PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • एमसीसीको विरोधमा ११ पार्टीको संयुक्त मोर्चा, चरणवद्ध संघर्षका कार्यक्रमको घोषणा

    एमसीसीको विरोधमा ११ पार्टीको संयुक्त मोर्चा, चरणवद्ध संघर्षका कार्यक्रमको घोषणा

    काठमाडौं : संसद बाहिरका विभिन्न राजनीतिक दलहरुले अमेरिकी सरकारको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन्। नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मालेलगायतका विभिन्न ११ वटा राजनीतिक पार्टी तथा संघ संगठनले एमसीसीविरुद्ध चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन्। मसालका महामन्त्री मोहनविक्रम सिंह, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,…

    विस्तृतमा पढ्नुस्

  • सुशान्तसिंह राजपुतको निधनमा महेन्द्रसिंह धोनीको प्रतिक्रिया

    सुशान्तसिंह राजपुतको निधनमा महेन्द्रसिंह धोनीको प्रतिक्रिया

    डिप्रेशनका कारण आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनप्रति भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले दु:ख व्यक्त गरेका छन्। सुशान्तको निधनमा प्रतिक्रिया नदिएको भन्दै प्रश्न उठिरहेका बेला 'एमएस धोनी: द अनटोल्ड स्टोरी' फिल्मका निर्देशक निरज पाण्डेले धोनी मात्रै उनको परिवार नै दु:खी भएको जानकारी दिएका छन्। निरजले धोनीलाई टेलिफोन गरेर सुशान्तको निधनको खबर दिएका थिए। टेलिफोनमा धोनीले निधन खबर सुनेपछि दु:ख…

    विस्तृतमा पढ्नुस्

  • भारत-चीनसँग तनाव: प्रतिरक्षा वार्ता गर्न भारतीय रक्षामन्त्री रुसतिर, सैनिक परेडमा पनि सहभागी हुने

    भारत-चीनसँग तनाव: प्रतिरक्षा वार्ता गर्न भारतीय रक्षामन्त्री रुसतिर, सैनिक परेडमा पनि सहभागी हुने

    भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरेका छन्। भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्न तीन दिने भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। मन्त्री सिंह रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुनेछन्। हालैमा चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ…

    विस्तृतमा पढ्नुस्

  • दुबईले जुलाईदेखि विदेशीलाई आगमन खुला गर्ने, विमानस्थमै पीसीआर परीक्षण

    दुबईले जुलाईदेखि विदेशीलाई आगमन खुला गर्ने, विमानस्थमै पीसीआर परीक्षण

    दुबईले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ। तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने खालिज टाइम्सले जनाएको छ। त्यसैगरी दुबई पुगेपछि पनि यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ। दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजबाट डेढ वर्षीय बालकसहित ११ जना डिस्चार्ज

    वीरगंजबाट डेढ वर्षीय बालकसहित ११ जना डिस्चार्ज

    वीरगंज : एकै परिवारका आमासहित २ छोरा कोरोनामुक्त भएका छन्। पर्सा, सखुवाप्रसौनी-२ गुलरियाकी ३० वर्षीया आमा, उनकी डेढ र ३ वर्षीय सन्तानसहित एकै परिवारका तीन जना डिस्चार्ज भएका हुन्। नारायणी अस्पताल मातहत रहेको गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार लागातार दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुसहित ११ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। डिस्चार्ज हुने थप ८…

    विस्तृतमा पढ्नुस्

  • अंगीकृत नागरिकताको ७ वर्षे प्रावधानप्रति कांग्रेस र जसपाका सांसदको एकै मत : मुलुकलाई दुर्घटनातिर लैजान खोजियो

    अंगीकृत नागरिकताको ७ वर्षे प्रावधानप्रति कांग्रेस र जसपाका सांसदको एकै मत : मुलुकलाई दुर्घटनातिर लैजान खोजियो

    काठमाडौं : नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णयले देश राजनीतिक दुर्घटनातर्फ जाने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले आइतवार गरेको उक्त निर्णयप्रति आपत्ति जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सांप्रदायीक दंगा फैलाउन खोजेको आरोप समेत लगाए। 'यो निर्णय अत्यन्त अपरिपक्व, मुलुकमा सांप्रदायिक दंगा भड्काउने। प्रकारान्तले नेपाललाई विभाजनतिर लैजाने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेक नजिकैको १ नम्बर सीमा पिल्लरमा सशस्त्रको गस्ती, स्थानीयले हटाए भारतले राखेको काठेपुल

    लिपुलेक नजिकैको १ नम्बर सीमा पिल्लरमा सशस्त्रको गस्ती, स्थानीयले हटाए भारतले राखेको काठेपुल

    काठमाडौं : सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले नेपाल-चीनको १ नम्बर सीमा पिल्लरमा गस्ती गरेको छ। गत महिना छाङरुमा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)बाट इन्सपेक्टर लिली चन्दको एपीएफ टोलीले लिपुलेक नजिकैको १ नम्बर सीमा स्तम्भमा फोर्स मार्च गरेको हो। एक नम्बर पिल्लरबाट लिपुलेक ७ किलोमिटर टाढा छ। जुन अहिले भारतको कब्जामा छ। सो क्षेत्रमा भारतले सडक बनाइरहेको छ। नेपाल-चीनको…

    विस्तृतमा पढ्नुस्

  • असफलता लुकाउन छिमेकीसँग सीमा विवाद चर्काउँदै मोदी, चिनियाँ विश्लेषक भन्छन् : तीन तिरबाट सैन्य दबाब व्यहोर्नुपर्ला

    असफलता लुकाउन छिमेकीसँग सीमा विवाद चर्काउँदै मोदी, चिनियाँ विश्लेषक भन्छन् : तीन तिरबाट सैन्य दबाब व्यहोर्नुपर्ला

    याङ सङ/लिउ स्वानचुन - पछिल्लो पटक भारत र चीनबीच सीमा विवाद चर्किँदै जाँदा गत सोमवार २० जना भारतीय सैनिकको मृत्यु भयो। चीनले भारतलाई सीमामा भएको घटनालाई छानविन गर्न तथा दोषीमाथि कारवाही गर्दै जवाफदेही बनाउन तथा भारतीय अग्रपंक्तिमा रहेका सेनालाई अनुशासनमा राख्न भन्यो। त्यस्तै, चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्रीसँगको टेलिफोन संवादका क्रममा यस्ता घटना पुन: दोहोरिन नदिनका लागि भारतीय पक्षलाई…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र मानिस आउने क्रम बढेपछि प्रहरी थप सक्रिय, सार्वजनिक सवारीले नै यात्रु बोक्ने !

    काठमाडौं उपत्यकाभित्र मानिस आउने क्रम बढेपछि प्रहरी थप सक्रिय, सार्वजनिक सवारीले नै यात्रु बोक्ने !

    काठमाडौं : सरकाले असार १ गतेबाट लकडाउन थप खुकुलो बनाएको छ। काठमाडौं उपत्यका भित्र अहिले मानिसको चहलपहल सुरु भएको छ। व्यापार व्यवसाय पनि खुलेका छन्। बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्र आएर व्यापार व्यवसाय गर्दै आएका केही मानिस लकडाउनको समयमा आफ्नैं जिल्ला फर्किएका थिए। तर, ती मानिसहरु अहिले लकडाउन खुकुलो भएपछि काठमाडौं फर्किन थालेका छन्। काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा अहिले सवारीको…

    विस्तृतमा पढ्नुस्

  • लिग लिडर लिभरपुल बराबरीमा रोकियो

    लिग लिडर लिभरपुल बराबरीमा रोकियो

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिगलिडर लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। गुडिसन पार्क स्टेडियममा भएको मर्सिसाइड डर्बीमा लिभरपुल घरेलु टोली एभर्टनसँग बराबरीमा रोकिएको हो। अधिकांश समय बल नियन्त्रणमा राखे पनि लिभरपुलले एभर्टनको डिफेन्सलाइन तोड्न कडा संघर्ष गर्नुपर्‍यो। यता लिभरपुलका लागि गोलकिपर एलिसनले केही उत्कृष्ट बचाउ गरेका थिए। उनको प्रदर्शनलाई लिएर लिभरपुलको योर्गेन क्लोपले उनलाई ‘विश्वस्तरीय’ गोलकिपर भएको प्रतिकृया…

    विस्तृतमा पढ्नुस्

  • थामिने 'मुड'मा छैन कोरोनाको कहर, २४ घन्टामा सबैभन्दा धेरै संक्रमितको रेकर्ड

    थामिने 'मुड'मा छैन कोरोनाको कहर, २४ घन्टामा सबैभन्दा धेरै संक्रमितको रेकर्ड

    काठमाडौं : विश्व स्वास्थ्य संगठनले एकै दिन सबैभन्दा धेरै संक्रमित थपिएको जनाएको छ। एकै दिन ब्राजिलमा ५४ हजार ७ सय ७१ नयाँ संक्रमित भेटिएका छन् भने अमेरिकामा ३६ हजार ६ सय १७ जना। कोरोना भाइरसको संक्रमणका कारण संसारका सबैभन्दा खराब हालतमा रहेका मुलुकको सूचीमा पहिलो र दोस्रो स्थानमा छन् अमेरिका र ब्राजिल। विश्वका धेरै मुलुकमा लकडाउन गरिँदा अमेरिका र ब्राजिलका…

    विस्तृतमा पढ्नुस्

  • एस्टोन भिल्लामाथि चेल्सीको पुनरागमन जित

    एस्टोन भिल्लामाथि चेल्सीको पुनरागमन जित

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एस्टोन भिल्लामाथि चेल्सीले जित निकालेको छ। पहिलो हाफमा १ गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा पुनरागमन गर्दै जित २-१ गोल अन्तरले जित निकालेको हो। भिल्ला पार्क स्टेडियममा भएको खेलमा कोर्थनी हउसले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले खेलको ४३ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा भिल्ला १-० ले अघि रह्यो। दोस्रो हाफमा क्रिस्टियन…

    विस्तृतमा पढ्नुस्

  •  स्याङ्जामा १२ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

     स्याङ्जामा १२ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

    काठमाडौं : स्याङ्जा र पूर्वी नवलपरासीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङ्जामा १२ जना र पूर्वी नवलपरासीमा ८ जनामा कोरोना संक्रमण देखिएको हो। प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। स्याङजा कालीगण्डकी गाउँपालिका दुई पुरुष, अर्जुनचौपारी गाउँपालिकाका दुई महिला र ८ पुरुषमा कोरोना देखिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • नर्वेलाई जित्यो नेपालले, खराब मुलुकतिरको यात्रामा मोरक्कोको पछिपछि

    नर्वेलाई जित्यो नेपालले, खराब मुलुकतिरको यात्रामा मोरक्कोको पछिपछि

    काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण खराब मुलुकको सूचीमा नेपालले युरोपेली मुलुक नर्वेलाई पछि पारेको छ। हिजो साँझ ४ सय २१ जना नयाँ संक्रमित थपिएपछि नेपालले नर्वेलाई खराब मुलुकहरुको सूचीमा एक कदम पछि पारेको हो। हिजो थपिएका संक्रमितसँगै नेपालमा ९ हजार २६ जनामा कोभिड १९ देखिएको छ। नर्वेमा संक्रमितको संख्या ८ हजार ७ सय ४५ रहेको छ। शुक्रवार थपिएका संक्रमितको…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा: रियल मड्रिड शीर्षस्थानमा

    ला लिगा: रियल मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। रियल एरेनामा भएको खेलमा घरेलु टोली सोसिडाडलाई २-१ गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो। मड्रिडको जितमा सर्जियो रामोस र करिम बेन्जेमाले समान १/१ गोल गर्दा सोसिडाडका लागि मिकेल मारिनोले १ गोल फर्काए। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा पेनाल्टीमार्फत…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट भारत पुर्‍याएर बेचिएकी १३ वर्षीया बालिकालाई प्रहरीले गर्‍यो उद्धार

    काठमाडौंबाट भारत पुर्‍याएर बेचिएकी १३ वर्षीया बालिकालाई प्रहरीले गर्‍यो उद्धार

    काठमाडौं : १३ वर्षीय बालिकालाई भारतमा लगेर वेचबिखन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै, प्रहरीले भारतमा बेचिएकी बालिकालाई उद्धार गरेर नेपाल ल्याएको छ। मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले भारतीय प्रहरीको सहयोगमा जेठ ३० गते उद्धार गरेको व्यूरोका एसपी गोविन्द थपलियाले जानकारी दिए। प्रहरीले बेचविखन गर्ने दुई जना युवकलाई समेत नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका १ घोडाथली घर भई हाल…

    विस्तृतमा पढ्नुस्

  • भारतको हाल, बेहाल : संक्रमित र मृत्यु संख्या दुवैमा नयाँ रेकर्ड

    भारतको हाल, बेहाल : संक्रमित र मृत्यु संख्या दुवैमा नयाँ रेकर्ड

    कोरोना संक्रमित र त्यसबाट मृत्यु हुने संख्या दुवैका आधारमा भारतको अवस्था थप नाजुक बन्दै गएको छ। आइतवार लगातार दोस्रो पटक १५ हजार भन्दा धेरै कोभिड १९ का संक्रमित थपिएका छन् भने ४ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका छन्। हिजो एकै दिन भारतमा १५ हजार ३ सय ७२ कोरोनाका नयाँ संक्रमित भेटिएका हुन्। यससँगै भारतमा संक्रमितको संख्या ४ लाख २६…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य सामाग्री खरिदबारे छानविन गर्दै लेखा समितिः ओम्नी तथा सेनाको खरिद आशंकाको दायरामा

    स्वास्थ्य सामाग्री खरिदबारे छानविन गर्दै लेखा समितिः ओम्नी तथा सेनाको खरिद आशंकाको दायरामा

    काठमाडौँ: प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितताको छानविन गर्ने भएको छ। सोमबार बिहान ११ बजे बस्ने बैठकमा स्वास्थ्य सामग्री खरिद प्रक्रियाले प्रवेश पाउँदैछ। लेखा समितिका सभापति भरत शाहले भोलिको बैठकमा ओम्नी ग्रुप र नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्रीमा भएको अनियमितताको विषय एजेण्डा रहेको जानकारी दिए। शाहका  अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा संक्रमितको संख्या पुग्यो २ हजार ९०२, हालसम्म ९५२ जना कोरोना जितेर फर्किए घर

    प्रदेश २ मा संक्रमितको संख्या पुग्यो २ हजार ९०२, हालसम्म ९५२ जना कोरोना जितेर फर्किए घर

    जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या २ हजार ९ सय २ पुगेको छ। जसमध्ये ९ सय ५२ जना कोरोना जितेर उपचारपछि घर फर्किसकेका छन्। प्रदेश २ मा हालसम्म २ हजार ७ सय ४२ पुरुष र १ सय ६० जना महिलामा कोरोना संक्रमण देखिएको छ। हालसम्म प्रदेश २ को सबै भन्दा बढी रौतहटमा ४६ जना महिलासहित १ हजार…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयकको विरोधमा जनकपुरसहित प्रदेश नम्बर २ का विभिन्न स्थानमा प्रदर्शन

    नागरिकता विधेयकको विरोधमा जनकपुरसहित प्रदेश नम्बर २ का विभिन्न स्थानमा प्रदर्शन

    जनकपुरधाम : नागरिकता ऐन संशोधन विधेयकको विरोधमा जनकपुरसहित प्रदेश २ का विभिन्न पार्टी तथा संघसंगठनले प्रदर्शन गरेका छन्। नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, जनता समाजवादी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरमा नागरिकता ऐन संशोधन विधेकको विरोधमा प्रदर्शन गरेका हुन्। नेकपाले सात वर्षपछि मात्र नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell