PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • संवैधानिक परिषदमा अनुपस्थितबारे सभामुखको प्रस्टीकरण, ‘समन्वय अभाव भयो’

    संवैधानिक परिषदमा अनुपस्थितबारे सभामुखको प्रस्टीकरण, ‘समन्वय अभाव भयो’

    काठमाडौंः संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएपछि अलोचित सभामुख अग्निप्रसाद सापकोटाले समन्वय अभावका कारण उपस्थित नभएको बताएका छन्। सचिवालयका तर्फबाट विज्ञप्ति जारी गर्दै प्रेस विज्ञ श्रीधर न्यौपानेले संवैधानिक मर्यादा र जिम्मेवारीप्रति सभामुख सजग रहेको बताएका छन्। विज्ञप्तिमा भनेका छन्, ‘मंसिर ३० गतेको संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्व तयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा देउवाको टिप्पणीः 'सर्वसत्तावादी सोच, कांग्रेसको विमति छ'

    संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा देउवाको टिप्पणीः 'सर्वसत्तावादी सोच, कांग्रेसको विमति छ'

    काठमाडौंः प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले संवैधानिक परिषदसम्बन्धी जारी अध्यादेशमा कांग्रेसको विमति रहेको बताएका छन्। अध्यादेश जारीपछि टिप्पणी गर्दै देउवाले अध्यादेशबाट सरकारको सर्वसत्तावादी सोच प्रष्ट भएको बताएका छन्। उपसभामुख निर्वाचन नगरेर सभामुखलाई समेत विश्वासमा नलिनु हास्यास्पद भएको देउवाको टिप्पणी छ। उनले भनेका छन्, 'उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद छ भने…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु

    संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु

    काठमाडौं : संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्। परिषद्को बैठक लगातार अवरुद्ध भएपछि मन्त्रिपरिषदले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेशका लागि सिफारिस गरेको थियो। मंगलवार बसेको बैठकले गरेको सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै यसलाई जारी गरेकी…

    विस्तृतमा पढ्नुस्

  • ओलीसहित तीन जनाले संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्न सक्ने, यस्तो छ अध्यादेश

    ओलीसहित तीन जनाले संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्न सक्ने, यस्तो छ अध्यादेश

    काठमाडौँः सवैधानिक परिषद् ऐन संशोधन गर्नेगरि मंगलबार जारी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। अध्यादेशले हाल कायम रहेको निर्णयमा सर्वसम्मत हुने व्यवस्थालाई हटाएर बहुमतीय बनाएको छ।  यस्तै, गणपुरक संख्याका लागि यसअघि अध्यक्ष र कम्तीमा चार सदस्य उपस्थित हुनुपर्ने व्यवस्था रहेकोमा अब अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्यको उपस्थि भएमा परिषदको बैठक बस्न सक्नेछ।  हाल पाँचमध्ये चारमात्र सदस्य छन्।   यसर्थ अध्यक्षसहित…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिसको तयारी

    अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिसको तयारी

    काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त प्रमुख आयुक्तमा प्रेमकुकार राईलाई सिफारिसको तयारी गरिएको छ। पूर्वसचिव राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन्। नवीन घिमिरेले अवकाश पाएपछि अख्तियारमा प्रमुख आयुक्तको पद रिक्त छ। यस्तै, दुई सदस्यको स्थान पनि अख्तियारमा रिक्त छ। मंगलबार नै संवैधानिक परिषद् ऐन संशोधनसम्बन्धी नयाँ अध्यादेश जारीसँगै राईलाई सिफारिसको तयारी गरिएको स्रोत…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेशपछि संवैधानिक परिषद 'ओली परिषद' बनेको बाबुराम भट्टराईको टिप्पणी

    अध्यादेशपछि संवैधानिक परिषद 'ओली परिषद' बनेको बाबुराम भट्टराईको टिप्पणी

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संवैधानिक परिषदलाई तीन जनाको 'ओली परिषद'को सज्ञा दिएका छन्। सरकारले एकाएक ल्याएको संवैधानिक आयोगसम्बन्धी अध्यादेशबारे टिप्पणी गर्दै डाक्टर भट्टराईले निम्छरा संवैधानिक आयोग ओली परिषद् बनेको जनाएका हुन्।  'त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेश मार्फत् बनेको तीन जनाको ओली परिषदले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्,' भट्टराईले ट्विट गर्दै भनेका छन्,…

    विस्तृतमा पढ्नुस्

  • दुई लाख ५० हजार कट्यो संक्रमितको संख्या, २४ घण्टामा थप ९३६ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

    दुई लाख ५० हजार कट्यो संक्रमितको संख्या, २४ घण्टामा थप ९३६ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप ९३६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। ७ हजार ११७ जनाको नमुना परीक्षण गर्दा ३५१ महिला र ५८५ जना पुरुष गरी ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या साढे दुई लाख नाघेको छ। हालसम्म नेपालमा दुई लाख ५० हजार १८० जनामा संक्रमण पुष्टि भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • खुमलटारमा पनि गुट बैठक जारी, ओलीविरुद्ध कस्तो होला रणनीति?

    खुमलटारमा पनि गुट बैठक जारी, ओलीविरुद्ध कस्तो होला रणनीति?

    काठमाडौं : सरकारले एकाएक ल्याएको अध्यादेशले राजनीति तरङ्गित हुँदा प्रधानमन्त्री निवास बालुवाटारमा जस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पनि गुट भेला जारी छ। खुमलटारमा नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छलफलमा रहेका छन्। प्रधानमन्त्री ओलीले संवैधानिक निकायबारे सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन्।  ओलीको यस्तो राजनीतिक कदमसँगै नेकपाभित्रको…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेशमाथि शेखर कोइरालाको टिप्पणी : अधिनायकवादको सिढीं

    अध्यादेशमाथि शेखर कोइरालाको टिप्पणी : अधिनायकवादको सिढीं

    काठमाडौं : नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद सम्बन्धि अध्यादेशलाई 'अधिनायकवादको सिढीं' बताएका छन्। आज बिहान संवैधानिक परिषदको बैठक सभामुख अनुपस्थित हुन बस्न नसकेको झोकमा प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत् आफूलाई स्थापित गर्न खोजेका छन्। मन्त्रिपरिषदमा छलफलसमेत नगरी सिफारिस भएको अध्यादेशलाई राष्ट्रपति भण्डारीले हतारहतारमा जारी गरेपछि काँग्रेस बिच्किएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ओलीको स्वेच्छाचारी कदम, मदन भण्डारी माथिको प्रहार भएको नेता रावलको आरोप

    ओलीको स्वेच्छाचारी कदम, मदन भण्डारी माथिको प्रहार भएको नेता रावलको आरोप

    काठमाडौं : सरकारले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा थप किचलो बढेको छ। पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले सरकारको कदमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमको संघा दिँदै ओलीले पार्टी कमिटीको बैठकमा जवाफ दिनुपर्ने बताए। 'यो प्रधानमन्त्रीको स्वेच्छाचारी कदम हो। पार्टीको बैठक भइरहेको बेला अध्यादेश ल्याउनु अत्यन्त आपत्तीजनक छ। फिर्ता हुनुपर्छ,' उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • बिच्किए देउवा, पार्टीमा परामर्श नगरी कुनै पनि बैठकमा सहभागी नहुने, बिहानै दिएका थिए चेतावनी

    बिच्किए देउवा, पार्टीमा परामर्श नगरी कुनै पनि बैठकमा सहभागी नहुने, बिहानै दिएका थिए चेतावनी

    काठमाडौं : संवैधानिक परिषदबारे आज जारी भएको अध्यादेशले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई थप बिच्क्याएको छ। 'बिहानको बैठकमा अध्यादेश ल्याएमा सहमति हुँदैन भन्दाभन्दै दिउँसो एकाएक जारी भएको छ। अबका बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले सभापतिज्यू सहभागी हुनुहुन्न,' काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने। उनका अनुसार आज बिहान डाकिएको बैठकमा अध्यादेश नल्याउन देउवाले कडा रुपमा चेतावनी दिएका थिए। हिजोमात्रै नेपाली काँग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • ओलीले अध्यादेश ल्याएपछि प्रचण्डको प्रतिक्रिया : ओलीले ठीक गरेनन्

    ओलीले अध्यादेश ल्याएपछि प्रचण्डको प्रतिक्रिया : ओलीले ठीक गरेनन्

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको उपहास गरेको आरोप लगाएका छन्। संवैधानिक परिषद सम्बन्धि अध्यादेश एकाएक ल्याएर प्रधानमन्त्री ओलीले ओलीले ठीक नगरेको प्रचण्डको टिप्पणी छ। प्रचण्ड निकट स्रोतका अनुसार ओलीले चालेको कदमलाई उनले दुखद् भनेका छन्।  'एकाएक अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो। सबै पार्टीले संसदको अधिवेशन मागिरहेका बेला ओलीले अध्यादेश ल्याउनु आपत्तिजनक छ,' प्रचण्डलाई…

    विस्तृतमा पढ्नुस्

  • गौतम बुद्ध कपको उपाधि राप्तीलाई

    गौतम बुद्ध कपको उपाधि राप्तीलाई

    काठमाडौं: चितवनस्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न गौतम बुद्ध कप प्रतियोगिताको उपाधि राप्तीले जितेको छ। आज सम्पन्न खेलमा बिनोद भण्डारीको कप्तानीमा रहेको राप्तीले करण केसीको कप्तानीमा रहेको नारायणीलाई ९ रनले हराउँदै उपाधि जितेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। राप्तीका लागिका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषदको बैठकमा काँग्रेस सभापति देउवा नजाने, बिहानकै बैठकमा अध्यादेशविरुद्ध देउवाको अभिव्यक्ति

    संवैधानिक परिषदको बैठकमा काँग्रेस सभापति देउवा नजाने, बिहानकै बैठकमा अध्यादेशविरुद्ध देउवाको अभिव्यक्ति

    काठमाडौं : आज साँझ डाकिएको संवैधानिक परिषदको बैठक नेपाली काँग्रेसले बहिस्कार गरेको छ। आज राष्ट्रपतिले जारी गरेको अध्यादेशमाथि कडा प्रतिक्रिया जनाउँदै काँग्रेसले बैठकमा प्रतिपक्षी दलको उपस्थिति नहुने जनाएको हो। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'आज बिहानको बैठकमा सभापतिज्यूले अध्यादेश ल्याएमा काँग्रेसको सहमति नहुने प्रस्ट रुपमा भनिसक्नुभएको छ। बिहान बैठक बोलाउने, दिउँसो अध्यादेश जारी गरेर फेरि बोलाइएको बैठकमा सभापति जानु हुन्न।'…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश अस्वीकार्य : काँग्रेस उपसभापति निधि

    अध्यादेश अस्वीकार्य : काँग्रेस उपसभापति निधि

    काठमाडौं : मन्त्रिपरिषद बैठकको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशलाई लिएर नेपाली काँग्रेसका उप सभापति विमलेन्द्र निधिले कडा आपत्ती प्रकट गरेका छन्। 'आज अचानक आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो,' निधिले ट्विट गर्दै भनेका छन्, 'संविधान र प्रणालीमाथि नाङ्ग्रो आक्रमण हो।' उनले यस कदमको भत्सर्ना गर्दै अध्यादेश स्वीकार्य नहुने जनाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • लगातार संवैधानिक परिषदको बैठक रोकिएपछि दिउँसो मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस, राष्ट्रपतिबाट लगत्तै जारी

    लगातार संवैधानिक परिषदको बैठक रोकिएपछि दिउँसो मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस, राष्ट्रपतिबाट लगत्तै जारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकी छिन्। संविधानिक परिषदको बैठक लगातार अवरुद्ध भएपछि मन्त्रिपरिषदले अध्यादेशका लागि सिफारिस गरेको थियो। आज बसेको बैठकले गरेको सिफारिस लगत्तै राष्ट्रपति भण्डारीले तत्कालै यसलाई जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपाधारा १ बमोजिम अध्यादेश…

    विस्तृतमा पढ्नुस्

  • उखु किसानको समस्या समधान गर्न भन्दै गृह मन्त्रीको नेतृत्वमा बैठक

    उखु किसानको समस्या समधान गर्न भन्दै गृह मन्त्रीको नेतृत्वमा बैठक

    काठमाडौं : उखु किसानहरुको समस्यालाई समधान गर्न भन्दै गृह मन्त्रालयमा बैठक बसेको छ।  गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको हो। बैठकले किसानहरुको समस्यालाई तत्कालै कसरी समधान गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा निर्णय गर्ने एक सहभागीले जानकारी दिए। चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसान अहिले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। केही दिनदेखि माइतीघरमा भेला भएर उनीहरु सरकारले गत वर्ष गरेको सहमति कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल खेल्न सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान

    बीबीएल खेल्न सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान

    काठमाडौं: नेपाली स्पीनर सन्दीप लामिछाने आज अस्ट्रेलिया प्रस्थान गरेका छन्। अस्टेलियामा जारी बिग ब्यास लिग बीबीएल खेल्न उनी उनी आज ११ बजेको फ्लाइटबाट अस्ट्रेलिया प्रस्थान गरेका हुन्। सन्दीपका म्यानेजर रमन शिवाकोटीका अनुसार उनले बीबीएलमा डिसेम्बरमा खेलहरु नखेले पनि जनवरी पछिका खेलहरुमा सहभागिता जनाउने छन्। बीबीएलमा उनी यसपटक होबर्ट हुरिकेन्सबाट सहभागी हुनेछन्। पछिल्लो समय कोरोना संक्रमण देखिए पछि सन्दिप आइसोलेसनमा थिए। संक्रमणको १० दिन…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषदको बैठकमा किन गएनन् सभामुख?

    संवैधानिक परिषदको बैठकमा किन गएनन् सभामुख?

    काठमाडौं : सोमवारको संवैधानिक परिषदको बैठक बहिस्कार गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भने सहभागी भए। तर, नेकपाबाटै संघीय संसदको सभामुख बनेका अग्निप्रसाद सापकोटा भने अनुपस्थित रहे। संसदको सर्वोच्चताको विषय उठान गर्दै सभामुख सापकोटाले आजको बैठक बहिस्कार गरे। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तर्कलहको छायाँले ओझेलमा पर्‍यो आजको बैठक। यद्यपि, सभामुखको सचिवालयले बैठकबारे समन्वय नभएको भन्दै सहभागी हुन नसकेको प्रस्ट्याएको छ। 'पहिलो पटक…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषदको बैठकपछि क्याबिनेट बोलाए प्रधानमन्त्रीले

    संवैधानिक परिषदको बैठकपछि क्याबिनेट बोलाए प्रधानमन्त्रीले

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक बोलाएका छन्। सोमवार बस्ने नियमित बैठक मंगलवार बस्न लागेको ओलीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए।  'सोमवार बसेको थिएन। त्यही भएर आज बस्न लागेको हो,' उनले भने। आजै संवैधानिक परिषदको बैठक पनि बसेको थियो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला आफूलाई जानकारी नभएको भन्दै सभामुख अग्नि सापकोटा भने सहभागी भएनन्। नेकपा विवाद समाधानका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell