बलिउड अभिनेत्री कंगना रनावतले आफूलाई पनि आत्महत्या गर्ने स्थिति आउने भनेर भनिएको खुलासा गरेकी छिन्। अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यालाई योजनाबद्ध हत्या भन्दै आएकी कंगनाले आफूलाई पनि एकपटक तिमीले आत्महत्या गर्नेछौं भनिएको बताएकी हुन्। कुनै समय आफ्नो करियरमा पनि यस्तै खालको दबाब झेल्नुपरेको स्मरण गर्दै कंगनाले सुशान्तसँग गरिएको व्यवहार आफूले पनि भोगेको उनले बताइन्। तर आफूले हिम्मत नहारेको उनले सुनाइन्।…
काठमाडौं : शुक्रवार देशभर थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न ठाउँका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। शुक्रवार संक्रमण पुष्टि भएकाहरुमा प्रादेशिक प्रयोगशाला विराटनगरमा झापाका १ जना रहेका छन्। त्यस्तै मोरङका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। प्रादेशिक…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको पहलमा बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड-१९ बिरुद्ध काम गरिरहेका कञ्चनपुरका विभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थकर्मीका लागि ५६ थान पीपीईसहित स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ। कांग्रेस कञ्चनपुरमार्फत जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका स्थानीय तहअन्तर्गत स्वास्थ्य केन्द्रका लागि क्षेत्र नम्बर १ मा १३ थान, क्षेत्र नम्बर २ मा १३ थान र क्षेत्र नम्बर ३ का…
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि भारतमा दुई जनाले उनको नाम लिएर आत्महत्या गरेका छन्। मध्य प्रदेशको सागर जिल्लास्थित खुरईकी २० वर्षीय एक युवती र उत्तर प्रदेशको बरेलीमा कक्षा १० मा अध्ययनरत छात्रले सुशान्तको नाममा आत्महत्या गरेका हुन्। युवतीले फासीमा झुण्डिनुभन्दा केही घण्टा अगाडि ‘म पनि सुशान्तसिंह राजपूतजस्तै फासी लगाउनेछु’ भनेकी थिइन्। उनले किन आत्महत्या गरिन भन्ने खुलेको छैन। घरमा भाउजुसँग…
काठमाडौं : कोरोना संक्रमणबाट निको भएर घर फर्केकी प्रसिद्धि श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सेयर गर्दै कोरोनाबारे यस्तो बाकवास कुरा गर्न नहुने बताएकी हुन्। प्रधानमन्त्री ओलीले बिहीवार राष्ट्रिय सभामा सम्बोधनका क्रममा कोरोनालाई तातोपानी खाएर हाछ्यु गरी उडाइदिनुपर्छ भनी अभिव्यक्ति दिएका थिए। 'कोरोना भनेको एउटा रुघाखोकीजस्तै हो। लागिहाल्यो भने…
काठमाडौं : सरकारले स्थानीय पूर्वाधार विकास सामझेदारी कार्यक्रम २०७६/०७७ मा खर्च नभएर बचत भएको रकम कोभिड-१९ को रोकथाममा खर्च गर्ने निर्णय गरेको छ। असार २ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री युवराज खतिवडाले सो जानकारी दिए। स्थानीय तहले कार्यक्रममा छुट्याइएको खर्च नभएको रकम प्रतिनिधिसभाका सदस्यले निर्देशिक समितिका अन्य सदस्यहरुसँग परामर्श गरी सम्बन्धित स्थानीय तहमा रहेको कोभिड १९ व्यवस्थित गर्न खोलिएको खातामा…
काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ भएको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। असार २ गते बिहान ७ बजे हेटौंडा वडा नम्बर ४ सूर्य चोक नजिकै २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतकका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ। ५८ वर्षीय ससुरा प्रकाश थापा र २३…
काठमाडौं : गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ। बाग्लुङ, तनहुँ र पर्वतमा कोरोना पोजेटिभ देखिएको हो। यससँगै आज बिहानमात्रै थपिएका कोरोना संक्रमितको संख्या ५६ पुगेको छ। बाग्लुङमा १० जना, तनहुँमा १७ जना र पर्वतमा ५ जनाम कोरोना देखिएको हो। पर्वत जिल्ला अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले…
नयाँ दिल्ली : चिनियाँ सेना र भारतीय सेनाका अधिकारीबीच आज वार्ता हुने भएको छ। चीनले आफ्नो नियन्त्रणमा लिएका १० भारतीय सैनिकलाई हिजो साँझ मुक्त गरेको थियो। लेहमा रहेको भारतीय सेनाको डिभिजन कमाण्डर मेजर जनरल अविजित वापत र उनका चिनियाँ समकक्षीबीच हिजो वार्ता भएपछि १० भारतीय सैनिकलाई रिहा गरिएको हो। जबकि भारतीय मिडियाले आफ्ना सैनिक बन्धक भएको खुलासा गरेका थिएनन्। गत…
नेपाल अमेरिका र ओममबीचको त्रिकोणात्मक सिरिजसँगै नेपालका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिए। त्यो सँगै बहस शुरु भयो, नेपाली क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षकको। त्यसो त त्यही बिचमा नेपालले एउटा सिरिज पनि खेल्यो। जसमा प्रशिक्षण जगत टमाटाले सम्हालेका थिए। लगभग लकडाउन सुरु हुँदादेखि नेपाली टिमको प्रशिक्षकका रुपमा एउटा नाम आयो लालचन्द राजपुत। हाल जिम्बावेका मुख्य प्रशिक्षक रहेका राजपुतलाई नेपाली क्रिकेट…
राधेश्याम दाहाल - नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल यसै साता सकिएको छ। कोरोना र लकडाउनको अवस्था नभएको भए अहिले संघमा नयाँ नेतृत्वका लागी निर्वाचन भइसक्ने अवस्था थियो। कोरोनाका कारण अझै केही समय राम अवालेले असक्षमको पगरी गुथेर भए पनि अध्यक्ष पदमा आसिन भैरहने पक्का छ। राम अवाले अध्यक्ष भएदेखि नेपाली बक्सिङ खेलमा चमत्कार हुने अपेक्षा गरेर एउटा समूह उनलाई अध्यक्ष…
गलवान उपत्यकामा चिनियाँ सैनिकको नियन्त्रणमा रहेका १० भारतीय सैनिक रिहा भएका छन्। एक लेफ्टिनेन्ट कर्नेल, तीन मेजरसहित १० जनालाई चिनियाँ सेनाले छाडेको हो। भारत र चीनको सीमामा दुई देशका सैनिक भिड्दा २० भारतीय सैनिकको मृत्यु भएको थियो। भारतले चिनियाँ सैनिक पनि मारिएको दावी गरेको भए पनि त्यसको पुष्टि गर्न सकेको छैन। भारतीय मिडियाले यसअघि चीनको नियन्त्रणमा भारतीय सेना रहेको जानकारी…
काठमाडौं : बिहीवार काठमाडौंमा थपिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना महिला रहेको खुलेको छ जो तीनकुनेकी हुन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा स्थायी रुपमा बस्दै आएकी महिलामा कोरोना संक्रमण देखिएको हो। कोरोना पुष्टि भएपछि अहिले पाटन अस्पतालमा लगिएको ३२ नम्बर वडाका सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिए। 'उहाँलाई अस्पताल लगिसकिएको छ। उहाँसँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ सुरु हुँदैछ,' वडा सदस्य…
नाजीहरुले प्रयोग गर्ने संकेतलाई चुनावी प्रचार सामग्रीमा राखेको फेला पारेपछि फेसुबकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी विज्ञापनलाई हटाएको छ। फेसुबुकका प्रवक्ताका अनुसार सोसल मिडियाको नीति विपरीत सामग्री राखिएकाले त्यसलाई हटाइएको हो। 'हाम्रो नीतिले निषेधित राजनीतिक समूह वा संगठन तथा घृणा फैलाउने समूहको संकेत प्रयोग गर्न निषेध गर्छ,' फेसबुकले जनाएको छ। ट्रम्पको एउटा चुनावी प्रचारको सामग्रीमा त्रिकोण चिन्हको प्रयोग गरिएको थियो जसलाई…
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बालुवाखानीमा कोरोना संक्रमण भेटिएका पुरुष खाद्यान्नको होलसेल व्यापारी भएको खुलेको छ। उनी कपनको बालुवाखानीमा होलेसेल पसल चलाउँदै आएका व्यक्ति हुन्। केही कामदार समेत राखेर उनले पसल चलाउँदै आएका थिए। 'उहाँको होलसेल ठूलो छ। कर्मचारी राख्नु भएको छ। लकडाउनको समयमा व्यवस्थित सुरक्षा अपनाएर चलाउनु भएको थियो। तर कसरी सर्यो? अचम्ममा छौं,' बुढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद…
नयाँ दिल्ली : एकै दिन भारतमा १४ हजारभन्दा बढी कोभिड १९ का संक्रमित भेटिएका छन्। बिहीवार दिल्ली, महाराष्ट्र र उत्तर प्रदेशमा कोरोना संक्रमित ह्वात्तै थपिँदा एकै दिन नयाँ रेकर्ड कायम भएको हो। महाराष्ट्र र दिल्लीमा एकै दिन सर्वाधिक संक्रमित थपिएका छन्। महाराष्ट्रमा ३ हजार ७ सय ५२ र राजधानी दिल्लीमा २ हजार ८ सय ७७ जनामा संक्रमण भेटिएको हो। भारतमा…
स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियमाथि ३-० को सहज जित निकालेको छ। इस्टेडियो अल्फ्रेदो दी स्टेफानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जिमाले २ गोल र मार्को एसेनसिओले १ गोल गरे। खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ६१ औं मिनेटमा टिमलाई अग्रता दिलाएका उनले ८६ औं…
काठमाडौं : अस्ट्रेलियालाई नेपालले कोरोना संक्रमितको संख्यामा उछिनेको छ। कोरोना संक्रमितको संख्याका आधारमा संसारका खराब मुलुकहरुको सूचीमा ७० औं स्थानमा रहेको नेपालले अस्ट्रेलियालाई पछि पार्दै ६९ औं स्थानमा पुगेको छ। नेपालमा संक्रमित संख्या बढेसँगै खराब मुलुकको सूचीमा अस्ट्रेलिया नेपालभन्दा पछि परेको हो। हिजो साँझ ६ सय ७१ नयाँ संक्रमित थपिएछि नेपालमा ७ हजार ८ सय ४८ जना संक्रमित फेला परेका…
काठमाडौं : न्याय निदायो भन्दै मध्य रातमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ता माइतीघर पुगे। टर्च लाइट बालेर न्याय खोज्न भन्दै ३० जनाको टोली माइतीघरदेखि सिंहदरवार हुँदै संसद भवनसम्म पुग्यो। रातको १२ बजे निकालिएको यो नौलोखाले विरोध जुलस थियो। न्याय निदाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले आन्दोलनको फरक शैली अपनाएका हुन्। सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन निदाएकाले ब्युझाउनका…
काठमाडौं : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ। स्याङ्जा, कास्की, बाग्लुङ, नवलपरासी पूर्व गरेर चार जिल्लामा संक्रमितहरु भेटिएका हुन्। नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकामा दुई जना, बाग्लुङ्को गल्कोट नगरपालिकामा ६, काठे खोला गाउँपालिकामा ६ जनामा संक्रमण देखिएको हो। त्यस्तै, पोखरा महानगरपालिकामा पाँच र रुपा गाउँपालिकामा एक जना गरी कास्कीमा ६ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्याङ्जामा थप दुई जनामा कोरोना…