PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • अमेरिकामा अरु पनि चिनियाँ कन्सुलेट बन्द हुनसक्ने ट्रम्पको भनाई

    अमेरिकामा अरु पनि चिनियाँ कन्सुलेट बन्द हुनसक्ने ट्रम्पको भनाई

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरु पनि चिनियाँ कन्सुलेट कार्यालयहरु बन्द हुनसक्ने बताएका छन्। होस्टनमा रहेको चिनियाँ कन्सुलेट जनरलको कार्यालयलाई अमेरिकाले तीन दिन भित्र बन्द गर्न निर्देशन दिइसकेको छ। निर्देशन दिएकै दिन राष्ट्रपति ट्रम्पले थप चिनियाँ कुटनीतिक कार्यालयहरु अमेरिकामा बन्द हुनसक्ने बताएका हुन्। 'मलाई लाग्छ उनीहरुले डकुमेन्ट र कागजातहरु जलाइरहेका छन्,' ह्वाइट हाउसमा आयोजित न्युज कन्फरेन्समा ट्रम्पले भने। स्टेट डिपार्टमेन्टले होस्टनमा…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूहका ललितपुर महानगर इन्चार्ज समातिए

    विप्लव समूहका ललितपुर महानगर इन्चार्ज समातिए

    काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ललितपुर महानगर इन्चार्ज पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मंगलवार ललितपुर महानगरपालिका वडा नम्बर १६ सोठ मन्दिर नजिकबाट पक्राउ गरेको हो। उनले नेवाः समुदायलाई उक्साउने किसिमको प्रेस विज्ञप्ति प्रकाशित गरी एक आपसमा सद्भाव कायम गरी बसेका विभिन्न जातजाति एवं सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमले उक्साउने, नभए नगरेको कुराहरुको अफवाह फैलाउने, प्रचार प्रसार गरेको…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

    बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग बराबरीमा रोकिएको छ। ‌ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा शीर्ष चारको होडमा रहेको घरेलु टोली युनाइटेडले वेस्ट ह्यामसँग १-१ को बराबरी खेलेको हो। खेलमा अग्रता वेस्ट ह्यामले बनाएको थियो। पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मिचेल एन्टोनियोले पाहुना टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलमा सहभागी हुँदाको अनुभूति

    कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलमा सहभागी हुँदाको अनुभूति

    रिचर्ड फिसर - म अस्पतालको रिसेप्सनमा बसिरहेको छु र मेरो स्वासले मेरा चस्मा वदलिएका छन्। मिनेट अगाडिमात्र म हतार हतार ओसिलो सडकमा दगुरिरहेको थिएँ, मेरो अपोइन्मेन्टाका लागि ढिलो भइसकेको थियो। जब डाक्टर र नर्सहरुको टोली आफ्नो कामका लागि गुज्रिए मलाई थाहा थियो म ठीक छैन भन्ने। यसअघि म दक्षिण लण्डनको सेन्ट जर्जस् अस्पतालमा मेरी छोरीको जन्मका लागि पुगेको थियो। आज…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीमाथि लिभरपुरको सानदार जित

    चेल्सीमाथि लिभरपुरको सानदार जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा च्याम्पियन लिभरपुलले चेल्सीमाथि सानदार जित निकालेको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा घरेलु टोलीले चेल्सीमाथि ५-३ ले जित निकालेको हो। खेलको २३ औं मिनेटमा केबी नेइताको गोलबाट अग्रता बनाएको घरेलु टोलीका लागि ३८ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले ३८ औं मिनेटमा गोल गरे। त्यस्तै ४३ औं मिनेटमा जर्जिनियो विज्नाल्डुमले गोल गर्दा चेल्सीका लागि ओलिभर…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा राजवैद्य

    ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा राजवैद्य

    काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन्। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले बुधवार कमिटीका उपाध्यक्षसमेत रहेका राजवैद्यलाई नियुक्तिपत्र प्रदान गरे। एन‌ओसीको विधानको धारा ९ को उपधार ३७ को उपदफा १ बमोजिम राजवैद्यलाई कमिटीको प्रसासनको जिम्मेवारी दिइएको हो। सन् १९८५ मा एमबीए गरेका राजवैद्यले खेलाडीका रुपमा एक ताका राष्ट्रिय खेलकुदमा राम्रै दबदबा…

    विस्तृतमा पढ्नुस्

  • भोलि बिहान ५ बजेदेखि लागू हुने गरी राजविराजमा निशेधाज्ञा जारी

    भोलि बिहान ५ बजेदेखि लागू हुने गरी राजविराजमा निशेधाज्ञा जारी

    जनकपुरधाम : सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ। बिहीवार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो। कोरोना संक्रमणका कारण राजविराजमा एक वृद्धको मृत्यु भएको थियो। कोरोनाको संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको बताइएको छ। बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा…

    विस्तृतमा पढ्नुस्

  • सरकारी छाप कीर्तेमा दोषी ठहर भएका महत ललितपुरबाट पक्राउ

    सरकारी छाप कीर्तेमा दोषी ठहर भएका महत ललितपुरबाट पक्राउ

    काठमाडौँः सरकारी छाप तथा दस्तखत कीर्तेमा कसुरदार ठहर भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्‍धान ब्यूरोले फरार रहेका हरिशरण महतलाई ललितपुरबाट पक्राउ गरेको डिआइजी सहकुल थापाले जानकारी दिए। मालपोत कार्यलय कलंकीको जाहेरीमा जिल्ला अदालत काठमाडौंले महतलाई दोषी ठहर गरेको थियो। अदालतले दुई वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदार पक्राउ

    सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदार पक्राउ

    काठमाडौं : सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ। मालपोत कार्यलय कलंकीको जाहेरिले सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदार हरि शरण महतलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको डीआइजी सहकुल थापाले जानकारी दिए। उनी ललितपुरबाट बुधवार पक्राउ परेका हुन्। उनकाविरुद्ध २ वर्ष कैद र ३७ लाख ५० हजार जरिबाना भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • बाढी-पहिरो पीडितको घर सरकारले बनाइदिने, भूकम्पपीडित आवास निर्माणको मापदण्ड लागू हुने

    बाढी-पहिरो पीडितको घर सरकारले बनाइदिने, भूकम्पपीडित आवास निर्माणको मापदण्ड लागू हुने

    काठमाडौँः प्राकृतिक विपद्मा परेर घरबारविहीन भएका नागरिकको आवास सरकारले नै बनाइदिने भएको छ। बाढी, पहिरो, डुबान तथा कटानबाट आवास गुमाएका नागरिकको घर सरकारले बनाउने निर्णय भएको हो। यसका लागि यसअघि भूकम्पपीडित नागरिकको आवास निर्माणका लागि अपनाइएको कार्यविधि लागू हुनेछ। मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रकोप पीडित उद्धार राहतसम्बन्धी मापदण्ड परिमार्जन गर्दै आवास बनाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • राखेप सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस, को को छन् प्रतिस्पर्धामा?

    राखेप सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस, को को छन् प्रतिस्पर्धामा?

    काठमाडौंः राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ। पूर्व सद्स्य सचिवसमेत रहेका रमेशकुमार सिलवालसहित तीन जनाको नाम सिफारिस गरिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव तथा सिफारिस समिति संयोजक रामप्रसाद थपलियाले बताए। ‘नाम हिजै सिफारिस भएको छ,’ संयोजक थपलियाले पहिलोपोस्टसँग भने, ‘अब बाँकी मन्त्रिपरिषद्बाट निर्णय हुन्छ।' सिलवालसहित अञ्जु श्रेष्ठ र लीलबहादुर थापा मगरको नाम सिफारिस भएको…

    विस्तृतमा पढ्नुस्

  • कोभिड महामारीको अनियमिततामा प्रमदेखि मन्त्री र कर्मचारीमाथि छानविनको माग गर्दै अख्तियारमा उजुरी

    कोभिड महामारीको अनियमिततामा प्रमदेखि मन्त्री र कर्मचारीमाथि छानविनको माग गर्दै अख्तियारमा उजुरी

    काठमाडौं: इनफ इज इनफका अभियन्ताहरुले कोभिड महामारीको मौकामा सरकारबाट भएको अनियमितताको छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उजुरीमा उनीहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह लगायत ओम्नीका संचालक दुर्गा प्रसाद बेल्बासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुलहरि सिंह भुसाल र उनको सम्बन्ध देखिएकाहरु प्रधानमन्त्री केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • चुरे गाउँपालिकामा कार्यरत सब-इन्जिनियर २० हजार घुससहित पक्राउ

    चुरे गाउँपालिकामा कार्यरत सब-इन्जिनियर २० हजार घुससहित पक्राउ

    धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले कैलालीमा एक जना सब-इन्जिनियरलाई २० हजार घुससहित पक्राउ गरेको छ। जिल्लाको चुरे गाउँपालिकामा कार्यरत सब-इन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुससहित पक्राउ परेका हुन्। उनलाई गोप्य सुचनाको आधारमा धनगढीबाट पक्राउ गरिएको हो। कृषि सडकको इस्टिमेट नापजाँच तथा मुल्यांकन गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार टोलीले उनलाई पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • चीनलाई तीन दिनमा कन्सुलेट जनरलको कार्यालय बन्द गर्न अमेरिकी निर्देशन, बेइजिङले गर्‍यो भर्त्सना

    चीनलाई तीन दिनमा कन्सुलेट जनरलको कार्यालय बन्द गर्न अमेरिकी निर्देशन, बेइजिङले गर्‍यो भर्त्सना

    बेइजिङ : होस्टनमा रहेको चिनियाँ कन्सुलेट जनरलको कार्यालय बन्द गर्न अमेरिकाले दिएको निर्देशनको चीनले कडा भर्त्सना गरेको छ। बुधवार चीनले कान्सुलेट कार्यालय बन्द गर्न दिएको निर्देशन अमेरिकाको राजनीतिक उत्तेजनात्मक र एकतर्फी भएको भन्दै भर्त्सना गरेको हो। अमेरिकाले चीनलाई तीन दिनको सीमा डेडलाइन दिँदै कुटनीतिक मिसनलाई बन्द गर्न भनेको थियो। टेक्ससमा रहेको कार्यालय बन्द गर्न भनेपछि चीन र अमेरिकाबीच चिसिरहेको सम्बन्ध थप…

    विस्तृतमा पढ्नुस्

  • सोफिया थापाको विवादित गीत ‘अबको तीज, नो व्रत प्लिज’ युट्युवबाट हटाइयो

    सोफिया थापाको विवादित गीत ‘अबको तीज, नो व्रत प्लिज’ युट्युवबाट हटाइयो

    तीजमा ब्रत नबस्न सन्देश दिने गीत युट्युवबाट हटाइएको छ। गायिका सोफिया थापाले सोमवार ‘अबको तीज, नो व्रत प्लिज’ बोलको तीज गीत हाइलाइट्स नेपाल च्यानलबाट सार्वजनिक गरेकी थिइन्। गीत हिन्दू धर्मविरुद्ध रहेको भन्दै आलोचना र विवाद भएपछि बुधवार युट्युवबाट हटाइएको हो। गीत हटाउन गायिका थापालाई धम्की समेत आएको थियो।  तीजमा व्रत नबस्न भन्ने गीतको सन्देशमा मिश्रित प्रतिक्रिया आए। स्वयं महिलाहरुले नै…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा १ जना प्रहरी निरीक्षकसहित ३ जनामा कोरोना पुष्टि

    विराटनगरमा १ जना प्रहरी निरीक्षकसहित ३ जनामा कोरोना पुष्टि

    विराटनगर : सरकारले लकडाउन हटाएको भोलि पल्ट नै विराटनगरमा एक प्रहरीसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ प्रहरी कार्यालय रानीमा कार्यरत एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपक पोखरेलले एक प्रहरी निरीक्षक कोभिड-१९ बाट संक्रमित भएको पुष्टि गरे। प्रवक्ता पोखरेलका अनुसार निज प्रहरी निरीक्षक रुघाखोकीका कारण विगत…

    विस्तृतमा पढ्नुस्

  • होस् गर्नुस् 'हाम्रो पात्रो'मा सूचीकृत गर्ने' भन्दै ठग्लान् है!

    होस् गर्नुस् 'हाम्रो पात्रो'मा सूचीकृत गर्ने' भन्दै ठग्लान् है!

    काठमाडौं : एप्लिकेसनमा समाचार साइट सूचीकृत गरिदिन्छु भन्दै कसैले रकम माग गरे तत्काल प्रहरीलाई खबर गर्न हाम्रो पात्रोले आग्रह गरेको छ। हाम्रो पात्रोले वेबसाइट सूचीकृत पैसाको लेनदेनका आधारमा नहुने प्रस्ट्याउँदै कसैले त्यसो गरेको भए ठगी हुने जनाएको छ। 'हाम्रो नाममा कुनै पनि किसिमका अनाधिकृत नगदको लेनदेन गरेर पर्ने आर्थिक तथा व्यवसायिक अप्ठेरोका लागि हाम्रो पात्रो जिम्मेवार हुनेछैन,' हाम्रो पात्रोका संस्थापक…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरकी चार बर्षीया बालिकासहित सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण

    कञ्चनपुरकी चार बर्षीया बालिकासहित सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण

    कैलाली : सुदूरपश्चिमका थप ७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९१ जनाको कोरोना परीक्षण भएकोमा कञ्चनपुरका चार, कैलालीका दुई र बझाङका एक जनामा सङ्क्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का ५३ बर्षीय पुरुष र वडा नम्बर १९ की…

    विस्तृतमा पढ्नुस्

  • चार दिनदेखि 'अपहरण' भन्दै खोजिएका युवक होटलमा युवतीसँग भेटिए, ऋणबाट बच्न अपहरणको नाटक!

    चार दिनदेखि 'अपहरण' भन्दै खोजिएका युवक होटलमा युवतीसँग भेटिए, ऋणबाट बच्न अपहरणको नाटक!

    काठमाडौं : अपहरणको नाटक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौं महानगरपालिका वडा ४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई पक्राउ गरेको हो। साउन २ गते रेग्मी अपहरणमा परेको निवेदन परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। उनी असार २४ गते बिहानदेखि घरबाट निस्किएका थिए। त्यसपछि परिवारलाई आफू अपहरणमा परेको भन्दै जानकारी दिएपछि प्रहरीमा उजुरी दिएका थिए। 'उ आफैंले…

    विस्तृतमा पढ्नुस्

  • थप्पडका निर्देशक अनुभव सिन्हाले छाडे बलिउड

    थप्पडका निर्देशक अनुभव सिन्हाले छाडे बलिउड

    निर्देशक, निर्माता तथा लेखन अनुभव सिन्हाले बलिउड परित्यागको घोषणा गरेका छन्। बलिउडमा कलाकारबीच आरोप प्रत्यारोप चलिरहेका बेला सिन्हाले उद्योगबाट बाहिरिने निर्णय गरेका हुन्। सिन्हाले ट्वीटरमा लेखेका छन्, ‘धेरै भयो। अब म बलिउडबाट राजीनामा दिँदैछु। अब यसको जेसुकै मतलब होस्।’ उनले ट्वीटरमा आफ्नो प्रोफाइल नाम पनि परिवर्तन गरेका छन्। अब उनको नाम अनुभव सिन्हाको पछाडि (नट बलिउड) थपिएको छ। सिन्हाले 'मुल्क',…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell