PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • टाइगर सिरिजको तेस्रो फिल्ममा सलमान र कबीरको सहकार्य

    टाइगर सिरिजको तेस्रो फिल्ममा सलमान र कबीरको सहकार्य

    बलिउड अभिनेता सलमान खान र निर्देशक कबीर खानबीच एकपटक फेरि सहकार्य हुने भएको छ। दुबैको सहकार्यमा बलिउडले ‘एक था टाइगर’, ‘बगरंगी भाइजान’, ‘ट्युबलाइट’ जस्ता सुपरहिट फिल्म पाएको छ। अब 'टाइगर सिरिज' को तेस्रो फिल्ममा सलमान र कबीर जोडिँदैछन्। दुबै फेरि सहकार्यमा ल्याउने प्रयास फिल्म 'टाइगर जिंदा है'का निर्देशक अली अब्बास जफरले गरेका छन्। सलमान र कबीरको सहकार्यमा बन्ने फिल्मको प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • पुष्पलाललाई सम्झँदै ओलीमाथि झलनाथ र माधव नेपालको प्रहार, समृद्धिको बाटोमा लाग्न ओलीको सुझाव

    पुष्पलाललाई सम्झँदै ओलीमाथि झलनाथ र माधव नेपालको प्रहार, समृद्धिको बाटोमा लाग्न ओलीको सुझाव

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा नेकपाका नेताहरुले पुष्पलालाई स्मरण गर्दै पार्टीलाई विधि, पद्धतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको सुझाएका छन्। समाजवादको लक्ष्यमा अघि बढ्नु नै पुष्पालालप्रति सम्मान हुने खनालको भनाइ छ। खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको,…

    विस्तृतमा पढ्नुस्

  • गाडीमा तत्काल मेसिनबाट मापसे चेक नहुने, अब कसरी हुन्छ यातायात व्यवस्थापन?

    गाडीमा तत्काल मेसिनबाट मापसे चेक नहुने, अब कसरी हुन्छ यातायात व्यवस्थापन?

    काठमाडौं : चैत ११ गतेदेखि सरकारले घोषणा गरेको लकडाउन आजबाट खुल्ला भएको घोषणा गरेको छ। सरकारले निषेध गरेका केही क्षेत्रहरु भने अझै रोक नै छ। तर, सार्वजनिक तथा निजी सवारी साधनलाई लगाएको रोक पूर्ण रुपमा हटेको छ। सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली समेत हटेको हो। अब राजधानी लगायत देशभरका सडकमा पहिले झैं सार्वजनिक तथा निजी सवारी साधन…

    विस्तृतमा पढ्नुस्

  • बीपी स्मृति दिवसमा निधिको आह्वान : कम्यनिस्ट तानशाही व्यवस्थाबाट मुलुक जोगाऔं

    बीपी स्मृति दिवसमा निधिको आह्वान : कम्यनिस्ट तानशाही व्यवस्थाबाट मुलुक जोगाऔं

    काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बीपी कोइराला नै आधुनिक र लोकतान्त्रिक नेपालका निर्माता भएको बताएका छन्। ३८ औं बीपी स्मृति दिवसका सन्दर्भमा नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको बीपी बिचार र आजको राजनीतिक सन्दर्भ बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणलाई राणाबाट मुक्त गराएर बीपीले नै लोकतान्त्रिक राज्य बनाएको उल्लेख गरे। पृथ्वीनारायण शाहले देश सिंगो…

    विस्तृतमा पढ्नुस्

  • झापामा पहिरोमा पुरिएर पाहुना गएका किशोरको मृत्यु, तीन जना घाइते

    झापामा पहिरोमा पुरिएर पाहुना गएका किशोरको मृत्यु, तीन जना घाइते

    काठमाडौं : झापामा पहिरोले पुरिएर मंगलवार राति एक जनाको मृत्यु भएको छ। केही दिनदेखिको अविरल वर्षाका कारण घरमाथि पहिरो खस्दा झापा बुद्धशान्ति गाउँपालिका ७ मोतिडाँडा तेज कुमार बराइलीको घरमा पाहुना आएका युवकको मृत्यु भएको हो। झापाको मेचिनगर नगरपालिका ९ घर भएका १५ वर्षीय विवके दर्नाललाई पहिरोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए। इलका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • आर्सनललाई हराउँदै रेलिगेशन जोनबाट माथि उठ्यो एस्टोन भिल्ला

    आर्सनललाई हराउँदै रेलिगेशन जोनबाट माथि उठ्यो एस्टोन भिल्ला

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनललाई हराउँदै एस्टोन भिल्ला रेलिगेशन जोन भन्दा एक स्थान माथि उठेको छ। भिल्ला पार्क स्टेडियममा भएको खेलमा घरेलु टोलीले आर्सनलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। एस्टोन भिल्लाको जितमा ट्रेजेगुइटले निर्णायक गोल गरे। उनले खेलको २७ औ मिनेटमा टायरोन मिङ्सको पासमा गोल गरेका थिए। जितसँगै भिल्ला रेलिगेशन जोनबाट एकस्थान माथि उक्लिएको छ। एस्टोन…

    विस्तृतमा पढ्नुस्

  • रहिम स्टर्लिङ चम्किँदा म्यानचेस्टर सिटीको फराकिलो जित

    रहिम स्टर्लिङ चम्किँदा म्यानचेस्टर सिटीको फराकिलो जित

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वार्टफोर्डमाथि फराकिलो जित निकालेको छ। भिकारेज रोड स्टेडियममा भएको खेलमा सिटीले वार्टफोर्डमाथि ४-० को फराकिलो जित निकालेको हो। सिटीको जितमा रहिम स्टर्लिङले २ गोल तथा फिल फोडेन र ऐमेरिक लापोर्टेले १/१ गोल गरे। खेलको ३१ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका स्टर्लिङले ४० औं मिनेटमा दोस्रो गोल पनि थपे। पहिलो हाफमा दुई…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु भोलिदेखि नै सञ्चालन हुने, पठनपाठन भने नहुने

    त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु भोलिदेखि नै सञ्चालन हुने, पठनपाठन भने नहुने

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले भोलि मंगलवारदेखि नै क्याम्पसहरु पुनः सञ्चालन हुने बताएको छ। विश्वविद्यालयका सबै क्याम्पसहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै पुनः सञ्चालन हुने भएका हुन्। विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक क्याम्पसका अन्य सबै कार्यहरु सञ्चालन हुने छन्। नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन्। कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै…

    विस्तृतमा पढ्नुस्

  • खुल्यो खेलकुद अभ्यासको बाटो, भदौ १ गतेबाट प्रशिक्षण थाल्न पाउने

    खुल्यो खेलकुद अभ्यासको बाटो, भदौ १ गतेबाट प्रशिक्षण थाल्न पाउने

    काठमाडौं : सरकारले १ सय २० दिन लामो लकडाउन खोलेसँगै खेलकुद अभ्यासको पनि बाटो खुलेको छ। मंगलवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले भदौ १ गतेपछि खेलकुदको अभ्यास तथा प्रशिक्षण शुरु गर्न सक्ने बताएका हुन्। लकडाउन यता ब्याडमिन्टन, कराते, बक्सिङलगायत सीमित खेलहरुलाई छाडेर अरु खेलको अभ्यास ठप्प थियो। क्रिकेटका केही खेलाडीहरुले कीर्तिपुर स्टेडियम परिसरमा इन्डोर अभ्यास गरेपनि…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको ११ लाख रकमसहित रौतहटबाट एक जना पक्राउ

    स्रोत नखुलेको ११ लाख रकमसहित रौतहटबाट एक जना पक्राउ

    वीरगंज : रौतहट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। सोमवार साँझ प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका वडा नम्बर ४ स्थित प्रहरी चौकी मठिया सडकमा नेपाल भारतको सिमाना नजिक दक्षिण तर्फबाट मठिया महुलिया तर्फ आउँदै गरेको साइकल यात्रीलाई जाँच गर्दा उक्त रकम भेटिएको हो। साइकलको ह्यान्डलमा झुण्ड्याएको नाइलनको झोलामा उक्त पैसा राखिएको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • विपदग्रस्त क्षेत्रमा गरिने राहत वितरण र पुनर्स्थापनाबारे सभामुखको चासो

    विपदग्रस्त क्षेत्रमा गरिने राहत वितरण र पुनर्स्थापनाबारे सभामुखको चासो

    काठमाडौं : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग छलफल गरेका छन्। भेटमा सभामुख सापकोटाले भोटेकोशी बाढी, पहिरो र लगातारको बर्षाले निम्त्याएको विपत्ति, सो क्षेत्रका सम्भावित जोखिम र प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको कार्यबारे जानकारी लिए। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलवार भएको छलफलमा कार्यकारी प्रमुख पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट धेरै…

    विस्तृतमा पढ्नुस्

  • श्रमजिवी ऐनविपरित कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चार गृहलाई कारवाही गर्न निर्देशन

    श्रमजिवी ऐनविपरित कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चार गृहलाई कारवाही गर्न निर्देशन

    काठमाडौं: संसदको विकास तथा प्रविधि समितिले श्रमजिवी ऐन विपरित कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चार गृहलाई कानून अनुसार कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना प्रवाह गर्ने श्रमजिवी पत्रकार र कार्यरत कर्मचारीलाई जवरजस्ती रोजगारीबाट हटाउने सञ्चार गृहलाई कारवाही गर्न विकास तथा प्रविधि समितिले निर्देशन दिएको हो। समिति सभापति कल्याणी…

    विस्तृतमा पढ्नुस्

  • घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सांसद राईको माग

    घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सांसद राईको माग

    काठमाडौं: प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छन्। स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेकी हुन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घरेलु उद्योगको रुपमा अर्गानिक जडिबुटी युक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ का बाढी प्रभावित क्षेत्रहरुमा प्रदेश सरकारले शुरु गर्‍यो अनुगमन

    प्रदेश नम्बर २ का बाढी प्रभावित क्षेत्रहरुमा प्रदेश सरकारले शुरु गर्‍यो अनुगमन

    वीरगंज : प्रदेश २ सरकारले प्रदेशका विभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रको अनुगमन शुरु गरेको छ। विपद् व्यवस्थापन तथा अनुगमन समितिद्वारा सिरहास्थित कमला नदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदी लगायत अन्य नदीहरुमा आएको बाढीले गरेको कटान र डुबानले गरेको क्षतिको अध्ययन तथा अनुगमन गरेको प्रदेश स्तरीय विपद् अनुगमन समितिका संयोजक एवं प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट फर्कनेले अब आफ्नै घरमा १४ दिन क्वारेन्टाइन बस्न सक्ने

    विदेशबाट फर्कनेले अब आफ्नै घरमा १४ दिन क्वारेन्टाइन बस्न सक्ने

    काठमाडौं : कोरोना भाइरस संक्रमणबाट प्रभावित देशबाट फर्किनेहरुले अब आफ्नै घरमा १४ दिन क्वारेन्टाइन बस्न सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम क्वारेन्टाइन सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेसँगै विदेशबाट आएकाले घरमा बस्न पाउने भएका हुन्। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा मापदण्ड पालना गरेर दुई हप्ता आफ्नै घरमा बस्न सक्ने गरी क्वारेन्टाइन सम्बन्धी मापदण्ड स्वीकृत गरेको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेसले सागमा स्वर्ण जितेकालाई सम्मान गर्ने, रजत र कास्य विजेताबारे भएन निर्णय 

    काँग्रेसले सागमा स्वर्ण जितेकालाई सम्मान गर्ने, रजत र कास्य विजेताबारे भएन निर्णय 

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले सागमा स्वर्ण जितेका खेलाडी सम्मानलगायतका १३ वटा निर्णय गरेको छ। केन्द्रीय सदस्यसमेत रहेका मोहन बस्नेतको संयोजकत्वको खेलकुद विभागले यथाशीघ्र १३ औं सागका स्वर्ण विजेताहरुलाई सम्मान गर्ने निर्णय गरेको हो। यद्यपि रजत र कास्य पदक जितेका खेलाडीहरुलाई के गर्ने भन्नेमा भने कमिटी अझै स्पस्ट देखिँदैन। कमिटीका संयोजक बस्नेतले रजत, कास्य जित्ने खेलाडी तथा प्रशिक्षक…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना भाइरसका संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना भाइरसका संक्रमित

    काठमाडौं : मंगलवार काठमाडौंमा ८ र ललितपुरमा १ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले त्रिवि शिक्षण अस्पतालमा गरिएको आरटीपीसीआर परीक्षणमा काठमाडौंका ८ जनालाई संक्रमण देखिएको बताए। स्टार अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ललितपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको हो। मंगलवार देशभर १ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण, कञ्चनपुरमा मात्रै २० जना

    सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण, कञ्चनपुरमा मात्रै २० जना

    कैलाली : धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा एक सय ८८ जनाको कोरोना परीक्षण भएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरका २० जना, बझाङका चार जना र कैलालीका तीन जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरको बेदकोट नगरपालिकाका सात…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु

    काठमाडौंमा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु

    काठमाडौं : काठमाडौंको टोखामा पहिरोले पुरिएर दुई जना बालबालिकाको मृत्यु भएको छ। आज मध्यान्हतिर टोखा नगरपालिका १ तासीडाँडामा ३ वर्षीय बालक र बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रामकुमार राना मगरका  जुम्ल्याहा बच्चा खाना खाने क्रममा पहिरो आएपछि पुरिएका थिए। 'उनीहरुसँगै अन्य १० जना मानिस काम गर्दै थिए। खाना खाने समयमा टहरामा माथिबाट पहिरो झर्‍यो। अरू मानिस भाग्न सफल भए।…

    विस्तृतमा पढ्नुस्

  • चीनको ‘केरुङ च्छो’ ताल फुट्ने खतरा : काभ्रेमा सुनकोसीको डर, प्रशासनले भन्यो: सतर्क रहनुस्

    चीनको ‘केरुङ च्छो’ ताल फुट्ने खतरा : काभ्रेमा सुनकोसीको डर, प्रशासनले भन्यो: सतर्क रहनुस्

    काठमाडौं: जिल्ला प्रशासन कार्यालय काभ्रेले सुनकोसी नदीमा पानीको वहाव बढ्न सक्ने भन्दै सतर्क रहन तटिय क्षेत्रका बासिन्दालाई अपिल गरेको छ। चीनको खासामा रहेको ‘केरुङ च्छो’ ताल फुट्ने खतरा रहेको सूचना आएको र ताल फुटे काभ्रेमा सुनकोसी नदीको वहाव बढेर क्षति गर्न सक्ने भन्दै प्रशासनले तटिय क्षेत्रमा नजान र हरेक समय सतर्क अवस्थामा रहन अनुरोध गरेको हो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell