न्युयोर्कमा आजलाई तय एटिपी/डब्लुटिए वेस्टर्न एण्ड साउथन ओपन टेनिस अन्तर्गतका खेलहरु स्थगित भएका छन्। प्रहरीले विस्कोन्सिनमा एकजना अश्वेतलाई गोली प्रहार गरेपछि सुरुभएको विरोधको असर टेनिसमा पनि परेको हो। त्यस्तै प्रतियोगितामा स्टार खेलाडी नाओमी ओसाकाले सेमिफाइनल खेल अघि नाम फिर्ता लिएकी थिइन्। र, पछी आयोजकले एक विज्ञप्ति निकाल्दै आजको खेल स्थगित भएको जनाएको हो। ‘एउटा खेलको रुपमा टेनिसले रंगभेद र सामाजिक अन्यायको…
काठमाडौं : आउँदो शैक्षिक सत्रदेखि नेपालका सम्पूर्ण विद्यालय एवं कलेजहरूमा ‘फिल्म स्टडी’ हुने भएको छ। जसका लागि नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ। समितिले कोरोना भाइरसको प्रभाव कम भए लगत्तै आगामी वर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु गरिने बताइएको छ। विकास बोर्डले…
काठमाडौं : बुधवार राति (भदौ ३) करिब पौने ९ बजेतिर भएको ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या विरोधमा प्रर्दशन हुनसक्ने भएको भन्दै गृहले सुरक्षा व्यवस्था मिलाउन पत्रचार गरेको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गर्दै सुरक्षा व्यवस्थानको साथै कुनै पनि अवाञ्छित गतिविधि भए वा कानुन विपरित कुनै पनि कार्य गरे कानुनको दायरामा…
क्यारेबियन प्रिमियर लिगमा आज भएको खेलमा सन्दीप आबद्ध जमैका तल्लावाज पराजित भएको छ। औशत लक्ष्यलाई पछ्याउन नसक्दा जमैका ३६ रनले पराजित भएको हो। यद्यपि, ब्यक्तिगत रुपमा भने सन्दीपको प्रदर्शन राम्रो रह्यो। उनले २ विकेट लिएर १६ रन दिए भने ब्याटिङमा अभिजित ४ रन बनाए। टस हारेर ब्याटिङमा उत्रिएको बार्बाडोसले ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो। जसका लागि केल…
काठमाडौः बुधवार मध्यान्हतिर झापा गाउँपालिका वडा नम्बर ३ स्थित कटुवामारी भन्ने स्थानमा गोरु काटेको भन्ने खबर प्रहरीलाई आयो। नेपालको कानुनले गोरु काट्नु अपराध मानेको छ। त्यसैले सूचना आउने बित्तिकै प्रहरी चौकी टाघन डुब्बाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) संदीप बोगटी र सशस्त्र प्रहरी बल टाघनडुब्बाबाट सहायक प्रहरी निरीक्षक(असई)को नेतृत्वमा टोली घटनास्थल तर्फ लाग्यो। सूचना आएको ठाउँमा हेर्दा पशु काटिएको देखियो। तर, त्यतिखेर…
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ४० लाख पार भएको छ भने मृत्यु हुने संक्रमितको संख्या ८ लाख २४ हजार ३ सय ६८ पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको कोरोना भाइरस रिसोर्स सेन्टरले एकत्रित गरेको तथ्याङ्क अनुसार विश्वभर संक्रमितको संख्या २ करोड ४० लाख ८८ हजार ६ सय ९२ पुगेको छ। सबैभन्दा धेरै संक्रमित संयुक्त राज्य अमेरिकामा…
नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमितको मृत्यु संख्या ६० हजार पार भएको छ भने २४ घन्टामा संक्रमित हुनेको संख्यामा ७० हजार माथि रह्यो जुन नयाँ रेकर्ड हो। बुधवार एकै दिन भारतमा ७६ हजार भन्दा धैरै संक्रमित पहिचान भएका छन्। यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख पार भएको छ। बुधवार एकै दिन थपिएका संक्रमितको यो संख्या विश्वकै तेस्रो ठूलो…
काठमाडौं : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएको परीक्षणमा थप २६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। बुधवार राति १० बजेसम्म १ सय ५१ वटा नमुना परीक्षण गर्दा २६ जनामा कोभिड १९ पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। २६ जना मध्ये एक जना तनहुँ र बाँकी २५ जना चितवनका रहेका छन्। उनीहरुलाई चितवनमा रहेको विभिन्न क्वारेन्टाइन तथा अस्पतालमा राखिएको…
विमल गौतम - चार वर्ष पहिले नेपाली समाजलाई कुलमानका बारेमा जानकारी थिएन। अहिले कुलमान घिसिङ को हुन् भनेर हरेक परिवारलाई थाह छ। कुलमान भन्ने नाम 'उज्यालो' भएको छ। कुलमानका कारणले नेपाल उज्यालो भएको छ। आजकल बिजुली गएमा मानिसहरू भन्ने गर्छन् - 'आज कुलमानलाई के भएछ?' २०७३ सालमा नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका कुलमानको कार्यकाल यो २०७७ सालको भदौ…
काठमाडौं : आजबाट काठमाडौं उपत्यकाभित्र दोस्रो चरणको निषेधाज्ञा सुरु भएको छ। पहिलो पटकको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिएको थियो। बुधवार बिहान उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो। दोस्रो चरणको निषेधाज्ञा थप कडाइका साथ कार्यान्वयन गराउने जिल्ला प्रशासन कार्यालयलका प्रमुखहरुले जानकारी दिएका छन्। 'सबैको सुझाव सल्लाह अनुसार नै दोस्रो पटको समय…
भारतसँग सीमा जोडिएको प्रदेश २ का जिल्लाहरुमा तैनाथ सशस्त्र प्रहरी बलको बीओपीका नयाँ कमाण्डरहरूलाई कोभिड- १९ रोकथाम एवम् सुरक्षा परिचालनमा निभाउन पर्ने भूमिकाबारे जानकारी दिइएको छ। बुधबार लाइभ स्ट्रिमिङमार्फत् सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, कार्य तथा सीमा सुरक्षा विभागका एआईजी रामशरण पौडेल र बाहिनीपति डिआईजी कृष्णभक्त ब्रम्हचार्यले उनीहरुलाई निर्देशन दिएका हुन्। प्रदेश २ कोभिड-१९ का कारण सर्वाधिक प्रभावित प्रदेश हो। त्यसैले…
काठमाडौँः प्रहरी र स्थानीयबीचको झडपमा घाइते भएका झापाका एक पुरुषको मृत्यु भएको छ। गोरु काटेको अभियोगमा दुई जना व्यक्तिलाई पक्राउ गरी अदालत लैजाने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो। झडपमा क्रममा गम्भीर घाइते भएका स्थानीय ३८ वर्षीय रसिकुल आलमको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। बिएण्डसी अस्पतालमा उपचारका क्रममा आलमको मृत्यु भएको हो। झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी दुई जना…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा भइरहेको कामका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका छन्। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्चअधिकारीसहित मन्त्री ढकालले भर्चुअल माध्यमबाट स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका हुन्। छलफलमा मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड-१९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राखे। मन्त्री ढकालले कोभिड-१९ नियन्त्रणमा देखा परेका चुनौतिको सामना…
काठमाडौं : झापामा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि गोली चलेको छ। गोरु काटेको अभियोगमा समातिएका व्यक्तिलाई म्याद थपका लागि अदालत लैजाने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको हो। झडपमा दुबै पक्षका केही घाइते भएका छन्। झापा गाउँपालिका ३ कामाटोलीमा गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणपछि स्थानीय आक्रोशित बनेका थिए। नियन्त्रणमा लिएकालाई विर्तामोड ल्याउने क्रममा स्थानीयको समूहले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले…
विराटनगर : नोबेल मेडिकल कलेज अन्तर्गतको अस्पतालका इमर्जेन्सी तर्फका १२ पारामेडिकल स्टाफ र अन्य नर्ससहित ५५ जनाले सामूहिक राजीनामा दिएका छन्। कलेजका प्रबन्धक नारायण दाहालले ५५ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएर मंगलवारदेखि काम छाडेको पुष्टि गरे। ‘उहाँहरू ७ बुँदै माग लिएर आउनु भएको थियो’, प्रबन्धक दाहालले भने, ‘जसमा स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालको इमरजेन्सीबाहिर २४ सै घण्टा स्क्रिनिङ क्लिनिक राख्नुपर्ने, अस्पतालमा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमाथि टिकाटिप्पणी सुरु भएको छ। कार्यदलमाथि नेकपाको विवादको जड नै पत्ता नलगाइ सतही रुपमा प्रतिवेदन बुझाएको आरोप नेकपाकै नेताहरुले नै लगाउन थालेका छन्। कार्यदलका सदस्यहरुले हाललाई सहतमा देखिने गरी टालटुले रुपमा सहमति गर्न खोजेको राजनीतिका जानकारहरुको ठम्याइ छ। साउन ३० गते गठित ६ सदस्यीय कार्यदलले गत शनिवार आफ्नो…
काठमाडौँः सरकारले ६० सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णय अनुसार सहसचिवहरुको काज सरुवा गरेको हो। संघीय निजामती सेवाको दरबन्दी कायम रहेका प्रदेश मातहतका विभिन्न मन्त्रालय तथा संघीय मन्त्रालय तथा कार्यालयहरुमा सरुवा भएको हो। को कहाँ?
जनकपुरधाम : धनुषामा भैंसी नुहाउन गएकी एक महिला एकदिन पश्चात मृत फेला परेकी छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–२ राधापुर बस्ने उत्तिम यादवकी ४० वर्षीया पत्नी भुटि देवी यादव मृत भेटिएकी हुन्। मंगलबार बिहान करिव ११ बजे गाउँकै छेउमै रहेको बलुवा खोलामा खनिएको खाल्डोमा भैंसीलाई नुहाउन गएकी यादव अबेर रातीसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज (बुधबार) दिउँसो १२…
काठमाडौं : पछिल्लो २४ जिल्लामा ४६ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १३ हजार २०० नुमना परीक्षणका क्रममा ८८५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। संक्रमण पुष्टि भएकामध्ये २९९ महिला र ५८६ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा सबै भन्दा बढी काठमाडौं जिल्लामा संक्रमित थपिएका छन्। काठमाडौं…
विराटनगर : विराटनगरका तीन वटा रोटरी क्लब मिलेर कोभिड–१९ को नियन्त्रणका लागि आवश्यक पर्ने पीसीआर मेसिन लगायतका १ करोड मूल्यका सामग्री प्रदान गर्ने भएका छन्। रोटरी क्लब अफ विराटनगर, डाउन टाउन र फ्युजन गरी तीन वटा क्लबले स्वास्थ्य सामग्री र उपकरण प्रदान गर्ने भएका हुन्। रोटरी क्लब अफ विराटनगरका सेवा निर्देशक मनोजविक्रम शाहका अनुसार पीसीआर मेसिन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिने…