काठमाडौं : नेपाली काँग्रेस संसदीय दलले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अभद्र व्यवहारको भत्सर्ना गरेको छ। हिजो तनहुँको व्यास नगरपालिकाको तालघरेमा नेता पौडेल र नेपाली काँग्रेस तनहुँका नेता, कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय, तनहुँबाट निषेधाज्ञा जारी गरी पक्राउ गरिएको थियो। 'नेपालको संविधानद्वारा प्रदत्त भेला हुने, संगठन गर्ने र शान्तिपूर्ण तवरले कार्यक्रम गर्न पाउने हकमा आघात पुर्याउने गरी भएको उक्त कार्यको…
काठमाडौं : नेपाल फिल्म सोसाइटीको अमेरिका शाखा गठन भएको छ। कोलोराडो डेनभर अमेरिका निवासी नायक, निर्माता नवराज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यसहित कार्यसमिति गठन भएको हो। विश्वभर रहेका नेपाली फिल्मकर्मीहरूलाई एकवद्ध गर्न साथै अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन गरिएको केन्द्रिय अध्यक्ष कृष्ण मल्लले बताए। भने,'निकट भविष्यमा अन्य मुलुकहरुमा समेत नेपाल फिल्म सोसाइटीको शाखा बिस्तार गरिँदैछ।' कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एभरेष्ट…
वीरगंज: आगामी पुस ११ गते देखि काठमाण्डौमा राष्ट्रिय स्तरको संचालन हुने प्रधानमन्त्री कप कपको लागि जिल्ला स्तरमा क्रिकेट खेलाडीहरुको छनौट प्रतियोगिता शुरु भएको छ। प्रदेश २ को ८ जिल्लामा क्रिकेट संघले संघमा आवद्ध भएका खेलाडीमध्ये प्रशिक्षण शिविर मार्फत खेलाडी छनौट सुरु गरेका हुन्। यसैबीच बीरगंजको नारायणी क्रिकेट मैदानमा क्रिकेट संघ पर्साले ५ दिने शिविर आयोजना गरेको संघका पर्सा अध्यक्ष दाउद…
काठमाडौं : साझा पार्टीबीचको एकताप्रति असन्तुष्टि जनाउँदै विवेकशील नेपाली दलको एउटा समूहले आफूलाई पार्टीबाट अलग्याएको छ। विवेकशीलका उपाध्यक्ष अजीता राई, सचिव संगीता बटाजुसहित १३ जनाले वैकल्पिक राजनीतिको नयाँ एजेन्डासहित अगाडि बढ्ने जनाउँदै अहिलेको प्रकृयाबाट आफूलाई अलग राखेका हुन्। पार्टीको संघीय समिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजय बाबु शिवाकोटी, जेसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला,…
काठमाडौं : दुई साताअघि घोषणा गरिएको फिल्म ‘डिसेम्बर फल्स’का लागि अभिनेत्री अनुबन्धित भएकी छिन्। उपासना सिंह ठकुरी अभिनेता आर्यन सिग्देलको अपोजिटमा देखिने भएकी हुन्। ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी छिन्। सस्पेन्स लभस्टोरी माथि बन्ने 'डिसेम्बर फल्स'लाई भारतीय फिल्मकर्मी प्रवीण झाले निर्देशन गर्नेछन्। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा अन्य कलाकार सलोन बस्नेत, सुमन थापा, नागेन्द्र…
संयुक्त राज्य अमेरिकामा आज कोभिड १९ सम्बन्धित दुई नयाँ रेकर्ड कायम हुन पुगेको छ। कोरोना भाइरस संक्रमणका कारण खराब अवस्था झेलिरहेको अमेरिकामा एकै दिन २ लाख भन्दा धेरै संक्रमित पहिचान भएका छन् भने एकै दिन अस्पतालमा उपचारका लागि भर्ना हुनेको संख्या १ लाखभन्दा धेरै पुगेको छ। कोभिड १९ विरुद्धको खोपमा सफलता पाएको खबरसँगै अमेरिकामा संक्रमणको अर्को वेभ जसरी आएको छ,…
काठमाडौं : पुल उद्घाटनको विषयले विवादको रुप लिँदा पक्राउ परेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असली लोकतन्त्र कहिले मिल्छ भन्दै प्रश्न गरेका छन्। 'पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसो भन्दा साँझ दुखेर आयो,' पौडेलले ट्विट गरेका छन्, 'हिजो भन्दा आज दुखाइ बढी छ।' उनले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताउँदै असली लोकतन्त्र…
महोत्तरी : महोत्तरी जिल्लाको माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दुर्घटना हुँदा गौशाला–८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो। राति तीव्र गतिमा हाँकिएको प्रदेश २–०२–००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा दुर्घटना भएको हो।…
विशाल लम्साल - नेपालमा राणातन्त्र, पञ्चायत, राजतन्त्रको अन्त्य हुँदै गणतन्त्रको स्थापना भएको नि डेढ दशक हुन लाग्यो। राणा शासनको अन्त्य गर्दै राजालाई शक्तिशाली बनाउने काम २००७ साल फागुन ७ गते सम्पन्न भयो। राणा शासन राणाहरूले गरेको पारिवारिक शासन थियो। नेपालमा यो १०४ वर्षसम्म कायम रह्यो। राणा शासनमा देशका मुख्य मुख्य शक्तिशाली पदहरूमा पनि राणा खानदानका मानिसहरू नै नियुक्त हुने गर्दथे।…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘जी’ को खेलमा युभेन्टसले डाइनामो केइभमाथि सहज जित निकालेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोलीले केइभमाथि ३-० को सहज जित निकालेको हो। खेलमा फेडेरिको छिएसाले खेलको २१ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टसका लागि दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले अर्को गोल थपे। उनले अल्भेरो…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङ्ग्लिस क्लब चेल्सीले स्पेनिस क्लब सेभियामाथि सानदार जित निकालेको छ। सेभियाको घरेलु मैदानमा भएको खेलमा ओलिभिए जिरु चम्कँदा चेल्सीले ४-० को सानदार जित निकालेको हो। चेल्सीको जितमा सबै गोल जिरुले गरे। खेलको छैटौं मिनेटमा जिरुले गरेको गोलमा अग्रता बनाएको चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा उनले तीन गोल थपे। उनले…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग पराजित भएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ गोलअन्तरले पराजित भएको हो। खेलको छैटौं मिनेटमै नेइमारले पीएसजीलाई अग्रता दिलाए। उता ३२ औं मिनेटमा युनाइटेडका मार्कस रासफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा खेल बराबरीमा रोकियो। दोस्रो हाफमा…
काठमाडौं : नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो समय ह्याम्स अस्पताल भर्ना भएका लामिछानेले आज सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी गराएका हुन्। ‘झण्डै १० दिनको आइसोलेसन बसाइपछि मेरो कोभिड-१९ परीक्षणमा नेगेटिभ नतिजा आएको जानकारी गराउन चाहन्छु,’ लामिछानेले मैदानमा उत्रिन आफू आतुर भएको जनाउँदै लेखेका छन्, ‘म मैदानमा उत्रिएर मेरो टिमका लागि मैले सक्ने…
अस्ट्रेलिया र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा अस्ट्रेलियामाथि भारतले जित निकालेको छ। आज क्यानबेरामा भएको खेलमा भारतले १३ रनको जित निकाल्दै सिरिजमा सान्त्वना जित निकालेको हो। यद्यपि सिरिज भने अस्ट्रेलियाले २-१ ले जितेको। आजको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा निर्धारित ५ विकेट गुमाउँदै ३०२ रन बनायो। भारतका लागि हार्दिक पाण्ड्याले अभिजित सर्वाधिक ९२ रन…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी सरकारलाई महंगो पर्ने चेतावनी दिएका छन्। पौडेलमाथिको दुर्व्यवहार प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने गगनको चेतावनी छ। पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया भन्दा पनि नियोजित, राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको उल्लेख गर्दै थापाले घटनाले सरकारको चरित्रलाई उदाङ्गो बनाएको बताएका…
काठमाडौं : गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याई मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त ताप्लेजुङ गेंरिडदेन गाउँपालिका-४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। उनले ३ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई र कतार हुँदै साउथ अफ्रिकासम्म पुर्याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा गर्न माग गरेको छ। पौडलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भन्दै कांग्रेसले घटना आपत्तिजनक एवं निन्दनीय भएको र सरकारको प्रवृत्तिविरुद्ध देशब्यापी प्रतिरोध गरिने जनाएको छ। बुधवार साँझ विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक रहेको उल्लेख गरेका छन्। ‘सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै…
काठमाडौं : स्वास्थ्य मन्त्रालयले सूचनामा एकरुपता नभएको भन्दै राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले आलोचना गरेका छन्। राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले यस्तो आलोचना गरेका हुन्। स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागि बैठकमा उनले भने- 'एक दिन सूचना जारी गर्नुहुन्छ कोभिडमा शूल्क लाग्छ, अर्को दिन भन्नुहुन्छ शूल्क लाग्दैन, अर्को दिन फेरी भन्नुहुन्छ असहायलाई लाग्दैन् अरु सबैलाई लाग्छ। यो…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ४९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा दुई लाख ३६ हजार २४६ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार ५३८ पुगेको छ। त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…
काठमाडौं: जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ घटनाको विरोध गरेका छन्। तनहुँमा स्थानीय प्रशासनले आकस्मिक कर्फ्यू लगाएर पौडेललाई पुल उद्घाटन गर्न रोक लगाएको थियो। पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। गृहजिल्लामा आफ्नै पालामा बनेको पुल उद्घाटन गर्न नेकपा निकट राष्ट्रिय युवा संघका कार्यकर्ताले अवरोध गरेपछि स्थानीय…