PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • आफूमाथि यौन दूर्व्यवहारको आरोप लगाउने महिलाविरुद्ध जस्टिन बिबरको उजुरी

    आफूमाथि यौन दूर्व्यवहारको आरोप लगाउने महिलाविरुद्ध जस्टिन बिबरको उजुरी

    क्यानेडियन गायक जस्टिन बिबरले आफूमाथि यौन दूर्व्यवहारको आरोप लगाउने दुई महिलासँग एक/एक करोड रुपैयाँ क्षतिपूर्ती माग गरेका छन्। उनले आफूमाथि आधारहिन आरोप लागेको भन्दै दुई महिलाविरुद्ध उजुरी दर्ता गराएका हुन्।  मानहानी (गाली बेइज्जती) को आरोपमा एक-एक करोड क्षतिपूर्ती माग गरेका छन्। बीबरले आफूमाथि सन् २०१४ मा यौन दूर्व्यवहार गरेको भन्दै ती महिलाहरुले सामाजिक सञ्जालमार्फत् आरोप सार्वजनिक गरेका थिए। टिएमजीले जनाए…

    विस्तृतमा पढ्नुस्

  • अभिभावकत्व ग्रहणको आग्रहसहित  देशभरका नाट्य संस्थाहरुले बुझाए नाट्य प्रज्ञा प्रतिष्ठानलाई पत्र

    अभिभावकत्व ग्रहणको आग्रहसहित  देशभरका नाट्य संस्थाहरुले बुझाए नाट्य प्रज्ञा प्रतिष्ठानलाई पत्र

    काठमाडौं : कोभिड-१९ का कारण प्रभावित नाट्य संस्थाहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रहसहित नेपाल भरका नाटकघरसहितका नाट्य संस्थाहरुको अगुवाईमा ९ बुँदे मागसहित संयुक्त पत्र बुझाइएको हो। प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा समक्ष बुझाइएको पत्रमा कोरोना महामारीको समयमा स्वतन्त्र नाट्य संस्थाहरुले नेपाली रङ्गमञ्चको प्राप्ति जोगाउन गरेको प्रयासहरु माथि प्रकाश पारेका छन्। साथै…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको रोशी गाउँपालिकामा गोली चल्यो

    काभ्रेको रोशी गाउँपालिकामा गोली चल्यो

    काठमाडौँः  काभ्रेमा गोली चलेको छ। लुटेरा समूहले गोली चलाएको प्रहरीले जानकारी दिएको छ। रोशी गाउँपालिकाम ५ मा रहेको बुद्ध चित्त लुट्न आएको समूह र प्रहरीबिच जम्काभेट हुँदा गोली चलेको हो। 'हाम्रो थप टोली घटनास्थलमा जाँदै छ। के भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन,' जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारविक्रम थापाले भने।

    विस्तृतमा पढ्नुस्

  • प्रहरी इन्स्पेक्टर नै लागुऔषध कारोबारमा, अभियुक्तको बयानपछि लागुऔषधसहित समातिए

    प्रहरी इन्स्पेक्टर नै लागुऔषध कारोबारमा, अभियुक्तको बयानपछि लागुऔषधसहित समातिए

    काठमाडौः नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लागुऔषध कारोबारमा संलग्न भएको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बुधवार काठमाडौँ महानगरपालिका वडा नम्बर ३२  पुरानो सिनामंगलस्थित पेप्सीकोलामा रहेको सन्तोषकुमार शाहको कोठाबाट लागुऔषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेपछि प्रहरीको संलग्नता खुलेको हो। बुधवार ब्युरोको टोलीले उदयपुर, त्रियुगा नगरपालिका वडा नम्बर ११ बोक्से घर भएका ३६ वर्षीय एलिसन बस्नेत, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालको बेडमा सुतेकी महिलालाई 'किस' गर्ने युवक पक्राउ

    अस्पतालको बेडमा सुतेकी महिलालाई 'किस' गर्ने युवक पक्राउ

    काठमाडौः जिल्ला प्रहरी कार्यालय मोरङले  महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। बुधवार राति करिब साढे ३ बजे विराटनगर ७ स्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा विरामी कुरुवा बसेकी महिलालाई 'किस' गर्न खोजेपछि पक्राउ गरेको थियो। अस्पतालको बेड नम्वर २०२ मा रहेकी महिलालाई मोरङ कटहरी गाउँपालिका वडा नम्वर ४ बस्ने बर्ष २२ को सुरजकुमार मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी नवलपरासीमा २१ सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

