चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगीत गरेर गिनिज बुक वर्ल्ड रेकर्डमा सहभागी संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरेको छ। तुलसीपुरमा एक समारोहका बीच संघका दाङ शाखा अध्यक्ष शिव पुन र सामुदायिक रेडियो प्रसारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले प्रमाणसहित बधाई एवं सम्मान व्यक्त गरेका हुन्। संगितकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च,…
काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अनुशासन उल्लंघनको आरोपमा नेताहरुमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन्। पार्टीको केन्द्रीय अनुशासन समितिले गोबिन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई निष्काशन गरेकोमा उनले असन्तुष्टि जनाएका हुन्। नेताहरुलाई मनगढन्ते तर्क गरेर पार्टीबाट निष्काशन गर्नु दुर्भाग्य भएको उनको भनाई छ। एकातिर अरु पार्टीका नेतालाई कांग्रेसमा प्रवेश गराउने र अर्कोतिर आफ्ना पार्टीमा लामो समय बिताएकालाई निष्काशन…
काठमाडौं: ललितपुरको च्यासलस्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम अन्तिम चरणमा पुगेको छ। अहिले निर्माणको काम धमाधम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा निमार्ण भइरहेको मैदान असार मसान्तसम्म सक्ने लक्ष्य भएपनि विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मंसिरसम्म लम्बिएको हो। उमेर समूहका खेलदेखि दोस्रो डिभिजनका खेल आयोजना गर्ने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको…
काठमाडौः साउन ७ गते अन्वेषण चन्दले सानिमा बैकबाट एक लाख रुपैयाँ निकाले। बैकबाट निकालेको पैसा आफैले कुदाएर ल्याएको स्कुटरको डिकीमा राखे। त्यसपछि लागे नयाँ बानेश्वरको आन्तरिक राजस्व कार्यालयतिर। केही समयमा आफ्नो काम सकाए। त्यसपछि उनी त्यहाँबाट निस्किए। अफिसमा पुगेर स्कुटरको डिकी खोलेर पैसा झिक्न खोजे तर पैसा थिएन। त्यसपछि सिधै प्रहरी कहाँ पुगेर उजुरी दिए। उनको स्कुटरको डिकी सकुशल नै…
जनकपुरधाम: महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवा नेतासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति जनकपुरको शिव चोकस्थित एक रेष्टुरेन्टमा खाजा खान गएकी दुई महिलालाई जनता समाजवादी पार्टीका स्थानीय कार्यकर्ताको एक समूहले जिस्क्याउँदै दुर्व्यवहार गरेपछि प्रहरीले तत्कालै पक्राउ गरेको थियो। जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य नविन यादव, एक अन्य पुरुष र २ महिलासहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी…
काठमाडौँ: सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि पूर्ण इजलासमा पेसी चढेको छ। न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगना र कुमार रेग्मीको पूर्ण इजलासमा पेसी तोकिएको हो। सशस्त्रका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर…
काठमाडौं : काठमाडौंको हलचोक नजिकै एउटा गाडी रोकियो। गाडीमा २२ वर्षीय युवक थिए। अर्का युवक हातमा मोबाइल बोकेर त्यही ठाउँमा पुगिसकेका थिए। गाडीमा आएका युवकले आफ्नो साथमा ल्याएको २२ हजार ५ सय रुपैयाँ गाडीभित्रबाट नै अर्को युवकको हातमा थमाए। युवकले पैसा गन्दा २२ हजार ५ सय रुपैयाँ नै थियो। पैसाको बदलामा उनले साथमा ल्याएको मोबाइल गाडीमा आएका युवकको हातमा थमाए।…
काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो। स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ। समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल…
काठमाडौः सरकारले खेती गर्नेको लागि प्रतिवन्ध लगाएको गाँजा फडानी गर्नु प्रहरीको नियमित काम झैं बनेको छ। गाँजाको सिजनमा वा अन्य समयमा खेती गरिएका वा गाउँघरमा बाटोघाटोमा उम्रिएका गाँजा नष्ट गर्न प्रहरी सक्रिय बन्ने गर्छ। शनिवार पनि सप्तरीमा प्रहरीले गाँजा नष्ट गरेको छ। प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी नायव निरिक्षक (सई) गंगाराम चौधरी सहितको प्रहरी टोलिले गाँजा नष्ट गरेको हो। सप्तरी…
वासिङ्टन : नयाँ भर्ना भएर अनलाइनबाट मात्र कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई अमेरिका प्रवेश नदिने ट्रम्प प्रशासनले जनाएको छ। कोरोना भाइरसको पेन्डेमिकलाई निहु बनाउँदै शुक्रवार यस्तो निर्णय सार्वजनिक गरेको हो। यो व्यवस्था नयाँ विद्यार्थीहरुका लागि मात्र लागू हुने बताइएको छ र जो अहिले नै अमेरिकामा छन् उनीहरुलाई यसले कुनै असर पार्दैन। मार्च ९ भन्दा अगाडि अमेरिकाका स्कुलहरुमा भर्ना भइसकेका व्यक्तिका हकमा…
सिओल : उत्तर कोरियाली नेता किम जोङ उनले आपतकालीन पोलिटब्युरो मिटिङ डाकेका छन्। कोरोना संक्रमणको आशंका भएका व्यक्ति दक्षिण कोरियाबाट गैर कानुनी रुपमा प्रवेश गरेको भन्दै उनले बैठक डाकेका हुन्। यदि उनले भने झै उत्तर कोरिया प्रवेश गरेका व्यक्तिमा कोरोना भाइरस रहेको भेटियो भने त्यो पहिलो केस हुनेछ। उत्तर कोरियाली अधिकारीहरुले यसअघि त्यहाँ कोरोना भाइरसको संक्रमण नभएको दावी गर्दै आएका…
कोभिड-१९, बाढी पहिरोजस्ता विपद् छायाँमा पार्ने गरी उत्कर्षमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को किचलो कायम नै छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बारम्बारको छलफलबाट कुनै निकास निस्कन सकेको छैन। शीर्ष दुई अध्यक्षबीच असहमतिका विषय जसरी खडा भइरहेका छन्, त्यसभन्दा चर्को रुपमा प्रस्तुत भइरहेका छन्, दुई फरक गुटका नेता तथा कार्यकर्ता। नेकपाको पछिल्लो राजनीतिक घटनाक्रममा…
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा दिएका पूर्वमन्त्री सुनीलबहादुर थापासहितका नेताहरु कांग्रेस प्रवेश गर्ने भएका छन्। कांग्रेस प्रवेश गर्ने निश्चित भएपछि थापासहित ३० जनाले शनिबार पार्टीमा संयुक्त राजीनामा बुझाएका छन्। साउन १३ गते थापासहितका नेताहरु पार्टी प्रवेश गर्दैछन्। कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले साउन १३ गते थापासहितका नेताहरु कांग्रेस प्रवेश गर्ने बताए। सानेपामा पार्टी प्रवेशको कार्यक्रम तय भइसकेको छ। थापाले कांग्रेसमा…
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३० जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन्। राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह छन्। राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई कारवाही गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले जोशीसहित पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई कारवाही गरी पार्टीबाट निष्काशन गरेको हो। पूर्वमन्त्रीद्वय जोशी र ओझालाई ५/५ वर्षका लागि र नेता विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्काशन गरेको केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत जानकारी दिएको छ। जोशी गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँमा…
काठमाडौँः सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ। सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। जिल्ला र पुनरावेदन…
काठमाडौं : प्रहरीले जुवातास खेलिरहेका ९ जनालाई एक लाखभन्दा नगदसहित नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित गुल्मी गाउँपालिका-४ दिगाम घर भएका ३२ वर्षीय सुलभ न्यौपानेको सुलभ होटलमा जुवातास खेलिरहेको अवस्थामा न्यौपाने लगायत ९ जनालाई नगद १ लाख ३ हजार ८ सय ७५ रुपैयाँ र २ बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त…
काठमाडौं: ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ। धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ। यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ। श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः)या गुर्जु यज्ञमानपति वज्राचार्यको नेतृत्वय् वज्रयानी परम्परा अनुसार यो पूजा भएको हो। पूजामा जजमानका रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेशसभाका…
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा, र भ्रष्टाचारका गतिविधिहरु बढिरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरु भइरहेको बताए। सरकारको रबैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको उल्लेख गर्दै महामन्त्री खड्काले सरकारलाई खबरदारी गर्ने कुरामा कांग्रेस कमजोर…
भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले आगामी महिनादेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ। कोरोना महामारीमा सुरक्षा सतर्कता अपनाउँदै चाँडोमा आगामी अगस्ट १ वा ढिलोमा ३१ तारिखसम्ममा हल खोल्ने अनुमति दिन सूचना मन्त्रालयले गृह मन्त्रालयलाई सुझाव दिएको हो। सूचना मन्त्रालयका सचिव अमित खरेले निर्णयका लागि गृहलाई सिफारिस गरिएको बताए। उनी आफैले पनि गृहसचिव अजय भल्लासँग यस विषयमा कुरा गरेका थिए।…