काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकको प्रतिवेदन सोमवार राष्ट्रिय सभामा पेश भएको छ। विधेयकको प्रतिवेदन पेशसँगै विभिन्न तरंग उत्पन्न भएका छन्। विशेषगरी सीमित निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने प्रस्तावप्रति आलोचना भइरहेको छ। गैरसरकारी संस्थालाई पनि अख्तियारको क्षेत्राधिकारभित्र ल्याउने प्रस्ताव गरिएको छ। भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिमा नेपालले यस्ता क्षेत्रमा स्वतन्त्र निकायबाट निगरानी राख्ने प्रतिवद्धता जनाएको छ। क्षेत्राधिकारको…
काठमाडौं : सरकारले असार १ गतेबाट लकडाउनको मोडालिटी फेरेको छ। कोरोना सङ्क्रमण कम भएका जिल्लामा जोरबिजोर नम्बर प्लेटका आधारमा निजी सवारी साधनलाई चल्न दिइएको छ। उद्योग, व्यवसाय, कलकारखानादेखि पसलहरूसम्म खुलेका छन्। लकडाउन खुकुलो हुँदै गएपछि आफ्नो गृह जिल्ला गएकाहरू अहिले काठमाडौँ उपत्यकाभित्र फर्किन थालेका छन्। त्यसैले पनि उपत्यकाभित्र छिर्ने नाकाहरूमा सवारीको चाप बढेको छ। अत्यावश्यक बाहेक अन्य निजी सवारी साधनबाट पनि…
गएको १५ जुनमा गलवान उपत्यकामा भएको भारत र चीनका सैनिकबीचको मुठभेडमा परी दुई चिनियाँ सैनिकको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। त्यही घटनामा २० भारतीय सैनिकको मृत्यु भएको थियो। भारतीय सैनिकको मृत्यु संख्यालाई आधार बनाउँदै भारतीय मिडियाले ४० भन्दा धेरै चिनियाँ सैनिकको मृत्यु भएको दावी गर्दै आएका थिए। तर, आज भने २ चिनियाँ नागरिकको मृत्यु भएको भारतीय मिडियाले आफ्नै…
टेस्ट खेल्न इङ्ग्ल्यान्ड जाने तयारीमा रहेका पाकिस्तानका तीन क्रिकेटरमा कोरोना सङ्क्रमण पुस्टी भएको छ। २१ वर्षे स्पीनर सादव खान, १९ वर्षे ब्याट्सम्यान हैदर अली र २६ वर्षे फास्ट बलर हरिस राउफमा कोरोना संक्रमण पुस्टी भएको हो। पाकिस्तान इङल्याण्डमा तीन टेस्ट र तीन टी २० सिरिज खेल्ने गरि २८ जुनमा जाने तयारीमा छ। केहि दिन अघिमात्र इङ्ग्लान्ड जाने २९ सदस्यीय टिमको घोषणा गरिएको…
दुवई : साउदी अरब सरकारले कोरोना भाइरसका कारण साह्रै थोरै व्यक्तिलाई मात्र हजका लागि अनुमति दिने जनाएको छ। विश्वभरबाट करबि २० लाख इस्लाम धर्मावलम्बीहरु एकैपटक हजका लागि जाने गरेका छन् तर यसपाला कोरोनाको कहरले यसरी जाने तीर्थालु ज्यादै नियन्त्रित हुनेछन्। साउदी अरबले हजको कार्यक्रम नै निषेध गर्छ या सांकेतिक रुपमा मात्र कार्यक्रम संचालन हुन्छ भन्ने बहस चलिरहँदा यस्तो निर्णय सार्वजनिक…
काठमाडौं : कोरोना भाइरस संक्रमितको संख्याले ९० लाखको सीमा पार गरेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर संक्रमितको संख्या ९० लाख ७१ हजार ९ सय ८४ पुगेको हो। सबैभन्दा धेरै संक्रमित संयुक्त राज्य अमेरिकामा रहेका छन्। अहिले ब्राजिल र भारत लगायत दक्षिण एसियामा कोभिड १९ को प्रकोप सबैभन्दा तीब्र रफ्तारमा फैलिरहेको छ। अमेरिकामा संक्रमितको संख्या २३ लाख १० हजार…
काठमाडौं : लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले बाहिरी जिल्ला जानको लागि सवारी पास वितरण गर्ने भएको छ। कार्यालयले सोमवार सूचना जारी गर्दै काठमाडौँ जिल्लाबाट बाहिरी जिल्लातिर जानको लागि पास उपलब्ध गराउन लागेको हो। सवारी पास लिनको लागि मङ्गलवार बिहानदेखि निवेदन सङ्कलन गरिने कार्यालयले जारी गरेको सूचना उल्लेख गरिएको छ। बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सङ्कलन गरिने छ। निवेदन बुझाउँदा…
इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा बोलोग्नालाई हराउँदै युभेन्टसले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिब्यालाले समान १/१ गोल गरे। खेलको २३ औं मिनेटमै युभेन्टसले खेलमा अग्रता बनाएको थियो। युभेन्टसका माथिज डि लिटलाई स्टेफानो डेन्सविलले फउल गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो। र, अवसरको सदुपयोग गर्दै रोनाल्डोले गोल गरे। त्यस्तै ३६ औं…
वासिङ्टन : अमेरिकी सरकारले प्रदान गर्दै आएको ग्रीन कार्ड स्थगितलाई लम्ब्याएको छ। साथै, H-1B र H-4 वर्किङ भिसालाई पनि चालु वर्षका लागि निषेध गरेको छ। सोमवार अमेरिकी सरकारले यस्तो निर्णय गरेको हो। दुई दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट काम गर्न आउनेमाथि रोक लगाउने तयारी भइरहेको बताएका थिए। सोमवारबाट लागू गरिएको नियम त्यहाँ रहेर काम गरिरहेका र अमेरिकी भिसा…
इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि फराकिलो जित निकालेको छ। रियाद महरेज र फिल फोडेनको समान २/२ गोल र डेभिड सिल्भाको १ गोलको सहयतामा सिटीले बर्नलीमाथि ५-० को फराकिलो जित निकालेको हो। इतिहाद स्टेडियममा भएको खेलमा फिल फोडेनको गोलमा घरेलु टोलीले २२ औं मिनेटमै अग्रता बनाएको थियो। त्यस्तै ४३ औं मिनेट र पहिलो हाफको अतिरिक्त समयमा…
विमल गौतम - रुकुम पश्चिममा कुटपिट गरी छ जना युवा मारिएको खबरले देश स्तब्ध बन्यो। जाजरकोटको भेरी नगरपालिका–४ राना गाउँका २१ वर्षीय नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया कक्षा १० मा पढ्ने सुष्मा मल्ललाई बेहुलीको रूपमा भित्र्याउन जेठ १० गते १९ जना युवासहित गाउँ पुगेका थिए। भविष्यमा देश निर्माणका विधाता बन्नसक्ने सम्भावना बोकेका युवाहरू नवराज विक, गणेश…
जनकपुरधामः सोमबार जनकपुरधाम उपमहानगरको बोर्ड बैठक बस्यो। उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्न बैठक बोलाइएको थियो। तर बैठकमा नगर प्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै वडाध्यक्षहरुले विरोध जनाए। त्यसपछि मेयर समर्थक र विपक्षीबीच घम्साघम्सी भयो। बैठक रोकियो। आन्दोलित वडाध्यक्षहरु बाहिरिए। तर उनीहरुलाई कार्यालयबाट बाहिर जान दिइएन। नगर प्रहरीले उपमहानगरको गेटमा ताला लगाएर असन्तुष्ट वडाध्यक्षहरुलाई भित्रै थुने। ‘नगर प्रमुखको…
काठमाडौं : गण्डकी प्रदेशमा कोरोना भाइरसका ५३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ५९३ पुगेको पोखरास्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ। सोमवार थप भएकामध्ये तनहुँमा १७ जना, स्याङ्जामा ९ जना, बाग्लुङमा ८ र गोरखामा ११ जनामा संक्रमण देखिएको छ। त्यस्तै, लमजुङमा ५ जना, पर्वत, नवलपुर र कास्कीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो।
कैलाली : कैलालीमा क्वारेन्टाइनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ का ३६ वर्षीय युवकको सोमवार साँझ मृत्यु भएको हो। उनलाई आइतवार मात्रै घर पठाइएकोमा सोमवार वडा नम्बर ५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनका अनुसार मृतक युवकलाई वडा…
काठमाडौं : गण्डकी प्रदेश सरकारले प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की र प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णबहादुर कार्कीलाई पुरस्कृत गरेको छ। गण्डकी प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नै कार्यकक्षमा एसपी कार्की र डीएसपी कार्कीलाई एक समारोहबीच प्रदेशको ५० हजार राशीको उत्कृष्ट प्रहरी अधिकृतको प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरेका हुन्। कार्कीद्वयले उत्कृष्ट प्रहरी हुँदै जनही ५०/५० हजार रुपैयाँ पुरस्कार…
जनकपुरधामः वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधानको विरोधमा जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार नागरिकता प्राप्तिका लागि ७ वर्षको समयसीमा राखेर विधेयकको प्रतिवेदन पारित गरेको थियो। पारित व्यवस्थाप्रति विभिन्न टीका-टिप्पणी भइरहेका छन्। उक्त व्यवस्था खारेजीको माग समेत भइरहेको छ। जनक चोकमा जनता समाजवादी पार्टी (जसपा) का स्थानीय कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन…
काठमाडौँः सुमेघ टुर्स ट्राभल्सले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि ३० लाख रुपैयाँ प्रदान गरेको छ। ट्राभल्सले नेपाल सरकारद्वारा स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २० लाख रुपैयाँ, बागलुङको बागलुङ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ, गलकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ र ताराखोला गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा दुई लाख रुपैयाँ गरी…
काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास वितरणमा नयाँ व्यवस्था लागू गरेको छ। काठमाडौँबाट बाहिर जिल्लामा जाने सवारी पासको हकमा प्रशासनले नयाँ व्यवस्था लागू गरेको हो। प्रशासनले सूचना जारी गर्दै नियमित सेवा प्रवाह भइसकेको अवस्थामा निवेदन संकलन र वितरणको समय फेरेको हो। सूचना अनुसार अब बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म पासका लागि निवेदन संकलन हुनेछ। भने, दिउँसो २ः३० बजेपछि पास…
काठमाडौँः अभियुक्तसँगै कोरोना परीक्षण प्रतिवेदन पेस गर्न भन्दै काठमाडौँ जिल्ला अदालतले बयान नगरी फिर्ता पठाएको छ। पीसीआर परीक्षण रिपोर्ट संलग्न नगरेको भन्दै साइबर अपराध अभियोगका अभियुक्त एकराम राईको अदालतले बयान नगरेको हो। न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बयान अस्वीकार गरेको हो। यसअघि भट्टराईकै इजलासले वैशाख ४ गते अदालतमा पेस गर्ने अभियुक्तको कोरोना परीक्षण गरेरमात्र पेस गर्न आदेश दिएको थियो। पढ्नुस्ः कोरोना जोखिमले न्यायाधीश…
काठमाडौँ: गैरसरकारी संस्था, पब्लिक कम्पनीतर्फ पनि क्षेत्राधिकार बढाइँदै गर्दा भ्रष्टाचार कसुरमा मुद्दा चलाइने हदम्याद राख्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ। विधायन व्यवस्थापन समितिका तर्फबाट प्रतिवेदन सोमबार राष्ट्रिय सभामा पेस भएको हो। पेस भएको प्रतिवेदन पारित भएपछि प्रतिनिधिसभामा पठाइनेछ। प्रतिनिधिसभा पनि विधेयकमा सैद्धान्तिक, दफावार छलफललगायतका प्रक्रिया पूरा गरेपछि मात्र पारित हुनेछ। दुबै सदनबाट…