PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

  • साइन्स फिक्सन फिल्‍ममा अक्षय कुमारको 'डबल रोल'

    साइन्स फिक्सन फिल्‍ममा अक्षय कुमारको 'डबल रोल'

    कमेडीदेखि सामाजिक मुद्दामाथि बनेका फिल्‍मबाट दर्शकको मन जितेका छन् बलिउड अभिनेता अक्षय कुमारले। उनले फेरि एकपट साइन्स फिक्सनमा अभिनय गर्ने भएका छन्। उक्त फिल्ममा अक्षको दोहोरो भूमिका रहनेछ। मिसन मंगल निर्देशक जगन शक्तिसँग पुन: सहकार्य गर्न लागेका हुन्। बलिउड हंगामाका अनुसार फिल्मको शीर्षक भने तय भइसकेको छैन। सन्‍ २०२१ मै छायाँकनका लागि फ्लोरमा निस्कने फिल्म २०२२ मा सार्वजनिक हुनेछ। यसअघि साइन्स…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भोलिका लागि बोलाए सर्वदलीय बैठक, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने

    प्रधानमन्त्रीले भोलिका लागि बोलाए सर्वदलीय बैठक, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्। बालुवाटार स्रोतले दिएको जानकारी अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। 'पछिल्लो राजनीतिक घटनाक्रमबारे बसेर कुरा गर्ने की भनेर सर्वदलीय बैठकको तयारी गर्नुभएको छ,' स्रोतले भन्यो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। ओलीले इच्छा बिपरित…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा अक्सिन नहुँदा पाकिस्तानमा ६ जनाको गयो ज्यान, ५ जना कोभिड १९ का थिए विरामी

    अस्पतालमा अक्सिन नहुँदा पाकिस्तानमा ६ जनाको गयो ज्यान, ५ जना कोभिड १९ का थिए विरामी

    अक्सिजन अभावका कारण पाँच कोभिड १९ संक्रमित सहित ६ जनाले पाकिस्तानको एउटा अस्पतालमा ज्यान गुमाएका छन्।  पेशावरमा रहेको सरकारी अस्पतालमा अक्सिजन अभाव हुँदा उनीहरुको मृत्यु भएको आफन्तहरुले जनाएका छन्। अस्पतालमा २ सय भन्दा धेरै विरामीलाई अक्सिजनको दिनुपर्ने अक्सिजनको लेभल नपुर्‍याइ घन्टौ राखिएको थियो।  अस्पतालले भने अक्सिजन सप्लाइ गर्ने कम्पनीलाई दोष लगाएको छ।  पाकिस्तान अहिले कोरोना संक्रमणको दोस्रो वेभसँग जुधिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • रौतहट राजपुर बमकाण्डमा मुख्य योजनाकार अफताव आलमका भाइ पनि समातिए

    रौतहट राजपुर बमकाण्डमा मुख्य योजनाकार अफताव आलमका भाइ पनि समातिए

    काठमाडौं : रौतहटको राजपुर बमकाण्डमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  २ नम्वर प्रदेश प्रहरी कार्यालयको टोलीले आज ५५ वर्षीय महताव आलमलाई नियन्त्रणमा लिएको हो। आलमलाई नेपाल भारतको सिमामा पर्ने रौतहटको बौधीमाई नगरपालिका वडा नम्वर ७ बाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। तर उनलाई भारतिय प्रहरीको सहयोगमा भारतबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रकाउ परेका…

    विस्तृतमा पढ्नुस्

  • बैंकको एटीएम बुथ फुटाउँदै गर्दा कोटेश्वरबाट एक युवक पक्राउ

    बैंकको एटीएम बुथ फुटाउँदै गर्दा कोटेश्वरबाट एक युवक पक्राउ

    काठमाडौं : प्रहरीले बैंकको एटीएम बुथ फुटाइरहेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको छ।  आइतवार राति कोटेश्वर मुनिभैरव नजिकै रहेको एनआइसी एशिया बैंकको मेसिन फूटाइरहेको अवस्थामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए। प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका १८ वर्षीय अनिल तामाङलाई नियन्त्रणमा लिएको हो। तामाङले एटीएमबाट रकम भने झिकिसकेका थिएनन्। घटनाकाो थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा किसान आन्दोलनको समर्थनमा पञ्जाबका खेलाडीले अवार्ड फिर्ता गर्दै

    भारतमा किसान आन्दोलनको समर्थनमा पञ्जाबका खेलाडीले अवार्ड फिर्ता गर्दै

    तीनवटा नयाँ कृषि कानून फिर्ता गर्नुपर्ने माग राख्दै किसानहरुले भारतमा आन्दोलन सुरु गरेको आज १२ औं दिन भयो। यो आन्दोलनमा पञ्जाब, हरियाणा लगायत विदेशबाट पनि समर्थन मिलिरहेको छ। यही आन्दोलनलाई समर्थन गर्दै पञ्जाबका खेलाडीहरुले आज आफ्नो अवार्डहरु फिर्ता गर्ने भएका छन्। पद्मश्री र अर्जुन अवार्ड जितेका कुस्तीका खेलाडी करतार सिंहले आफूले किसान आन्दोलनमा समर्थन जनाउँदै अवार्डहरु राष्ट्रपति रामनाथ कोविन्दलाई फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • कमेडी च्याम्पियन टिमको नयाँ रियालिटी शो 'डान्स मास्टर' घोषणा

    कमेडी च्याम्पियन टिमको नयाँ रियालिटी शो 'डान्स मास्टर' घोषणा

    काठमाडौं : नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ। एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको ‍औपचारिक घोषणा गरियो। 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको यस रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन्। यसअघि उनले सफल रियालिटी शो 'कमेडी च्याम्पियन' निर्देशन गरेका थिए। १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्र्म्पका निजी वकिल ज्युलयानीलाई पनि कोरोना!

    अमेरिकी राष्ट्रपति ट्र्म्पका निजी वकिल ज्युलयानीलाई पनि कोरोना!

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल रुडी ज्युलयानीलाई कोरोना भाइरस संक्रमण भएको छ। ट्रम्प आफैँले ट्विट गर्दै यसको जानकारी गराएका हुन्। ट्रम्पले ट्विटमा लेखेका छन् : 'छिट्टै निको हुनु, हामी जारी रहने छौं।' ज्युलयानी तिनै हुन् जसले ट्रम्पको चुनावी मुद्दा लडिरहेका छन्। सन् २०२० को निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोय बाइडेनले जित हासिल गरिसकेका छन्। तर, उनलाई ह्वाइट हाउस प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • 'मौलिक कथामा जीवन्त अभिनय' नारासहित ‘कथाकुथुङ्ग्री च्याम्पियन’का लागि अडिसन खुल्ला

    'मौलिक कथामा जीवन्त अभिनय' नारासहित ‘कथाकुथुङ्ग्री च्याम्पियन’का लागि अडिसन खुल्ला

    काठमाडौं : मौलिक कथामाथि जीवन्त अभिनय  भन्ने नारासहित पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनका लागि अडिसन खुल्ला गरिएको छ। सूचना चौतारी सञ्चार सहकारी संस्थाको आयोजनामा उक्त रियालिटी शो हुन लागेको हो। पहिलो चरणमा सातै प्रदेशका सहभागीको अनलाइन अडिसन लिइँदैछ। त्यसका लागि अनलाइनमाध्यमबाट फारम भर्नु पर्नेछ। राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष एवम् प्रमुख अतिथि दक्ष पौडेलले देशका कुनाकाप्चामा लुकेर बसेका कलासंस्कृतिलाई जगेर्ना गर्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • निरञ्जन कुँवरको स्वअस्तित्वको खोजी, पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक

    निरञ्जन कुँवरको स्वअस्तित्वको खोजी, पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक

    काठमाडौं : लेखक निरञ्जन कुँवरको पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक भएको छ । अङ्ग्रेजी भाषामा लिखित उक्त पुस्तकको शनिवार जुममार्फत् भर्चुअल विमोचन भएको हो। पुस्तक लैङ्गिक पहिचान, समलिङ्गी सम्बन्ध र रूढिवादी नेपाली समाजमा आफ्नो स्वअस्तित्वको खोज गर्ने प्रयास केन्द्रित छ। नेपाली ‘गे’ले लेखेको सम्भवतः पहिलो संस्मरण हो, यो पुस्तक। लेखक मञ्जुश्री थापाले पुस्तकबारे भनिन्,’असाध्यै राम्रोसँग लेखिएको, लयात्मक र…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र चीनको सहमतिअनुसार सगरमाथाको नयाँ उचाइ घोषणा हुँदै

    नेपाल र चीनको सहमतिअनुसार सगरमाथाको नयाँ उचाइ घोषणा हुँदै

    काठमाडौं : नापी विभागले आज सगरमाथाको नयाँ उचाइ घोषणा कार्यक्रम बारे जानकारी दिने भएको छ। मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएपछि आज नयाँ उचाइबारे जानकारी दिन  लागेको हो। आज बिहान ११ बजे मीनभवनस्थित नापी विभाग परिसरमा पत्रकार सम्मेलन गरेर त्यसको तयारीबारे मन्त्रालयले जानकारी दिँदै छ। चीन र नेपालको सहमतिमा एकसाथ मंसिर २३ गते नयाँ उचाइ…

    विस्तृतमा पढ्नुस्

  • आर्सनललाई हराउँदै टोटेनहम शीर्षस्थानमा

    आर्सनललाई हराउँदै टोटेनहम शीर्षस्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनललाई हराउँदै टोटेनहम फेरि शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहमहट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले आर्सनललाई २-० ले हराएको हो। खेलको १४ औं मिनेटमा ह्यारी केनको पासमा गोल गर्दै सन ह्युङ मिनले घरेलु टोलीलाई अग्रता दिलाए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा सनकै पासमा ह्यारी केनले गोल थपे। र, पहिलो हाफमै टोटेनहम दुई गोलले अघि…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाविरुद्धको टी २० सिरिज भारतलाई

    अस्ट्रेलियाविरुद्धको टी २० सिरिज भारतलाई

    अस्ट्रेलिया र भारतबीच जारी टी २० सिरिजमा भारतले लगातार दुई खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको छ। आज सिड्नी क्रिकेट ग्राउन्डमा भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएसँगै भारतले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो। टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो। अस्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ५८ रन बनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • खेलको नियम बदलेको ओलीको आरोपमा प्रचण्डको जवाफ : यो कमरेडको पुरानै नियत हो

    खेलको नियम बदलेको ओलीको आरोपमा प्रचण्डको जवाफ : यो कमरेडको पुरानै नियत हो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतवारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन अघि कुनै पद नछोड्ने सन्देश दिए। आफू निकट नेता ईश्वर पोखरमार्फत पठाएको पत्रमा आफू किन बैठकमा सहभागी नभएको भन्नेबारे उल्लेख गरिएको छ। पत्रमा उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खेलको अन्त्यतिर नियम बदलेर अनैतिक काम गरेको आरोप लगाएका छन्। उनले प्रचण्डले विभाजनकारी काम गरेको…

    विस्तृतमा पढ्नुस्

  • १७५२ संक्रमण मुक्त हुँदा १०९६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि १७ जनाको मृत्यु

    १७५२ संक्रमण मुक्त हुँदा १०९६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि १७ जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप एक हजार ९६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथ्यांक अनुसार एक हजार ९६ जना संक्रमित पहिचान भएका हुन्। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ७५२ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या…

    विस्तृतमा पढ्नुस्

  • ओलीले प्रचण्डलाई आरोप लगाउँदै फेरि पठाए पत्र : थाहा थिएन खेलको नियम बदल्नु हुनेछ र जसरी पनि जित्नु हुनेछ

    ओलीले प्रचण्डलाई आरोप लगाउँदै फेरि पठाए पत्र : थाहा थिएन खेलको नियम बदल्नु हुनेछ र जसरी पनि जित्नु हुनेछ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतवारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले महाधिवेशन अघि कुनै पद नछोड्ने सन्देश दिएका छन्। आफू निकट नेता ईश्वर पोखरमार्फत पठाएको पत्रमा आफू किन बैठकमा सहभागी नभएको भन्नेबारे उल्लेख गरेका छन्। यस्तो छ पत्रको पूर्णपाठ : स्थायी कमिटीका प्रिय कमरेडहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी…

    विस्तृतमा पढ्नुस्

  • श्रीकृष्णबाट एक्लिएको ६ वर्षपछि बिहे गर्दै श्वेता, 'विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु'

    श्रीकृष्णबाट एक्लिएको ६ वर्षपछि बिहे गर्दै श्वेता, 'विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु'

    काठमाडौं : नायिका श्वेता खड्काले नयाँ जीवन शुरु गरेको घोषणा गर्दै सामाजिक सञ्जालमा भावुक पोस्ट गरेकी छिन्। आइतवार श्वेताले फेसबुकमार्फत विवाहको घोषणा गरेकी हुन्। श्वेताले लेखेकी छिन्, ‘आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु। मेरो अतीतलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु।’ उनले एकल जीवन…

    विस्तृतमा पढ्नुस्

  • ७ दिनका लागि नेकपा स्थायी कमिटीको बैठक स्थगित

    ७ दिनका लागि नेकपा स्थायी कमिटीको बैठक स्थगित

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सात दिनका लागि स्थगित भएको छ।  पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठक मंसिर १८ गते सम्मका लागि स्थगित गरिएको हो।  बैठकमा दुई अध्यक्षले सचिवालयमा पेश गरेको प्रस्ताव माथि छलफल सुरु भएको छ। आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। त्यस्तै पुस ५गते केन्द्रीय कमिटीको बैठक बस्ने…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी बैठकका लागि धुम्वाराहीमा नेकपा नेताहरु, सुरक्षा ब्यवस्था कडा

    स्थायी कमिटी बैठकका लागि धुम्वाराहीमा नेकपा नेताहरु, सुरक्षा ब्यवस्था कडा

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकका लागि अहिले पार्टी कार्यालय धुम्बाराहीमा नेताहरु आउने क्रम जारी छ। १ बजेका लागि बोलाइएको बैठकमा सहभागि हुन सचिवालयका सदस्यहरु पुगिरहेका छन्। पार्टीभित्र देखिएको विवाद टुंग्याउन तथा सचिवालयमा दुई अध्यक्षले पेश गरेको फरक फरक प्रतिवेदनमाथि छलफलका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो। बैठक पार्टी कार्यालयमा तय भएपछि यहाँको सुरक्षा ब्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र वामदेवका प्रेस सल्लाहकारबीच बाझाबाझ, 'को ठिक को बेठिकदेखि चाकडी दलाली'सम्मको आरोप प्रत्यारोप

    प्रधानमन्त्री र वामदेवका प्रेस सल्लाहकारबीच बाझाबाझ, 'को ठिक को बेठिकदेखि चाकडी दलाली'सम्मको आरोप प्रत्यारोप

    काठमाडौं:  प्रधानमन्त्री तथा नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई उपाध्यक्ष वामदेव गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जवाफ फर्काएका छन्। थापाले गौतमको आलोचना गरेपछि सुवेदीले सवाल जवाफमा उत्रिएका हुन्। शनिवारको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई थापालाई सल्लाहकारबाट हटाउन आग्रह गरेका थिए। सञ्चार माध्यममा प्रधानमन्त्रीको बचाउ गरेको भए पनि प्रेस सल्लाहकारले नै ओलीलाई एक्ल्याइ रहेको धारणा गौतमले उक्त बैठकमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell