सो क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए। प्रधानमन्त्रीको भूमिका समन्वयकारी नदेखिएको पौडेलको आरोप थियो। आफ्ना आफन्त…
काठमाडौं : कोभिड-१९ को संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो। योसँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार ६३७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ३८२ जना संक्रमित पहिचान भएका छन्। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ४३…