अमेरिकी गीतकार एवं गायिका ब्रिट्नी स्पेयर्सको कानूनी संरक्षक विवाद चर्कदो छ। यसैबीच उनकी दिदी जेमी लिन स्पेयर्सले आफू संरक्षक रहने गरी माग गरेकी छिन्। सन् २०१८ मा आफ्नो सम्पतिको ट्रस्टीका रुपमा ब्रिट्नीले दिदीलाई पनि राखेकी थिइन्। पछिल्लो साता लिन स्पेयर्सले अदालतमा ब्रिटनीका सन्तानका लागि स्थापित कोषमा जम्मा गरेको रकममा आफ्नो नियन्त्रण रहने बताएकी हुन्। उनले कोषको पैसा आफ्नो खातामा स्थानान्तरित…
बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा प्रेमिका रिया चक्रवर्तीले दिएको वयानलाई पूर्वप्रेमिका अंकिता लोखंडेले खण्डन गरेकी छन्। अंकिताले एकपटक फेरि रियाका दावीलाई गलत भनेकी छन्। रियाले आजतकलाई दिएको अन्तर्वार्तामा सुशान्त सन् २०१३ देखि डिप्रेशनमा रहेको र मनोचिकित्सकलाई भेटेको तथा निदाउने औषधि सेवन गर्दै आएको बताएकी थिइन्। अंकिताले यसलाई खण्डन गर्दै भनेकी छन्, ‘सुशान्त मसँग हुँदा डिप्रेशनको कुनै समस्या थिएन। म…
जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट बाहिरिने घोषणा गरेका छन्। आफ्नो स्वास्थ्यको कारण देखाउँदै उनले यस्तोको घोषणा गरेका हुन्। सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीलाई जानकारी गराउँदै उनले शुक्रवार पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्री आवे र उनको दलका उच्च अधिकारीबीच शुक्रवार नै आपतकालीन बैठक भएको थियो। पछिल्लो दुई सातामा आवे दुई पटक उपचारका लागि अस्पताल पुगिसकेका छन्। पछिल्ला…
काठमाडौं : पोखरामा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्र उपचाररत ५२ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। श्वास प्रश्वासमा समस्या भई उपचारका लागि शुक्रवार नै प्रतिष्ठानमा उपचारका पुगेका पोखरा महानगरपालिका वडा नं. १६ पुरुषको शुक्रवार नै अपराहन्न १२:१५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए। मृतकमा कोभिड-१९…
काठमाडौं : चितवनमा उपचारका क्रममा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भरतपुरको श्री पुष्पाञ्जली अस्पतालमा उपचारका क्रममा भरतपुर २ क्षेत्रपुरका एक जनाको मृत्यु भएको हो। ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएका ५१ वर्षका पुरुषमा ८ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै अस्पतालमै सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेका उनको आज शुक्रवार…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो। बैठक शनिबार बिहान ११ बजेका लागि तय भएको थियो। अध्यक्षद्वयको छलफलपछि बैठक स्थगित भएको हो। कोरोना संक्रमण बढ्दै गएका कारण बैठक स्थगित गर्नुपरेको एक सचिवालय सदस्यले बताए। सचिवालय बैठकमा विवाद समाधानका लागि गठित कार्यलदलले बुझाएको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको थियो।
काठमाडौँ : संसदीय सुनुवाइ समितिले विभिन्न देशका प्रस्तावित तीन राजदूत विरुद्ध उजुरी आह्वान गरेको छ। समितिको शुक्रवार बसेको प्रारम्भिक बैठकले उजुरी आह्वानको निर्णय गरेको हो। समितिले बेल्जियम, जर्मनी र पाकिस्तानका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी मागेको हो। समितिले शनिवारदेखि लागू हुनेगरी दश दिनसम्म उजुरी दिन पाउने समयसीमा तोकेको छ। भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो। सरकारले परराष्ट्र सेवाका…
काठमाडौं : प्रहरीले स्कुलभित्र नै तास खेलिरहेको अवस्थामा प्रधानाध्यापक सहित ११ जनालाई नियन्त्रणमा लिएको छ। चितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेका अवस्था प्रधानाध्यापकसहित ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
काठमाडौं : उपत्यकामा संक्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समुदायस्तरमै कोभिड १९ को संक्रमण फैलिन सक्ने भन्दै संघीय सरकार र स्थानीय तहले उपत्यकामा एकीकृत आइसोलेसन निर्माणलाई तिव्रता दिने भएका छन्। उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बिहीवार भएको छलफल पनि स्वास्थ्य प्रोटोकललाई ध्यान दिदैँ…
व्यवसायी विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ। ट्विटमार्फत् आफूलाई कोभिड १९ को संक्रमण भएको चौधरीले सार्वजनिक गरेका छन्। 'प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ। भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन। यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु। मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला,' चौधरीले लेखेका छन्। Dear…
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञान तथा प्रविधि केन्द्रका प्रमुख चेंग चोंगेले जुलाईदेखि कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध गराइरहेको बताएका छन्। उनले बिहीवार एक सरकारी मिडियासँगको अन्तर्वातामा विशेष क्षेत्रमा काम गर्नेहरूका लागि भ्याक्सिन दिँदै आएको बताएका हुन्। चेंग स्वयं सार्स-कोवी-२ भ्याक्सिन उत्पादन गर्ने ‘टास्क फोर्स’को नेतृत्व गर्दैछन्। उक्त भ्याक्सिन स्वास्थ्यकर्मी एवं सीमामा तैनाथ अधिकारीहरूलाई आपत्कालिन आवश्यकताका रुपमा दिइएको दाबी उनले गरेका छन्। यो भ्याक्सिनको…
काठमाडौं : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। अस्पतालको कोभिड-१९ विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार भइरहेका रुपन्देहीकै तिलोत्तमा नगरपालिका ४ का ६० वर्षीय पुरुषको शुक्रवार बिहान २:३० बजे मृत्यु भएको हो। भदौ ७ गते कोभिड-१९ संक्रमण पुष्टि भएका उनलाई सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। स्वासप्रश्वासमा समस्या, दिर्घ रोगी, प्रेसर…
क्यारेबियन प्रिमियर लिगमा सन्दीप आबद्ध जमैका तल्लावाज र अमेजन वारियर्सबीचको खेलमा झगडाको स्थिति बनेको विषयले चर्चा पाएको छ। अगस्ट २५ तारिखमा भएको खेलमा जमैकाका ब्याट्सम्यान आशिफ अली र वारियर्सका बलर किमो पउलबीच मैदानमै झगडाको स्थिति उत्पन्न भएको थियो। जमैकाको ब्याटिङ चलिरहँदा ८ औं ओभरमा किमो पउलको बलमा आशिफ अली आउट भएका थिए। आशिफ आउट भएसँग पउल गएर उनलाई केही भने।…
जापानका प्रधानमन्त्री सिन्जो आवेको स्वास्थ्य अवस्थाका कारण राजीनामा दिने चर्चा सुरु भएको छ। जुन १८ मा पछि पहिलोपटक आवे पत्रकार सम्मेलनमा उपस्थित हुँदैछन्। शुक्रवार स्थानीय समय अनुसार साँझ ५ बजेका तय भएको पत्रकार सम्मेलनमा उनले आफ्नो स्वास्थ्य अवस्थाका साथै कोभिड-१९ पान्डेमिकको पछिल्लो अवस्था र सरकारका काम कारवाहीका बारेमा बोल्ने सरकारी अधिकारीहरुले जनाएको भन्दै जापानको समाचार एजेन्सी क्योडो न्यूजले जनाएको छ।…
एसियन च्याम्पियनसिपमा कास्यपदक जितेका पूर्व भारतीय एथलेट एक्बाल सिंह आमा र श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन्। अमेरिकामा बस्दै आएका उनलाई हिरासतमा राखिएको भारतीय संञ्चारमाध्यमले जनाएका छन्। डेलावर काउन्टीमा बस्ने ६२ वर्षीय सिंहले प्रहरीलाई फोन गरी आफूले अपराध गरेको स्वीकार गरेको श्रोतलाई उद्धृत गर्दै बताएका छन्। प्रहरी पुग्दा उनी रगतमा लतपतिएको अवस्थामा भेटिएको बताइएको छ। भित्र आमा र श्रीमतीको शव भएको बताइएको…
फूलमान तामाङ - बाँसखर्क : बिहीवार दिउँसो ४ बजे सिन्धुपाल्चोकको बाँसखर्क पुग्दा सिमसिम पानी परिरहेको थियो। बाटो हिलाम्मे र चिप्लो। पहिरो पीडितलाई राहत दिनेहरुको आउजाउ देख्न सकिन्थ्यो। जिल्लाकै पाँचपोखरी थाङपाल गाउँपालिका वडा ४ का वडाध्यक्ष ६३ वर्षीय रामबहादुर लामा पनि लिदी पहिरो पीडितका लागि दालचामलसहित नगद लिएर पुगेका थिए त्यहाँ। बाटो अप्ठ्यारो देखिएपछि माथि डाँडामै ओर्ले लामा। लिदीका वडा अध्यक्ष…
काठमाडौं : चितवनमा कोभिड १९ संक्रमित एक महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ की ७७ वर्षीय बुद्धाको मृत्यु भएको हो। अस्पताल भर्ना भएकी महिलाको बिहीवार साँझ कोभिड १९ पोजेटिभ भएको रिजल्ट आएको थियो। 'हिजो उहाँको कोभिड १९ भएको रिपोर्ट आएको थियो। आज बिहान उहाँको मृत्यु भयो,' स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले भने।
चितवन : सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ती जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङका अनुसार उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँगबाट…
इटलीको पिसा जाने तयारी गरेको विमानमा भर्खरै मानिसहरु चढिरहेका थिए। स्ट्यान्स्टेड विमानस्थलमा रोकिएको विमानभित्रका ती यात्रुको मोबाइलमा म्यासेजको संकेत आयो जसलमा संदेश थियो - तपाईँलाई कोभिड १९ पोजेटिभ देखिएको छ। संदेश देख्नासाथ ती यात्रुले क्याबिन क्रुलाई यसबारे जानकारी गराइहाले। बीबीसीका अनुसार ती यात्रु र उनका साथीलाई तत्काल विमानस्थलको आइसोलेसन क्षेत्रमा पुर्याइयो। विमान उडाउन रोकेर उनीहरुला स्कर्टिङ गर्दै विमानस्थलको सुरक्षित ठाउँमा…
काठमाडौं : झापामा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ। बिहीवार रात ११ बजेतिर कमल गाँउपालिका वडा नम्वर ३ बस्ने ८४ वर्ष बृद्धको मृत्यु भएको हो। एक साता अघि कोभिड १९ पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराइरहेका पुरुषको मृत्यु भएको हो। 'उहाँ प्रेसरको रोगी पनि हुनुहुन्थ्यो। उपचारको लागि केही समयदेखि अस्पताल गइरहनुभएको थियो। हिजो राति मृत्यु भएको जानकारी…