    पूर्वी नवलपरासीमा २१ सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

    काठमाडौः गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको हो। गण्डकी प्रदेशको चार जिल्लाहरू तनहुँ, स्याङ्जा, बाग्लुङ् र पूर्वी नवलपरासीमा सङ्क्रमित बिरामी भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। पूर्वी नवलपरासीको कावासोती नगरपालिका र…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएसँगै प्रिमियर लिगको उपाधि लिभरपुललाई

    म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएसँगै प्रिमियर लिगको उपाधि लिभरपुललाई

    इङ्ग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितको छ। गएराति भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएसँगै लिभरपुलले लिग उपाधि जितेको हो। गएराति भएको खेलमा चेल्सीले सिटीलाई २-१ ले हराएको थियो। स्टामफोर्ड ब्रिजमा भएको खेलमा क्रिस्टियन पुलिसिकले घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए। उनले ३६ औं मिनेटमा गोल गर्दा चेल्सी पहिलो हाफमा एक गोलले अगाडि रह्यो। दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारको क्षेत्राधिकार बढाउने प्रस्तावबाट यसरी पछि हट्दैछ नेकपा

    अख्तियारको क्षेत्राधिकार बढाउने प्रस्तावबाट यसरी पछि हट्दैछ नेकपा

    काठमाडौँ :  राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकको प्रतिवेदन तयार पार्दासम्म कुनैपनि राजनीतिक दलको फरक मत थिएन। समितिले सर्वसम्मत विधेयकसहितको प्रतिवेदन तयार पारेको थियो। असार ८ गतेको राष्ट्रियसभा बैठकमा विधेयकको प्रतिवेदन पेस भएपछि भने तरंग उत्पन्न गरेको छ। अख्तियारको हालको अधिकारक्षेत्र बढाउने प्रस्तावले राजनीतिक दल, निजी क्षेत्रमा तरंग ल्याएको हो। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र समेत…

    विस्तृतमा पढ्नुस्

  • सभापति देउवा र मन्त्री भट्टको घरमा विप्लवको पत्र : एमसीसीको पक्षमा मतदान गरे जन कारबाहीको सामना गर्न तयार हुनुहोस्

    सभापति देउवा र मन्त्री भट्टको घरमा विप्लवको पत्र : एमसीसीको पक्षमा मतदान गरे जन कारबाहीको सामना गर्न तयार हुनुहोस्

    कैलाली : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा मतदान गरे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सांसद नारदमुनी रानालाई जनकारबाही गर्ने चेतावनी दिएको छ। कैलालीको अत्तरियामा रहेको मन्त्री भट्टको घरमा र देउवाको धनगढीस्थित घरमा पठाएको पत्रमा एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कार देखि जनकारबाही गर्ने चेतावनी…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा आरडीटी नेगेटिभ आएर घर पठाइएका एक जनाको मृत्यु, पीसीआर परीक्षणबिना गरियो दाहसंस्कार

    डडेल्धुरामा आरडीटी नेगेटिभ आएर घर पठाइएका एक जनाको मृत्यु, पीसीआर परीक्षणबिना गरियो दाहसंस्कार

    कैलाली : डडेल्धुरामा आरटीडी नेगेटिभ आएपछि घर पठाइएका एक जनाको मृत्यु भएको छ। भारतबाट फर्केर १४ दिन क्वारेन्टाइनमा बसेपछि घर गएका अजयमेरु गाउँपालिका ५ का २६ वर्षीय युवकको मृत्यु भएको हो। जेठ ९ गते भारतबाट आएका उनको गएराति घरमा मृत्यु भएको अजयमेरु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हिक्मत खडायतले बताए। ‘गाउँपालिको वडा नम्बर ५ गाल नजिकैको क्वारेन्टाइनमा १४ दिन बसेपछि ऊनीसँगै…

    विस्तृतमा पढ्नुस्

  • राजु सदाको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग गर्दै तरुण दल र नेविसंघले जलाए मन्त्री साहको पुतला

    राजु सदाको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग गर्दै तरुण दल र नेविसंघले जलाए मन्त्री साहको पुतला

    जनकपुरधाम : नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) धनुषाले जनकपुरमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको पुतला दहन गरेको छ। धनुषाको हंसपुर नगरपालिका वडा नम्बर-७ स्थित प्रसाहीका १६ वर्षीय युवक राजु सदाको प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै सदालाई न्याय र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। तरुण दल र नेविसंघका कार्यकर्ताहरुले जनकपुरको शिवचोकमा…

    विस्तृतमा पढ्नुस्

  • वन्यजन्तु अपराधका मुख्य अभियुक्त १५ वर्षपछि सिआईबीद्वारा पक्राउ, इन्टरपोलको सर्वाधिक खोजी सूचीमा थिए

    वन्यजन्तु अपराधका मुख्य अभियुक्त १५ वर्षपछि सिआईबीद्वारा पक्राउ, इन्टरपोलको सर्वाधिक खोजी सूचीमा थिए

    काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले वन्यजन्तु अपराधका फरार मुख्य अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरेको छ। २०६२ साल भदौमा रसुवामा वन्यजन्तुको तस्करीमा संलग्न भई फरार रहेका मुख्य अभियुक्त हुम्ला नाम्खा ६ घर भई कामपा ६ वौद्ध बस्ने ५० वर्षीय कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङलाई बिहीवार कामपा ६ सिमलटारबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • सांसदहरुले राहदानी विभागलाई भने: ई–पासपोर्ट छपाईमा हतार नगर

    सांसदहरुले राहदानी विभागलाई भने: ई–पासपोर्ट छपाईमा हतार नगर

    काठमाडौं: सांसदहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्न हतार नगर्न राहदानी विभागलाई सुझाव दिएका छन्। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिहीबार राहदानी विभागका महानिर्देशक रामकाजी खड्कासँग विद्युतीय राहदानी छपाईको आवस्यकताको विषयमा छलफल गरेको छ। छलफलका क्रममा सांसदहरुले अहिले पनि अझै २/३ वर्षलाई पुग्ने यन्त्रवाचक राहदान (एमआरपी राहदानी) मौज्दातमा रहेकाले हतारमा छाप्ने प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका हुन्। सांसदहरुले कोरोना रोकथाम…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। भण्डारीले बिहीवार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिएका छन्। उनका अनुसार राष्ट्रपतिले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको…

    विस्तृतमा पढ्नुस्

  • जसपाका सांसदको प्रश्न: विदेशी बुहारीले के विगारेका थिए? राष्ट्रघाती सम्झौता गरेका थिए? भारतसँग सम्बन्ध विग्रिने चिन्ता

    जसपाका सांसदको प्रश्न: विदेशी बुहारीले के विगारेका थिए? राष्ट्रघाती सम्झौता गरेका थिए? भारतसँग सम्बन्ध विग्रिने चिन्ता

    काठमाडौं : संसदीय समितिले सात वर्षपछि अंगीकृत नागरिकता दिने गरी पारित गरेको नागरिकता विधेयकको पक्ष र विपक्षमा आवाजहरु उठिरहेका छन्। समितिले बहुमतबाट पारित गरेको सो प्रावधानसहितको नागरिकता विधेयक अहिले प्रतिनिधिसभामा पुगेको छ। मधेस केन्द्रीत दल कांग्रेस यसको विपक्षमा देखिएका छन् भने सत्तारढ दल नेपाल कम्युनिस्ट पार्टी यसको पक्षमा रहेको छ। दुबै सदनमा सो प्रावधान सच्याउनु पर्ने आवाज उठिरहेका छन्। बिहीबार…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त सिंह राजपुतको अन्तिम फिल्म 'दिल वेचारा'को प्रदर्शन मिति तय

    सुशान्त सिंह राजपुतको अन्तिम फिल्म 'दिल वेचारा'को प्रदर्शन मिति तय

    बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म 'दिल वेचारा' प्रदर्शन मिति तोकिएको छ। फिल्म निर्माण युनिटले डिज्नी प्लस हटस्टारमार्फत् आउँदो जुलाई २४ देखि रिलिज गराउने भएको हो। सुशान्‍तले छायाँकन पूरा गरेको यो अन्तिम फिल्म हो। उनले गत साता मात्रै मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरे। यसअघि उनी फिल्म 'छिचोरे'मा देखिएका थिए। मुकेश छाब्रा निर्देशित 'दिल वेचारा' हलिउड फिल्म 'द फल्ट…

    विस्तृतमा पढ्नुस्

  • पाटन अस्पतालमा उपचाररत् कोरोना संक्रमितको निधन, पाँच महिनाअघि गरिएको थियो मृगौला प्रत्यारोपण

    पाटन अस्पतालमा उपचाररत् कोरोना संक्रमितको निधन, पाँच महिनाअघि गरिएको थियो मृगौला प्रत्यारोपण

    काठमाडौं : बिहीवार पाटन अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। चितवनका ५० वर्षीय उनी ५ दिनअघि स्वास्थ्यमा समस्या देखिए पछि पाटन अस्पतालमा भर्ना भएका थिए। त्यहीं उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालका अनुसार हाल महालक्ष्मीस्थानमा बस्ने उनको पाँच महिनाअघि मृगौला प्रत्यारोपण गरिएको थियो। 'बिरामी भएर अस्पताल भर्ना हुनुभएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध कारोबारमा संलग्न भएको आशङ्कामा ललितपुर परिसरका प्रहरी निरीक्षक पक्राउ

    लागुऔषध कारोबारमा संलग्न भएको आशङ्कामा ललितपुर परिसरका प्रहरी निरीक्षक पक्राउ

    काठमाडौँः लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा एक प्रहरी निरीक्षक पक्राउ गरेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत रुद्र शाही पक्राउ परेका हुन्। लागु औषध नियन्त्रण ब्युरोको टोलीले निरीक्षक शाहीलाई लागु औषध कारोबारमा संलग्न भएको आशङ्कामा सोधपुछको लागि नियन्त्रणमा लिएको हो।' अहिले सोधपुच्छ हुँदै छ। लागु औषधि कारोबारमा संलग्न भएको आशङ्का छ।' परिसरका एक प्रहरी अधिकृतले भने। ब्युरोको टोलीले बुधवार पेप्सीकोलाबाट…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी कलाकारविरुद्ध भारतीय राजनीतिक दल, टि- सिरिजलाई हटाउन लगाइयो आतिफ असलामको गीत

    पाकिस्तानी कलाकारविरुद्ध भारतीय राजनीतिक दल, टि- सिरिजलाई हटाउन लगाइयो आतिफ असलामको गीत

    भारतीय म्युजिक कम्पनी टि- सिरिजले बुधवार आतिफ असलामको एक गीत कम्पनीको युट्यूबबाट हटायो। कारण पाकिस्तानी गायकविरुद्ध राजनीतिक दल लाग्नु। महाराष्ट्र नवनिर्माण सेना नामक महाराष्ट्र राज्यको राजनीतिक दलले आतिफ असलामको स्वर रहेको गीत युट्यूबमा राखिनुको विरोध गरेको हो। गत वर्ष सार्वजनिक फिल्म 'मर्जावा'को 'किन्ना सोना' बोलको गीत हटाउन लगाइएको हो। उक्त गीत गत शनिवार सार्वजनिक गरिएको थियो। लगत्तै महाराष्ट्र नवनिर्माण सेनाका…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना : एकैदिन बढे १७ हजार संक्रमित, दिल्लीमा देशकै ठूलो अस्थायी अस्पताल बनाइँदै

    भारतमा कोरोना : एकैदिन बढे १७ हजार संक्रमित, दिल्लीमा देशकै ठूलो अस्थायी अस्पताल बनाइँदै

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ १७ हजार संक्रमणका नयाँ केस पुष्टि भए। बुधवार दिल्लीमा मात्रै ३ हजार ७ सय ८८ नयाँ केस देखियो। अब त्यहाँ संक्रमितको संख्या ७० हजारभन्दा बढी भएको छ। दिल्लीमा परीक्षणको दायरा फराकिलो बनाएसँगै संक्रमितहरु थपिएका हुन्। एक सातामा एक लाख परीक्षण भएको बीबीसीले जनाएको छ। कुल ४ लाख परीक्षण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell