बलिउड अभिनेत्री जया बच्चनले प्रहरीमा उजुरी दिएकी छन्। पति अमिताभसहित छोरा, बुहारी र नातिनी कोरोना संक्रमित भएर अस्पतालमा रहेका बेला जयाले आफूलाई दु:ख दिएको भन्दै बाइकर्सविरुद्ध मुम्बई प्रहरीमा उजुरी दिएकी हुन्। परिवारका अधिकांश सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आउँदा जयाको भने नेगेटिभ आएको थियो। तै पनि पुरै परिवार संक्रमित हुँदा चिन्तामा रहेकी जयालाई मोटरसाइकल कुदाउने ग्रुपले घरकै अगाडि आएर दु:ख दिएपछि…
काठमाडौँ: आजभन्दा करीब २२ वर्षअघि २०५५ सालमा नक्सा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नम्बर ३ को शनिवार बाँसबारीमा आज इको पार्कको शिलान्यास गरेका छन्। बजेट अभाव हुन नदिने भन्दै प्रमुख शाक्यले पार्क निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गरे। उपप्रमुख…
बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म 'दिल वेचारा' प्रदर्शनमा आएको छ। यो उनले छायाँकन सकेको अन्तिम फिल्म हो जसलाई निर्माण टोलीले लकडाउनबीच प्रदर्शनमा ल्यायो। फिल्म डिजिटल प्ल्याटफर्म हटस्टारमार्फत् शुक्रवार रिलिज भएको हो। मुकेश छाब्रा निर्देशित 'दिल वेचारा' सन् २०१४ मा सार्वजनिक हलिउड फिल्म 'द फल्ट इन आवर स्टार्स'को रिमेक हो। फिल्ममा सुशान्तसँगै सञ्जना सांघी केन्द्रिय भूमिकामा छन्। सुशान्तको श्रद्धञ्जली…
दुई साताअघि बलिउड स्टार अमिताभ बच्चनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आरध्या पनि संक्रमित भए। हाल परिवारका चारै जना नानावती अस्पतालमा उपचाररत् छन्। हालसम्म उनीहरूको रिपोर्ट नेगेटिभ आएको छैन। आइसोलेसनबाटै अमिताभ र अभिषेकले आफ्ना दर्शक एवं शुभचिन्तकलाई आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी दिइरहेका छन्, सामाजिक सञ्जालमार्फत्। अमिताभले त आफ्नो नयाँ रिपोर्टमा कोरोना नेगेटिभ…
नयाँ दिल्ली : भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको खुलासा गरेका छन्। शनिवार ट्विटमार्फत् मुख्यमन्त्री चौहानले यसबारे जानकारी दिएका हुन्। 'मेरा प्यारा नागरिकहरु, मलाई कोभिड १९ को संकेतहरु देखिएको थियो। परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो,' चौहानले ट्विटमा लेखेका छन्, 'मसँग सम्पर्कमा आउनु भएका सबै सहकर्मी, तथा अन्य जोसुकै हुनु भए पनि कोरोना परीक्षण गर्न…
काठमाडौं : केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा एक जनाले उजुरी दिए। उनले आफूलाई ठगले झुक्याएर ३ लाख ५० हजार रुपैयाँ लगेको उजुरीमा उल्लेख थियो। ठगी गर्ने मानिसको नाम र हुलिया समेत टिपाए। नाम - अनिल विक्रम भनिने अनिल वली ठेगाना - रुकुम वाफिकोट गाउँपालिका वडा नम्बर ३ उमेर - अन्दाजी २४ वर्षीय उनी हाल काठमाडौंको टोखा नगरपालिकाको महादेवटारमा डेरा गरिबस्दै…
काठमाडौं : मोरङमा आज बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बिहान साढे ८ बजेतिर मोरङ कटहरी गाउँपालिका हल्दिबारीस्थित भित्री सडकमा को २ त १३७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलमा आउँदै गरेका एक पुरुषको मृत्यु भएको हो। साइकलमा आउँदै गरेका आएका ५० वर्षीय पुरुष विलट राजभरलाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भइ उपचारका लागि कोसी…
काठमाडौं : नक्कली नोट सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नेपालगंज उपमहानगरपालिका वडा नम्वर ३ घर भई हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रशान्त सिंह ठकुरीलाई पक्राउ गरेको हो । सिंहले अनलाइनमा बिक्री गर्न राखेको मोबाइल खरिद गर्दा नक्कली नोट दिएका थिए। १ हजार दरको १९ वटा नक्कली नोट दिएको परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी…
काठमाडौँ: पूर्व डिआइजी रञ्जन कोइरालाको जन्मकैदको सजाय घटाउने सर्वोच्चको फैसला यतिबेला चर्चामा छ। सर्वोच्चको फैसलाको चौतर्फी आलोचना भइरहेको छ। शुक्रबारदेखि नागरिक सडकमा ओर्लिएका छन्। जन्मकैदको सजायलाई आठ वर्ष ६ महिनामा सीमित गरेसँगै कोइराला बिहीबार नै छुटिसकेका छन्। राजनीतिक दलका दोस्रो तहका नेताबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाइनुपर्ने विमर्श भएको छ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका केही नेताहरुले जबरामाथि महाभियोगको…
वीरगंज : शुक्रवार अपराह्न गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएकी किशोरीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। नारायणी अस्पतालको पीसीआर ल्याबमा शुक्रवार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो। उनीसँगै पर्सा, बारा र रौतहटका थप ८ जना गरी कुल ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताएका छन्। उनका अनुसार नारायणी अस्पतालको ईमरजेन्सी वार्डमा…
काठमाडौं: गायक प्रकाश सपुतका भाइ देबेन्द्र बब्लुले मुसुक्क हाँस बोलको गीत सार्वजनिक गरेका छन्। उनको तेस्रो गीत ‘कसरी भन्ने’ गीतकै सिक्वेलको रुपमा बब्लुले ‘मुसुक्क हाँस’ ल्याएका हुन्। मुस्सुक्क हाँस गीत सिक्वेल भए पनि भिडियो भने अर्कै अवधारणामा बनाएको बब्लुले बताए। गीतमा निर्देशक, गायक र मोडलको भूमिकामा रहेका बब्लुले आफैंले कम्पोज गरेका हुन्। काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा मेलिना राईको…
काठमाडौं : भारतको सहयोगमा विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पस विज्ञान संकायको भवन निर्माण भएको छ। ४ करोड ४३ लाख रुपैयाँमा निर्माण भएको १७ कोठे भवन आज क्याम्पस व्यवस्थापनालाई हस्तान्तरण गरिएको छ। भवनको उद्घाटन शुक्रवार भारतीय राजदूतावास, जिल्ला समन्वय समिति मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरे। नवनिर्मित दुई तल्ले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला,…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएर पार्टी एकतामाथि खेलवाड गरेको आरोप लगाएका छन्। शुक्रवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ स्मृति सभामा आयोजित सभामा प्रचण्डसहित अर्का नेता माधव नेपालले ओलीलाई आडम्बर देखाइरहे पतन भएर जाने चेतावनी दिए। 'पार्टी संकटमा छ। बैठक चल्दाचल्दै…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा कसैले आफूलाई सर्वपरि ठानेमा त्यो पतन भएर जाने टिप्पणी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा तुल्सीलाल प्रतिष्ठानले राजधानीमा आयोजना गरेको स्मृति सभामा नेता नेपालले पार्टीका नेतालाई आडम्बर त्याग्न आग्रह गरे। नेतृत्वले आत्मालोचना गर्नुपर्ने उनको भनाई थियो। 'हामीले जनताको भावना र चाहना बुझ्न सकेका…
काठमाडौं: बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको सिलसिलामा पुल्चोक जाँदै थिए। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुल गेट नजिकै बलेको रातो ट्राफिक लाइटले सहसचिव ज्ञवालीले ड्राइभ गरिरहेको गाडी टक्क रोकियो। त्यसैबेला ज्ञवालीका आँखा दैनिक दजर्नौ झण्डावाल र सेतो प्लेटका सवारीमा ओहोर–दोहोर गर्ने सिंहदरवारको कुरुप गेटमा ठोकिए। ‘गाडी मैले…
अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन्। केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए। ‘मुद्दा दर्ता भएको छ। अब कारवाही प्रक्रिया अगाडि बढ्छ,’ उनले भने। यता सामाग्रीकी आमा नेहा राज्यलक्ष्मी शाहले भने आफूहरुलाई मुद्दाबारे कुनै औपचारिक जानकारी नआएको बताइन्। अभिनेता केसीले यसअघि चलचित्र कलाकार संघमा…
नयाँ दिल्ली : भारतमा एकै दिनमा ४९ हजार ३ सय १० नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्कअनुसार १२ लाख ८७ हजार ९ सय ४५ जना कोरोना भाइरस संक्रमित पुगेका छन् भारतमा। यीमध्ये ८ लाख १७ हजार २ सय ८ जनालाई निको भइसकेको छ। संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम गरेको दिन मृत्यु हुनेको संख्यामा पनि बढेको…
काठमाडौं : पूर्व डीआईजी रञ्जन कोइरालाको सर्वस्वसहित जन्मकैदको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध शुक्रवार पुनरावलोकन दर्ता भएको छ। बिहीवार नै निवेदन पेस भए पनि शुक्रबार दर्ता भएको हो। नेपाल सरकारका तर्फबाट नायब महान्यायाधीवक्ता डा. टेकबहादुर घिमिरेले निवेदन दर्ता गराएका छन्। न्याय प्रशासन ऐनको दफा ११(२) अनुसार निवेदन दर्ता गरिएको हो। निवेदनको मूल जिकिर सजाय घटाउने फैसला सर्वोच्चबाटै स्थापित नजीर र…
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘राम र अयोध्या’ का बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको खण्डन गरेका छन्। भानु जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम र अयोध्या’का विषयमा दिएको अभिव्यक्तिमा असहमति राख्दै पर्यटनमन्त्री भट्टराईले घुमाउरो तरिकाले खण्डन गरेका हुन्। मन्त्री भट्टराईले नेपाल धर्म, संस्कृति, परम्परा र भाषाका हिसाबले पुरानो मुलुक भए पनि अहिलेको समयमा यस्ता कुरा बोल्दा चनाखो…
बलिउड अभिनेता शत्रुघ्न सिन्हाले फिल्म उद्योग कसैको निजी सम्पत्ति नभएको बताएका छन्। बलिउडमा नेपोटिज्म मुद्दा चर्किरहेका बेला सिन्हाले कुनै व्यक्ति रहने र नरहने खालको निजी उद्योग फिल्म क्षेत्र नभएको बताए। सुशान्तसिंह राजपुतको आत्महत्यापछि नेपोटिज्मको विषय उठाइरहेकी अभिनेत्री कंगना रनावतप्रति लक्षित गर्दै शत्रुघ्नले भनेका छन्, ‘फिल्म उद्योग कसैको सम्पत्ति होइन। त्यसकारण कसैले पनि भन्न सक्दैन कि कुनै व्यक्ति यहाँ (उद्योगमा) रहन…