वीरगंज : वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको एघार महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन। भन्सार कार्यालयले लक्ष्य भन्दा ६१ अर्ब कम राजश्व संकलन गरेको छ। कार्यालयले चालु आवको साउनदेखि जेठसम्मको लागि १ खर्ब ७२ अर्ब ९० करोड ६२ लाख ४५ हजारको लक्ष्य पाएकोमा ६४.७१ प्रतिशत अर्थात १ खर्ब ११ अर्ब ८८ करोड ८५ लाख २३ हजार मात्र संकलन…
काठमाडौँः सदनमा विचाराधीन नागरिकता विधेयक तथा मिलिनयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता लगायतका विषयमा सत्तारुढ र प्रतिपक्ष दलका नेता छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका केही नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोली छलफलमा जुटेका छन्। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार छलफलमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा, नेताहरु रामचन्द्र पौडेल, रामशरण महतलगायत सहभागी…
वीरगंज : नारायणी अस्थायी कोभिड गण्डक अस्पतालबाट बिहीवार दुई महिलासहित आठजना डिस्चार्ज भएका छन्। अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहका अनुसार १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका आठजना कोरोना जितेर डिस्चार्ज भएका हुन्। जसमा एकजना ३६ वर्षीया राजदेवी-१ पथराकी महिला छिन् भने पर्साको श्रीसियाकी १५ वर्षीया किशोरी पनि रहेकी छन्। त्यसैगरी, कालिकामाई गाउँपालिकाका ३०, ४५, ४०, १६ वर्षका पुरुष छन् भने…
काठमाडौँः भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूमि कायम भएको छ। संघीय संसद्को दुबै सदनबाट पारित विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ। संविधान संशोधन विधेयक प्रमाणीकरण भएसँगै नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूभाग कायम भएको हो। संशोधन अनुसार नेपालको नक्सासहितको निशान छाप परिमार्जनको प्रक्रिया पूरा भएको छ। संविधानको अनुसूचीमा पनि अब उक्त नक्सा…
कोभिड १९ नियन्त्रण र रोकथामका लागि भएको लामो लकडाउन (बन्दाबन्दी)पछि पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन्। बन्दाबन्दी खुकुलो भएपछि भौतिक दुरी कायम गरि निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधिर श्रेष्ठले पनि अभिनय गरेका छन्। दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतमा मेलिना…
बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले उनकी नजिककी केटी साथी रिया चक्रवर्तीको बयान लिएको छ। रिया अभिनेत्री पनि हुन्। रियालाई आज बान्द्रास्थित प्रहरी चौकीमा बोलाएर वयान लिइएको हो। बुधवारमात्रै निर्देशक मुकेश छाबडासँग ७ घण्टा सोधपुछ गरिएको थियो। हालसम्म प्रहरीले १० जनासँग सोधपुछ गरेर वयान लिएको छ। पछिल्लो १० दिनसम्म सुशान्तको सम्पर्कमा रहेका सबैको बयान लिने प्रहरी तयारी छ।…
काठमाडौं : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६६ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएका मध्ये धनुषाका २९, रौतहटका ३४ जना, सर्लाहीक २ जना र महोत्तरीका १ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै प्रदेश २ मा संक्रमितको संख्या दुई हजार सात सय ८१ पुगेको छ।
काठमाडौं : नेपालयले आर्थिक टिप्पणकार सुजीव शाक्यले लेखेको 'अर्थात् परिवर्तन' को 'ई-बुक' लन्च गर्ने भएको छ। कोरोना भाइरसका कारण प्रकाशन व्यवसाय प्रभावित भएपछि नेपालयले पुस्तकको विद्युतीय भर्सन सार्वजनिक गर्न लागेको हो। यसअघि पनि नेपालका पुस्तकहरुको इ भर्सन अमेजन, बार्न्स एंड नोबल लगायतका स्टोरमा उपब्ध छ। अँग्रेजी भाषाका पुस्तकहरु 'ई-बुक'का रुपमा किन्डलमा पनि उपलब्ध छन्। शाक्यको पुस्तक भने विद्युतीय भर्सनबाट नै…
कोरोना महामारीबाट संसारै प्रभावित छ। घरेलु हिंसाका घटना बढेका छन्। सम्बन्ध विच्छेद तथा आत्महत्याका घटना पनि सुनिएका छन्। तर, भारतको विहारमा एक दम्पती कोरोना कहरमा यस्तो स्थितिमा पुग्यो कि पति क्वारेन्टाइनमा हुँदा पत्नी प्रेमीसँग फरार भइन्। विहारको बेगूसरायमा एक महिला र उनका प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेगूसरायस्थित महिला थानामा रहेका दुबैको सम्बन्ध प्रेमी प्रेमिकाको रहेछ। बेगूसरायको बखरीस्थित शकरपुरा निवासी…
काठमाडौं: नेपालका चार नेपाली फुटबल प्रशिक्षकले एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका छन्। आज प्रकाशित लाइसेन्सको नतिजा अनुसार ४ जनाले ए कोचिङ लाइसेन्स र २ जनाले एएफसी लाइसेन्स प्रो हात पारेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार अनन्तराज थापा, चेतन घिमिरे, सल्यान खड्गी र युगलकिशोर राईले एएफसी ए कोचिङ लाइसेन्स हात पारेका हुन्। त्यस्तै चुनबहादुर थापा र बसन्त गौचन थकालीले…
काठमाडौँ : मकवानपुरको बाग्मती गाउँपालिका ४ झारझुरेमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ। आज बिहान ७ बजेर २० मिनेटमा झुरझुरे स्थित भित्री सडक खण्डमा फापरबारी बाट ज्यामिरे तर्फ जाँदै गरेको ना ८ प ५२८० नम्बरको मोटरसाइकलमा सवार बाग्मती गाउँपालिका ७ बाख्रे घर भएका ४० वर्षीय इन्द्र थोकरको मृत्यु भएको हो। मोटरसाइकल माथिबाट ११ हजार भोल्टेज बिजुलीको तार बाधेको ठाउँबाट…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्। नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेश गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले सक्नुपर्ने बताए। उनले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले…
'ट्वाइलाइट' अभिनेत्री क्रिस्टेन स्टेवार्ट राजकुमारी डायनाको रुपमा प्रस्तुत हुने भएकी छिन्। डायना र राजकुमार चार्ल्सको सम्बन्ध विच्छेद बारे बन्न लागेको फिल्म 'स्पेन्सर'का लागि स्टेवार्ट फाइनल भएको डेडलाइनमा जनाइएको छ। सन् १९९० दशकको घटनाक्रममाथि बन्ने फिल्मलाई स्टेभेन नाइटले लेख्दैछन्। सान्डिन्घ्रमको सेटिङ रहने फिल्ममा डायनाले आफ्नो वैवाहिक जीवन सुखद् नरहेको महसुस गर्छिन्। निर्देशक पाब्लो लार्रेनले भने,'हामीले एक महिलाको पहिचान र उसले आफ्ना…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनफिङसँग आप्नो दोस्रो चुनावका लागि सहयोग मागेको सनसनीपूर्ण खुलासा भएको छ। अमेरिकाको पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो पुस्तकमा पुन: निर्वाचनमा जितका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गरेको खुलासा गरेका हुन्। ट्रम्पका पूर्व सुरक्षा सल्लाहकारले पुस्तक ल्याउने चर्चासँगै राष्ट्रपति ट्रम्पले त्यसलाई रोक्न प्रयास गरेका थिए। नीतिगत मतभेद भएपछि ट्रम्पले गत सेप्टेम्बरमा उनलाई पदबाट…
काठमाडौं : संविधान संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ। ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्' भन्ने प्रस्ताव कानुनमन्त्रीबाट प्रस्तुत हुनेछ। त्यसपछि दफावार छलफलमा जानेछ। दफावार छलफल पछि मन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि सांसदहरूले दस्तखतसहितको मत विभाजनमा सहभागी हुनेछन्।…
काठमाडौं : गण्डकी प्रदेशमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन्। प्रदेशको पहाडी जिल्लाहरुमा भारतबाट फर्केर आउनेको संख्या बढेसँगै संक्रमितहरु पनि बढेका हुन्। आज बिहान तीन पटक अध्यावधिक गरिएको सूचीअनुसार एकै दिन ७७ जना नयाँ संक्रमित भेटिएका हुन्। बिहान ५:४५ बजे, ८ बजे र ९ बजे गरी तीन पटक जारी गरिएको विवरण अनुसार मनाङ बाहेक सबै भारतबाट आएका…
काठमाडौं : अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषको कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाको ५ मा रहेको जुनेना स्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४४ वर्षीय पुरुषले बुधवार बिहान क्वारेन्टाइन नजिकै रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए। 'उहाँको रिजल्ट पोजेटिभ देखियो,' शितगंगा नगरपालिकाका मेयर सूर्यप्रसाद अधिकारीले भने। भारतको पञ्जावबाट आएका उनको आरडीटी परीक्षणमा एन्टीबडी देखिएको थियो। उनी भारतबाट जेठ १० गते…
काठमाडौं : गण्डकी प्रदेशमा आज बिहान थप ५ जना नयाँ संक्रमित थपिएका छन्। आज बिहान ५:४५ बजे प्रदेशका ४ जिल्लामा ४२ नयाँ संक्रमित फेला परेका थिए। आज बिहान ८ बजेसम्म यहाँ एकै दिन ४७ जनामा संक्रमण देखिएको हो। यससँग गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ९३ पुगेको छ। स्वास्थ्य निर्देशनालयले बिहान ८ बजे जारी गरेको विज्ञप्तिअनुसार पर्वत कुश्मा नगरपालिकाका…
काठमाडौं : कोभिड १९ का कारण संसारका खराब मुलुकको सूचीमा नेपालले फिनल्यान्डलाई पछि पारेको छ। उज्वेकिस्तान र आइभोरी कोस्टलाई पछि पारेको नेपालले हिजो ५ सय ८६ संक्रमित थपिएपछि फिनल्यान्डलाई पछि पारेको हो। संक्रमितको संख्या अहिलेकै रफ्तारमा जाने हो भने आज नेपालले अस्ट्रेलियालाई पनि खराब मुलुकको सूचीमा पछि पारेर अग्रता लिनेछ। विश्वका खराब मुलुकको सूचीमा नेपाल अहिले ७० औं स्थानमा छ।…
काठमाडौं : बुधवार देशभर थपिएका संक्रमितमध्ये तीन जना भक्तपुरका भएको खुलेको छ। भक्तपुरमा नेपाल प्रहरीका हवल्दारसहित तीन जनामा कोरोना देखिएको हो। सङ्क्रमण देखिएका हवल्दार परिसरको सञ्चार शाखामा काम गर्दै आएका थिए। उनको रातीको ड्युटी थियो। लकडाउनको समयमा उनी काठमाडौँ उपत्यका बाहिर गएको अहिलेसम्म खुलेको छैन। सङ्क्रमण देखिएपछि अहिले १२ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ। जसमा ४ जना महिला प्रहरी रहेका छन्। त्यस्तै,…