PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • लेवान्डोस्की चम्किँदा बायर्नको सहज जित

    लेवान्डोस्की चम्किँदा बायर्नको सहज जित

    जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा लिग लिडर बायर्नले फ्राइबर्गमाथि ३-१ गोल अन्तरको सहज जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको दोहोरो गोल र जोसुवा किममिचको एक गोलको सहायतामा बायर्नले सहज जित निकालेको हो। उता फ्राइबर्गका लागि लुकास हुलरले सान्त्वना गोल फर्काए। खेलमा ४ वटै गोल पहिलो हाफमै लागेको थियो। खेलको १५ औं मिनेटमा किममिचले बायर्नलाई अग्रता दिलाएका थिए। त्यसपछि २४ औं…

    विस्तृतमा पढ्नुस्

  • हल्यान्डको दोहोरो गोलमा डर्टमण्डको जित

    हल्यान्डको दोहोरो गोलमा डर्टमण्डको जित

    जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा बोरुसिया डर्टमण्डले लाइपजिगमाथि २-० को सहज जित निकालेको छ। रेडबुल एरेना स्टेडियममा भएको खेलमा घरेलु टोली लाइपजिगलाई हराउन अर्लिङ हल्याण्डले दोहोरो गोल गरे। खेलको ३० औं मिनेटमा हल्याण्डको गोलसँगै अग्रता बनाएको डर्टमण्ड पहिलो हाफमा १-० ले अघि रह्यो। दोस्रो हाफमा पनि हल्याण्डले नै अर्को गोल थपे। उनले खेलको अतिरिक्त समयमा गोल गर्दै डर्टमण्डलाई सहज जित…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशलाई एनआरएनए कोरियाको २५ सय थान पीसीआर किट सहयोग

    सुदूरपश्चिम प्रदेशलाई एनआरएनए कोरियाको २५ सय थान पीसीआर किट सहयोग

    काठमाडौं : एनआरएनए कोरियाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट मार्फत सुदूरपश्चिम प्रदेशलाई २ हजार ५०० थान पीसीआर किट सहयोग गरेको छ। सुदूरपश्चिम प्रदेशमा परीक्षणमा प्रयोग हुने गरी मन्त्री भट्टलाई सो पीसीआर किट हस्तान्तरण गरिएको हो। एनआरएनए कोरियाका कार्यकारी निर्देशक राजेश रानाले कोरियाबाट पठाइएका पीसीआर किट मन्त्री भट्टलाई हस्तान्तरण गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • चीन भारत विवादः नेपालले भन्यो, ‘आपसी संवादबाट शान्तिपूर्ण समाधान निक्लनेमा विश्वस्त छौँ’

    चीन भारत विवादः नेपालले भन्यो, ‘आपसी संवादबाट शान्तिपूर्ण समाधान निक्लनेमा विश्वस्त छौँ’

    नेपालले चीन र भारतबीच सीमा क्षेत्रमा भइरहेको तनाव संवादको माध्यमबाट शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने बताएको छ। गालवन क्षेत्रमा दुई देशबीच भएको हिंसात्मक झडपबारे शनिबार प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले आफ्नो धारणा राखेको हो। दुबै देशबीच देखिएको विवाद संवादबाट टुंग्याउनुपर्ने भन्दै विज्ञप्तिमा भनिएको छ ‘गालवान उपत्यकामा भएको घटनाको सम्बन्धमा आपसी संवादबाट शान्तिपूर्ण ढंगले समाधान निकाल्न छिमेकी मित्रराष्ट्र भारत र चीन…

    विस्तृतमा पढ्नुस्

  • ठोरीका विद्यालयमा पुस्तक वितरण शुरु, रेडियो र टेलिभिजनबाट भइरहेछ पढाई

    ठोरीका विद्यालयमा पुस्तक वितरण शुरु, रेडियो र टेलिभिजनबाट भइरहेछ पढाई

    वीरगंज : कोभिड-१९ को संक्रमणका कारण चैत ११ गतेदेखि लकडाउन भएको र त्यसअघिदेखि नै शैक्षिक क्षेत्र बन्द रहेको अवस्थामा ठोरी गाउँपालिकाले शनिवारदेखि पुस्तक वितरण शुरु गरेको छ। ठोरी गाउँपालिका शिक्षा शाखा प्रमुख भुपालकुमार जोशीले कक्षा ३ देखि १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पठनपाठनको लागि पुस्तक वितरण गरिएको बताए। उनले रेडियो, टेलिभिजनबाट अध्यापन शुरू भएका कारण विद्यार्थीहरूलाई सहज होस भनेर पुस्तक…

    विस्तृतमा पढ्नुस्

  • पुँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके : वरिष्ठ नेता पौडेल

    पुँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके : वरिष्ठ नेता पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पुँजीवादी र साम्यवादीहरुले जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताएका छन्। पुँजीवादी र साम्यवादीहरु उपभोक्तावादमा लागेकाले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रिक समाजवाद जनता प्रतिको दायित्व पूरा गर्ने मध्यमार्गी बाटो हुने बताए। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश विषयक अर्चुअल अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • बहुमतबाटै अघि बढ्ला नागरिकता विधेयक? यस्तो छ समितिको अंकगणित

    बहुमतबाटै अघि बढ्ला नागरिकता विधेयक? यस्तो छ समितिको अंकगणित

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली पुरुषसँग विवाह गरेको महिलालाई ७ वर्षपछिमात्र अंगीकृत नागरिकता दिँदा उपयुक्त हुने निष्कर्षमा पुगेको छ। करिब २ वर्षदेखि संसदमा अड्किएको अंगीकृत नागरिकतासम्बन्धी प्रावधानको विषयमा शनिबार बिहान बसेको नेकपा सचिवालय बैठकबाट उक्त निष्कर्षमा पुगेको हो। 'नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको…

    विस्तृतमा पढ्नुस्

  • सेकेन्ड ओपिनियन र डाक्टरको इगो

    सेकेन्ड ओपिनियन र डाक्टरको इगो

    दुर्गा पंगेनी - संसारभर मेडिकल प्राक्टिसमा एउटा चलन छ - एक व्यक्तिले आफ्नो उपचारमा एक जना डाक्टरले गरेको निर्णय चित्त नबुझे वा त्यो ठिक छ कि छैन भनेर बुझ्न अर्को डाक्टरसँग परामर्श लिन सक्छन्। यसरी सल्लाह लिनुलाई ‘सेकेन्ड ओपिनियन’ भन्ने गरिन्छ। डाइग्नोसिस गर्ने क्रममा कुनै डाक्टरले शल्यक्रिया गर्ने निर्णय गर्‍यो तर बिरामी या बिरामीका आफन्तलाई त्यसमा चित्त बुझेन। या उनीहरू…

    विस्तृतमा पढ्नुस्

  • शनिवार बिहानै गण्डकीमा ५८ जना नयाँ संक्रमित थपिए, तनहुँमा एकै दिन सबैभन्दा धेरै संक्रमित

    शनिवार बिहानै गण्डकीमा ५८ जना नयाँ संक्रमित थपिए, तनहुँमा एकै दिन सबैभन्दा धेरै संक्रमित

    काठमाडौं : गण्डकी प्रदेशमा बिहानै ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। थपिएका सबै संक्रमित क्वरेन्टाइनमा नै रहेका व्यक्ति हुन्। यससँगै गण्डकीमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ। संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारीभइरहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परिक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • सुडानलाई उछिनेको नेपालले खराब मुलुकको यात्रामा मलेसिया र नर्वेलाई पछि पार्दै

    सुडानलाई उछिनेको नेपालले खराब मुलुकको यात्रामा मलेसिया र नर्वेलाई पछि पार्दै

    काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण खराब मुलुकको सूचीमा नेपालले सुडानलाई पछि पारेको छ। हिजो साँझ ४ सय २६ नयाँ संक्रमित थपिएपछि नेपालले सुडानलाई खराब मुलुकहरुको सूचीमा एक कदम पछि पारेको हो। हिजो थपिएका संक्रमितसँगै नेपालमा ८ हजार २ सय ७४ जनामा कोभिड १९ देखिएको छ। सुडानमा संक्रमितको संख्या ८ हजार २० रहेको छ। बिहीवार थपिएका संक्रमितको संख्याले नेपालले अस्ट्रेलियालाई…

    विस्तृतमा पढ्नुस्

  • भारतमा आज ४ लाख पार हुँदै कोरोना संक्रमित

    भारतमा आज ४ लाख पार हुँदै कोरोना संक्रमित

    नयाँ दिल्ली : भारतमा आज कोरोना संक्रमितको संख्या ४ लाख नाघ्दैछ। शुक्रवार एकै दिन १४ हजार ५ सय ७४ नयाँ संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या ४ लाखको सीमामा पुगेको हो। शुक्रवार दिल्लीमा ३ हजार १ सय ३७ र महाराष्ट्रमा ३ हजार ८ सय २७ नयाँ संक्रमित थपिएका छन्। यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ९५ हजार पार भएको छ। …

    विस्तृतमा पढ्नुस्

  • आज बिहान बस्दै नेकपाको सचिवालय बैठक

    आज बिहान बस्दै नेकपाको सचिवालय बैठक

    काठमाडौं : अहिले बिहान ९ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विषयबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक ९ बजे बस्ने जानकारी दिएका छन्। यसअघि पटक पटक बैठक बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै रोकिँदै आएको छ। बहुचर्चित एमसीसीमा पार्टीभित्र चर्को किचलो…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोना र सेभिया गोलरहित बराबरीमा रोकिए

    बार्सिलोना र सेभिया गोलरहित बराबरीमा रोकिए

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर बार्सलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएको छ। रामोन स्यान्चेज पिजजुआन स्टेडियममा भएको खेलमा घरेलु टोली सेभियासँग बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो। सेभियासँगको बराबरीले बार्सिलोनालाई उपाधि होडमा धक्का परेको छ। सेभियासँग अंक बाँडेसँगै ३० खेल खेलेको बार्सिलोना ६५ अंकसहित शीर्षस्थानमा छ। यद्यपि २९ खेल खेलेको रियल मड्रिड ६२ अंकसहित दोस्रो स्थानमा छ। गएराति…

    विस्तृतमा पढ्नुस्

  • लगानी बोर्डले स्वीकृत गर्‍यो एक खर्ब ८५ अर्बको लगानी, पाँच जलविद्युत र दुई सिमेन्ट उद्योग परियोजना

    लगानी बोर्डले स्वीकृत गर्‍यो एक खर्ब ८५ अर्बको लगानी, पाँच जलविद्युत र दुई सिमेन्ट उद्योग परियोजना

    काठमाडौँः लगानी बोर्डले विभिन्न सात परियोजनाका लागि एक खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो। निर्णय अनुसार लगानी स्वीकृत भएकामा पाँचवटा जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योग परियोजना रहेका छन्।  बैठकले अपर मस्र्याङ्दी हाइड्रोपावर २ परियोजनाका लागि ७८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। आयोजना…

    विस्तृतमा पढ्नुस्

  • जानकी मन्दिर बिहीबार खोलियो शुक्रबार नै प्रहरीले बन्द गर्‍यो

    जानकी मन्दिर बिहीबार खोलियो शुक्रबार नै प्रहरीले बन्द गर्‍यो

    जनकपुरधामः जानकी मन्दिरमा सर्वसाधरणको प्रवेशलाई पुनः बन्द गरिएको छ। लकडाउनका बीच बिहीबारदेखि पूर्णरुपमा मन्दिर खुले पनि धनुषा प्रहरीले शुक्रबार नै बन्द गराएको हो। शुक्रबार भने प्रहरीले मन्दिर पुगेका दर्शनार्थीलाई प्रवेशको व्यवस्था गरेको थियो। उत्तरतर्फको एकमात्र द्वारबाट उनीहरुलाई प्रवेश दिइएका थियो। त्यसपछि मन्दिर प्रवेशमा पूर्ण रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।

    विस्तृतमा पढ्नुस्

  • सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी, राज्यविरुद्ध अपराध गरेको  आरोप

    सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी, राज्यविरुद्ध अपराध गरेको  आरोप

    काठमाडौँः समाजवादी पार्टीका सांसद सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी परेको  छ। महानगरीय परिसर काठमाडौँमा गिरीविरुद्ध शुक्रबार उजुरी दर्ता भएको हो। राज्यविरुद्ध अपराध गरेको आरोपमा रमेश प्रसाईँ, डाक्टर सुरेन्द्र भण्डारी लगायतको उजुरी दिएका छन्। 'उहाँहरुले उजुरी दिनुभएको छ। अनुसन्धान अगाडि बढ्छ।' परिसरका एसएसपी श्याम ज्ञवालीले भने। नेपालले भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा अद्यावधिक गरेपछि गिरी दिएका अभिव्यक्ति विवादमा परेका छन्।

    विस्तृतमा पढ्नुस्

  • २२ महिनासम्म नसुल्झिएको नागरिकता विधेयक विवाद के हो? राजनीतिक सहमति हुँदैन, प्रक्रियामा पनि लगिन्न

    २२ महिनासम्म नसुल्झिएको नागरिकता विधेयक विवाद के हो? राजनीतिक सहमति हुँदैन, प्रक्रियामा पनि लगिन्न

    काठमाडौँ : संविधान जारी हुँदाको अन्तिम समयसम्म पनि विवादमध्ये एक थियो नागरिकताको विषय। विवादमा पनि वैवाहिक अंगीकृत नागरिकताका विषयमा विभिन्न प्रस्ताव संविधानसभामा आएका थिए। प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरुबीच नै अंगीकृत नागरिकताका विषयमा मतभेद थियो। विशेषगरी वैवाहिक अंगीकृत नागरिकता दिनका लागि समय तोक्न वा नतोक्ने ? वा हालकै व्यवस्था कायम राख्ने ? धेरै समय यही बहसमा समय खेर गयो। संविधानका…

    विस्तृतमा पढ्नुस्

  • विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार विमला गुप्तालाई

    विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार विमला गुप्तालाई

    वीरगंज : विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट वीरगंजकी पत्रकार विमला गुप्ता पुरस्कृत भएकी छन्। विन्दु पाण्डे स्मृति प्रतिष्ठानको निर्णय अनुसार शुक्रवार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्मान कार्यक्रम आयोजना गरी उनलाई पुरस्कृत गरिएको हो। प्रतिष्ठानका संस्थापक वरिष्ठ उपाध्यक्ष शंकर खतिवडा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम…

    विस्तृतमा पढ्नुस्

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, २ दिनका लागि सबै सेवा बन्द

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, २ दिनका लागि सबै सेवा बन्द

    काठमाडौं : दाङको घोरहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरुको स्वाब परीक्षण गर्दा शुक्रवार संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि २ दिनका लागि अस्पतालको आकस्मिकलगायत सबै सेवा बन्द हुने बताइएको छ। अस्पताल परिसर ‘स्टेरिलाइज’ गर्न सेवा बन्द गरिएको प्रतिष्ठानको भनाइ छ। त्यस्तै, प्रतिष्ठानले त्यहाँबाट रिफर गरिएका बिरामीलाई…

    विस्तृतमा पढ्नुस्

  • खुलेको १ दिन नबित्दै प्रहरीले पुनः बन्द गरायो जानकी मन्दिर

    खुलेको १ दिन नबित्दै प्रहरीले पुनः बन्द गरायो जानकी मन्दिर

    जनकपुरधाम : सर्वसाधारणका लागि खुल्ला गरिएको १ दिन नबित्दै जनकपुरधामको जानकी मन्दिर पुनः बन्द भएको छ। बिहिवारदेखि पूर्ण रुपमा मन्दिरका मुलद्वारसहित अन्य द्वारहरु खोलिएको भएपनि विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेशण भएपछि धनुषा प्रहरीले पुनः मन्दिर बन्द गराएको हो। शुक्रवार प्रहरीले सबै द्वारहरु बिहानै पुगेर बन्द गराउनुका साथै त्यहाँ पुगिसकेका दर्शनार्थीहरुलाई उत्तरतर्फको द्वारबाट प्रवेश गर्न दिएको थियो। त्यसपछि मन्दिर प्रवेशमा पूर्ण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell