PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • कोभिड १९ को बिजोग हालतमा के भारतले दक्षिण अमेरिकी मुलुकलाई पछि पार्ला?

    कोभिड १९ को बिजोग हालतमा के भारतले दक्षिण अमेरिकी मुलुकलाई पछि पार्ला?

    नयाँ दिल्ली : चरम संकट निम्त्याउने गरी भारतमा संक्रमितको संख्या यसरी बढेको छ कि दक्षिण अमेरिकी मुलुक ब्राजिल पछि पर्ने देखिएको छ। कोरोना भाइरसको संक्रमित संख्यामा भारतले ब्राजिललाई उछिन्ने संकेत देखिएको हो। गएको सात दिनको अवधिमा भारतमा २ लाख ६९ हजार ९ सय ६९ जनामा कोरोना संक्रमण देखियो। त्यही अवधिमा ब्राजिलमा २ लाख ६० हजार ९ सय ६२ जना संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • लिग लिडर युभेन्टस पराजित

    लिग लिडर युभेन्टस पराजित

    इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टस पराजित भएको छ। डासिया एरेना स्टेडियममा भएको खेलमा युभेन्टस खेलको अन्तिम समयमा सम्हालिन नसक्दा घरेलु टोली उडिनेसेसँग २-१ ले पराजित भएको हो। खेलमा म्याथिज डी लिट ४२ औं मिनेटमा अग्रता दिलाएका थिए। पहिलो हाफमा युभेन्टस १ गोलले अघि रहे पनि दोस्रो हाफमा घरेलु टोलीले खेल बराबरीमा ल्यायो। ल्लिजा नेस्टोरोभस्कीले ५२…

    विस्तृतमा पढ्नुस्

  • चीनले जासुसी केन्द्र बनाएकाले कन्सुलेट बन्द : विदेश मन्त्री पोम्पेओ

    चीनले जासुसी केन्द्र बनाएकाले कन्सुलेट बन्द : विदेश मन्त्री पोम्पेओ

    वासिङटन : अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले होस्टनमा रहेको चिनियाँ कन्सुलेटको कार्यालय जासुसीको केन्द्र रहेकाले बन्द गर्न निर्देशन दिएको बताएका छन्। अमेरिकी कम्पनीहरुको व्यवसायिक गोपनीयताका वस्तुमाथि त्यहाँबाट गैर कानुनी रुपमा सूचना निकालिने गरेको उनको आरोप छ। 'यो साता हामीले होस्टनमा रहेको चिनियाँ कन्सुलेट बन्द गरायौं किनकि त्यो जासुसीको केन्द्र थियो र बौद्धिक सम्पत्ति चोरी हुने ठाउँ,' विश्वमा चिनियाँ सुरक्षा चुनौतीको…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक र बिरामीमा संक्रमण पुष्टि भएपछि नारायणी अस्पतालसँगै निजी अस्पतालहरु पनि सिल

    चिकित्सक र बिरामीमा संक्रमण पुष्टि भएपछि नारायणी अस्पतालसँगै निजी अस्पतालहरु पनि सिल

    वीरगंज : पछिल्लो पटक वीरगंजमा डाक्टर तथा अस्पतालमा भर्ना भएका बिरामीहरुमा संक्रमण पुष्टि भएसँगै पुनः उपचार सेवा प्रभावित हुने अवस्था बन्दै गएको छ। बिहीवारदेखि नारायणी अस्पतालको सर्जिकल, आइसीयू कक्ष सिल गरिएको छ। त्यस्तै, एडभान्स मेडिकेयर हस्पिटल, अलि अर्थो ट्रमा सेन्टर, शान्ति पोली क्लिनिकलगायत अस्पताल सिल भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए। उनका अनुसार पछिल्लो एक सातामा…

    विस्तृतमा पढ्नुस्

  • बाफलमा युवतीमाथि एसिड प्रहार प्रकरणः सिसिटिभी फुटेजमा देखिएका युवक खोज्दै प्रहरी

    बाफलमा युवतीमाथि एसिड प्रहार प्रकरणः सिसिटिभी फुटेजमा देखिएका युवक खोज्दै प्रहरी

    काठमाडौँः काठमाडौँमा एक युवतीमाथि एसिड प्रहार भएको छ । २२ वर्षीय युवतीमाथि राति करिब ७५० बजे बाफलमा  एक युवकले एसिड प्रहार गरेर फरार भएका छन्। फरार भएका युवकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। प्रहरीले घटनास्थल वरपर रहेका सिसिटिभी फुटेज समेत हेरेको छ। नजिकै रहेको दुई वटा सिसी क्यामेरामध्ये एकमा युवक देखिएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

    स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ। आयोगको नेपालगञ्जबाट खटिगएको टोलीले खनाललाई १६ लाख १३ हजार ९७५ रुपैयाँसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो। खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिसन बापतको रकम र चेकसमेत बरामद गरिएको आयोगले जनाएको छ। घटनाबारे विस्तृत अध्ययन भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौँः विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ। बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ र त्यसको संक्रममणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट समस्यामा परेको अर्थतन्त्रलाई थप आर्थिक गिरावटबाट जोगाउन गरिएको प्रयासका बाबजूद आर्थिक वृद्धि न्यून हुने जनाएको हो। सरकारले चालेका प्रयत्नका बाबजुद देशको अर्थतन्त्रलाई संक्रमणको अस्थिरताबाट राहतको…

    विस्तृतमा पढ्नुस्

  • अघि बढ्यो खेलकुद नियमावली बनाउने काम, खटियो सात सदस्यीय कमिटी

    अघि बढ्यो खेलकुद नियमावली बनाउने काम, खटियो सात सदस्यीय कमिटी

    काठमाडौं : खेलकुद विकास ऐन आएसँगै खेलकुद नियमावली बनाउन युवा तथा खेलकुद मन्त्रालयले प्रकृया अघि बढाएको छ। मन्त्रालयले नियमावलीको प्रकृयाका लागि निमित्त सदस्यसचिव भक्तराज ढकालको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको थियो। निमित्त सदस्यसचिव भक्तराज ढकालको संयोजकत्वमा रहेको समितिमा खेलकुद विज्ञका रुपमा रिमबहादुर रानाभाट रहेका छन् भने मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका प्रतिनिधि लगायत रहेका छन्। ‘नियमावली बनाउन सात सदस्यीय कार्यदल बनाएर…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुलेपछिको काठमाडौं उपत्यका : सबैतिर चहलपहल, कोरोनाको जोखिम भने बढ्दो

    लकडाउन खुलेपछिको काठमाडौं उपत्यका : सबैतिर चहलपहल, कोरोनाको जोखिम भने बढ्दो

    बुधवारदेखि १२० दिन लामो लकडाउन अन्त्य भएपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। बजार, शपिङ महल, होटल/रेष्टुरा चोक, गल्ली, सांस्कृतिक सम्पदा, पर्यटकीय ठाउँमा मानिसहरुको आवतजावत बढेको छ। लकडाउन अवधिभर घरमा बसेका नागरिक बाहिर निस्किएपछि चहलपहल बढेको हो। काठमाडौं, भक्तपुर र ललितपुरका चोक चोकमा भीड लागेको छ। तर कोरोना भाइरस संक्रमणको जोखिम भने कायमै छ। भीडभाडले कोरोना संक्रमण जोखिम बढाएको भन्दै विज्ञहरुले सतर्कता…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरी जवानको लखेटेर हत्या, फरार ३ जना अभियुक्त पक्राउ

    सशस्त्र प्रहरी जवानको लखेटेर हत्या, फरार ३ जना अभियुक्त पक्राउ

    जनकपुरधाम : सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिराहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिराहा नगरपालिका-३ मखनाहा टोल बस्ने २५ वर्षीय जयकेश कुमार यादव, मंगला भन्ने २० वर्षीय दिपेश कुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेश कुमार यादव रहेका छन्। गत असार १६…

    विस्तृतमा पढ्नुस्

  • धोबीखोला किनारमा ७ करोड बढी लगानीमा आधुनिक पार्क

    धोबीखोला किनारमा ७ करोड बढी लगानीमा आधुनिक पार्क

    काठमाडौं: काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा नम्बर ५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ। महानगरपालिकाले हाँडीगाउँस्थित धोबी खोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बीचमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र ८ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि बढाएको हो। लागत अनुमान ३ करोड ३७ लाख…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा एकै जिल्लाका २६ जनामा देखियो कोरोना

    सुदूरपश्चिममा एकै जिल्लाका २६ जनामा देखियो कोरोना

    कैलाली: सुदूरपश्चिमका थप २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको कोरोना परीक्षण भएकोमा कञ्चनपुरका २१ पुरुष र ५ महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष एक महिला गरी १३, बेल्डाँडी नगरपालिकाका ८ पुरुष र बेलौरी…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुलेसँगै कुश्मामा गुलेली लठ्ठे पिङ सञ्चालनमा

    लकडाउन खुलेसँगै कुश्मामा गुलेली लठ्ठे पिङ सञ्चालनमा

    द क्लिफ प्रालिले नेपालकै अग्लो र नमुना पिङ बुधबारबाट सञ्चालनमा ल्यायो।  बन्जी जम्पका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलमा गुलेली शैलीको लठ्ठे पिङ उद्घाटन भएको हो। विश्वकै दोश्रो अग्लो बन्जी र स्वीङ सञ्चालनका लागि बनेको पुलको उचाई २ सय २८ मिटर रहेको छ। सो भन्दा माथि बनाइएको पिङको उचाई भने नदीबाट २ सय…

    विस्तृतमा पढ्नुस्

  • दिवंगत भाइलाई यसरी सम्झिए राजेश हमालले

    दिवंगत भाइलाई यसरी सम्झिए राजेश हमालले

    अभिनेता राजेश हमालका एकमात्र भाइ राकेश हमालको निधन भएको छ। निर्माण व्यवसायी रहेका राकेशको बुधवार उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो। उनी लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट ग्रसित थिए। कलेजो प्रत्यारोपण गरेका राकेशको स्वास्थ्यमा समस्या देखिएपछि लकडाउनको समयमा विमान चार्टर गरेर दिल्ली लगिएको थियो। उपचारका क्रममा हिजो उनको निधन भयो। भाइको निधनपछि बुधवार मध्यराती राजेशले फेसबुकमार्फत दिवगंत भाइलाई सम्झिए।…

    विस्तृतमा पढ्नुस्

  • झापामा खाल्डोमा डुबेर ३ बालकको मृत्यु

    झापामा खाल्डोमा डुबेर ३ बालकको मृत्यु

    काठमाडौं : झापामा खाल्डोमा डुबेर तीन जना बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका २ कमलधाप बस्ने अनिल लामाका १० वर्षीय छोरा अंकुश तामाङ र कमला थामीका दुई छोराहरु १४ वर्षीय करण थामी र ११ वर्षीय अर्जुनको डुबेर मृत्यु भएको हो। उनीहरु भद्रपुर नगरपालिकाले निर्माण गरिरहेको ठाउँमा खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ। अंकुश तामाङ बुधवार दिउँसो २ बजेतिर घरबाट खेल्न…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको खबर झुटो भएको अमिताभ बच्चनद्वारा स्पष्ट

    आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको खबर झुटो भएको अमिताभ बच्चनद्वारा स्पष्ट

    बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ* आएको खबर झुटो भएको बताएका छन्।  १२ दिनअघि कोरोना पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना भएका अमिताभको पछिल्लो स्वाब रिपोर्ट नेगेटिभ समाचार केही भारतीय संचारमाध्यमले प्रकाशित गरेका थिए। अमिताभले ट्वीट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको भन्ने समाचारको खण्डन गरेका हुन्।     .. this news is incorrect , irresponsible , fake and an incorrigible…

    विस्तृतमा पढ्नुस्

  • साउथ अभिनेता नितिनको शालिनीसँग इन्गेजमेन्ट, आउँदो आइतवार विहे

    साउथ अभिनेता नितिनको शालिनीसँग इन्गेजमेन्ट, आउँदो आइतवार विहे

    दक्षिण भारतीय फिल्म उद्योग (तेलुगु)का अभिनेता नितिन रेड्डीले आफ्नी मंगेतर शालिनी कुंडुकुरीसँग इन्गेजमेन्ट गरेका छन्। बुधवार हैदरावादमा इन्गेजमेन्ट गरेका ३७ वर्षीया नितिनले ट्वीटर फोटो शेयर गर्दै जानकारी दिएका छन्। तस्विरमा नितिन शालिनी परम्परागत पोशाकमा सजिएर औठी साटासाट गरिरहेको अवस्थामा देखिन्छन्। इन्गेजमेन्ट समारोहमा परिवारका सदस्य उपस्थित थिए। भारतीय सञ्चारमाध्यमका अनुसार नितिन र शालिनीको विहे २६ जुलाई अर्थात आगामी आइतवार हुनेछ। हैदरावादको…

    विस्तृतमा पढ्नुस्

  • कोलकातामा एक महिलाको १४ प्रेमी, सबै प्रेमीलाई पत्र पठाउँदै पतिले मागे सय करोड क्षतिपूर्ति

    कोलकातामा एक महिलाको १४ प्रेमी, सबै प्रेमीलाई पत्र पठाउँदै पतिले मागे सय करोड क्षतिपूर्ति

    भारतको पश्चिम बंगालस्थित कोलकातामा एक पुरुषले आफ्नी पत्नीका १४ जना प्रेमीलाई क्षतिपूर्ति माग्दै पत्र पठाएका छन्। आफ्नी पत्नी (सीता)सँग अवैध सम्बन्ध राखेर आफ्नो मानहानी गरेको भन्दै व्यवसायी रहेका पति (विक्रम)ले १४ जनासँग सय करोड रुपैयाँ क्षतिपूर्ति मागेका हुन्। पत्रमा उनले १४ दिनभित्र पैसा नदिए सबै प्रेमीविरुद्ध कानुनी कारवाही अगाडि बढाउने चेतावनीसमेत दिएका छन्। कोलकाताका व्यवसायी विक्रमलाई पत्नी सीताको केही परपुरुषसँग…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीलाई मैदान फर्काउँदै एन्फा, पीसीआर टेस्ट गराएर भदौ १ गतेबाट प्रशिक्षणको तयारी

    खेलाडीलाई मैदान फर्काउँदै एन्फा, पीसीआर टेस्ट गराएर भदौ १ गतेबाट प्रशिक्षणको तयारी

    काठमाडौं: कोरोना महामारीको संक्रमणलाई रोक्न चैतबाट सरकारले लगाएको लकडाउन बुधवारबाट खुलेको छ। लकडाउन खुले पनि खेलकुदको अभ्यास सुरु गराउन भने भदौ १ गतेसम्म पर्खनुपर्ने छ। अर्कोतर्फ लकडाउन चलिनै रहँदादेखि विश्वकप छनोटको तयारीका खेलाडीलाई सुरक्षित अभ्यासमा फर्काउन पहल गरिरहेको एन्फाका लागि पनि बाटो खुलेको छ। असार २ गते एन्फाको कार्यसमितिको आपतकालिन बैठकले सम्बन्धित निकायहरुसँग समन्वय गरेर अभ्यास सुरु गराउने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • सडकमा मात्र होइन अब मापासे गर्ने ठाउँमा पनि ट्राफिक प्रहरीको निगरानी

    सडकमा मात्र होइन अब मापासे गर्ने ठाउँमा पनि ट्राफिक प्रहरीको निगरानी

    काठमाडौं : सरकारले बुधवारबाट लकडाउन खुल्ला भएको घोषणा गरेको छ। लकडाउन खुलेसँगै काठमाडौं उपत्यकाभित्रका सडका सवारीको सङ्ख्या हत्वातै बढेको छ। यसरी सवारीको चाप बढ्दा सडकमा खटिने ट्राफिक प्रहरीलाई समेत व्यवस्थापन गर्न थप सक्रियता बढाउनु पर्ने भएको छ। १ सय २० दिनसम्म जारी लकडाउनमा मापसे, लेन क्रस, तीब्र गति जस्ता सडक नियमलाई कम ध्यान दिएको ट्राफिक प्रहरीले बुधवारबाट भने थप कडाइ गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell