काठमाडौं : अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा खेपिरहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ। सरकारले लगाएको आरोप पुष्टि गर्ने प्रमाण नभेटिएको भन्दै आज अदालतले उनीहरुलाई सफाइ दिएको हो। उनीहरुलाई २०७५ जेठ २४ गते विषेश अदालतले सफाइ दिएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ। अपरान्ह ४ बजे बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। नियमित बैठक भएकाले छलफलको विषयबारे आफू जानकार रहेको थापाले बताए। यस अघि बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो।
ओखलढुंगा : बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो। उमेर नपुग्दै विवाह गर्ने दुलाहा दुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन्। पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुली पक्षबाट बालिकाका बुवा…
नयाँ दिल्ली : मंगलवारबाट भारतको राजधानी दिल्लीको आनन्द बिहार टर्मिनल रेलवे स्टेसनको परिचय फेरिएको छ। दिल्लीकै व्यस्त यो रेलवे स्टेसनमा न रेल आउनेछन् न यहाँबाट छुट्ने नै छन्। रेल सेवालाई पूर्ण रुपमा बन्द गरिएको कोचहरुलाई कोभिड-१९ विरामीको उपचार कक्षमा रुपान्तरण गरिएको छ। २ सय रेलका डिब्बाहरु अब आइसोलेसन वार्डमा रुपान्तरित भएका छन्। ती डिब्मा ५ सय आइसोलेसन वार्ड तयार भएको…
सुर्खेत : कर्णालीमा नयाँ थप ९ जनामा संक्रमण पुष्टि भएको छ। दैलेखको दुल्लु नगरपालिकाका ५ र सुर्खेतको भेरीगङ्गा नगरपालिका र गुर्भाकोट नगरपालिकाका २/२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। अब कर्णालीमा परीक्षण गरिएका संक्रमित संख्या एक हजार ८६ पुगेको छ। आजै दैलेखबाट १ सय ४७ जना डिस्चार्ज भएका छन् भने सल्यानबाट…
काठमाडौं : सत्तारुढ नेकपाका सांसद रामनारायण बिडारीले मन्त्रीहरुको सामूहिक राजीनामा माग गरेका छन्। मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसद बिडारीले बजेट असारमा पारित भएपछि साउनबाट काम नगरेर चैत महिना लागेपछि अख्तियारी आएको भन्दै काम गर्ने प्रवृत्ति रोक्न नसके सामूहिक राजीनामा दिनुपर्ने बताएका हुन्। उनले साउनबाटै काम थाल्न कसले रोक्यो भन्दै प्रश्न पनि गरे। 'साउनबाटै धमाधम काम गरे हुने नि। साउनबाटै काम गर्न…
भारतका सडक परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीले नेपालसँगको सम्बन्धमा कुनै विवाद नरहेको बताएका छन्। नेपाललाई ‘छोटे भाइ’ भनेर उच्चारण गर्दै मन्त्री गडकरीले पछिल्लो समयमा देखिएका स-साना समस्यालाई सुल्झाएर अगाडि बढ्ने र सम्बन्ध अझ मधुर बनाइने बताए। नेपाल-भारतको सम्बन्धमा खटपट आएको छ नि भनेर बीबीसी न्यूज हिन्दीका सम्पादक मुकेश शर्माले सोधेको प्रश्नमा मन्त्री गडकरीले आफूले सम्बन्धमा खटपट भएको कुरालाई नमान्ने बताए।…
यस वर्षको ब्रिटिस एकेडेमी फिल्म अवार्ड (बाफ्टा) तोकिएको भन्दा दुई महिना पछि धकेलिएको छ। यसअघि सन् २०२१ को फेब्रुअरीमा हुने भनिएको अवार्ड समारोह उक्त वर्ष अप्रिल ११ मा मात्र हुने घोषणा गरिएको हो। 'अवार्ड समारोह बारे गत वर्ष गरिएका घोषणाहरुको समीक्षा गरिँदै छ। आवश्यक परिवर्तन बारे निर्णय पछि जानकारी सार्वजनिक गरिने छ', ब्रिटिस फिल्म एकेडेमीले विज्ञप्तीमा जनाएको छ। कोरोना भाइरस…
विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण विश्वभर ८० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। जोन होप्किन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार हालसम्म ८० लाख १८ हजार ७ सय ४२ मानिसमा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्य ४ लाख ३६ हजार ८ सय ९९ मानिसले ज्यान गुमाएका छन्। भाइरसका कारण अमेरिका सर्वाधिक प्रभावित छ। त्यहाँ २१ लाख १४ हजार २६ जनामा संक्रमण देखिएको छ।…
अस्ट्रेलिया क्रिकेटका अध्यक्ष अर्ल इडिङ्सले कोरोना भाइरसका बीच विश्वकप क्रिकेट 'अव्यवहारिक' हुने प्रतिक्रिया दिएका छन्। यही वर्षको अक्टोवर १८ बाट नोभेम्बर १५ सम्म अस्ट्रेलियामा सुरु हुने भनिएको विश्वकप क्रिकेट अन्योलमा छ। यसअघि पनि ओलम्पिक, युरोकप जस्ता ठूला प्रतियोगिताहरु भटाभट पछि सरिरहँदा विश्वकप क्रिकेट पनि स्थगित हुने सम्भावना धेरै छ। 'देशहरु अझै पनि कोरोनाको महामारीसँग जुधिरहेका छन्। मलाइ लाग्छ यो अव्यवाहारिक…
बलिउड अभिनेता एवं देवर सुशान्तसिंह राजपुतको निधनले विक्षिप्त बनेकी भाउजु सुधा देवीको पनि निधन भएको छ। सुशान्तको ३४ वर्षको उमेरमा आइतवार निधन भएको थियो। सोमवार निधनको खबर पाएकी बिहारको पूर्णिया जिल्लास्थित पैतृक गाउँमा बस्दै आएकी भाउजु सुधा देवी विक्षिप्त बनिन्। उनी डिप्रेशनमा गइन्। खाना खान छोडिन्। सोमवार अपराह्न मुम्बईमा जब सुशान्तको दाहसंस्कार हुँदै थियो तब गाउँमा भाउजुले पनि प्राण त्यागिन्।…
उत्तर कोरियाली सेनाले दुई कोरिया विभाजन गर्ने क्षेत्रमा प्रवेश गर्ने चेतावनी दिएको छ। दक्षिण कोरियाले उत्तर कोरियामा प्रोपोगान्डाका लागि पठाइ रहेको 'डिफेक्टर' समूहको विरोधमा उक्त चेतावनी दिएको हो। केही समय यता दुई देशबीच विभिन्न पर्चा पठाउने होडबाजी चलिरहेको छ। उक्त पर्चाहरु बेलुनको माध्यमबाट एउटा देशबाट अर्कोमा पठाइरहेका छन्। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सेनालाई सीमा…
गायिका बार्ब्रा स्ट्रिसेन्डले जर्ज फ्लोयडकी छोरीलाई 'डिज्नी'को लगानीकर्ता बनाएकी छिन्। ६ वर्षीया जियना फ्लोयडले इन्स्टाग्राममार्फत् उक्त जानकारी दिएकी हुन्। जसका लागि उनले बार्ब्रालाई धन्यवाद व्यक्त गरेकी छिन्। लेखेकी छिन्,'धन्यवाद बार्ब्रा स्ट्रिसेन्ड यस उपहारका लागि। अब म डिज्नीको स्टक होल्डर भएकी छु।' 'द वाल्ट डिज्नी कम्पनी' अमेरिकन कम्पनी हो जसले मनोरञ्जनात्मक सामाग्री निर्माण गर्छ। डिज्नीको सेयरको मूल्य हाल १ सय १५…
विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपका कारण २०२१ को ओस्कार अवार्ड स्थगित भएको छ। फेब्रुअरी २०२१ मा हुने तय भएको अवार्ड कमतिमा पनि अप्रिलसम्मका लागि स्थगित गरिएको एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले जनाएको हो। फिल्म उद्योगकै सम्मानका रुपमा लिइने अवार्डको नयाँ मिति २०२१ को अप्रिल २५ तोकिएको छ। २०२० भरी बनेका उत्कृष्ट फिल्म तथा कलाकारलाई सम्मान गरिने रजतपटको यो…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीमा सुधारका लागि कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन्। गएराती ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले मंगलवार प्रहरी सुधारसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको जानकारी दिए। गत महिना मिनेसोटाको मिनेयापोलिसमा अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिएर घाँटीमा घुँडाले थिच्दा मृत्यु भएपछि विश्वभर रंगभेदी आन्दोलन ब्ल्याक लाइफ म्याटर्स चर्किएका बेला ट्रम्पले अमेरिकाको प्रहरी…
बेलायतका बैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको सम्भावित एक अर्को भ्याक्सिनको मानिसमा परीक्षण थालेका छन्। उनीहरुले यसै साताबाट मानिसमा भ्याक्सिनको परीक्षण गर्न लागेका हुन्। लन्डनको इम्पेरियल कलेजले क्लिनिकल ट्रायल ३ सय जना मानिसमा गर्नेछ। कोभिड १९ विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन सक्ने या नसक्नेमा परीक्षण केन्द्रित हुनेछ। १८ वर्षदेखि ७० वर्ष उमेरका स्वस्थ्य मानिसबाट परीक्षण सुरु गरिने लागेको हो। उनीहरुले दुई पटक भ्याक्सिन लगाउने…
लन्डन : उत्तर पूर्वी बेलायतमा अमेरिकी सैन्य विमान दुर्घटना भएको छ। अमेरिकी एयर फोर्सका अनुसार तालिमका क्रममा विमान दुर्घटना भएको हो जसका पाइलट हराइरहेका छन्। ४८ औं फाइटर विङको एफ १५ सी इगल दुर्घटना भएको हो। नियमित अभ्यासका क्रममा विमान दुर्घटना भएको थियो। विमानमा एकजना पाइलटमात्र थिए। 'दुर्घटनाको कारण र पाइलटको अवस्था खुल्न सकेको छैन। बेलायती खोजकर्ता र उद्दारकर्मी जुटिसकेका…
काठमाडौं : नयाँ नक्सा सहितको निशान चिन्ह फेर्न प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पास भएपछि नेपालसँग 'वार्ताको बाटो बन्द भएको' बताउने भारतीय पक्षले यू टर्न लिँदै लिम्पियाधुराको विषयमा नेपालले नै वार्ताका लागि पहल गर्नुपर्ने तर्क राख्न थालेको छ। संविधान संशोधन विधेयक प्रतिनिधिसभाले पास गरेलगत्तै भारतीय विदेश मन्त्रालयले नेपालसँग वार्ताका लागि बाटो बन्द भएको जनाएको थियो। तर, अहिले भने नेपालले संवादका लागि…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु रद्ध गरिएको छ। गृह मन्त्रालयले आजबाट सबै प्रकारको पास रद्ध गरेको जानकारी दिएको हो। जिल्ला प्रशासनले लगायत विभिन्न निकायहरुले लकडाउनको समयमा सवारी पास जारी गरेका थिए। तर, अब जोरविजोर प्रणाली लागू भइसकेपछि पास आवश्यक नपर्ने भन्दै रद्ध गराएको गृह मन्त्रायलले जानकारी दिएको छ। पूर्णरुपमा अब जोर बिजोर प्रणालीको पालना गर्नुपर्ने छ।…
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनले नयाँ मोड लिएको छ। मुम्बई प्रहरीले व्यवसायिक दुश्मनीको पाटोबाट घटनाको जाँच गर्ने भएको छ। महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले मुम्बई प्रहरीले सुशान्तको मृत्युको वास्तविक कारण पत्ता लगाउन व्यवसायिक दुश्मनीको पाटोमा पनि जाँच गर्ने जानकारी दिएका छन्। ‘अभिनेता सुशान्तसिंह राजपुतको पोस्टमार्टम रिपोर्ट भन्छ कि उनले फाँसीमा झुण्डिएर आत्महत्या गरेका थिए। तर केही मिडिया रिपोर्टका अनुसार उनी अस्वस्थ…