बारा : जितपुरसिमरा उपमहानगरपालिकाको छाप र रसिद कीर्ते गरी कर संकलन गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२ बस्ने ३५ वर्षीय अजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। साहले उक्त उपमहानगरपालिकाको छाप र रसिद कीर्ते गरी मङ्सिर ७ गते सोही उपमहानगरपालिका-१६ स्थित बालगंगा खोलामा कर सङ्कल गरेको अवस्थामा फेला पारी उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। साह उपर जिल्ला अदालत बाराबाट ५…
काठमाडौं : राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाहरुमा कोभिडको असर सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ। समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुमा कोभिडले पारेको असर सम्बन्धमा स्थलगत अनुगमन गरी अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन उपसमिति गठन गर्ने निर्णय गरेको हो। समिति सभापति दिल कुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत…
काठमाडौं : कोभिड–१९ संक्रमणको पहिचानका लागि एन्टिजिन र्यापिड डायग्नोस्टिक टेस्ट (एजी-आरडीटी) परीक्षण सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो। गत सोमबार देखि शुरु गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिने छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका…
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आफूलाई नियन्त्रणमा लिएको सूचना पौडेलले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्। ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्,’ उनले भनेका छन्। पौडेलसँगै प्रहरीले तनहुँ जिल्ला कार्यबाहक सभापति जितप्रकाश…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको केहीबेरमै सकिएको छ। प्रधानमन्त्री तथा एक अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको बैठक केही बेरमा सकिएको हो। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले बैठक सकिएको जानकारी दिए। 'बैठक सकिएको छ। सुरु भएकै केहीबेरमा सकिएको हो,' उनले भने। बैठकमा के विषयमा छलफल भयो भन्ने विषयमा जानकारी गराइएको छैन। यता…
काठमाडौं : नेपाल प्रहरीले दुई एसपी र एक इन्सपेक्टरलाई निलम्बन गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई निलम्बन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी…
काठमाडौं : डिसेम्बर ५ मा भारतको बेंग्लोरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी हुन जाने नेपाली टोलीका सदस्य रोजिन बज्राचार्यलाई बुधवार बिदाइ गरिएको छ। नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो। रोजिनलाई नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै…
काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले ५८ खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। निमित्त मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएका छन् जसमा बंगलादेशसँगको सिरिजका लागि प्रशिक्षणमा बोलाइएका भन्दा २४ जना नयाँ खेलाडी छन्।पछिल्लो समय टिममा नहरेका खेलाडी विराज महर्जनलाई पनि क्याम्पमा बोलाइएको छ भने विमल घर्ती मगर, दिनेश राजबंशी, आदित्य चौधरी र सन्तोष तामाङलाई पनि क्याम्पमा बोलाइएको…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक एक घण्टाका लागि सारिएको छ। महासचिवको आकस्मिक काम परेका कारण बैठक स्थगित भएको हो। मंगलावार बसेको सचिवालयको बैठकमा नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको औचित्य नभएको भन्दै बैठक नगर्ने अडान लिएका थिए। तर, बहुमत सदस्यले पार्टीको बैठकमा छलफल गर्नुपर्ने बताएका थिए। त्यसपछि बुधवारका लागि बैठक आह्वान गरिएको…
अस्ट्रेलिया र भारतबीचको एकदिवसीय सिरिजको तेस्रो खेल जारी छ। सुरुका दुई खेल जितेको अस्ट्रेलियाले सिरिज आफ्नो नाम गरिसकेको छ। आज जारी खेलमा भारतीय टिमका कप्तान बिराट कोहलीले सचिन तेन्दुल्कर लगायताका खेलाडीलाई पछि पार्दै आफ्नो नयाँ कीर्तिमान बनाएका छन्। कोहलीले आजको खेलमा २३ रन बनाउँदा ओडीआईमा सबैभन्दा छिटो १२ हजार रन बनाउने खेलाडीको कीर्तिमान बनाए। तेन्दुलकरले १२ हजार रन ३०९ म्याचमा बनाएका…
काठमाडौं : मंगलवार बसेको सत्तारुढ दल नेपाल कम्युस्ट पार्टी (नेकपा) बैठक आज बुधवार पुन: १ बजे बस्ने गरी सकियो। तर, आज बैठक बस्ने नबस्ने भन्ने अन्यौल बढेको छ। प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकको औचित्य नभएको भन्दै बैठकमा सहभागी नहुने अडानमा बसेका छन्। मंगलवारको बैठकमा पनि प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको भन्दै बैठक राख्न नहुने अडान लिएका…
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समितिको बैठकले दुई वटा समिति निर्माण गरेको छ। कार्यसम्पादन समितिको मंशिर १५ गतेको बसेको बैठकले क्रिकेट समिति र छनोट समिति गठन गरेको हो। क्यानले एक विज्ञप्ति निकाल्दै संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति र राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरेको जनाएको हो। दुवै समितिका अन्य सदस्यहरु संघको आगामी…
संयुक्त राज्य अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेजस्तो २०२० निर्वाचनमा बदमासी भएको कुनै प्रमाण फेला नपरेको बताएका छन्। 'आजसम्म हामीले मत परिणाममा असर पर्नेगरी कुनै पनि बदमासी भएको प्रमाण फेला पारेका छैनौं,' उनले भने। चुनावी परिणामलाई लगातार अस्वीकार गर्दै आएका ट्रम्पका लागि विलियम बारको भनाइले थप खराब अवस्थातिर धकेलेको छ। ट्रम्प र उनका समर्थकहरुले विभिन्न राज्यमा चुनावमा…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘ए’ को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बायर्न म्युनिख बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली मड्रिड बायर्नसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको २६ औं मिनेटमा जोआओ फिलिक्सको गोलमा एट्लेटिको मड्रिडले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको बायर्नलाई थोमस मुलरले बराबरीमा ल्याए। उनले…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘डी’ को खेलमा इङ्ग्लिस क्लब लिभरपुलले डच क्लब आयाक्समाथि संघर्षपूर्ण जित निकालेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोलीले १-० को जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लिभरपुलले निर्णायक गोल गरेको थियो। लिभरपुलका लागि कर्टिस जोन्सले ५८ औं मिनेटमा निर्णायक गोल गरेका थिए। जितसँगै लिभरपुलले अन्तिम १६ मा स्थान…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘बी’ को खेलमा इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखमाथि जित निकालेको छ। बोरुसिया पार्क स्टेडियममा भएको खेलमा मिलानले ३-२ गोल अन्तरले संघर्षपूर्ण जित निकालेको हो। इन्टरको जितमा रोमेलु लुकाकुले दोहोरो गोल गर्दा म्याट्टेओ डर्मिएनले एक गोल गरे। उता घरेलु टोलीका लागि एलास्साने प्लिले दोहोरो गोल गरे। खेलको १७ औं मिनेटमा इन्टरले…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘बी’ को खेलमा रियल मड्रिड शख्तर डोनेस्कसँग पराजित भएको छ। एनएससी ओलिमपियस्कीमा भएको खेलमा रियलमाथि घरेलु टोली सख्तरले २-० को जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा शख्तरले अग्रता बनाएको थियो। खेलको ५७ औं मिनेटमा डेन्टिन्होले शख्तरलाई अग्रता दिलाउँदा ८२ मेनर सोलोमनले अग्रता दोब्बर बनाए। उता रियलले गोल फर्काउन…
काठमाडौं: कोरोना भाइरस महामारीले विगत १० महिनादेखि बन्द रहेका ठमेलको रात्रिकालीन व्यवसाय खोल्न व्यवसायीहरुले माग गरेका छन्। व्यवसायीको छाता संगठन ठमेल पर्यटन विकास परिषद्, ठमेल रात्रिकालीन व्यवसायी उपसमितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै रोग भन्दा भोकले मर्ने अवस्था आएकाले आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ। भोलिबाट व्यवसाय…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने बताएका छन्। मंगलवार गृह मन्त्रालयमा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको नवौँ बैठकमा गृहमन्त्री थापाले सरकारको प्रमुख लक्ष्य भनेकै जाडोको समयमा हिमपात तथा शीतलहरका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्नु रहेको उल्लेख…
कास्की : बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा पोखरा महानगरपालिका-६ खहरे बस्ने फ्रेन्च नागरिक ६० वर्षीय क्रिस्टियन सर्ज हेनरी नौगारटलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकलाई बाल यौन दुरुपयोग/शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी…