काठमाडौं : काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ। महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो। नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका…
कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का ७६ वर्षीय पुरुषको धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो। मङ्सिर १४ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनी दम रोगबाट समेत ग्रसित रहेको अस्पतालले…
वार्नर ब्रोजले आफ्नो निर्माण रहेको सम्पूर्ण फिल्म हल प्रदर्शन लगत्तै स्ट्रिमिङ साइटमा उपलब्ध गराउने भएको छ। जसका कारण हलिउड स्टुडियो र अमेरिकी सिनेमा घरहरू बीचको तनाव बढ्ने बीबीसीले जनाएको छ। ् यस निर्णयले दर्शकलाई प्रदर्शनको तयारीमा रहेको साइन्स फिक्सन ड्यून र मेट्रिक्स सिक्वेल एचबीओ म्याक्समा एकसाथ हेर्न सहज हुनेछ। यसअघि प्रदर्शन हुने नयाँ फिल्म महिनौंसम्म सिनेमा घरमा उपलब्ध हुन्थे। तर, कोभिड-१९…
खिला कार्की - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सरकारले बुधवार तनहुँको दमौलीबाट पक्राउ गरेर तीन घण्टा नियन्त्रणमा लिएपछि नेपाली राजनीति एकपटक तरंगित भएको छ। त्यतिमात्र होइन, यस घटनाले सत्ताको नेतृत्व अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको नियतमाथि केही गम्भीर प्रश्न उठेका छन्। ती प्रश्नका भागिदार सरकारका अन्य निकाय होइन, ओली नै हुन्। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जत्तिको नेतामाथि…
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले डिसेम्बरको अन्त्यतिर आफू भारत भ्रमणमा जाने र भ्रमणको प्रमुख एजेन्डा सीमा विवाद हुने बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित भएका मन्त्री ज्ञवालीले भारतसँगको सम्वादहीनताको अवस्था पनि अन्त्य भएको बताए। उनले भारतीय 'रअ' प्रमुख सामन्त गोयल र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीच उत्पन्न संवादहीनताको अवस्था अन्त्य गरेको बताए। उनले विदेश…
बलिउड कलाकारहरू अनिल कपुर, नीतु कपुर र वरुण धवनलाई कोभिड-१९ को संक्रमण देखिएको छ। फिल्म 'जुगजुग जिओ'को छायाँकनका क्रममा उनीहरूलाई संक्रमण पुष्टि भएको थियो। १ महिना यता फिल्मको छायाँकन प्रभावित भएको टाइम्स अफ इन्डियाले जनाएको छ। फिल्मका निर्देशक राज मेहतालाई पनि संक्रमण देखिएको थियो। नीतुले आफूहरू स्वस्थ र सुरक्षित रहेको बताउँदै इन्स्टाग्राममार्फत् जानकारी समेत दिएकी थिइन्। …
गणेश सिर्पाली - रुकुम पश्चिम : माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी जनसरकारमा ‘रजिष्ट्रेशन पास’ गराएको घरजग्गामा उनका छोरा खड्क बहादुरले आफ्नो हकभोग स्थापित गर्न सकेका छैनन्। आठ वर्षदेखि उनको जग्गाको स्वामित्व विवादमा छ। खड्क बहादुरका बाबुले २०५६ सालमा छिवा कुमारी घर्तीबाट रु.७ लाखमा घर, गोठ…
काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ। आज बिहान ८:१२ बजेसम्मको तथ्याङ्क अनुसार १५ लाख ४ हजार ४ सय ४३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो। यसमध्ये अमेरिकामा सबैभन्दा धेरै मानिसले ज्यान…
संयुक्त राज्य अमेरिकाका हुँदै गरेका राष्ट्रपति जोय बाइडेनले अमेरिकी नागरिकलाई एक सय दिन मास्क लगाएर कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा सघाउन आग्रह गरेका छन्। हरेक अमेरिकीले मुख छोप्नेगरी मास्क ल गाउने हो भने कोभिड १९ संक्रमितको संख्यामा उल्लेख्य कमी ल्याउन सकिने उनले बताएको सीएनएनलाई उदृत गर्दै बीबीसीले जनाएको छ। साथै बाइडेनले अमेरिकी सरकारी कार्यालयमा अनिवार्य मास्कको प्रयोग गर्नेबारे आदेश दिनसक्ने बताएका…
काठमाडौंः अर्थ मन्त्रालयले कोरोना बीमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ। मन्त्रालयले यसअघि दिएको निर्देशनको पालना नभएपछि पुनः निर्देशन दिएको हो। मन्त्रालयमा यसअघि कात्तिक १८ गते बसेको बैठकले सात दिनभित्र बीमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो। मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा प्राप्त नभएको बताएको छ। कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया…
काठमाडौंः सर्वोच्च अदालतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपालमात्र राखेर पत्राचार गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गरेको छ। सरकारले असोज ११ गते कूटनीतिक निकायमा हुने पत्राचार प्रयोजनका लागि यसअघि लेखिँदै आएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपालमात्र लेख्ने निर्णय गरेको थियो। निर्णयविरुद्ध अधिवक्ता सुब्बा श्रेष्ठले कात्तिक २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए। न्यायाधीश मीरा खड्काको एकल इजलासले बिहीबार उक्त…
काठमाडौं: नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीको भत्सर्ना गर्दै संघले दोषीमाथि कडा कारवाही तथा गृहमन्त्रीको राजीनामा माग गरेको हो। अध्यक्ष उमा रेग्मीले जारी गरेको विज्ञप्तिमा घटनालाई लोकतन्त्रको खोल ओडेर गरिएको बर्बर तानाशाही आक्रमण र लोकतन्त्रमाथिको प्रहार भन्दै यस्तो कदमविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।
काठमाडौं : नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारका विजेताहरुको नाम घोषणा गरिएको छ। रमेश विकल साहित्य प्रतिष्ठानले विहिवार विज्ञप्ति जारी गर्दै पुरस्कार विजेताहरुको नाम सार्वजनिक गरेको हो। प्रतिष्ठानका अनुसार यस वर्षका पुरस्कारहरू वाङमय (साहित्य), समाजसेवा र कला सङ्गीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूलाई प्रदान गरिने छ। प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिस अनुसार सम्मानित हुने प्रतिभाहरूको नाम…
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मुम्बई पुगेर अक्षय कुमारलाई भेटे। त्यहाँ उनको ५० भन्दा बढी फिल्मकर्मीलाई भेट्ने कार्यक्रम छ। कारण – नोएडामा बन्ने भनिएको भारतको सबैभन्दा ठूलो र अत्याधुनिक फिल्म सिटी। उक्त फिल्म सिटीका लागि अभिनेता, निर्माता र निर्देशकहरूको सल्लाह सुझाव लिइरहेका छन्। फिल्म सिटी यमुना एक्सप्रेस-वेबाट सेट ग्रेटर नोएडा सेक्टर-२१ मा एक हजार एक्कडमा बनिरहेको छ। भलै उनको परियोजनामाथि मुम्बईको…
काठमाडौं: बिहीवार १ हजार ३ सय ४३ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३४३ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार १ सय ११ जना संक्रमण मुक्त भएका छन्। हालसम्म नेपालमा जम्मा संक्रमित संख्या २ लाख ३७ हजार ५ सय ८९ छ। आज १३ जना संक्रमितको निधन भएसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १…
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर (एमए) परीक्षा दुई घण्टामात्रै हुने सूचना हल्ला मात्रै भएको मानविकी तथा समाजशास्त्र संकायले जनाएको छ। सहायक डिन प्राध्यापक तारा प्रसाद भुसालले मानविकी संकायमा परीक्षा समय दुई घण्टा कायम गर्ने भनेर कुनै निर्णय नभएको जानकारी दिए। ‘हाम्रोतिर कुनै पनि निर्णय भएको छैन। दुई घण्टा मात्रै हुने भन्ने खबर झुटो हो। विद्यार्थीलाई नअल्मलिन आग्रह गर्छु,’ उनले भने। भुसालले…
काठमाडौं: नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा बिहीवार पुल उदघाटन गरेका छन्। बुधवार पुल उद्घाटनका क्रममा ब्यास नगरपालिकाको तालघरेममा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। पौडेलले बिहीवार पुल उद्घाटन गरेको बताएका छन्। उनले आज कार्यकर्ताको बाक्लो उपस्थितिका कारण प्रहरीले हस्तक्षेप गर्न नसकेको उल्लेख गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै पौडेलले शक्तिको दुरुपयोग गरी आफूलाई पुल उद्घाटन गर्नबाट बुधवार रोकिएको टिप्पणी गरेका…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। ओली राष्ट्रपति भण्डारीलाई भेटन विहान शीतल निवास गएका थिए। बिहीवारको नियमित मन्त्रिपरिषदको बैठक अघि ओलीले राष्ट्रपतिलाई भेटेका हुन्। प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाइले जानकारी दिए। उनले राष्ट्रपतिसँगको भेट नियमित भेट भएको बताए। 'भेट भएको हो। भेट नियमित हो,' उनले भने। आजै ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै…
काठमाडौं : शिक्षक, विद्यार्थी र पत्रकारका लागि अन्तर्दृष्टि पुरस्कार दिइने भएको छ। डाक्टर कमल लामिछानेले विज्ञप्तीमार्फत् उक्त पुरस्कार स्थापना घोषणा गरेका हुन्। देशभर समावेशी तथा एकीकृत शिक्षा कार्यक्रम सञ्चालन गर्ने तीन सयभन्दा बढी विद्यालयमा अध्यापनरत शिक्षकमध्ये एक जनालाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ र तिनै विद्यालयमा अध्ययनरत अपांग विद्यार्थीहरूसँग काँधमा काँध र साथमा साथ मिलाई हातेमालो गर्दै आएका एक जना अपांगता…
काठमाडौं : चीनले नेपालसँगको सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई प्रभाव नपर्ने स्पष्ट परेको छ। चिनियाँ विदेश मत्रालयका प्रवक्ता हुवा चुनइङले यस्तो बताएकी हुन्। बुधवार चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, 'हाम्रो सम्बन्धले अन्य तेस्रो पक्षलाई प्रभाव पार्ने छैन।' भारतीय मिडिया प्रसार भारतीका तर्फबाट प्रवक्तालाई चीनका स्टेट काउन्सिलर वेइ फङ्हले हालै नेपाल भ्रमण गरेको विषयमा प्रश्न सोधिएको…