PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

  • चुनावी र्‍यालीमा आफ्नो गीतको प्रयोगविरुद्ध 'द रोलिङ स्टोन', ट्रम्पलाई दिए चेतावनी

    चुनावी र्‍यालीमा आफ्नो गीतको प्रयोगविरुद्ध 'द रोलिङ स्टोन', ट्रम्पलाई दिए चेतावनी

    बेलायती रक ब्यान्ड 'द रोलिङ स्टोन'ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएको छ। ब्यान्डले आफ्नो गीत ट्रम्पले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेकोमा आपत्ती जनाएको हो। ट्रम्पको पक्षमा प्रचार गर्न निकालिएको र्‍यालीमा द रोलिङ स्टोनको 'यू कान्ट अल्वेज गेट ह्वाट यू वान्ट' बोलको गीत प्रयोग गरिएको हो। सन् २०१६ को चुनावी प्रचार प्रसारमा पनि उक्त गीतको प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर र बैतडीका सुरक्षाकर्मीका लागि रमेश लेखकले पठाए स्वास्थ्य सुरक्षा सामग्री

    कञ्चनपुर र बैतडीका सुरक्षाकर्मीका लागि रमेश लेखकले पठाए स्वास्थ्य सुरक्षा सामग्री

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खटिरहेका सुरक्षाकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री पठाएका छन्। नेता लेखकले कञ्चनपुर र बैतडीमा खटिएका सुरक्षाकर्मीका लागि पीपीईसहित सुरक्षा सामग्री सहयोग गरेका हुन्। नेता लेखकद्वारा पठाइएका स्वास्थ्य सामग्रीहरु कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडामार्फत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीलाई १० थान पीपीई, ५ लिटर सेनिटाइजर र…

    विस्तृतमा पढ्नुस्

  • गण्डक अस्पतालबाट ३ महिलासहित २१ जना डिस्चार्ज, ६ जना कोरोना संक्रमितको उपचार हुँदै

    गण्डक अस्पतालबाट ३ महिलासहित २१ जना डिस्चार्ज, ६ जना कोरोना संक्रमितको उपचार हुँदै

    वीरगंज : नारायणी अस्पताल वीरगंज मातहत रहेको गण्डक अस्थायी कोभिड अस्पतालबाट आइतवार ३ महिलासहित २१ जना डिस्चार्ज भएका छन्। लगातार दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको गण्डक अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहले जानकारी दिए। गण्डक अस्पतालमा उपचाररत २७ मध्ये २१ जना डिस्चार्ज भएपछि अब अस्पतालमा एक महिलासहित ६ जना उपचाररत छन्। आइतवार डिस्चार्ज हुने २१ जनामा ३१,…

    विस्तृतमा पढ्नुस्

  • सिमलामा स्याउको सिजन, नेपाली कामदार नहुँदा संकट !

    सिमलामा स्याउको सिजन, नेपाली कामदार नहुँदा संकट !

    सिमला : स्याउ टिप्ने सिजनमा कामदार नहुँदा कृषकहरु समस्यामा परेका छन्। कोरोना भाइरसका कारण नेपाली कामदारहरु नेपालमै रहेकाले यस सिजनको स्याउ टिप्ने समयमा संकट भोग्न पर्ने भएको हो। अन्तर - राज्य यातायात ठप्प हुँदा कामदारको अभाव भएको किसानहरुले बताएका छन्। स्याउ उत्पादक दिग्विजयका अनुसार धेरै संख्यामा नेपाली कामदारहरु यहाँ आउने गरेको भए पनि लकडाउनले यतिखेर आवात जावत निषेध छ। 'श्रमिकको…

    विस्तृतमा पढ्नुस्

  • राजस्थानको बिहे : दुलाहासहित १५ जनामा देखियो कोरोना, बेहुलालाई ६ लाख जरिवाना

    राजस्थानको बिहे : दुलाहासहित १५ जनामा देखियो कोरोना, बेहुलालाई ६ लाख जरिवाना

    भारतको राजस्थानस्थित भीलवाडामा एक वैवाहिक समारोहमा प्रतिबन्धका बाबजुद २५० जनालाई बोलाउनु दुलाहाका लागि महंगो पर्‍यो। विवाहमा आएका १५ जनामा कोरोना संक्रमण देखियो। यसमा दुलाहा र उनका पिता पनि संक्रमित भएका छन्। कोरोनाका कारण दुलाहाका हजुरबुवाको निधन नै भयो। संक्रमित सबैलाई अस्पताल भर्ना गरिएको राजस्थान सरकारले जनाएको छ। जन्ती गएका १२७ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको क्वारेन्टाइन र उपचार खर्च दुलाहाका…

    विस्तृतमा पढ्नुस्

  • ‘मिस युनिभर्स नेपाल २०२०’ हुँदै, आवेदनदेखि तालिमसम्म भर्चुअल

    ‘मिस युनिभर्स नेपाल २०२०’ हुँदै, आवेदनदेखि तालिमसम्म भर्चुअल

    नेपालमा पहिलो पटक ‘मिस युनिभर्स नेपाल २०२०’ आयोजना हुँदैछ। यसअघि हिडन ट्रेजरले आयोजना गर्ने सौन्दर्य प्रतियोगिता 'मिस नेपाल'कै प्रतिस्पर्धीहरुमध्ये एकलाई 'मिस युनिभर्स नेपाल'को उपाधि दिइएको थियो। अब भने 'म नेपाली' नामक संस्थाले प्रतियोगिता आयोजना गर्ने भएको हो। प्रतियोगिता पूर्णतया 'भर्चुअल' हुनेछ। जसका लागि आयोजक संस्थाले प्रतियोगितासँगै ‘मिस युनिभर्स नेपाल २०२०' एप सार्वजनिक हुने समेत घोषणा गर्‍यो। प्रतियोगिताको फ्रेन्चाइज नेपालमा 'मिस…

    विस्तृतमा पढ्नुस्

  • भलिबल प्रमुख प्रशिक्षकमा प्रज्वलबहादुर सिंह नियुक्त

    भलिबल प्रमुख प्रशिक्षकमा प्रज्वलबहादुर सिंह नियुक्त

    काठमाडौं: भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन्। असार १० गतेको सदस्य सचिव स्तरीय निर्णयले सिहंलाई सोही मिति देखि लागु हुने गरि  प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो।  काठमाण्डौ जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर वि.क.द्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ। २०५२ सालमा सहायक…

    विस्तृतमा पढ्नुस्

  • औषधि नि:शुल्क होम डेलिभरी गर्दै इजी केयर, रगतको 'स्याम्पल टेस्ट' सुविधा पनि

    औषधि नि:शुल्क होम डेलिभरी गर्दै इजी केयर, रगतको 'स्याम्पल टेस्ट' सुविधा पनि

    काठमाडौं : अनलाइन फार्मेसी इजी केयरले औषधिको नि:शुल्क होम डेलिभरी गर्ने भएको छ। 'औषधि घरमा, फोनकै भरमा' नाराका साथ चार वर्ष देखि सक्रिय इजी केयरले लकडाउन केन्द्रित सेवा सुरु गरेको हो। संस्थापक पवनराज घिमिरेका अनुसार बिहान ९ बजे अगाडि गरिएको अर्डर सोही दिन र बाँकी अर्डर चौबीस घण्टा भित्र डेलिभरी हुन्छ। अत्यावश्यक औषधिको इमर्जेन्सी डेलिभरी समेत गरिने जानकारी दिए। रातको…

    विस्तृतमा पढ्नुस्

  • जब जन्ती लिएर भारतको भगतपुरवामा आइपुगे दुलाहा, त्यहीँ बेला सुन्नुपर्‍यो दुलहीको मृत्युको खबर

    जब जन्ती लिएर भारतको भगतपुरवामा आइपुगे दुलाहा, त्यहीँ बेला सुन्नुपर्‍यो दुलहीको मृत्युको खबर

    दुलाहा व्याण्ड बाजासहित जन्ती लिएर आइपुगिसकेका थिए। गाउँका गल्लीमा छिमेकी तथा आफन्तको नाचगान चलिरहेको थियो। जन्ती दुहलीको आँगनमा पुग्यो। चारैतिर खुसीको माहोल थियो। दुलाहा स्टेजमा बरमालाका लागि दुलहीको पर्खाईमा बसे। एकैछिन पछि खबर आयो कि दुलहीको अचानक मृत्यु भयो। पलभरमै खुसीको माहोलमा एकखालको सान्नटा छायो। दुलहीका आमाबुवा, आफन्त रुन थाले। यो घटना हो भारतको उत्तर प्रदेशस्थित कन्नौज जिल्लाको। ठठिया थाना…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघका अधिकारीले गुडिरहेको कारमै गरे यस्तो हर्कत, भिडियो भाइरल

    राष्ट्रसंघका अधिकारीले गुडिरहेको कारमै गरे यस्तो हर्कत, भिडियो भाइरल

    इजरायलमा संयुक्त राष्ट्रसंघका एक अधिकारीको गुडिरहेको कारमा यौन सम्पर्क गर्दै गरेको भिडियो सार्वजनिक भएको छ। ट्वीटरमार्फत सार्वजनिक भई भाइरल भएको १८ सेकेन्ड भिडियोमा ती अधिकारी राष्ट्रसंघको गाडीमा एक महिलासँग यौन सम्पर्क गरिरहेका छन्। यो भिडियो हो इजरायलमा तैनाथ राष्ट्रसंघका अधिकारीको। भिडियो भाइरल भएपछि राष्ट्रसंघका महासचिव एन्टिनियो गुर्टरेसले घटनाको छानविन गरेर कडा कारवाही गर्ने प्रतिक्रिया दिएका छन्। भिडियो सार्वजनिक हुनु लज्जास्पद भएको उनको…

    विस्तृतमा पढ्नुस्

  • भुवन ढुंगानाको 'परित्यक्ता ' सार्वजनिक

    भुवन ढुंगानाको 'परित्यक्ता ' सार्वजनिक

    काठमाडौं : प्रकाशक नेपालयले लकडाउनपछि पहिलो पटक नयाँ पुस्तक बजारमा पठाएको छ। बजार केही खुकुलो भएसँगै प्रकाशन भएका तर सार्वजनिक नभएका पुस्तकको बिक्री वितरण सुरु गरेको हो। नेपालयले पहिलो चरणमा भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’लाई सीधै बजारमा उपलब्ध गराएको हो। परित्यक्ता एकालाप शैलीमा बाँधिएको कृति हो। यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ; जसले एउटी छोरी, प्रिया, पत्नी…

    विस्तृतमा पढ्नुस्

  • १४ दिनमा ४ हजारलाई काठमाडौँ बाहिर जाने सवारी पास, आवेदनमा समस्या भएपछि प्रशासनले सार्वजनिक गर्‍यो ढाँचा

    १४ दिनमा ४ हजारलाई काठमाडौँ बाहिर जाने सवारी पास, आवेदनमा समस्या भएपछि प्रशासनले सार्वजनिक गर्‍यो ढाँचा

    काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौँले बाहिर जिल्लामा जानको लागि सवारी पास उपलब्ध गराइरहेको छ। असार १ गतेबाट सरकारले परिवर्तन गरेको लकडाउनको मोडालिटी अन्तर्गत उपत्यकाभित्र सबै सवारी पास खारेज भए पनि बाहिरी जिल्ला जानको लागि कार्यालयले पास उपलब्ध गराइरहेको छ। बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म पासका लागि निवेदन सङ्कलन गर्ने। दिउँसो २ः३० बजेपछि पास वितरण गर्ने गरिरहेको छ। असारको १…

    विस्तृतमा पढ्नुस्

  • सुष्मिताको ‘कमब्याक’ले सलमान प्रभावित,'आर्या'मा सशक्त अभिनय

    सुष्मिताको ‘कमब्याक’ले सलमान प्रभावित,'आर्या'मा सशक्त अभिनय

    बलिउड अभिनेता सलमान खान अभिनेत्री सुष्मिता सेनको कलाबाट प्रभावित भएका छन्। सुष्मिताले नयाँ वेब सिरिज ‘आर्या’बाट कमब्याक गरेकी छिन्। सिरिजमा सुष्मिताको अभिनयले धेरैको मन जितेको छ भने समीक्षा पनि राम्रो पाइरहेको छ। यसैक्रमममा सलमानले सुष्मिताको कलाको तारिफ गरेका छन्। सिरिजको डाइलगले उनलाई प्रभावित पारेको छ। सलमानको तारिफमा सुष्मिताले पनि प्रतिक्रिया दिएकी छन्। उनले सलमानलाई धन्यवाद दिँदै भनेकी छन्, ‘यो माया…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीले च्याम्पियन लिभरपुललाई 'गार्ड अफ अनर' दिने

    म्यानचेस्टर सिटीले च्याम्पियन लिभरपुललाई 'गार्ड अफ अनर' दिने

    म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगको च्याम्पियन लिभरपुललाई 'गार्ड अफ अनर' दिने सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले जनाएका छन्। शुक्रबार लिग च्याम्पियन लिभरपुल र तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबीच इतिहाद स्टेडियममा खेल हुनेछ। यसअघिको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएसँगै लिभरपुल च्याम्पियन बनिसकेको छ। 'पक्कै पनि हामी 'गार्ड अफ अनर' दिनेछौं।' ग्वार्डिओलाले भनेका छन्, 'हामी लिभरपुललाई सम्मान गर्नेछौं जब उनीहरु हाम्रो मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारीको स्मृतिमा प्रदीप नेपालको टिप्पणी : पार्टीको 'सिद्धान्त' गायव

    मदन भण्डारीको स्मृतिमा प्रदीप नेपालको टिप्पणी : पार्टीको 'सिद्धान्त' गायव

    काठमाडौं : जनताको बहुदलीय जनवाद मार्फत् नेपालको कम्यनिस्ट आन्दोलनलाई प्रभावकारी रुपमा अगाडि बढाएका स्वर्गीय मदन भण्डारीको जन्मदिनमा नेकपा नेता प्रदीप नेपालले पार्टीमाथि कडा आक्षेप लगाएका छन्। मदन भण्डारीको जन्म दिनको सन्दर्भमा उनले फेसबुकबाट आलोचनात्मक टिप्पणी गरेका हुन्। उनले मदन भण्डारी कालीन कम्युनिस्ट पार्टी र आजको कम्युनिस्ट पार्टीबीचको अन्तरलाई उल्लेख गरेका छन्। साथै पार्टीबाट सिद्धान्न नामेट भएको संदेश उनले दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • भारत, पाकिस्तान र बंगलादेशमा संक्रमित ह्वात्तै थपिँदा दक्षिण एसिया जोखिममा

    भारत, पाकिस्तान र बंगलादेशमा संक्रमित ह्वात्तै थपिँदा दक्षिण एसिया जोखिममा

    काठमाडौं : कोरोना भाइरस संक्रमणको श्रृङ्खलामा भारतको रफ्तारले विश्वमै दक्षिण एसियालाई संक्रमणको हट स्पट बनाउँदै लगेको छ। शनिवारमात्र भारतमा २० हजार संक्रमित थपिएका छन्। यही रफ्तार कायम रहेमा भारतले रसियलाई खराब मुलुकको सूचीमा सजिलै उछिन्ने छ। त्यसपछि उसका अगाडि ब्राजिल र अमेरिकामात्र रहनेछन्। भारतलाई पछ्याउँदै पाकिस्तान पनि दुई लाख संक्रमितको नजिक पुगिसकेको छ। त्यसको पछिपछि लागेको छ बंगलादेश। यी तीन…

    विस्तृतमा पढ्नुस्

  • स्यानिटाइजर पिउँदा अमेरिकामा तीन जनाको मृत्यु, चौथोको गुम्यो दृष्टि

    स्यानिटाइजर पिउँदा अमेरिकामा तीन जनाको मृत्यु, चौथोको गुम्यो दृष्टि

    हातमा लगाउने स्यानिटाइजर पिउँदा अमेरिकामा तीन जनाको मृत्यु भएको छ। न्यु मेक्सिकोमा भएको यस घटनामा चौथो व्यक्तिले दृष्टि गुमाएको त्यहाँको स्वास्थ्य विभागले पुष्टि गरेको छ। न्युयोर्क डेलीका अनुसार सातै जनाले स्यानीटाइजर पिएका कारण यस्तो घटना भएको हो। उक्त स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले जनाएको छ। यस किसिमको केमिकलले मगजमा असर पार्नुकासाथै दृष्टि गुमाउने र मिर्गौलासमेत…

    विस्तृतमा पढ्नुस्

  • खराब मुलुकतिरको यात्रामा नेपाल थप अगाडि, कोरियालाई उछिन्दै

    खराब मुलुकतिरको यात्रामा नेपाल थप अगाडि, कोरियालाई उछिन्दै

    काठमाडौं : कोभिड १९ का कारण खराब मुलुकतिरको यात्रामा नेपालले मोरक्कोलाई पछि पारेको छ। चेज रिपब्लिकलाई पछि पारेपछि नेपालभन्दा खराब अवस्थामा रहेको मोरक्कोलाई शनिवार नेपालले उछिनेको हो। कोरोना भाइरस संक्रमितको संख्याका आधारमा तयार भएका खराब मुलुकहरुको सूचीमा नेपाल यतिखेर ६४ औं स्थानमा रहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगिसकेको छ। अब नेपालभन्दा अगाडि रहेका क्यामरुन,…

    विस्तृतमा पढ्नुस्

  • एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित

    एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले अलाभेसमाथि संघर्षपूर्ण जित निकालेको छ। वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा घरेलु टोली मड्रिडले २-१ को जित निकाल्यो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा सउल निग्युजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले ५९ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै ७३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको एट्लेटिको मड्रिडले सदुपयोग गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • के भुटानले भारतको असममा जाने पानी रोकेको हो?

    के भुटानले भारतको असममा जाने पानी रोकेको हो?

    गुहाटी : छिमेकीहरुसँग सम्बन्धमा चिसोपन बढिरेहकै बेला एकाएक एउटा खबर आयो - भुटानले भारतको असाममा खेतीका लागि जाने पानी रोक्यो। भुटानले भारतको राज्य असाममा सिंचाईका लागि पानी जान बन्द गर्दा २५ गाउँका किसानहरु प्रभावित भएको टाइम्स अफ इन्डियाले प्रकाशित गर्‍यो। सन् १९५३ देखि भुटानबाट बग्ने नहरबाट पानी नपाउनु सानो विषय थिएन। कोरोना भाइरसका कारण भुटानले लकडाउन गरेको र भारतीय किसान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell