नयाँ दिल्ली : भारतमा लगातार दोस्रो दिन ७६ हजार भन्दा धेरै कोभिड १९ संक्रमित पहिचान भएका छन्। नयाँ रेकर्ड कायम गर्दै बिहीवार ७६ हजार ४ सय ८९ जना संक्रमित थपिएका हुन्। बिहीवार मृत्यु हुने संक्रमितको संख्या पनि १ हजार ८१ रह्यो। यो एकै दिन मृत्युको दोस्रो ठूलो रेकर्ड हो। यससहित अगस्ट महिनाको २७ दिनमा मात्र भारतमा १६ लाख ८६ हजार…
काठमाडौं : प्रहरीले उपत्यकामा अनलाइनमार्फत् सामान अर्डर गरि घरघर पुर्याएको भन्दै नियन्त्रणमा लिएका विभिन्न कम्पनीका संचालक तथा कर्मचारीलाई छोडेको छ। उपत्यकाभित्र जारी भएको निषेधाज्ञामा होम डेलिभरी नदिने सर्तमा उनीहरुलाई बिहीवार राति नै रिहा गरिसकेको महानगरीय प्रहरी परिसरस काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। ' निषेधाज्ञाभरी उहाँहरुले सामान डेलिभरी नगर्ने शर्तमा कागज गरेर छुट्नु भएको छ,' एसएसपी ज्ञवालीले भने। बिहीवार प्रहरीले उपत्यकाबाट सामान…
वालिङः स्याङ्जामा जारी केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनको निर्णयले केही खुकुलो हुने गरी…
काठमाडौं : चितवनमा थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। बिहीवार गरिएका ३ सय ३४ नमुनामध्ये १७ वटामा कोभिड १९ पोजेटिभ देखिएको हो। संक्रमण देखिएकामध्ये ९ जना महिला रहेका छन्। चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरेनी नगरपालिकाका मानिसमा कोरोना पोजेटिभ देखिएको हो। एक जना भने नवलपुर गौडाकोटका रहेका छन्।
फ्रेन्च फुटबलर पउल पोग्बालाई कोरोना संक्रमण पुष्टी भएको छ। इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका २७ वर्षे मिडफिल्डर पोग्बा कोरोना संक्रमण पुष्टी भएसँगै युइएफए नेसन्स कप खेल्ने फ्रान्सको टिमबाट बाहिरिने छन्। पोग्बाको स्थानमा १७ वर्षीय एडुआर्डो कामभिङ्गाले खेल्नेछन्। पोग्बासँगै टोटेनहमका मिडफिल्डर समेत रहेका ट्यनगाइ न्डोम्बेलेलाई पनि कोरोना संक्रमण पुष्टी भएकाले उनी पनि टिममा रहने छैनन्। फ्रान्सले सेप्टेम्बर ६ मा स्वीडेनसँग र ९ मा…
विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सुन्दरहरैंचा ६ नम्बर वडास्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घाइते भएका साइकल पछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पश्चिमबाट पूर्वतर्फ आइरहेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकल चालक सुन्दर…
बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ। अखिल भारतीय भीमसेनाका राष्ट्रिय अध्यक्ष सतपाल तंवरले हरियाणास्थित गुरुग्रामस्थित सेक्टर ३७ पुलिस थानामा कंगनाविरुद्ध देशद्रोहको मुद्दा दर्ता गराएका हुन्। कंगनाले देशको आरक्षण व्यवस्थाबारे गरेको टिप्पणीमा आपत्ति जनाउँदै देशद्रोहको मुद्दा दर्ता गरिएको सञ्चारमाध्यमले जनाएका छन्। Cast in Hinduism supposed to be your Guna/Quality not your identity,I am born to fight, I can…
वासिङ्टन : भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ। कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याँकनका आधारमा ती भिडियोहरु हटाउनु परेको कम्पनीले स्पष्ट पारेको छ। कम्पनीका अनुसार यही वर्ष सन्…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा भएको १२ हजार ६२९ नमुना परीक्षणका क्रममा ३३४ महिला र ७७७ पुरुष गरी एक हजार १११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डाक्टर जागेश्वर गौतमले जानकारी दिए। बिहीवार थप भएको संक्रमितको संख्या हालसम्मकै बढी हो। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या…
गायक सरोज ओलीको नयाँ गीत ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियोमा कलाकार पल शाह र पूजा शर्माको अभिनय रहेको छ। गायक ओलीले धेरै समयपछि आफ्नो गीतमा पल र पूजाको जोडी बाँधेका हुन्। गज्जब टिभी युट्युब च्यानल मार्फत म्युजिक भिडियो बिहीवार सार्वजनिक भएको छ। गीतको शब्द प्रमुख निर्वाचन आयुक्त एवं गीतकार दिनेश थपलियाले लेखेका हुन्। संगीत अर्जुन…
बलिउड अभिनेत्री अनुश्का शर्मा आमा बन्ने भएकी छिन्। विहीवार उनले इन्स्टाग्राममार्फत् उक्त जानकारी दिएकी हुन्। उनका श्रीमान तथा भारतीय क्रिकेटर विराट कोहलीसँगको फोटो सेयर गर्दै लेखेकी छिन् : ‘अब हामी तीनजना हुने भएका छौं।‘ विराटले पनि सोही फोटो र क्याप्सन सेयर गरेका छन्। अनुश्काले सन् २०२१ को जनवरीमा सन्तानलाई जन्म दिने जनाएकी छिन्। यी दम्पतीले सन् २०१७ को डिसेम्बरमा विवाह…
इङ्ग्लिस- आइरिस पप ब्याण्ड गर्ल्ज अलाउडकी गायिकालाई स्तन क्यान्सर भएको छ। उनको क्यान्सर शरीरको अन्य भागमा पनि फैलिएको छ। ३८ वर्षीया गायिकाले ट्वीटरमार्फत् उक्त जानकारी दिइन्। उनले यसै वर्षको सुरुवातमा आफूलाई क्यान्सर देखिएको बताएकी छिन्। लेखेकी छिन्,’उक्त क्यान्सर शरीरमा फैलिएको भयावह खबर भने यसै महिना पाएकी हुँ।‘ हाल उनी साप्ताहिक रुपमा केमो थेरापी गराइ रहेकी छिन्। ‘म सक्दो लडिरहेकी छु।…
सान फ्रान्सिस्को : लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन्। केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै चिनियाँ कम्पनीहरु अहिले संकटमा छन्।…
काठमाडौं: औषधि व्यवस्था विभागले अहिले देशभरी नै अत्यावश्यकीय औषधिहरुको अभाव नरहेको जनाएको छ। तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिए पनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाई छ। अहिले देशका कुनैपनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए। नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउनेक्रममा केही ढिला हुँदा समस्या…
विश्व खेलकुदमा पछिल्ला दिनमा सबैभन्दा चासो लिइएको विषय हो मेस्सीले अब के गर्लान्? उनी बार्सिलोना छाड्न इच्छुक भएको विवरण नै सार्वजनिक हुँदा उनले बार्सिलोना छाडे कहाँबाट खेल्लान् - मुख्य चासो यही छ। बार्सिलोना छाड्ने मनस्थितिमा रहेको भन्दै मेस्सीले ब्युरोफ्याक्स क्लबमा पठाएसँगै विभिन्न क्लबहरुले उनलाई भित्र्याउन प्रयास गरिरहेका छन्, जसमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी अगाडी छ। म्यानचेस्टर सिटी अगाडि हुनुको केही मुख्य…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकम खर्च गर्दा अख्तियार लाग्छकी भन्ने डर स्थानीय तहका जनप्रतिनिधिमा भएको बताएकी छन्। कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको कारवाहीबारे सांसदहरुबीच भएको छलफलमा झाँक्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दु:ख दिन्छ भन्ने डर जनप्रतिनिधिमा देखिँदा पर्याप्त मात्रामा क्वारेन्टइन र आइसोलेसन सेन्टरहरुको निर्माण हुन नसकेको बताइन्। वित्तीय व्यवस्थापनमा राजनीतिक…
इरानी संगीतकर्मी मेहदी राजावियान पक्राउ परेका छन्। महिला कलाकारहरू सँग सहकार्य गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो। दुई साता अघि मात्र ३० वर्षीय मेहदीलाई अदालत लगिएको थियो। त्यहाँ उनको पछिल्लो गीतबारे सोधपुछ गरिएको थियो। न्यायाधीशले उक्त गीतले देह व्यापारलाई प्रोत्साहित गरेको ठहर्याए। उत्तरी इरानको सारीका यी गायकलाई त्यस समय परिवारले धरौटीमा रिहा गर्यो। बीबीसीका अनुसार उनको आउँदो एल्बमको काम पनि रोकिएको छ।…
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा प्रेमिका रिया चक्रवर्तीले मुख खोलेकी छन्। आफूमाथि विभिन्न आरोप लागिरहेका बेला रियाले आजतकलाई अन्तर्वार्ता दिँदै सुशान्त सन् २०१३ देखि नै डिप्रेशनमा रहेको दावी गरेकी छन्। यो मुद्दामा अनुसन्धान गरिरहेको सीबीआईले रियासँग सोधपुछको तयारी गरिरहेका बेला उनले सञ्चारमाध्यममा आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। रियाले २०१३ मा भएको कुनै घटनाले सुशान्त डिप्रेशनमा गएको र साइकाट्रिस्ट (मनोचिकित्सक)…
काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा संक्रमित ७० वर्षीया महिलाको मृत्यु भएको हो। रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ जानकीनगरकी महिलामा साउन २६ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। उनलाई साउन ३१ गते अस्पतालमा भर्ना गरिएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। स्वासप्रश्वासमा समस्या, दीर्घ रोगी, रक्तचाप र थाइराडको समस्या रहेको…
काठमाडौं : निर्माण तथा मर्मत सम्बन्धी ई-कमर्स कम्पनी ‘निर्माण साथी’ले घर तथा कार्यालयमा आउने विभिन्न समस्याहरुलाई समाधान गर्न आकस्मिक सेवा सुरु गरेको छ। कोभिड-१९ र निषेधाज्ञाबीच प्लम्बिङ, विद्युतीय, एसी, सोलार, रंगरोगन, सिपेज (चुहावट) रोकथाम लगायत ५० भन्दा बढी सेवाहरू दिन थालेको हो। उपभोक्ताले अनलाइन वा फोनमार्फत् समस्याहरू टिपाउन र सेवा बुक गर्न सक्ने कम्पनीका सिइओ कुमार भट्टले जानकारी दिए। समस्या…