काठमाडौंः प्रहरीले खाग तस्कर समूहलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो। बुटवलको एक होटेलमा तस्कर समूह रहेको जानकारी पाएपछि समात्न पुगेको प्रहरीकै पेस्तोल खोसेर गोली प्रहार गर्दा एक जना घाइते भएका छन्। गोली चलाउने युवक भने फरार रहेको प्रहरीले जनाएको छ। घाइतेको पहिचान हुन सकेको छैन। उनी पनि तस्कर समूहकै सदस्य हुनसक्ने…
काठमाडौंः भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मध्यराति भक्तपुरको मध्यपुरठिमी नगरपालिका ३ कौशलटारमा भक्तपुरबाट काठमाडौं आउँदै गरेको कार दुर्घटना हँदा काठमाडौं धुम्बाराही पिपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको हो। त्यस्तै बा८ च. ४७५६ नम्बरको कारमा सवार रहेका अन्य तीन जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानेचेस्टर युनाइटेडले वेस्टहम युनाइटेडमाथि सहज जित निकालेको छ। लण्डन स्टेडियममा भएको खेलमा म्यानचेस्टरले घरेलु टोलीमाथि ३-१ गोलअन्तरले पुनरागमन जित निकालेको हो। खेलमा वेस्टहमले अग्रता बनाएको थियो। खेलको ३८ औं मिनेटमा टोमस सौसेकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा वेस्टहम एक गोलले अघि रह्यो। दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्न सक्यो।…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिड्स युनाइटेडलाई हराउँदै चेल्सी शीर्षस्थानमा पुगेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले लिड्समाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलको ४ मिनेटमै लिड्सले खेलमा अग्रता बनाएको थियो। तर घरेलु टोलीका लागि ओलिभिए जिरुले २७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउँदा पहिलो हाफ १-१ को बराबरी टुंगियो। दोस्रो हाफमा म्यासन माउन्टको पासमा गोल गर्दै…
स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना काडिजसँग पराजित भएको छ। स्टेडियो रामोन डी कार्रन्जामा भएको खेलमा घरेलु टोलीले बार्सिलोनामाथि २-१ गोलअन्तरले जित निकालेको हो। अल्भेरो जिमिनेटको गोलमा खेलको ८ औं मिनेटमै काडिजले खेलमा अग्रता बनाएको थियो। आफ्नो अग्रतालाई पहिलो हाफमा घरेलु टोलीले कायम राख्यो। दोस्रो हाफमा बार्सिलोनाले खेल बराबरीमा ल्यायो। खेलको ५७ औं मिनेटमा काडिजका पेड्रो अल्कालाले आत्मघाती गोल…
झापा : राजसंस्था तथा हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला झापामा विशाल प्रदर्शन गरेको छ। राप्रपाले संघीयता खारेजीको माग प्रधानमन्त्रीको गृह जिल्लामा शक्ति प्रदर्शन गरेको हो। राप्रपाले मोटर तथा मोटरसाइकल र्याली आयोजना गरेको थियो। र्यालीमा हजारौंको सहभागिता थियो। प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए। दिउँसो साढे…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवारको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधान स्थायी कमिटीको बैठक मार्फत् निकाल्ने निर्णय गरेको छ। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच 'वान अन वान', त्यसपछि चार घण्टासम्म चलेको सचिवालयको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन। 'पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत प्रतिवेदनहरु स्थायी कमिटीमा छलफल गरेर अघि बढ्ने कुरा भएको छ,' पार्टी…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दुवै अध्यक्षका राजनीतिक प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा पेश गर्ने निर्णय गरेर सकिएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको प्रतिवेदनलाई स्थायी कमिटीमा लगिने भएको हो। यो पनि पढ्नुस् : नेकपाका दुई अध्यक्षको प्रस्तावमाथि भोलि नै स्थायी कमिटीमा छलफल स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको सचिवालय बैठकमा पार्टीमा…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार २४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ। त्यस्तै थप १० जना कोभिड-१९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा जनाएको छ। योसँगै नेपालमा एक हजार ५७७ जनाको मृत्यु भएको छ। पछिल्लो २४…
बलिउड अभिनेत्री शिल्पा शेट्टीले मुम्बईमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छिन्। हाल उनी आफ्नो नयाँ व्यवसायको सामाजिक सञ्जालमार्फत् प्रचार प्रसार गर्दैछिन्। एबिपी न्यूजका अनुसार उक्त रेस्टुरेन्ट बलिउड सेलिब्रेटीहरूका लागि 'ह्याङ्ग आउट' गर्ने ठाउँ बन्ने विश्वास लिएकी छिन्। त्यहाँको फोटो सेयर गर्दै उनले लेखेकी छिन्,'र अब यो तयार छ।' एक तस्विरमा भने उनी पति राज कुन्द्र, अभिनेता रितेश देशमुर र अभसनेत्री…
रसियामा कोभिड-१९ विरुद्ध खोप लगाउने कार्यक्रम सुरु भएको छ। पहिलो चरणमा त्यहाँको राजधानी मस्कोमा संक्रमणको उच्च जोखिममा रहेकाहरूलाई खोप लगाउन थालिएको हो। रसियामै बनेको खोप 'स्पुट्निक भी' अगस्टमा दर्ता भएको थियो। उत्पादकहरूले उक्त खोप ९५ प्रतिशत सुरक्षित भएको बताएका छन्। जसले कुनै पनि किसिमको असर गर्ने उनीहरूको दावी छ। खोप अझै परीक्षण भइरहेको छ। हजारौं मानिसले खोप लगाउनका लागि नाम…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमलियाबाट अमेरिकी सेना फिर्ता बोलाउन आदेश दिएका छन्। अमेरिकी रक्षा मन्त्रालयका अनुसार उनले जनवरीको १५ सम्ममा सेना फिर्ता बोलाउन लगाएका हुन्। सोमालियामा अमेरिकाका करिव ७ सय सैनिक छन्। उनीहरू अल-शबाब र इस्लामिक स्टेट जस्ता कथित चरमपन्थी संगठनहरूको लडाइमा स्थानीय सुरक्षाबलको साथ दिइरहेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार सैनिकी छिमेकी राष्ट्रहरूमा पठाइन्छ। विशेषगरी सीमा सुरक्षका लागि। ट्रम्पले इराक…
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकी नागरिकहरूले कोरोना भाइरसविरुद्धको खोप अनिवनर्य लगाउन नपर्ने बताए। उनले मास्कको प्रयोगलाई प्रोत्साहित गरेका छन्। राष्ट्रपतिका रुपमा आफ्नो पहिलो दिनदेखि सय दिनसम्म सबै अमेरिकीलाई अनिवार्य मास्क लगाउन आग्रह समेत गरेका छन्। बीबीसीका अनुसार सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले पनि मास्कको प्रयोग अनिवार्य गर्न निर्देशन दिएको छ। घरभित्र रहँदा बाहेक जस्तो सुकै स्थितिमा पनि मास्क लगाउन…
कोभिड-१९ नियन्त्रणका लागि अमेरिकाका सिनेमाघरहरू बन्द गरिएका थिए। सिनेमाको सर्वाधिक ठूलो बजार रहेको अमेरिकामा सिनेमाघरहरू ठप्प रहेपछि भएको आर्थिक क्षतिबारे विविध विश्लेषण भए। करिव ६ महिनापछि, गत सेप्टेम्बरदेखि सिनेमाघरहरू खुले। तर, दर्शक फर्किएनन्। एक्सन थ्रिलर 'टेनेट' सोही समय प्रदर्शनमा आएको थियो। उक्त फिल्मले सिनेमाको बजारलाई लयमा फर्काउने अनुमान गरिएको थियो। तर, त्यसो भएन। फिल्मले दुई सातामा जम्मा २९.५ मिलियन डलर…
काठमाडौंः आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन्। त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार चार महिनाको अवधिमा ६ हजार ६०० लाभग्राहीले दोस्रो किस्ता रकम लिएका छन्। यस्तै ५ हजार ११४ ले तेस्रो किस्ता लिएका छन्। यस अवधिमा थप ६८५ प्रवलीकरण लाभग्राहीले सम्झौता…
काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दूर्व्यवहारविरुद्ध मंसिर २७ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ। कांग्रेसले पौडेलमाथि भएको दूर्व्यवहारले सरकारमा सर्वसत्तावादी प्रवृत्ति देखिएको भन्दै आलोचना पनि गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले विरोध प्रदर्शनको निर्णय गरेको हो। बैठकको निर्णयमा भनिएको छ, ‘तनहुँ जिल्लामा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत…
भारत र अस्ट्रेलियाबीचको तीन खेलको टी २० सिरिज अन्तर्गत आज भएको पहिलो खेलमा भारतले जित निकालेको छ। क्यानबेरा स्टेडियममा भएको खेलमा भारतले अस्ट्रेलियामाथि ११ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। भारतका लागि केएल राहुलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५१ रन बनाए। त्यसबाहेक रबीन्द्र जडेजाले अभिजित ४४ रन…
काठमाडौं : २०७५ सालको 'हरितार चलचित्र पुरस्कार' चलचित्रकर्मीं कृष्ण मल्ल र नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठलाई दिइने भएको छ। त्यस्तै २०७६ सालको सोही पुरस्कार गीतकार सहदेव ढुंगानालाई दिइने छ। २०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो पुरस्कार मानिन्छ। वर्ष २०७५ का लागि ४ दशक भन्दा बढी समय…
काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २७२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोभिड-१९ को संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को महामारी स्वास्थ्य समस्या मात्र नभएर विश्वका लागि 'वेकअप कल' भएको बताएका छन्। 'अहिलेको पाण्डेमिक स्वास्थ्य संकट मात्र नभएर यो राष्ट्रहरुबीचको बढ्दो असमानता र प्रकृतिसँग मिलाप गर्न सक्ने मानवताको असफलताको वेक अप कल हो,' संयुक्त राष्ट्र संघको महासभा अन्तर्गतको कोभिड-१९ सम्बन्धि ३१औं विशेष सत्रलाई सम्बोधन गर्दै उनले भने, 'हो हामी सबै एउटै आगाको…