PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

  • उपप्रम पोखरेलको प्रष्टीकरण : सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त गर्न हस्तक्षेप गरेको छैन

    उपप्रम पोखरेलको प्रष्टीकरण : सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त गर्न हस्तक्षेप गरेको छैन

    काठमाडौं: उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा कसैलाई नियुक्त गर्न आफूले हस्तक्षेप नगरेको प्रष्टिकरण दिएका छन्। उनले आफूले आफ्ना नाता सम्बन्धको दुरुपयोग नगरेको स्पष्टिकरण दिएका हुन्। पोखरेलले आफ्ना सम्धी डा. उपेन्द्र कोइरालाई बाणिज्य बैंकको अध्यक्ष नियुक्त गरेको भन्दै आलोचना भएपछि उनले स्पष्टिकरण दिएका हुन्।  'मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा…

    विस्तृतमा पढ्नुस्

  • विवेकशीलको नयाँ राजनीतिक लाइन : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, नेपाललाई गुरु राष्ट्र बनाउने संकल्प

    विवेकशीलको नयाँ राजनीतिक लाइन : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, नेपाललाई गुरु राष्ट्र बनाउने संकल्प

    काठमाडौं: आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउँदै आएको विवेकशील नेपाली दलले नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गरेको छ। दलको संघीय समितिले तयार पारेको सांगठनिक राजनीतिक दस्तावेजमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासकीय प्रणालीको वकालत गरिने उल्लेख छ। राष्ट्रपतिसँगै जोडी भई निर्वाचित उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष हुने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले चुनेको मन्त्रिमण्डल बन्ने विवेकशीलको दस्तावेज रहेको छ। दस्तावेजअनुसार प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा प्रदेश सरकारले तीन हजार बेडको आइसोलेसन स्थापना गर्ने

    उपत्यकामा प्रदेश सरकारले तीन हजार बेडको आइसोलेसन स्थापना गर्ने

    काठमाडौं : काठमाडौं उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै जाँदा वाग्मती प्रदेश सरकार आइसोलेसन बेडको तयारीमा लागेको छ। उपत्यकामा तीन हजार आइसोलेसन बेड तयार गर्ने निर्णय प्रदेश सरकारले केन्द्र सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गरेको छ। उपत्यकाका विभिन्न स्थानमा आवश्यक सुविधा र स्थानको छनौट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • गौरा पर्वमा प्रधामन्त्रीको शुभकामना: मुलुकको विकास र समृद्धिमा अग्रसर हुन आह्वान

    गौरा पर्वमा प्रधामन्त्रीको शुभकामना: मुलुकको विकास र समृद्धिमा अग्रसर हुन आह्वान

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिमा अग्रसर हुन सम्पूर्णमा आह्वान गरेका छन्। सुदूरपश्चिमेलीहरुको महान पर्व गौराका अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त छ। विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको छ। यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धितर्फ अग्रसर हुन…

    विस्तृतमा पढ्नुस्

  • भदौ १७ देखि नियमित अन्तर्राष्ट्रिय उडान : यस्ता छन् शर्तहरु, कुन देशमा उडान कहिले?

    भदौ १७ देखि नियमित अन्तर्राष्ट्रिय उडान : यस्ता छन् शर्तहरु, कुन देशमा उडान कहिले?

    काठमाडौं : कोभिड-१९ पान्डेमिकका कारण बन्द रहेका अन्तर्राष्ट्रिय उडानहरु भदौ १७ (सेप्टेम्बर २) देखि नियमित रुपमा सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि हुने गरी नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्न लागेको हो। सोही अनुरुप मन्त्रालयले उडान तालिकासमेत सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको उडान तालिकामा मलेसियाको क्वालालम्पुर, टर्कीको इस्तानबुल, कोरियाको सोल, चीनका छन्दु, गोन्जाओ र छोङ्चिन्,…

    विस्तृतमा पढ्नुस्

  • चितवनबाट फरार कोभिड-१९ संक्रमित नुवाकोटमा पक्राउ, चोरीमा थिए समातिएका

    चितवनबाट फरार कोभिड-१९ संक्रमित नुवाकोटमा पक्राउ, चोरीमा थिए समातिएका

    काठमाडौं : चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट फरार भएको एक संक्रमितलाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार बिहान अस्पतालबाट भागेका युवकलाई नुवाकोटको बलकोटगढीबाट नियन्त्रणमा लिएको प्रहरीले जानकरी दिएको छ। 'अस्पतालबाट भागेपछि हामीले खोजी गरेका थियौं। आज बिहान नुवाकोट प्रहरीले पक्राउ गरेको छ,'जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले भने। युवकलाई प्रहरीले चोरी केसमा पक्राउ गरेको थियो। थुनुवा कक्षमा राख्ने अभियुक्तलाई कोभिड परीक्षण गर्नु…

    विस्तृतमा पढ्नुस्

  • सुशान्तको मुद्दामा ड्रग्सको कनेक्सन, सीबीआईसँगै नारकोटिक्स ब्यूरोले सुरु गर्‍यो जाँच

    सुशान्तको मुद्दामा ड्रग्सको कनेक्सन, सीबीआईसँगै नारकोटिक्स ब्यूरोले सुरु गर्‍यो जाँच

    बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा लागुऔषध ड्रग्स जोडिएको छ। उनकी प्रेमिका रिया चक्रवर्तीको सामाजिक सञ्जालका म्यासेजले ड्रग्सको कनेक्सन देखाएको हो। सुशान्तको मुद्दामा हाल सीबीआईले छानविन गरिरहेको छ। ड्रग्सको कनेक्सन देखिएसँगै नारकोटिक्स ब्यूरोले पनि जाँच सुरु गरेको छ। रिया र सुशान्तकी पूर्व बिजनेस मैनेजर श्रुति मोदीसँगको कुराकानीमा औषधि दिँदा पनि ठीक हुन नसकेको कुरा उल्लेख गरिएको छ। म्यासेजमा रियासँग कुरा…

    विस्तृतमा पढ्नुस्

  • जातीय विभेदमा कुटिएकी चन्द्रकलाको उपचारका लागि एथ्लेटिक्स संघले २१ हजार सहयोग गर्ने, घटनाको भर्त्सना

    जातीय विभेदमा कुटिएकी चन्द्रकलाको उपचारका लागि एथ्लेटिक्स संघले २१ हजार सहयोग गर्ने, घटनाको भर्त्सना

    काठमाडौं: झापामा सोमवार कुटपिटमा परेकी एथ्लेटिक्सकी खेलाडी चन्द्रकला लाम्गाडेलाई नेपाल एथलेटिक्स संघले २१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। संघको आकस्मिक बैठकले नेपालकी राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी लाम्गाडेमाथि भएको सांघातिक हमला गरि घाइते बनाउनेमाथि कडाभन्दा कडा कारवाहीको माग समेत गरेको छ। 'एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगाडेमाथि जातीय गालीगलौज गर्दै सोमबार राति झापामा निर्घात कुटपिट भएको खबरले अत्यन्तै दुःखी बनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर २०१९ अवार्ड पर्वतारोही अनिता कुन्दुलाई

    तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर २०१९ अवार्ड पर्वतारोही अनिता कुन्दुलाई

    सन् २०१९ को तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड पर्वतारोही अनिता कुन्दुले पाउने भएकी छिन्। भारतीय पर्वतारोही कुन्दुलाई राष्ट्रपति रामनाथ कोविन्दले अगस्ट २९ मा अवार्ड हस्तान्तरण गर्नेछन्। हरियाणाको हिसारकी उनलाई ल्यान्ड एड्भेन्चर क्याटागोरीमा अवार्ड दिन लागिएको हो। अनिता पहिलो भारतीय महिला हुन् जसले नेपाल र चीन दुवैतिरबाट सगरमाथा आरोहण गरेकी छिन्। उनी भारतीय प्रहरीमा सब-इन्स्पेक्टरसमेत हुन्। Haryana: Mountaineer Anita Kundu from Hisar…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा निषेधाज्ञा बढाउँदा आयो २० बुँदे निर्देशन, काठमाडौं छिर्ने नाका थप कडा

    उपत्यकामा निषेधाज्ञा बढाउँदा आयो २० बुँदे निर्देशन, काठमाडौं छिर्ने नाका थप कडा

    काठमाडौं : उपत्यकाभित्र थप एक साताका लागि निषेधाज्ञा बढाइएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। पहिलो चरणमा उपत्यकाभित्र थपिएको समय आज राति १२ बजेबाट सकिँदै छ। प्रशासनले निषेधाज्ञा कडाइका साथ पालना गर्न अनुरोध गरेको छ। निषेधाज्ञा अवज्ञा गर्नेलाई कारबाही समेत गर्ने चेतावनी दिएको छ। निषेधाज्ञा र संक्रमणको अवस्था बारेमा छलफल गर्न…

    विस्तृतमा पढ्नुस्

  • के नेकपा स्थायी कमिटी बैठकपछि पुनर्गठन हुँदैछ मन्त्रिपरिषद्?

    के नेकपा स्थायी कमिटी बैठकपछि पुनर्गठन हुँदैछ मन्त्रिपरिषद्?

    काठमाडौं : संघीय सरकार र प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने बाटो खुलेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समस्या समाधान सुझाव कार्यदलले दिएको प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले अनुमोदन गरेसँगै पुनर्गठनको बाटो खुलेको हो। कार्यदलका सदस्य भीम रावलले सचिवालय र स्थायी कमिटीबाट पुनर्गठनको खाका तयार हुने बताए। 'कसलाई कुन जिम्मेवारी दिने भन्ने निर्णय सचिवालय र स्थायी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा अर्को साता दिन निषेधाज्ञा जारी, तीन सीडीओले गरे निर्णय

    काठमाडौं उपत्यकामा अर्को साता दिन निषेधाज्ञा जारी, तीन सीडीओले गरे निर्णय

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप एक साताका लागि निषेधाज्ञा बढाइएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। 'एक साताको लागि थप गर्ने निर्णय भएको छ,' जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले भने। पहिलो चरणमा उपत्यकाभित्र थपिएको समय आज राति १२ बजेबाट सकिँदै छ।  निषेधाज्ञा र संक्रमणको अवस्था बारेमा छलफल गर्न मंगलवार…

    विस्तृतमा पढ्नुस्

  • होम क्वारेन्टाइनमा बसेकाहरुमै धमाधम कोरोना पुष्टि, कन्ट्याक्ट ट्रेसिङमा परेका पनि धेरै संक्रमित

    होम क्वारेन्टाइनमा बसेकाहरुमै धमाधम कोरोना पुष्टि, कन्ट्याक्ट ट्रेसिङमा परेका पनि धेरै संक्रमित

    काठमाडौं : होम क्वारेन्टाइनमा बसेकाहरुलाई धमाधम कोभिड-१९ को संक्रमण पुष्टि हुन थालेपछि रुपन्देहीको कञ्चन गाउँपालिकाले १४ गते सम्मका लागि गाउँपालिका सिल गरेको छ। यसबीच गाउँपालिकाले इजाजत पत्र प्राप्त गरेका सवारी साधनब हेक सबै सवारी साधन तथा हिँडडुल गर्नसमेत प्रतिवन्ध लगाएको छ। मंगलवार रुपन्देहीका ७९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा कञ्चन गाउँपालिकाका २३ जना हुन्। संक्रमण पुष्टि भएका मध्ये ७ जना…

    विस्तृतमा पढ्नुस्

  • ‘कोरोना महामारीमा जोखिममा परेका बालबालिकाको संरक्षणमा दक्षिण एसियाली राष्ट्रबीच बलियो सहकार्यको आवश्यकता’

    ‘कोरोना महामारीमा जोखिममा परेका बालबालिकाको संरक्षणमा दक्षिण एसियाली राष्ट्रबीच बलियो सहकार्यको आवश्यकता’

    काठमाडौं: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गलत काम गर्ने बाल गृहमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन्। मन्त्री गुरुङले बालबालिकाको हितमा केन्द्रित भएर काम गर्न सम्बन्धित सबै निकायलाई आह्वान पनि गरे। ‘कोभिड–१९ संकटका बेला अनाथ, असहाय बालबालिकाहरु झनै जोखिममा परेका छन्,’ मंगलबार काठमाडौंमा आयोजित कोभिड–१९ संकटका बेला बाल संरक्षणका लागि दक्षिण एसियाली राष्ट्रहरुबीचको सहकार्य विषयक भर्चुअल बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • टेस्ट सिरिज १-० ले इङ्ग्ल्याण्डलाई, एन्डर्सनले पूरा गरे छ सय विकेटको कोशेढुंगा

    टेस्ट सिरिज १-० ले इङ्ग्ल्याण्डलाई, एन्डर्सनले पूरा गरे छ सय विकेटको कोशेढुंगा

    इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको टेस्ट सिरिजको तेस्रो खेल बराबरी भएको छ। यो सँगै इङ्ग्ल्याण्डले सिरिज १-० ले हात पार्दै पाकिस्तानमाथि १० वर्षपछि टेस्ट सिरिज जितेको हो। त्यस्तै कोरोना महामारीकाबीच यो दोस्रो टेस्ट सिरिज जितेको हो। यसअघि इङ्ग्ल्याण्डले वेस्टइन्डिज विरुद्धको सिरिज २-१ ले जितेको थियो। तेस्रो टेस्टमा इङ्ग्ल्याण्डले टस जितेर ब्याटिङ गर्दै ८ विकेटमा ५८३ रन बनाएर पारीको घोषणा गरेको थियो। जवाफी…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा कोभिड १९ संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु

    बाँकेमा कोभिड १९ संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु

    काठमाडौं : बाँकेमा कोभिड १९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका वडा नम्बर  १ निवासी ३७ वर्षीय पुरुषको उपचारको क्रमममा मृत्यु भएको हो। दुवै फोक्सोमा निमोनिया भएका उनी सोमवार बिहान नेपालगंज मेडिकल कलेज, कोहलपुरमा शिक्षण अस्पताल भर्ना भएका थिए। सोमवार बिहानै उनको कोभिड संक्रमण परीक्षणको लागि स्वाब संकलन गरेर भेरी अस्पतालमा पठाइएको थियो। मंगलवार दिउँसो उनको कोभिड १९ पोजेटिभ…

    विस्तृतमा पढ्नुस्

  • लमजुङमा १७ जना सेना, बैंकका कर्मचारीसहित २० जनामा कोरोना संक्रमण

    लमजुङमा १७ जना सेना, बैंकका कर्मचारीसहित २० जनामा कोरोना संक्रमण

    काठमाडौं : लमजुङमा १७ जना सेना सहित २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। क्षयरोग अपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा १७ जना नेपाली सेनामा कार्यारत सेनामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै लमजुङ बेसीशहर नगरपालिका वडा नम्बर  ७ र ८ का अन्य तीन जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ। कोरोना संक्रमण देखिएका एक जना भने ग्लोबल आइएमई बैकका कर्मचारी हुन्। त्यस्तै, गण्डकी प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोना छोड्न चाहन्छन मेस्सी!

    बार्सिलोना छोड्न चाहन्छन मेस्सी!

    अर्जेन्टिनाका फर्वाड लियोनेल मेस्सीले बार्सिलोना छोड्न चाहेको चर्चा च्याम्पियन्स लिगमा ठूलो पराजय भोगेसँगै चुलिएको थियो। अहिले क्लबले नै मेस्सीले क्लब छाड्न चाहेको पुष्टी गरेको छ। र, यसका लागि आवश्यक दस्तावेजहरु पनि उनले अघि बढाएको क्लबले जनाएको छ। ६ पटकको बालोन डि ओर जितेका मेस्सीले सन् २००४ मा बार्सलोनामा डेभ्यु गरेका थिए। उनको क्लबसँगको कन्ट्राक्ट सन् २०२१ मा सकिँदैछ। उनको आउट…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा २ सय १८ नमुना परीक्षण गर्दा ४४ जनामा कोभिड १९ संक्रमण पुष्टि

    चितवनमा २ सय १८ नमुना परीक्षण गर्दा ४४ जनामा कोभिड १९ संक्रमण पुष्टि

    काठमाडौं : चितवनमा थप ४४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनालाई कोरोना पोजेटिभ देखिएको हो। २ सय १८ नमुना परीक्षण गर्दा ४४ जनामा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। यसरी संक्रमण देखिएका ४ जना भने नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका मानिस रहेका छन्। बाँकी ४०…

    विस्तृतमा पढ्नुस्

  • हास्य अभिनेता केभिन हार्टले गरे खुलासा : मलाई पनि थियो कोरोना

    हास्य अभिनेता केभिन हार्टले गरे खुलासा : मलाई पनि थियो कोरोना

    हास्य अभिनेता केभिन हार्टले हलिउड अभिनेता टम हङ्स संक्रमित भएको समयमा आफू पनि कोभिड १९ को संक्रमणमा रहेको खुलासा गरेका छन्। कोरोनाबाट मुक्त भइसकेका हार्टले 'यान इन्टिमेट सोसल्ली डिस्ट्यान्स्ड अफेर'सोको दौरान ओहियोमा यसको खुलासा गरेका हुन्। 'टम हङ्सलाई नै लागेको बेलामा मलाई पनि संक्रमण भएको थियो। र, मैले यो कुरा बताउन सकिन किनकि उनीजति म चर्चित होइन,' हार्टले भनेका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell