एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा युनाइटेडले सिटीमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा ओडिओन लघालोले युनाइटेडलाई अग्रता दिलाए। उनले खेलको ५१ मिनेटमा गोल गरे। तर नर्विचले ७५ औं मिनेटमा गोल गरेसँगै खेल थप रोमान्चक बन्यो। नर्विचका लागि…
काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या १ करोड पार भएको छ। वर्ल्डओमिटरले संकलन गरेको तथ्याङ्कका अनुसार १ करोड ८० हजार १ सय ५८ जना कोभिड-१९ बाट संक्रमित भएका छन्। वर्ल्डओमिटरले कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क ५ लाख १ हजार २ सय ६२ पुगेको जनाएको छ। कोरोनाबाट ठीक हुनेको संख्या ५४ लाख ५७ हजार ८ सय ९८ रहेको उसको तथ्याङ्कमा उल्लेख छ।…
नयाँ दिल्ली : शनिवार एकै दिन भारतमा २० हजार भन्दा धेरै संक्रमित फेला परेका छन्। भारतमा २४ घन्टामा फेला परेको यो सबैभन्दा धेरैं कोरोना संक्रमितको संख्या हो। शुक्रवारको तुलनामा १५ सय बढी संक्रमित भेटिएका हुन्। शनिवार एकै दिन २० हजार ६० नयाँ संक्रमित थपिएका हुन्। एक दिन अघि संक्रमितको संख्या १८ हजारको सीमा पार भएको थियो। महाराष्ट्रमा अहिलेसम्मकै सबैभन्दा धेरै…
काठमाडौँ: कोरोना भाइरसको संक्रमण बढेपछि कञ्चनपुर जिल्लामा पहिलोपटक वडा सिल गरिएको छ। दिनानुदिन संक्रमित थपिँदै गएपछि जिल्लाको मध्य मागमा रहेको कृष्णपुर नगरपालिकाको वडा नम्बर २ लाई पूर्ण रुपमा सिल गर्ने निर्णय भएको हो। वडाध्यक्ष जयनारायण जोशीले एक हप्ताका लागि वडा सिल गरिएको बताए। उनका अनुसार वडा नम्बर २ सहित सिंगो नगरपालिका नै कोरोना संक्रमणको उच्च जोखिममा छ। यहाँ भारतबाट आउने…
स्पेनिस ला लिग अन्तर्गत आज भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ। म्युनिसिपल डि बलाइडोस स्टेडियममा भएको खेलमा बार्सिलोना घरेलु टोली सेल्टासँग २-२ को बराबरीमा रोकिएको छ। खेलमा दुईपटक अग्रता बनाएको बार्सिलोनालाई सेल्टाले बराबरीमा रोकेको हो। खेलको २० औं मिनेटमा लुइस स्वारेजको गोलमा अग्रता बनाएको बार्सिलोना पहिलो हाफमा १-० ले अघि रह्यो। तर, दोस्रो हाफको सुरुमै सेल्टाका लागि फ्योडोर…
जर्मन बुन्डेसलिगाको आजको अन्तिम चरणका खेलमा लिग लिडर बायर्न म्युनिखले वुल्भ्सबर्गमाथि ४-० को सहज जित निकालेको छ। २ खेल अगावै लिग च्याम्पियन बनेको बायर्नले आज घरेलु टोली वुल्भसबर्गमाथि जित निकालेको हो। बार्यनको जितमा किङ्गस्ले कोमन, मिकेल कुइसेन्स, रोबेर्ट लेवेन्डोस्की र थोमस मुलरले गोल गरे। खेलको चौथो मिनेटमै कोमनको गोलबाट अग्रता लिएको बायर्नका लागि ३७ औं मिनेटमा कुइसेन्सले गोल गरे। पहिलो…
जर्मन बुन्डेसलिगा अन्तर्गत आफ्नो अन्तिम खेलमा बोरुसिया डर्टमण्ड फराकिलो अन्तरले पराजित भएको छ। सिंगल इड्युना पार्कमा भएको खेलमा एन्ड्रेज कर्मारिच चम्किँदा होफेनहाइमसँग डर्टमण्ड ४-० को फराकिलो अन्तरले पराजित भएको हो। आज भएको खेलमा कर्मारिचले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा २ गोल गरे। खेलको ८ औं मिनेटमै होफेनहाइमलाई अग्रता दिलाएका उनले ३० औं मिनेटमा दोस्रो गोल थपेका थिए। त्यस्तै तेस्रो…
काठमाडौं : गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८८८ पुगेको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो। जसमा बाग्लुङको बाग्लुङ नगरपालिकाका १७ जना पुरुष, बडीगाड गाउँपालिकाका ६ पुरुष र काठेखोला गाउँपालिकाका २ महिला र २ पुरुष रहेका छन्। त्यस्तै, तनहुँको…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का उपाध्यक्ष बामदेव गौतमले महाकाली सन्धिको विपक्षमा उभिँदा आफूमाथि कारबाही भएको स्मरण गराउँदै अझै न्याय नपाएको बताएका छन्। उपाध्यक्ष गौतमले शनिबार स्थायी समिति बैठकमा उक्त गल्ती स्वीकार गरेर आफूलाई न्याय गर्न पनि माग गरेका छन्। सन्धि राष्ट्रको हितमा छैन भन्दा तत्कालीन एमालेबाट निस्कासन हुनुपरेको भन्दै गौतमले नेतृत्वले गल्ती भएको स्वीकार गर्नुपर्ने बताएका हुन। …
काठमाडौं : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ १६ जना संक्रमित थपिएका हुन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देबचुली नगरपालिकाका ३ महिलासहित ६ जनामा संक्रण पुष्टि…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवारको स्थायी कमिटी बैठक सकिएको छ। अर्को बैठक असार १६ गते बस्ने तय भएको छ। शनिवारको बैठक सीमाका विषयमा बामदेव गौतम, ईश्वर पोखरेल, देवेन्द्र पौडेल, रघुजी पन्तलगायत २१ जना नेताले धारणा राखेका थिए। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा गत बुधवारबाट शुरु भएको हो। शनिवार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठकमा केहीबेर सहभागी भए। शुक्रवारको…
काठमाडौं : नेपालमा शनिवार ५५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। जसमा रसुवामा पनि कोरोना संक्रमित देखिएका छन्। योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रवारको नियमित प्रेस ब्रिफिका क्रममा सो जानकारी दिएका हुन्। उनका अनुसार रसुवामा ८ जना महिला र एक जना पुरुषमा संक्रमण देखिएको छ। पछिल्लो तथ्यांक…
अमेरिकाको चर्चित एनिमेटेड कमेडी सिरिज 'द सिम्पसन्स'ले अन्य जातीय पृष्ठभूमि झल्काउने पात्रहरुमा श्वेत कलाकारहरुको आवाज नराख्ने निर्णय गरेको छ। सिरिजका निर्माताले बीबीसीसँग यस खबरको पुष्टि गरेका छन्। फक्स नेट्वर्कमार्पत् प्रसारण हुने कार्यक्रमले वर्षौ यता आलोचना खेप्दै आएको छ। कारण – इन्डियन – अमेरिकन पात्र अपुमा श्वेत कलाकार ह्याङ्क अजारीयाको आवाज राखिनु। अजारीया स्वयंले उक्त भूमिकाबाट आफू पछि हट्ने बताएका थिए। उनले…
सर्वाधिक हेरिने भारतीय टिभी रियालिटी सो तोकिएभन्दा ढिला सुरु हुने भएको छ। कोभिड-१९ र लकडाउनका कारण कार्यक्रमको तालिकामा फेरबदल भएको हो। बिग बोसको १४ औं संस्करण अक्टोबर पहिलो साताबाट सुरु हुने भनिको थियो। तर अब अक्टोबरको अन्तिम साताबाट मात्र प्रसारण हुने भएको हो। बलउड हंगामाले जनाएअनुसार यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन्। तीमध्ये १३ जना सेलिब्रेटी हुन् भने ३…
पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या करिव २ लाख पुगेको छ। जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार त्यहाँ हालसम्म एक लाख ९८ हजार ८ सय ८३ मानिसमा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा मात्र पाकिस्तानमा कोरोना भाइरस संक्रमणको ३ हजार १ सय ३८ केस देखिए। त्यस्तै विहीवार मात्र ७४ संक्रमितको निधन भयो। त्यहाँ संक्रमणकै कारण मर्नेको संख्या ४ हजार नाघी सकेको…
इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसलेले लेच्चेलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ। एल्लिआन्ज स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन पाउलो डिब्याला, क्रिस्टियानो रोनाल्डो, गोन्जेलो हिग्विन र माथ्थिज डि लिडले समान १/१ गोल गरे। गोलरहित बराबरी भएको पहिलो हाफमै लेच्चेका खेलाडी फ्याबियो लुसिओनी रेड कार्ड खाँदै बाहिरिएका थिए। खेलको ३१ औं मिनेटमा पाउलो डिब्यालालाई फउल गरेपछि…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि उनको आलोचना भएको छ। स्थायी कमिटी सदस्य अस्टलक्ष्मी शाक्यले बैठक पार्टी कार्यालय धुम्बाराहीमा सार्न माग गरिन्। ‘प्रधानमन्त्रीको सहजताका लागि बैठक बालुवाटारमा राखिएको हो। उहाँकै आँगनमा बैठक राख्दा पनि उपस्थित हुनुहुन्न भने बैठक पार्टी कार्यालमा नै राखौं,’ बैठकमा शाक्यले भनेको कुरा सुनाइन। प्रधानमन्त्री ओलीमा बैठक डाक्न…
वीरगंजः प्रदेश २ मा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ३ महिला र ७१ पुरुष छन्। समाजिक विकास मन्त्रालयका अनुसार बाराको स्रिमौनगढबाट १, रौतहटको इशनाथमा ३१, मोतीपुरमा १, गढीमाईमा २ र ठाउँ नखुलेका ६ जना गरी कूल ४० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सर्लाहीको विष्णु गाउँपालिकामा २, महोत्तरीको सम्सीमा २, सिरहाको जेएस मुरारकामा ६ जना संक्रमित फेला…
काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा थप एक जनाको मृत्यु भएको बताएका हुन्। गौतमले बिहीवार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए। अचेत भएकी महिलालाई अस्पताल पुर्याउने बितिकै डाक्टरहरुले मृत घोषणा गरेका थिए। मृत्युपछि स्वाब…
बेलायतमा रङ्गमञ्च र प्रत्यक्ष संगीत प्रस्तुति पुन: सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी सुरु भएको छ। त्यसका लागि सरकारले आर्थिक सहयोग र समय तालिका घोषणा गरेको छ। विहीवार संस्कृति सचिव ओलिभर डावडेनले पाँच चरणका योजनाहरु सार्वजनिक गरेका हुन्। जसमा 'इन्डोर' र 'आउटडोर' दुवै कार्यक्रमहरु समेटेको छ। पहिलो चरणमा कलाकारहरु बीच रिहर्सल र अन्य तालिमको व्यवस्था मिलाइएको छ। त्यस पछि सामाजिक दूरी…