PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • जनस्वास्थ्यमा असर पारेको भन्दै गौमूल गाउँपालिकामा चाउचाउ प्रतिबन्ध, मसलादार उत्पादन पनि बन्द

    जनस्वास्थ्यमा असर पारेको भन्दै गौमूल गाउँपालिकामा चाउचाउ प्रतिबन्ध, मसलादार उत्पादन पनि बन्द

    बाजुरा : गौमूल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ३२ करोड २९ लाख बराबरको बजेट प्रस्तुत गरेको छ। सातौँ गाउँसभामा उपाध्यक्ष सीता थापाले समानीकरण, संघीय र प्रदेश सरकारको अनुदान, सशर्त र राजस्व बाँडफाँट लगायत शीर्षक समावेश गरिएको रु ३२ करोड २८ लाख, ७६ हजार बराबरको बजेट प्रस्तुत गरिन। गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट शीर्षकमा पनि कृषि उत्पादन, आयआर्जन, युवा…

    विस्तृतमा पढ्नुस्

  • पाँच जना डाक्टरले हेरेको सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, भिसेरा रिपोर्ट आउन बाँकी

    पाँच जना डाक्टरले हेरेको सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, भिसेरा रिपोर्ट आउन बाँकी

    बलिउड अभिनेता सुशान्तसिंह राजपुतको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको छ। मुम्बई प्रहरीलाई प्राप्त फाइनल रिपोर्टमा सुशान्तले फाँसी लगाउँदा निधन भएको पुष्टि भएको छ। ५ जना डाक्टरको टिमले रिपोर्ट हेरेर विश्लेषण गरेका थिए। रिपोर्टमा सुशान्तको मृत्युको कारण ‘Aspecia Due To Hanging’ भएको उल्लेख छ। मुम्बई प्रहरीले अब भिसेरा रिपोर्ट पर्खिरहेको छ। मानिसको मृत्युपछि मृत्युको कारण पत्ता लगाउनका लागि शरीरका केही आन्तरिक अंगलाई…

    विस्तृतमा पढ्नुस्

  • बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना

    बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना

    बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना भएको छ। उनको कारमा बुधवार साँझ यशराज ब्यानरसँग आबद्ध एक व्यक्तिको गाडीले ठक्कर दिएको हो। कारमा गोविन्दाका छोरा यशवर्धन आहुजा र चालक सवार थिए। घटनापछि जुहु पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ। ठक्कर दिने गाडीमा चालकमात्रै थिए। दुर्घटनामा दुबै गाडीमा सामान्य क्षति भएको छ। कोही घाइते भएका छैनन्।

    विस्तृतमा पढ्नुस्

  • महानगरले भूमिकर उठाउन तोक्यो काठमाडौं महानगरभित्र जग्गाको मूल्य, सबैभन्दा महँगो न्यूरोड, इन्द्रचोकको जग्गा

    महानगरले भूमिकर उठाउन तोक्यो  काठमाडौं महानगरभित्र जग्गाको मूल्य, सबैभन्दा महँगो न्यूरोड, इन्द्रचोकको जग्गा

    काठमाडौः काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मुल्य तोकेको छ। महानगरले सडक र गल्लीहरुलाई आधार बनाएर जग्गाको मुल्य तोकको छ। सस्तोमा ४ लाख देखि महँगोम  ५० लाख रुपैयाँ आनासम्म मुल्य तोकिएको छ। सोही आधारमा भूमिकर उठाउने गरिन्छ। महानगरले तोकेको मूल्यभन्दा दोब्बर भन्दा बढी मूल्यमा जग्गा बिक्री हुन्छ। सबैभन्दा सस्तो नजिकै बाटो नभएका विभिन्न स्थानहरुमा तोकिएको छ। सबैभन्दा महँगो हनुमानढोका पूर्व नयाँ सडक,…

    विस्तृतमा पढ्नुस्

  • चीनमा फेरि देखिए कोरोना भाइरसको नयाँ संक्रमित, १३ जना बेइजिङका

    चीनमा फेरि देखिए कोरोना भाइरसको नयाँ संक्रमित, १३ जना बेइजिङका

    विहीवार चीनमा कोरोना भाइरस संक्रमणको नयाँ मामला देखिएका छन्। त्यहाँ थप १९ जनामा संक्रमण पुष्टि भएको हो जसमध्ये १३ जना बेइजिङका हुन्। रोयटर्सले जनाए अनुसार नयाँ संक्रमितमध्ये ५ जना देश बाहिरबाट फर्किएका चिनिया नागरिक हुन्। यसअघि संक्रमण मुक्त घोषित चीनमा हालसम्म ४ हजार ६ सय ३४ जना संक्रमितले ज्यान गुमाएका छन्। त्यस्तै यो महिना मात्र २ सय ४९ वटा संक्रमणका नयाँ केस…

    विस्तृतमा पढ्नुस्

  • विश्वमा कोरोना : संक्रमितको संख्या १ करोड पुग्नै लाग्दा अक्सिजन दिने मेसिनको अभाव

    विश्वमा कोरोना : संक्रमितको संख्या १ करोड पुग्नै लाग्दा अक्सिजन दिने मेसिनको अभाव

    विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लाग्दा बुधवार विश्व स्वास्थ्य संगठनले अक्सीजन कन्सेनट्रेटर (अक्सीजन दिने मेसिन) को अभाव बारे बताएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस ऐडहनाम गब्रीयसोसले पत्रकार सम्मेलनमा विश्वव्यापी अभावका बारेमा बोलेका हुन्। उनले भने,’धेरै देश अब अक्सीजन कन्सेनट्रेटर (मेसिन) को कमीसँग जुँधिरहेका छन्। यस समय उक्त मेसिनको माग आपूर्तिभन्दा बढी भइरहेको छ।‘ हालसम्म ९४ लाख मानिसमा…

    विस्तृतमा पढ्नुस्

  • मार्सलको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित

    मार्सलको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानेचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई हराएको छ। ओल्डट्राफोर्ड स्टेडियममा भएको खेलमा एन्टोनी मार्सल चम्किँदा म्यानचेस्टरले ३-० को सहज जित निकालेको हो। घरेलु टोलीका लागि मार्सलले खेलको सातौं मिनेटमै अग्रता दिलाएका थिए। मार्कस रासफोर्डको पासमा गोल गर्दै उनले म्यानचेस्टरको खाता खोले। त्यस्तै उनैले ४४ औं मिनेटमा अर्को गोल थप्दा म्यानचेस्टर पहिलो हाफमा २-० ले अघि…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूह विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष पक्राउ

    विप्लव समूह विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष पक्राउ

    काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले बुधवार साँझ अखिल क्रान्तिकारी विद्यार्थी संगठन ललितपुरका जिल्ला उपाध्यक्ष निगम भन्ने नरेन्द्रबहादुर भण्डारीलाई पक्राउ गरेको हो। उनलाई राज्यविरुद्ध द्वेष फैलाउने किसिमले विप्लव समूहसँग सम्बन्धित पर्चा पम्प्लेटहरु टाँस्ने, सोही समूहमा आबद्ध हुनुपर्छ भन्दै स्थानीयलाई डरत्रास देखाएको आरोप प्रहरीले लगाएको छ। ललितपुर बालकुमारीबाट पक्राउ परेका भण्डारीलाई…

    विस्तृतमा पढ्नुस्

  • घरमा बसिरहेको अवस्थामा मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक जना घाइते

    घरमा बसिरहेको अवस्थामा मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक जना घाइते

    काठमाडौँः मकवानपुरमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ। बुधवार राति पौने ९ बजेदेखि अविरल वर्षा सँगै परेको चट्याङ लाग्दा बकैया गाउँपालिका २ कालापानीका १७ वर्षीया सम्झना घिसिङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै चट्याङ लागी घाइते भएकी २५ वर्षीया बिना घिसिङको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रम मृत्यु भएको थियो। चट्याङ लागेर घाइते भएका १४ वर्षीय किरण जिम्बाको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • फराकिलो जित निकाल्दै लिभरपुल उपाधि नजिक

    फराकिलो जित निकाल्दै लिभरपुल उपाधि नजिक

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि फराकिलो जित निकालेको छ। एनफिल्डमा भएको खेलमा क्रिस्टल प्यालेसलाई ४-० को फराकिलो अन्तरले हराउँदै लिग उपाधि नजिक पुगेको हो। खेलमा हाबि भएको घरेलु टोलीले खेलको २३ औं मिनेटमै ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको गोलमा अग्रता बनाएको थियो। त्यस्तै फ्याबिनोको पासमा मोहम्मद सलाहले खेलको ४४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा लिभरपुल २-०…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दी सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय ५३

    म्याग्दी सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय ५३

    काठमाडौः गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण भेटिएको छ। प्रदेशका चार जिल्लामा गरेर ११ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। म्याग्दीमा ६ जना, स्याङ्जामा १ जना, बाग्लुङ्मा २ जना र पूर्वी नवलपरासीमा २ जनामा कोरोना देखिएको हो। पूर्वी नवलपरासी बाहेक अन्य जिल्लाका सङ्क्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने…

    विस्तृतमा पढ्नुस्

  • मालोर्कालाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा

    मालोर्कालाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले मालोर्कालाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ। स्टेडियो अलफ्रेडो डि स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिडले मालोर्कालाई २-० ले हराएको हो। मड्रिडको जितमा सर्जियो रामोस र भिनिसियस जुनियरले गोल गरे। खेलको १९ औं मिनेटमै लुका मोड्रिचको पासमा भिनिसियस जुनियरले मड्रिडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको मड्रिडका लागि दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनमा राष्ट्रिय एकता देखाएकोमा दलहरुलाई राष्ट्रपतिको धन्यवाद

    संविधान संशोधनमा राष्ट्रिय एकता देखाएकोमा दलहरुलाई राष्ट्रपतिको धन्यवाद

    काठमाडौँः नेपालको अद्यावधिक नक्सा अनुसार संविधान संशोधनका क्रममा दलहरुले देखाएको राष्ट्रिय एकतालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलका नेताहरुलाई धन्यवाद दिएकी छन्। बुधबार साँझ शीतल निवासमा सबै नेताहरुलाई सामूहिक रुपमा आमन्त्रण गरेर भण्डारीले धन्यवाद दिएकी हुन्। नयाँ नक्सा जारीमा राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै दलका नेताहरुलाई राष्ट्रपतिले धन्यवाद दिएको स्वकीय सचिव भेषराज अधिकारीले बताए।  'नयाँ नक्सा जारी भएकोमा धन्यवाद दिनुभयो',…

    विस्तृतमा पढ्नुस्

  • रुकुम घटनाः वडाध्यक्षसहित २३ जना पुर्पक्षका लागि थुनामा, किशोरीकी आमा धरौटीमा रिहा

    रुकुम घटनाः वडाध्यक्षसहित २३ जना पुर्पक्षका लागि थुनामा, किशोरीकी आमा धरौटीमा रिहा

    रुकुमपश्चिमः रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो। त्यस्तै एक जनालाई रु एक लाख धरौटीमा रिहा गर्न र तीन जनालाई तारेखमा छाड्न आदेश भएको रुकुम जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । मुद्दा पुर्पक्षका लागि थुनामा…

    विस्तृतमा पढ्नुस्

  • चीनले नेपालको ६४ हेक्टरभन्दा बढी भूमि मिचेको भन्दै कांग्रेसका तीन सांसदले दर्ता गराए संकल्प प्रस्ताव

    चीनले नेपालको ६४ हेक्टरभन्दा बढी भूमि मिचेको भन्दै कांग्रेसका तीन सांसदले दर्ता गराए संकल्प प्रस्ताव

    काठमाडौँः उत्तरी छिमेकी चीनले नेपालको ६४ हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गरेको भन्दै फिर्ताका लागि सरकारलाई निर्देशन दिन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेपालको अद्यावधिक नक्सा अनुसार नेपाल र चीनबीचको एक हजार ४१४ किलोमटिर सीमामध्येमा ९८ वटा सीमा स्तम्भ हराएको र केही स्थानमा नेपाली भूभागमा सारिएको दाबी प्रस्तावमा गरिएको छ। दोलखा, हुम्ला, सिनधुपाल्चोक, संखुवासभा, गोरखा र रसुवामा ८४ हेक्टरभन्दा…

    विस्तृतमा पढ्नुस्

  • अदालतको अपहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग जवाफ, दियो प्रतिनिधि पठाउने सुविधा

    अदालतको अपहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग जवाफ, दियो प्रतिनिधि पठाउने सुविधा

    काठमाडौँः कोभिड –१९ जोखिम न्यूनीकरणका समयमा सर्वोच्च अदालतबाट भएका विभिन्न आदेश पालना नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर मुद्दामा सर्वोच्चले जवाफ माग गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोभिड जोखिम न्यूनीकरणबारे भएका वैशाख ५ गते समेतका सात अन्तरिम आदेश कार्यान्वयनको अवस्थाबारे पनि अदालतले जानकारी मागेको छ।  वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माद्वारा दायर मुद्दामा अदालतले प्रधानमन्त्रीलाई आदेश अवज्ञा गरेकोमा कारबाही किन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र श्रीलंकाका राजदूतबीच शिष्टाचार भेटवार्ता

    राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र श्रीलंकाका राजदूतबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुनातिलकाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी र सहकार्य लगायतका विषयमा कुराकानी भएको हो। भेटमा  अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत अरुनातिलकालाई नेपालका लागि राजदूतमा नियुक्त भएकोमा शुभकामना व्यक्त गरे। 'नेपाल र श्रीलंकाबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • जनार्दन शर्माले भने, ‘कोरोना महामारीका बेला समेत बैठक बसेर निर्णय गर्न नसक्ने सचिवालय खारेज गरौँ’

    जनार्दन शर्माले भने, ‘कोरोना महामारीका बेला समेत बैठक बसेर निर्णय गर्न नसक्ने सचिवालय खारेज गरौँ’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीको केन्द्रीय सचिवालय खारेजीको माग गरेका छन्। बुधवारबाट शुरु भएको स्थायी कमिटी बैठकमा एजेन्डाका विषयमा जनार्दनले सचिवालय खारेजीको माग गरेका हुन्। उनले कोरोना महामारीका बेला समेत सचिवालयको भूमिका नदेखिएको भन्दै आपत्ति जनाएका थिए। ‘कोरोनाको महामारी छ। सरकारको काम केही देखिएको छैन। यस्तो अवस्थामा तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने निकाय…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का ५ जिल्लामा थपिए १०३ जना संक्रमित, कुल संख्या पुग्यो ३ हजार २ सय

    प्रदेश २ का ५ जिल्लामा थपिए १०३ जना संक्रमित, कुल संख्या पुग्यो ३ हजार २ सय

    वीरगंज : प्रदेश नम्बर २ का ५ जिल्लामा बुधवार १०३ जना नयाँ संक्रमित थपिएका छन्।  जसमा २१ जना महिला र ८२ जना पुरुष रहेका छन्। योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ३ हजार २ सय पुगेको प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ। बुधवार अपरान्ह ४ बजेसम्मको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रौतहटमा ४४, सर्लाहीमा २१, महोत्तरीमा १२, धनुषामा २०…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले सेनालाई दियो ५ करोडभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री

    अमेरिकाले सेनालाई दियो ५ करोडभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री

    काठमाडौं: संयुक्त राज्य अमेरिकाले साढे ५ करोड बराबरको स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेको छ। बुधवार अमेरिकी राजदूत र्‍यान्डी बेरी सैनिक मुख्यालय जंगी अड्डा पुगेर ४ लाख ५० हजार अमेरिकी डलर अर्थात ५ करोड ४२ लाख ८६ हजार ६५० रुपैयाँको स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell