PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • डर्टमण्ड घरेलु मैदानमा माइन्जसँग पराजित

    डर्टमण्ड घरेलु मैदानमा माइन्जसँग पराजित

    जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमण्ड माइन्जसँग पराजित भएको छ। सिग्नल इड्युना पार्कमा भएको खेलमा डर्टमण्ड २-० ले पराजित भएको हो। खेलमा जोनाथन बुरकारडको गोलबाट माइन्जले अग्रता बनाएको थियो। उनले खेलको ३३ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा माइन्ज १-० ले अघि रह्यो। त्यस्तै दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै माइन्जले अर्को गोल थप्यो। माइन्जका लागि जिन फिलिपे माटेलाले…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा कार्यरत प्रहरीमा कोरोना, १२ प्रहरी क्वारेन्टाइनमा

    भक्तपुरमा कार्यरत प्रहरीमा कोरोना, १२ प्रहरी क्वारेन्टाइनमा

    काठमाडौं : काठमाडौं उपत्यकामा कार्यरत थप एक जना प्रहरीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दारमा कोरोना पोजेटिभ देखिएको हो। 'स्वास्थ्यमा समस्या आयो भनेपछि कोरोना परीक्षण गराइएको थियो। हिजो पोजेटिभ भनेर आयो,' परिसरका एसपी सविन प्रधानले भने। उनको पाँच दिन अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो। सङ्क्रमित देखिएका हवल्दार परिसरको सञ्चार शाखामा…

    विस्तृतमा पढ्नुस्

  • इङ्लिस प्रिमियर लिग: आर्सनलमाथि म्यानचेस्टर सिटीको जित

    इङ्लिस प्रिमियर लिग: आर्सनलमाथि म्यानचेस्टर सिटीको जित

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलमाथि म्यानचेस्टर सिटीले ३-० को जित निकालेको छ। इतिहाड स्टेडियममा भएको खेलमा घरेलु टोली सिटीले पहिलो हाफमा रहिम स्ट्रलिङको गोलमा अग्रता बनाएको थियो। स्ट्रलिङले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै डेभिड लुइस रातो कार्ड खाँदै बाहिरिएसँगै आर्सनल १० खेलाडीमा सीमित भएको थियो। उता सिटीले पेनाल्टीमा पाएको…

    विस्तृतमा पढ्नुस्

  • हिमालपारीको जिल्लामा पनि छिर्‍यो कोरोना, खाद्यका कर्मचारी संक्रमित

    हिमालपारीको जिल्लामा पनि छिर्‍यो कोरोना, खाद्यका कर्मचारी संक्रमित

    काठमाडौं : हिमाल पारीको जिल्लामध्ये कोरोना भाइरस मुक्त रहेको मनाङमा संक्रमण देखिएको छ। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा कार्यरत कर्मचारीमा कोभिड १९ देखिएको हो। 'उहाँ क्वारेन्टाइनमा हुनुहुन्थ्यो। कपिलवस्तुबाट फर्किनु भएको रहेछ,' चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पहिलोपोस्टसँग भने, 'स्वाब संकलन गरेर तल परीक्षणका लागि पठाएका थियौं। हिजो राति रिपोर्ट पोजेटिभ भएको खबर आयो।' पहिलो पटक जिल्लामा कोरोना संक्रमण देखिएलगत्तै…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा थपिए ४२ नयाँ संक्रमित

    गण्डकीमा थपिए ४२ नयाँ संक्रमित

    काठमाडौं : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोन संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए अनुसार गोरखा, मनाङ, तनहुँ र नवलपरासी पूर्वमा थप कोरोना संक्रमित भेटिएको हो। मनाङमा यो पहिलो कोरोना केस हो। गोरखामा ११ जना, तनहुँमा १२ जना, नवरलपरासीमा १८ जना र मनाङमा १ जनामा कोरोन संक्रमण देखिएको…

    विस्तृतमा पढ्नुस्

  • युभेन्टसलाई हराउँदै कोपा इटालियाको उपाधि नापोलीलाई

    युभेन्टसलाई हराउँदै कोपा इटालियाको उपाधि नापोलीलाई

    कोपा इटालियाको उपाधि नापोलीले जितेको छ। गएराति भएको खेलमा युभेन्टसलाई ट्राइबेकरमा हराउँदै नापोलीले कोपा इटालियाको उपाधि जितेको हो।   Oje vita, oje vita mia! 😍🥇 🏆 #CoppaItaliaCocaCola 💙 #ForzaNapoliSempre pic.twitter.com/AycGEQdZYu — Official SSC Napoli (@sscnapoli) June 17, 2020 रोमको स्टेडियो ओलम्पियोमा भएको खेलमा निर्धारित समयसम्म दुवै टिमले गोल गर्न नसकेपछी खेल ट्राइबेकरमा पुगेको थियो। खेलको नयाँ नियम अनुसार अतिरिक्त समय थपिएन…

    विस्तृतमा पढ्नुस्

  • छिमेकी देशलाई मोदीको सन्देश : भारतले कसैलाई उक्साउने काम गरेको छैन, तर परेको खण्डमा जवाफ दिन तयार छौं

    छिमेकी देशलाई मोदीको सन्देश : भारतले कसैलाई उक्साउने काम गरेको छैन, तर परेको खण्डमा जवाफ दिन तयार छौं

    भारत-चीन सीमामा रहेको गालवन क्षेत्रमा दुवै देशका सेनाबीच ‘हिंस्रक झडप’ भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत युगौंदेखि शान्तिप्रिय देश रहेको बताएका छन्।  सोमवार  झडपका क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले भारतीय सैनिक आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेर गैरकानूनी काम गरेको र चिनियाँ सैनिकमाथि आक्रमण गरेपछि झडप भएको बताएको छ।  चीनसँगमात्र नभइ नेपालसँग पनि लिम्पियाधुराको विषयमा भारतीय प्रधानमन्त्री मोदीले…

    विस्तृतमा पढ्नुस्

  • नेकपाले बोलायो स्थायी कमिटी बैठक, एमसीसी मुख्य एजेण्डा

    नेकपाले बोलायो स्थायी कमिटी बैठक, एमसीसी मुख्य एजेण्डा

    काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। बैठक असार १० गतेका लागि बोलाउने सहमति अध्यक्षबीच बनेको हो। 'बैठकमा छलफलका लागि एजेण्डामा धेरै छन्। एमसीसीबारे छलफल होला', बैठकको एजेन्डाबारे खनालले भने। एमसीसी नेकपामा लामो समयदेखि छलफल…

    विस्तृतमा पढ्नुस्

  • अनुभवसँग जोड्दै 'नेपोटिज्म' बारे बोल्दै नेपाली कलाकार

    अनुभवसँग जोड्दै 'नेपोटिज्म' बारे बोल्दै नेपाली कलाकार

    काठमाडौं : भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा नातावाद 'नेपोटिज्म' पुन: एक पटक वहसको विषय बनेको छ। उनको मृत्यु पछि अभिनेत्री कंगना रनौतले सार्वजनिक गरेको भिडियो भाइरल भएसँगै मनोरञ्जन क्षेत्रमा हावी हुने नातावाद बारे चर्चा सुरु भयो। भिडियोमा उनले भनेकी छिन्,'सुशान्तले इन्डस्ट्रीमा आफ्नो कोही ‘गड फादर’ भएका कारण आफू यहाँबाट निकालिन सक्ने बताएका थिए।' कंगनाको टिप्पणीको त विरोध…

    विस्तृतमा पढ्नुस्

  • घुससिहत समातिएका मालपोतका ६ कर्मचारीलाई १५ दिन थुनामा राख्न अदालतको अनुमति 

    घुससिहत समातिएका मालपोतका ६ कर्मचारीलाई १५ दिन थुनामा राख्न अदालतको अनुमति 

    काठमाडौँः घुससहित समातिएका मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जनालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत रघुवंश कँडेलसहित ६ जनालाई पक्राउ गरेको थियो।  आयोगले बिहीबार ६ जनालाई नै अनुसन्धानका लागि म्याद थपका लागि पेस गरेको थियो।  आयोगले आठ लाख ५० हजार रुपैयाँ घुससहित मालपोत अधिकृत कँडेल, नायब…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको बचाउमा योगेश भट्टराई, 'इम्युनिटी पावरको कुरा गर्दा उडाइयो, ज्ञान कहाँबाट आएछ भनेर खोज्न हिँडियो'  

    प्रधानमन्त्रीको बचाउमा योगेश भट्टराई, 'इम्युनिटी पावरको कुरा गर्दा उडाइयो, ज्ञान कहाँबाट आएछ भनेर खोज्न हिँडियो'  

    काठमाडौँ: पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले इम्युनिटी पावरको कुरा गर्दा उडाइएको भन्दै लघुताभासबाट मुक्त हुन आग्रह गरेका छन्। बुधबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठाइएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले अरु देशका प्रधानमन्त्रीले कोरोनाविरुद्ध लड्न रोग प्रतिरोधी क्षमता बढाउन जनतालाई आग्रह गर्दा त्यसको प्रशंसा भएको तर प्रधानमन्त्री ओलीले त्यही कुरा गर्दा उडाइएको बताएका हुन्। 'कुनै देशका प्रधानमन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थपिए ३ सय ४८ संक्रमित, महोत्तरीमा मात्रै २ सय जना

    प्रदेश २ मा थपिए ३ सय ४८ संक्रमित, महोत्तरीमा मात्रै २ सय जना

    जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २१ जना महिला र ३ सय २७ जना पुरुष गरि कुल ३ सय ४८ जनामा कोराना संक्रमण देखिएको छ। प्रदेश २ मा महेत्तरीमा २ सय, रौतहटमा १ सय ११ धनुषामा २६, सर्लाहीमा ६, बारामा ४ र सिरहामा १ गरि कुल ३ सय ४८ जनामा कोराना संक्रमण देखिएको समाजिक बिकास मन्त्रालयले संचालन गरेको…

    विस्तृतमा पढ्नुस्

  • शेयर मार्केट्सका तत्कालीन अध्यक्ष योगेन्द्र श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक अर्ब ७१ करोड बिगो दाबी

    शेयर मार्केट्सका तत्कालीन अध्यक्ष योगेन्द्र श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक अर्ब ७१ करोड बिगो दाबी

    काठमाडौँः सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध एक अर्ब ७१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेको छ। विभागले बुधबार विशेष अदालमा मुद्दा दायर गरेको हो। विभागले ऐनको अनुसूची (भ) अनुसारको मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमेय, विनिमेय अधिकारपत्र सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।  सम्पत्ति शुद्धीकरण निवार ऐन २०६४ विपरीतको कसुरमा विभागले एक…

    विस्तृतमा पढ्नुस्

  • खानेपानी मन्त्री मगरको दावी : 'असारमा मेलम्चीको पानी टनेलमा टेष्ट गर्नेछौं'

    खानेपानी मन्त्री मगरको दावी : 'असारमा मेलम्चीको पानी टनेलमा टेष्ट गर्नेछौं'

    काठमाडौं: खानेपानी मन्त्री विना मगरले आसार महिनामा मेचलम्चीको पानी टनेलमा टेष्ट गरिने बताएकी छन्। राष्ट्रिय सभामा मन्त्रालयगत विनियोजन बजेटमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले मेलम्चीको पानी आउनेमा शंका नगर्न आग्रह गरिन। 'हामी यो असरको पेरिफेरीमा टनेलमा टेष्टिङको प्रक्रिया सुरु गर्नेछौं। त्यसपछि सुन्दरीजलमा खसाल्ने छौं,' उनको दावी छ। मेलम्ची परियोजनाले थुप्रै निराशा उत्पन्न गराएको मन्त्री मगरको धारणा छ। थुप्रै पटक…

    विस्तृतमा पढ्नुस्

  • खानेपानी मन्त्रीलाई सांसदहरुको प्रश्न : संविधानको धारा हेर्ने कि घरको धारामा पानी दिने?

    खानेपानी मन्त्रीलाई सांसदहरुको प्रश्न : संविधानको धारा हेर्ने कि घरको धारामा पानी दिने?

    काठमाडौं: राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले नागरिकले स्वच्छ खानेपानी पिउन नपाएको भन्दै आक्रोश ब्यक्त गरेकी छन्। राष्ट्रिय सभाको बुधवारको वैठकमा खानेपानी मन्त्री विना मगरलाई प्रश्न गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार जनताले खानेपानी नपाएको बताइन्। उनले मन्त्रीले मेलम्चीको पानी ल्याउने भनेर वहानावाजी गरेको आरोप लगाइन्। उनले संविधानमा मौलिक हकमा स्वाच्छ पिउने पानीको हक भए पनि घर घरमा स्वच्छ पानी नआएको बताइन्।…

    विस्तृतमा पढ्नुस्

  • साढे ६ केजी चरेस सहित टोखाबाट दुई जना समातिए

    साढे ६ केजी चरेस सहित टोखाबाट दुई जना समातिए

    काठमाडौं: लागु औषध ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मङ्गलवार बेलुका काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ९ लक्ष्मी मार्ग नगरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा म्याग्दी मालिका गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय तुल प्रसाद घर्तिमगर  र ४४ वर्षीय नन्द प्रसाद रोका रहेका छन्। उनीहरूको साथबाट साढे ६ केजी …

    विस्तृतमा पढ्नुस्

  • प्रिय बेसार, भान्सा सजाउने पनि तिमी, कोरोना भगाउने पनि तिमी

    प्रिय बेसार,  भान्सा सजाउने पनि तिमी, कोरोना भगाउने पनि तिमी

    देवेन्द्र पौडेल - हाम्रा प्रधानमन्त्रीले संसदमा भैँसी व्यापारीको कथा सुनाउनु भयो। व्यापारीले ग्राहकलाई भन्दै थियो - भैँसीको कल्चौडो नहेर्नुस्, दूध कति दिन्छ, घिउ कति लाग्छ, केही पनि नसोध्नुस्। सिङ हेर्नुस् कति राम्रा र चिल्ला छन्। तेल घसेका सिङ देखाउँदै व्यापारीले भनेछ। कथा रोचक थियो। खुशी पनि लाग्यो, उहाँको साहित्यिक र भाषिक प्रगति देखेर। पहिले पहिले उखान टुक्का, त्यसपछि गीत, कविता…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति र सशस्त्रका आईजीपी छाङरुमा, सडक र सीमा निरीक्षण

    प्रधानसेनापति र सशस्त्रका आईजीपी छाङरुमा, सडक र सीमा निरीक्षण

    काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको छाङरु पुगेका छन्। सेनापति थापा सेनाले बनाउन लागेको दार्चुला-तिंकर सडक तथा आईजीपी थापा बीओपी तथा सीमा सुरक्षाको स्‍थिति बुझ्न हेलिकोप्टरमार्फत कालापानी नजिकैको छाङरु पुगेका हुन्। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले केन्द्रको टोली छाङरुबाट फर्किएपछि सदरमुकाम खलंगामा छलफल हुने जानकारी दिए। हेलिकोप्टरमा धनगढीबाट सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइन नजिकैको रुखमा झुन्डिएर आत्महत्या

    पीसीआर परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइन नजिकैको रुखमा झुन्डिएर आत्महत्या

    काठमाडौं : अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन्। बुधवार बिहान उनले आत्महत्या गरेको शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। नगरपालिकाको ५ मा रहेको जुनेनास्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४४ वर्षीय पुरुषको आरडीटी परीक्षणमा एन्टीबडी देखिएको थियो। विद्यालयको क्वाराइन्टाइनमा उनीसँगै अन्य २२ जना बस्दै आएका थिए। रातको समयमा उनले नजिकैको रुखमा तन्नाको पासो बनाइ झुन्डिएको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण बढेपछि बेइजिङमा १२ सयभन्दा बढी फ्लाइट रद्ध, जोखिम क्षेत्रमा यात्रा प्रतिबन्ध

    कोरोना संक्रमण बढेपछि बेइजिङमा १२ सयभन्दा बढी फ्लाइट रद्ध, जोखिम क्षेत्रमा यात्रा प्रतिबन्ध

    कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि चीनको राजधानी बेइजिङमा १२ सयभन्दा बढी उडान रद्ध गरिएको छ। बेइजिङका विमानस्थलमा आज उडान बन्द गरिएको हो। साथै विद्यालयहरु पनि बन्द गरिएको छ। नयाँ संक्रमितको कनेक्सन होलसेल खाद्य बजारसँग देखिएपछि राजधानीमा सतर्कता बढाइएको छ। समाचार संस्था एएफपीका अनुसार बेइजिङमा बुधबार ३१ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमित बढेपछि अधिकारीहरूले बेइजिङ नछोड्न नागरिकलाई आग्रह गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell