PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

  • तीन घण्टासम्म चलेको सर्वदलीय छलफलमा प्रधानमन्त्रीले भने : संविधान विरोधी गतिविधि रोक्न एक जुट हौं

    तीन घण्टासम्म चलेको सर्वदलीय छलफलमा प्रधानमन्त्रीले भने : संविधान विरोधी गतिविधि रोक्न एक जुट हौं

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ। ११ बजे सुरु भएको बैठक तीन घण्टासम्म चलेको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी थिए। बैठकको सुरुमा राजनीतिक दलका नेताहरुलाई स्वागत गर्दै प्रधानमन्त्रीले संविधान विरोधी गतिविधि नियन्त्रणमा सम्पूर्ण दललाई एक हुन आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'प्राप्त उपलब्धिहरूको  रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा…

    विस्तृतमा पढ्नुस्

  • आम आदमी पार्टीको आरोप : दिल्लीका मुख्यमन्त्रीलाई नजरबन्दमा राखियो

    आम आदमी पार्टीको आरोप : दिल्लीका मुख्यमन्त्रीलाई नजरबन्दमा राखियो

    भारतमा आम आदमी पार्टीले दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवाललाई दिल्ली पुलिसले नजरबन्दमा राखेको आरोप लगाएको छ। सोमवार आन्दोलनमा उत्रिएका किसानहरुलाई भेटेर फर्किएका केजरीवाललाई घरमै प्रहरीले नजरबन्दमा राखेको पार्टीको आरोप रहेको छ। यद्यपि प्रहरीले यो आरोपलाई अस्वीकार गरिसकेको छ। प्रेस कन्फ्रेन्सलाई सम्बोधन गर्दै आम आदमी पार्टीका प्रवक्ता सौरभ भारद्वाजले केजरीवाललाई दिल्‍ली पुलिसले घरमै नजरबन्दमा राखेको आरोप लगाएका हुन्। #BJPHouseArrestsKejriwal pic.twitter.com/71c7kmr6uA —…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको उचाई करिब १ मिटर अग्लियो, अब ८ हजार ८ सय ४८.८६ मिटर

    सगरमाथाको उचाई करिब १ मिटर अग्लियो, अब ८ हजार ८ सय ४८.८६  मिटर

    काठमाडौं : सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८. ८६ मिटर कायम भएको नेपाल र चीनले घोषणा गरेका छन्। सगरमाथाको उचाई झन्डै १ मिटर थपिएको दुई देशबाट भएका बेग्लाबेग्लै सर्बेले देखाएको हो।  ६६ वर्षपछि सगरमाथाको नयाँ उचाई रेकर्ड भएको हो। दुई वर्ष लगाएर सन् १९५४ मा सर्बे अफ इन्डियाले सगरमाथाको उचाई लिएको थियो। त्यतिखेरको सर्बेमा ८ हजार ८ सय ४८…

    विस्तृतमा पढ्नुस्

  • कार्ड चीनमै अड्किँदा चलेन सहकारी बैंकको एटीएम

    कार्ड चीनमै अड्किँदा चलेन सहकारी बैंकको एटीएम

    काठमाडौं : सहकारी क्षेत्रको एकमात्र राष्ट्रिय सहकारी बैंकको एटिएम सेवा सञ्चालनमा ढिलाई भएको छ। गत वर्ष नै एटीएम सेवा सञ्चालन गर्ने योजनामा रहेको बैंक उत्तरी छिमेकी चीनबाट कार्ड नआएपछि ढिलाई भएको हो। कोभिड १९ महामारीका कारण कार्ड आयात नभएपछि एटीएम सेवा सञ्चालन गर्न नसकिएको सहकारी बैंकका प्रमुख कार्यकारी निर्देशक बद्रीकुमार गुरागाईंले जानकारी दिए। पछिल्लो समय सहकारी बैंकले आफूलाई प्रविधिमैत्री बनाउँदै…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायी एवं फिल्मकर्मी श्वेता खड्काले गरिन् विवाह, भन्छिन् : एकल महिलाका लागि काम गर्नेछु

    व्यवसायी एवं फिल्मकर्मी श्वेता खड्काले गरिन् विवाह, भन्छिन् : एकल महिलाका लागि काम गर्नेछु

    काठमाडौं : मंसिर २२ गते फिल्मकर्मी एवं व्यवसायी श्वेता खड्काको विवाह भयो। उनले प्रेमी विजयन्द्रसिंह रावतसँग वैवाहिक सम्बन्ध गाँसेकी हुन्। विजयन्द्र व्यवसायीक परिवारका हुन्। भर्खरै पढाई सकेका उनी व्यसायमा संलग्न हुने तयारीमा छन्। धनगढीमा बस्ने उनीसँग श्वेताले एक वर्ष लामो प्रेम सम्बन्ध पछि विवाह गरेका हुन्। काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित विवाह समारोहमा दुवै परिवारले सिमित साथीभाइ र आफन्तको उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस विरुद्धको पहिलो खोप ९० वर्षीया वृद्धबाट सुरु, बेलायतमा जनस्तरमा भ्याक्सिन सुरु

    कोरोना भाइरस विरुद्धको पहिलो खोप ९० वर्षीया वृद्धबाट सुरु, बेलायतमा जनस्तरमा भ्याक्सिन सुरु

    उत्तरी आयरल्यान्डकी एक नब्बे वर्षीया बृद्ध पहिलो कोभिड १९ विरुद्धको खोप फाइजर लगाउने व्यक्ति भएकी छिन्। ट्रायलभन्दा बाहिरका व्यक्तिमा उनी पहिलो भएको बीबीसीले जनाएको छ। यससँगै बेलायतमा सर्वसाधारणका लागि कोरना भाइरसविरुद्धको खोप जनस्तरमा गएको छ। इनिस्किलिनकी मार्गरेट किनानले युनिभर्सिटी अस्पताल कोभेन्ट्रीमा खोप लगाएपछि आफू अत्यन्तै विशेषाधिकार प्राप्त व्यक्ति झै भएको अनुभूति सुनाइन्। हब्सले बेलायतमा ८० वर्षभन्दा माथि र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा…

    विस्तृतमा पढ्नुस्

  • 'हिरो-हिरोइन'लाई छायाँमा पार्ने सहायक कलाकारहरू

    'हिरो-हिरोइन'लाई छायाँमा पार्ने सहायक कलाकारहरू

    बलिउड फिल्मको कथावस्तु प्राय मुख्य अभिनेता, अभिनेत्री केन्द्रित हुन्छन्। उनीहरूको वरपर घुम्ने अन्य पात्रको कथा गौण लाग्छ। तर, केही समययता सह भूमिकामा देखिने पात्रहरूले पनि दर्शकको ध्यान खिचिरहेका छन्। ख्याती कमाइरहेका छन्। केही पात्रहरू छन् जसले अभिनेता, अभिनेत्रीहरूलेभन्दा बढी चर्चा पाइरहेका छन्। फिल्म 'लक्ष्मी'मा शरद केलकर टिभीबाट फिल्ममा काम थालेका कलाकार हुन् शरद केलकर। उनको अभिनयलाई दर्शकसँगै समीक्षकले रुचाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • शिक्षक हत्या प्रकरण : प्रहरीको आशंका विप्लव समूहतिर!

    शिक्षक हत्या प्रकरण : प्रहरीको आशंका विप्लव समूहतिर!

    काठमाडौं : मोरङमा एक शिक्षकको आज बिहान गोली हानी हत्या गरिएको छ।  मोरङको मिक्लाजुङ् गाउँपालिका १ बर्खे भन्ने जंगलमा गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ। तर अहिलेसम्म प्रहरी घटनास्थल पुगिसकेको छैन। मृतका परिवार तथा स्थानियले शिक्षकलाई गोली हानेको जानकारी दिएका थिए। 'त्यो अलिक विकट ठाउँ भएकाले पुग्न केही समय लागेको हो। हाम्रो टोली घटनास्थल पुग्दैछ,' जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • हराएका सवारी साधन खोजी गर्न प्रहरीको अप्रेसन, बिक्री हुनसक्ने बस्तीमा प्रहरीको सुराकी

    हराएका सवारी साधन खोजी गर्न प्रहरीको अप्रेसन, बिक्री हुनसक्ने बस्तीमा प्रहरीको सुराकी

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र चोरी भएका मोटरसाइकल उपत्यका बाहिरका जिल्लामा पुर्‍याएर सस्तोमा बिक्री गर्ने गरेको खुलेको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही समयदेखि चोरी भएका मोटरसाइकल खोजतलास अभियानमा यस्तो देखिएको हो। उनीहरुले गाउँमा पुर्‍याएर नम्बर प्लेटदेखि अन्य सामानसमेत परिवर्तन गरेर सस्तोमा बिक्री गर्ने गरेको खुलेको हो। महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई चालु आर्थिक वर्षमा पक्राउ गरी कारबाही गरेको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • घरबाट 'उठाएर' लगेका शिक्षकको गोली हानी हत्या, घटनास्थल पुग्दै प्रहरी

    घरबाट 'उठाएर' लगेका शिक्षकको गोली हानी हत्या, घटनास्थल पुग्दै प्रहरी

    काठमाडौं : मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ ।  मोरङको मिक्लाजुङ् गाउँपालिका १ बर्खे भन्ने जंगलमा गोली हानी हत्या गरिएको हो। 'गोली हानेर हत्या भएको जानकारी आएको छ। हाम्रो टोली घटनास्थलमा पुग्दैछ। त्यसैले अहिले यही भन्ने अवस्था छैन,' जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले भने। सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक रहेका ५२ वर्षीया राजेन्द्र श्रेष्ठको हत्या भएको हो। उनलाई आज…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद्लगत्तै बालुवाटारमा सर्वदलीय बैठक : यस्ता छन् एजेण्डा

    मन्त्रिपरिषद्लगत्तै बालुवाटारमा सर्वदलीय बैठक : यस्ता छन् एजेण्डा

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई ओलीले बालुवाटारमा बोलाएका हुन्। बैठक केहीबेर अघिदेखि जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बालुवाटारमा जारी बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक बिवाद बढिरहेका बेला ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। राजावादीहरुले देशका विभिन्न भागमा प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • आज मेस्सी र रोनाल्डो आमनेसामने हुँदै

    आज मेस्सी र रोनाल्डो आमनेसामने हुँदै

    युईएफए च्याम्पियन्स लिग अन्तर्गत आजराति हुने समूह 'जी' अन्तर्गतको खेलमा आज बार्सिलोना र युभेन्टस आमनेसामने हुँदैछन्। क्याम्प नाउमा हुने खेलमा घरेलु टोली बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्टसका स्टार किस्टियानो रोनाल्डो आमनेसामने हुनेछन्। यसअघि पनि युभेन्टसको घरेलु मैदानमा यी दुई टोलीबीच प्रतिस्पर्धा भए पनि रोनाल्डो उक्त खेलमा कोरोना संक्रमणका कारण सहभागी थिएनन्। उक्त खेलमा बार्सिलोनाले २-० गोलअन्तरले जित निकालेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रत्येक वर्ष देशभर ६ सय भन्दा बढी मानिसको हत्या

    प्रत्येक वर्ष देशभर ६ सय भन्दा बढी मानिसको हत्या

    काठमाडौंः नेपालमा प्रत्येक बर्ष ६ सय जना मानिसको हत्या हुने गरेको छ। नेपाल प्रहरीको पछिल्लो तीन वर्षको तथ्याङक अनुसार प्रत्येक बर्ष ६ सय जना भन्दाबढीको हत्या भएको देखिन्छ। आर्थिक वर्ष २०७४/७५ मा देशभर ६ सय २८ जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ। आर्थिक वर्ष २०७५/७६ मा यो सङख्या झनै बढेको देखिन्छ। त्यो आर्थिक वर्षमा ६ सय ५९ जनाको हत्या…

    विस्तृतमा पढ्नुस्

  • थ्याङ्क्स गिभिङपछि अमेरिकामा क्रिसमसको त्रास!

    थ्याङ्क्स गिभिङपछि अमेरिकामा क्रिसमसको त्रास!

    क्रिसमसले कोभिड १९ लाई अझ तीब्र गतिमा फैलाउन सक्ने भन्दै अमेरिकामा  वरिष्ठ संक्रमण विज्ञ डाक्टर एन्थोनी फाउचीले चेतावनी दिएका छन्। अमेरिकामा दैनिक झन्डै २ लाखको हाराहारीमा संक्रमित थपिँदै गएका छन्। यहाँको थ्याङ्सगभिङ पर्वका कारण संक्रमण ह्वात्तै बढेको हो।  उनले क्रिसमस र नया वर्ष मनाउँदा संक्रमणको थप चुनौती दिने समेत बताए। दैनिक संक्रमितको संख्या सँगै अमेरिकी अस्पतालमा सबैभन्दा धेरै कोभिड १९…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत आइजीसी बैठक : व्यापार, पारवाहनदेखि रेल्वे र लगानी प्रवर्द्धनसम्म छलफल

    नेपाल-भारत आइजीसी बैठक : व्यापार, पारवाहनदेखि रेल्वे र लगानी प्रवर्द्धनसम्म छलफल

    काठमाडौं: नेपाल-भारत अन्तर सरकारी समितिको बैठकमा व्यापार, पारवाहनदेखि लगानी प्रवर्द्धनसम्मका विषयका छलफल भएको छ। भिडियो कन्फरेन्समार्फत सोमवार सम्पन्न बैठकमा भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगसँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप वाधवाले गरेका थिए। विभिन्न मन्त्रालय एवम् विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए। १५ सदस्यीय…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सर्भर ह्याक गर्ने समातिए

    सरकारी सर्भर ह्याक गर्ने समातिए

    काठमाडौंः लोकसेवा आयोगको सर्भर ह्याक गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  केन्द्रीय साइवर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन, १७ र १५ वर्षका दुई जना किशोरलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइररहेकको व्यूरोका एसएसपी नविन्द्र अर्यालले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • एक हजार १४ जना संक्रमित थपिए, कोभिड-१९ का कारण २० जनाको मृत्यु

    एक हजार १४ जना संक्रमित थपिए, कोभिड-१९ का कारण २० जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप एक हजार १४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संखया दुई लाख ४१ हजार ९९५ पुगेको छ। त्यस्तै थप २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या एक हजार ६१४ पुगेको छ। पछिल्लो २४…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको आरोप : राष्ट्रपति भण्डारी नेकपाको एउटा गुटमा सीमित

    राप्रपाको आरोप : राष्ट्रपति भण्डारी नेकपाको एउटा गुटमा सीमित

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसको एउटा समूहको जस्तोमात्र देखिएको आरोप लगाएका छन्। राप्रपाको चुनाव चिन्ह अनावरण तथा झण्डोत्तोलन कार्यक्रममा बोल्दै अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै देशमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको औल्याए। 'नेपालका लागि,संवैधानिक राजतन्त्रको आवश्यकता छ। स्पेनजस्तो विकसित देशमा दुईपटकको गणतन्त्र पछि आयो। नेपालमा पनि त्यो आवश्यक देखिएको छ,' अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै

    कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै

    नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री फिल्म बनेको छ। ‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ बनाएका हुन्। ‘सिभिल सोल्जर्स’ को कार्यकारी निर्माता तथा लेखक पनि उनी आफै रहेका छन्। नेपालमा आकस्मिक रुपमा भएको लकडाउन र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज…

    विस्तृतमा पढ्नुस्

  • ६६ वर्षपछि नेपालले पहिलोपटक लिएको सगरमाथाको उचाईलाई चीनले स्वीकार्‍यो

    ६६ वर्षपछि नेपालले पहिलोपटक लिएको सगरमाथाको उचाईलाई चीनले स्वीकार्‍यो

    काठमाडौं : नेपालले पहिलोपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गरेको छ। ६६ वर्षअघि २ वर्ष लगाएर सन् १९५४ मा सर्वे अफ इण्डियाले सगरमाथाको उचाई मापन गरेको थियो। त्यतिबेला सर्वे अफ इण्डियाका बी एल गुलाटीले नापेका थिए। नेपालले हालसम्म सोही उचाई (२९०२९ फिट-८८४८ मिटर)लाई आधार मान्दै आएको छ। नापी विभागले आज पत्रकार सम्मेलन गरेर ६६ वर्षपछि नेपाल आफैले सगरमाथाको उचाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell