फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोली लियोनसँग १-० गोलअन्तरले पराजित भएको हो। खेलको पहिलो हाफमै लियोनले अग्रता बनाएको थियो। टिनो कडीवेरले खेलको ३५ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै लियोन एक गोलले अघि रह्यो। दोस्रो दुबैतर्फबाट गोल नहुँदा लियोनका जितका लागि उनको गोल नै निर्णायक…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि जित निकालेको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोलीले लेभान्टेमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बार्सिलोनाको जितका लागि लियोनल मेस्सीले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए। उनले फ्रेन्की डी जोङको पासमा ७६ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका हुन्। त्यस्तै गएराति नै…
काठमाडौंः ललिता निवास प्रकरणमा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि आइतबार थुनामा पठायो। माथिल्लो अदालतले अर्को कुनै आदेश नगरेसम्म अब बस्न्यातले मुद्दाको बाँकी प्रक्रियामा थुनामै रहेर सहभागी हुनु पर्नेछ। अदालतको आदेशसँगै उनलाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका प्रमुख भइसकेका व्यक्ति अदालतको आदेशले थुनामा पुगेको यो पहिलो पटक हो।…
जनकपुरधामः जिल्ला अदालत रौतहटले रौतहट बमकाण्डका आरोपित महताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीश मणिराम न्यौपानेको इजलासले आइतबार आलमलाई थुनामा पठाउने आदेश गरेको हो। महताबलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ। महताब कांग्रेस नेता एवं निलम्बित सांसद मोहम्मद अफताब आलमका भाई हुन्। रौतटह बामकाण्डका मुख्य योजनाकारमध्येका एक मानेर प्रहरीले महताबविरुद्ध मुद्दा चलाएको छ। उनीमाथि कर्तव्य…
काठमाडौँः विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाएको छ। आइतबार अदालतमा उपस्थित भएका बस्न्यातलाई पुर्पक्षका लागि अदालतले थुनामा पठाएको हो। अध्यक्ष प्रेमराज कार्की तथा सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाएको हो। यसअघि अधिकांश आरोपितलाई अदालतले धरौटी तथा साधरण तारेखमा रिहा गरेको थियो। विशेषमा केही समयअघि न्यायाधीश…
काठमाडौं: चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न गौतम बुद्ध कपमा आज बागमती पराजित भएको छ।ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वाग्मती र विनोद भण्डारीको कप्तानीमा रहेको राप्तीबीच भएको खेलमा वाग्मती ११ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। वाग्मती प्रतियोगितामा लगातार दोस्रोपटक पराजित हुँदै बाहिरिएको हो।शनिवारको खेलमा बागमती नारायणीसँग सुपर ओभरमा पराजित भएको थियो। आज भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको राप्तीले…
विराटनगर : नेकपा केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले छक्कापन्जा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नसकिने बताएका छन्। नेता बास्कोटाले पार्टीभित्र विवाद भयो भन्दैमा प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न नहुने बताएका हुन्। विराटनगरमा आइतवार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बाँस्कोटाले विधि, प्रक्रिया भनेकै नेतृत्वको परिवर्तन…
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ कार्यक्रम आउँदो पुस २८ गते हुने भएको छ। कोभिड १९ का कारण यसपटक निर्धारित समयभन्दा केही पछाडि यो कार्यक्रम आयोजना गरिन लागेको हो। अवार्डको यो १७ औं संस्करणमा विगत वर्षहरुमा भन्दा फरक हुने मञ्चका महासचिव प्रज्वल ओलीले जनाए। 'कोरोना महामारीका कारण सरकारले लागू…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आइतवार बालुवाटारमा बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा लामाको निधनबारे पार्टीले शोक ब्यक्त गरेको थियो। बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कमानसिंह लामा र नारायणकाजीको विवादबारे भ्रममा नपर्न आग्रह गरेका थिए। 'प्रचण्डले एउटा हाइड्रोपावर विवादमा पार्टीका प्रवक्तालाई मुछेर भएको विवादमा अनावश्यक भ्रममा नपर्न आग्रह गर्नुभएको छ। प्रवक्ता कमरेडले मिल्नुस्…
काठमाडौंः प्रहरी भारतीय रुपैयाँ ५ सयको नोट सहित एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको टोलीले चेक गर्दा ५ सयका ३ सय ९० वटा नोट फेला पारेको हो। भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको…
काठमाडौं : काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने मुख्य नाकाहरुमा सवारी साधनको चाप बढ्न थालेको छ। सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि नाकामा सवारी साधनको चाप ह्वातै घटेको थियो। असोज १ गतेदेखि लामो दुरीका सवारी साधनलाई चल्न दिए पनि सवारी र यात्रुको सङ्ख्या न्युन थियो। तर, केही समययता नाकामा सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ। लकडाउनको समयमा दैनिक…
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिख युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ। बर्लिनको घरेलु मैदानमा भएको खेलमा शीर्षस्थानमा रहेको बायर्न १-१ को बराबरीमा रोकिएको हो। खेलको सुरुवातमै घरेलु टोलीले अग्रता बनाएको थियो। ग्रिसछा प्रोमेलले खेलको चौथो मिनेटमै क्रिस्टोफर ट्रिमेलको पासमा गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा बर्लिन एक गोलले अघि रह्यो। दोस्रो हाफमा बायर्न खेलमा फर्कियो। बायर्नका लागि किंग्सले…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टनले चेल्सीमाथि संघर्षपूर्ण जित निकालेको छ। गुडिसन पार्कमा भएको खेलमा घरेलु टोलीले चेल्सीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। एभर्टनको जितमा गिल्फी सिउसनले निर्णायक गोल गरे। उनले खेलको २२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यसपछि दुबैतर्फबाट गोल नहुँदा उनको गोल नै निर्णायक बन्न पुग्यो। पराजयसँगै चेल्सीले शीर्षस्थानमा पुग्ने अवसर…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोली युनाइटेड सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो। रोमाञ्चक खेलमा दुबै पक्षले राम्रा अवसरहरु बनाए पनि सदुपयोग गर्न सकेनन्। बराबरीमा रोकिएसँगै युनाइटेड अंकतालिकाको ८ औं स्थानमा छ भने सिटी ९ औं स्थानमा छ। युनाइटेडले ११ खेलबाट २० अंक जोड्दा सिटीले…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित भएको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली रियलले २-० गोलअन्तरले जित निकालेको हो। रियलले खेलको १५ औं मिनेटमा अग्रता बनाएको थियो। घरेलु टोलीका लागि टोनी क्रुसको पासमा कासेमिरोले गोल गर्दै अग्रता दिलाउँदा पहिलो हाफमा रियल १ गोलले अघि रह्यो। दोस्रो हाफमा रियलले…
विराटनगर: प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ। १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी २ लाख १७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रवीन्द्र निरौलाले जानकारी दिए। २ लाखको परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको उनले बताए। वीपी…
हैना लाँसन वेस्टको रातको दैनिकी आम मानिसको जस्तै हुन्छ। उनी करिब रातको १०:३० बजे सुत्ने तरखर गर्छिन्। आफ्नो ओच्छ्यानतर्फ जानुअघि दाँत ब्रस गर्ने, विद्युतिय बेडलाई न्यानो बनाउने र हातमुख धुने काम सँगसँगै गर्छिन्। हैना निदाउनुअघि केही समाचार साइटहरु हेर्छिन्। उनी आफ्नो इन्स्टाग्राम चलाउँछिन्। र, अन्त्यमा फोन चार्जमा लगाएर निदाउँछिन्। ३१ वर्षीया हैना लण्डनस्थित आफ्नो घरमा जब निदाउँछिन् त्यसपछि करिब आठ…
मुम्बई : अभिनेता अजय देवगनको आगामी फिल्म ‘मैदान’को प्रदर्शन मिति पुनः सारिएको छ। यसअघि स्वतन्त्रता दिवसको आसपासमा रिलिज हुने तय भएपनि अब दशहरे (विजयादशमी) पर्वमा रिलिज हुने देवगनले बताएका छन्। शनिवार उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सो जानकारी दिएका हुन्। देवगनको स्पोर्ट्स ड्रामा ‘मैदान’को सुटिङ जनवरी २०२१ बाट पुनः शुरु हुनेछ। बहुप्रतिक्षित फिल्म ‘मैदान’मा उनी एक फुटबल कोच सैयद अब्दुल…
काठमाडौं: गौतम बुद्ध कप त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको उद्घाटन खेलमा नारायणीले बागमतीमाथि सुपर ओभरमा जित निकालेको छ। धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको गौतम बुद्ध इन्टरनेसनल स्टेडियममा भएको खेलमा नारायणीले बागमतीलाई हराउँदै सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो। बागमतीका लागि विक्रम सोबले अभिजित ३७ रन बनाउँदा सुनिल धमलाले…
बलिउड कोरियोग्राफर रेमो डिसूजालाई हृदयघात भएको छ। हर्ट अट्याक आएपछि उनलाई शुक्रवार दिउँसो मुम्बइको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो। जहाँ उनको एन्जियोप्लास्टी गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार रेमोको स्वास्थ्य सुधारोन्मुख छ। उनकी पत्नी लिजेल डिसूजाले स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएकी छन्। रेमोलाई भेट्न धर्मेंश, आमिर अली, नोरा फतेही लगायत अस्पताल पुगेका छन्। रेमो अहिले पनि आईसीयूमा छन् तर होसमा छन्।