PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • गोरखामा थपिए १० नयाँ संक्रमित, गण्डकीमा पुग्यो २ सय २३ जना

    गोरखामा थपिए १० नयाँ संक्रमित, गण्डकीमा पुग्यो २ सय २३ जना

    काठमाडौं : भारतबाट फर्किएकाको कोरोना परीक्षण गर्दा थप १८ नयाँ संक्रमित भेटिएपछि गण्डकी प्रदेशमा कोभिड १९ संक्रमितको संख्या २ सय २३ पुगेको छ। थपिएका नयाँ संक्रमितमा सबैभन्दा धेरै गोरखाका रहेका छन्। गोरखामा १० संक्रमित भेटिए जसमध्ये गोरखा नगरपालिकाका ७ पुरुष र एक महिला रहेका छन्। त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाका २ जनामा संक्रमण देखिएको छ। स्याङ्जामा थप ४ जना नयाँ संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • सेभिया र लेभान्टे बराबरीमा रोकिए

    सेभिया र लेभान्टे बराबरीमा रोकिए

    स्पेनिस ला लिगमा गएराति भएको खेलमा सेभिया र लेभान्टे १-१ गोलको बराबरीमा रोकिएका छन्। स्टेडियो क्यामिलो क्यानोमा भएको खेलमा खेलमा सेभियाले अग्रता जोगाउन नसक्दा घरेलु टोलीसँग अंक बाँड्न पुग्यो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको पहिलो मिनेटमै म्युनिरको एसिस्टमा लुक डि जोङले अग्रता बनाएका थिए। तर खेलको ८७ औं मिनेटमा डिएगो कार्लोसले आत्मघाती गोल गरेसँगै खेल १-१ को…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकासहित देशभर वर्षा, खहरे खोला र नदीमा वहाव बढ्दो, सतर्कता अपनाउन अपिल

    काठमाडौं उपत्यकासहित देशभर वर्षा, खहरे खोला र नदीमा वहाव बढ्दो, सतर्कता अपनाउन अपिल

    काठमाडौं: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ। महाशाखाको विहान ६ बजेको बुलेटिनअनुसार काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको र प्रदेश १ र २ मा थप वर्षा हुने भन्दै खहरे खोला र नदीको तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो। महाशाखाका अनुसार पछिल्लो ३ घन्टामा झापा, मोरङ, सुनसरी, उदयपुर ,प्रदेश २ को…

    विस्तृतमा पढ्नुस्

  • ३६ जना एसपीको सरुवाः कास्की देखि मोरङ जिल्लाका प्रहरी प्रमुख फेरिए

    ३६ जना एसपीको सरुवाः कास्की देखि मोरङ जिल्लाका प्रहरी प्रमुख फेरिए

    काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) सरुवा गरेको छ। नेपाल प्रहरीको सोमबार निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले ३६ जना एसपीको सरुवा गरेको हो। कास्की, पाल्पा,  मोरङ,  सुर्खेत लागत जिल्लाका प्रहरी प्रमुख एसपीहरु सरुवा भएका हुन्। यसअघि कास्की प्रहरी प्रमुखको जिम्मेबारी दानबहादुर कार्कीले सम्हालि रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा एसपी जीवनकुमार श्रेष्ठलाई पठाइएको छ। त्यस्तै एसपी सन्तोष…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको असर उद्योगमा : फलाम र सिमेन्ट उद्योगको मात्रै २५ अर्ब डुब्यो, सरकारले राहत प्याकेज दिनु पर्ने माग

    लकडाउनको असर उद्योगमा : फलाम र सिमेन्ट उद्योगको मात्रै २५ अर्ब डुब्यो, सरकारले राहत प्याकेज दिनु पर्ने माग

    वीरगंज : लकडाउनका कारण अर्थतन्त्रको विविध क्षेत्रमा नकारात्मक असर परिरहँदा निर्माण क्षेत्र पनि नराम्ररी प्रभावित छ। एकातर्फ निर्माण योजनाहरु बन्द भएका छन् भने अर्कोतर्फ निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगको अर्बौँ रुपैयाँ बजारमा फसेको छ। फलामजन्य उद्योगमा मात्रै नेपालको करिब बीस वटा उद्योगमा २ खर्बको र सिमेन्ट उद्योगमा २ खर्ब गरी यी क्षेत्रमा चार खर्ब भन्दा बढीको लगानी पनि जोखिममा परेको…

    विस्तृतमा पढ्नुस्

  • शम्भु मृत्यु प्रकरण : पूर्वमन्त्री मात्रिकाका भाइसहित आधा दर्जनविरुद्ध जाहेरी दर्ता

    शम्भु मृत्यु प्रकरण : पूर्वमन्त्री मात्रिकाका भाइसहित आधा दर्जनविरुद्ध जाहेरी दर्ता

    जनकपुरधाम : गत जेठ २७ गते राति हिरासतमा मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको परिवारले पूर्वमन्त्री मात्रिका प्रसाद यादवका भाइ, प्रहरी र वडाध्यक्षविरुद्ध सरकारी वकिल कार्यालयमा उजुरी दिएको छ। शम्भुकी आमा सियालीदेवीले इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्रभूषण यादव, पूर्वउद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवको भाइ कारी यादव, सबैला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • कर उठाउन सरकारलाई सर्वोच्चको ‘रेड सिग्नल’: भ्याकेट खारेज, यसअघिकै आदेशले पायो निरन्तरता

    कर उठाउन सरकारलाई सर्वोच्चको ‘रेड सिग्नल’: भ्याकेट खारेज, यसअघिकै आदेशले पायो निरन्तरता

    काठमाडौँः सर्वोच्च अदालतले कर असुली प्रक्रिया रोक्नेगरी जारी आदेश खारेज गर्न गरेको सरकारको माग अस्वीकार गरेको छ। लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्थाका लागि जेठ २८ गते जारी भएको आदेशले नै निरन्तरता पाउने अर्को आदेश सोमबार सर्वोच्चले गरेको हो। नयाँ आदेशसँगै सरकारले तत्काल व्यवसायीसँग कर असुलीको प्रक्रिया अघि बढाउन पाउने छैन।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त…

    विस्तृतमा पढ्नुस्

  • मुम्बई प्रहरीले लियो सुशान्तकी बहिनीको वयान, अन्तिम फिल्म डिजिटल प्‍लेटफर्ममा रिलिज हुने

    मुम्बई प्रहरीले लियो सुशान्तकी बहिनीको वयान, अन्तिम फिल्म डिजिटल प्‍लेटफर्ममा रिलिज हुने

    आफ्नै घरमा झुण्डिएको अवस्थामा आइतवार मृत फेला परेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको दाहसंस्कार गरिएको छ। विले पार्लेस्थित पवन हंस शवदाह गृहमा परिवारका सदस्य र फिल्मकर्मीको उपस्थितिमा अन्तिम संस्कार गरिएको हो। उनको निधनमा बलिउड शोकमा डुबेको छ। मुम्बई प्रहरीले परिवारका सदस्य र आफन्त तथा मित्रसँग अनुसन्धानका लागि सोधपुछ गरिरहेको छ। आत्महत्या हो वा अरु केही षडयन्त्र छ भन्नेबारे अनुसन्धान गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन कर्णालीमा थपिए १ सय १० नयाँ कोरोना संक्रमित

    एकै दिन कर्णालीमा थपिए १ सय १० नयाँ कोरोना संक्रमित

    सुर्खेत : कर्णाली प्रदेशमा थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै कर्णाली प्रदेशमा परीक्षण गरिएको संख्या एक हजार ७७ पुगेको छ। नयाँ संक्रमितमा दैलेखमा ९१ जना थपिएका हुन् भने, सुर्खेतमा १९ जना थपिएका हुन्। दैलेखको नौमुलेमा मात्रै ८७ जना संक्रमित देखिएका हुन्। दुल्लु नगरपालिकामा एक र नारायण नगरपालिकामा तीन जना संक्रमित पुष्टि भएको हो। सुर्खेतको…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलाको सडक भारतको भूमिमै भएको भारतीय रक्षामन्त्रीको दावी, भने : वार्ताको माध्यमबाट समाधान खोज्छौं

    दार्चुलाको सडक भारतको भूमिमै भएको भारतीय रक्षामन्त्रीको दावी, भने : वार्ताको माध्यमबाट समाधान खोज्छौं

    काठमाडौं : भारतका रक्षा मन्त्री राजनाथ सिंहले लिपुलेक क्षेत्र भारतकै रहेको दाबी गरेका छन्। सोमवार उत्तराखण्डमा भएको भर्चुअल 'जन संवाद'लाई सम्बोधन गर्दै उनले मानसरोबर जानका लागि लिपुलेकसम्म लिंक रोडको निर्माण गरेको बताए। उक्त सडक भारतबाट मानसरोवार जानेका लागि कम समयमै यात्रा गर्न सकिने भन्दै थपे, '८० किलोमिटरको यो सडक भारतीय क्षेत्रमा नै बनेको हो। छिमकी राष्ट्र नेपाललाई यो सडकलाई लिएर…

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ उपाध्यक्ष नेम्बाङ नआएपछि एन्फा आपतकालीन बैठक स्थगित, के छ विधानमा?

    वरिष्ठ उपाध्यक्ष नेम्बाङ नआएपछि एन्फा आपतकालीन बैठक स्थगित, के छ विधानमा?

    काठमाडौं :  सोमबार दिउँसो १ बजे अखिल नेपाल फुटबल संघ (एन्फा) को आपत्कालीन समितिको बैठक आह्वान गरिएको थियो। तर, बैठकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अनुपस्थित रहे। एन्फाले नेम्बाङको स्वास्थ्य अवस्थाका कारण बैठकमा उपस्थित हुन नसकेको उल्लेख गर्‍यो र बैठक स्थगित भएको जानकारी दियो।  भक्तपुर जिल्ला फुटबल संघ,टासी घलेको पुनरागमन, कोभिड १९ राहत विषय र विविध गरी ४ विषयमा छलफल गर्ने तयारी थियो। विषय जे भएपनि मुख्य…

    विस्तृतमा पढ्नुस्

  • सरकारविरुद्ध नेवि संघको विरोध प्रदर्शन, नारामा लेखियो : कोरोनाको उपचार, नुन, तेल बेसार

    सरकारविरुद्ध नेवि संघको विरोध प्रदर्शन, नारामा लेखियो : कोरोनाको उपचार, नुन, तेल बेसार

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको बिजुली बजारमा प्रदर्शनमा उत्रिएका नेवि संघका नेता कार्यकर्ताले सरकारविरुद्ध लेखिएका प्ले कार्डसहित नारावाजी गरेका हुन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर भन्दै कोरोनाविरुद्ध, नुन, तेल र बेसार भए पुग्ने भन्दै व्यङ्ग्य गरेका दृष्यहरु प्रदर्शन गरेका छन्। उनीहरुले प्रधानमन्त्री ओलीको तस्बिरसमेत जलाएका छन्। 

    विस्तृतमा पढ्नुस्

  • विहेको तयारीमा थिए सुशान्तसिंह राजपूत, प्रेमिकासँग भएको थियो ब्रेकअप

    विहेको तयारीमा थिए सुशान्तसिंह राजपूत, प्रेमिकासँग भएको थियो ब्रेकअप

    बलिउडका उम्दा अभिनेता सुशान्त सिंह राजपूत आइतवार मुम्बईस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परे। उनी झुण्डिएको अवस्थामा मृत फेला गरेका हुन्। डिप्रेशनका कारण उनले आत्महत्या गरेको रिपोर्ट सार्वजनिक भएका छन्। कूपर अस्पतालमा उनको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ। रिपोर्टले फाँसीमा झुण्डिँदा घाटी च्यापिएर श्वास रोकिइ मृत्यु भएको देखाएको छ। उनको निधनमा बलिउड शोकमा डुबेको छ। उनको आजै अन्त्येष्टि हुँदैछ। उनको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारीले अवसर सिर्जना गर्‍यो, प्रविधि घर आँगनमा प्रवेश गर्दै छ : प्रधानमन्त्री ओली

    कोरोना महामारीले अवसर सिर्जना गर्‍यो, प्रविधि घर आँगनमा प्रवेश गर्दै छ : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले केही अवसर सिर्जना भएको बताएका छन्। आजबाट सुरु भएको वैकल्पिक शिक्षण सिकाइका सन्दर्भमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले प्रत्यक्ष अध्ययन सुरु गर्न नसकिए पनि प्रविधि अब घर आँगनमा पुगेको बताए। यसलाई अवसरको रूपमा प्रयोग गर्नुपर्ने बताए। तोकिएका नियम पालना गर्न पनि आग्रह गरे। उनले लामो समयसम्म बन्दाबन्दीका कारण शैक्षिक सत्र प्रभावित हुने भएकाले ८३…

    विस्तृतमा पढ्नुस्

  • एन्फामा आपतकालीन बैठक बस्दै, चार विषयमा छलफल हुने

    एन्फामा आपतकालीन बैठक बस्दै, चार विषयमा छलफल हुने

    काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फामा आज आपतकालीन समितिको बैठक बस्दै छ। दिउँसो १ बजेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा बैठक बस्ने एन्फा प्रवक्ता किरण राईले बताए। आज बस्ने आपतकालीन बैठकमा ४ विषयले प्रवेश पाउने एन्फा प्रवक्ता राईले जानकारी दिए। जसमा भक्तपुर जिल्ला फुटबल संघको विषय, मानार्थ अध्यक्ष टासी घलेको विषय, कोभिड १९ राहत सम्वन्धि विषय र विविध गरी ४ विषयमा…

    विस्तृतमा पढ्नुस्

  • पर्साका १४ पालिकामा ४ अर्ब बजेटमा डेढ अर्ब फ्रिज हुँदै

    पर्साका १४ पालिकामा ४ अर्ब बजेटमा डेढ अर्ब फ्रिज हुँदै

    वीरगंज : जनप्रतिनिधिको लापरवाहीका कारण पर्सामा सरकारले १४ स्थानीय तहमा चालू आर्थिक वर्ष २०७६/०७७ को लागि उपलब्ध गराएको ४ अर्ब २१ करोड रुपैयाँ सशर्त अनुदानमध्ये झण्डै डेढ अर्ब रुपैयाँ फ्रिज हुने भएको छ। आर्थिक वर्ष २०७७ जेठको अन्तिमसम्म पर्सा जिल्लाको १४ वटै स्थानीय तहले २ अर्ब ७५ करोड रकम कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत् लगेका छन्। आर्थिक वर्ष सकिन…

    विस्तृतमा पढ्नुस्

  • लिम्पियाधुरा प्रकरणपछि भारतको ध्यान तराईका सीमातिर, एसएसबीले भन्यो : सीमास्तम्भ गायव

    लिम्पियाधुरा प्रकरणपछि भारतको ध्यान तराईका सीमातिर, एसएसबीले भन्यो : सीमास्तम्भ गायव

    काठमाडौं : लिम्पियाधुरा समेटिएको नक्सा जारी भएपछि भारतले तराईका सीमामा निगरानी बढाएको छ। सशस्त्र सीमा बलका अधिकारीहरुले उत्तर प्रदेशको लखिमपुर जिल्ला मजिस्ट्रेटलाई भारत-नेपाल सीमामा सीमास्तम्भ गायव भएको जानकारी दिएको औपचारिक रुपमा बताएका छन्। सीमा स्तम्भ हराएको भन्दै उनीहरुले रिपोर्टमा नेपालले थप पाँच बोर्डर आउटपोस्ट (बीओपी) थप गरेको जनाएका छन्। कोरोना संक्रमित अनियन्त्रित हिसाबले भित्रन थालेपछि सीमामा सशस्त्र प्रहरी परिचालन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • घरबेटीले पीसीआर टेस्ट मागेपछि टेकुमा लाम, निर्देशिका भन्छ : लक्षण नदेखी परीक्षण नगर, अलमलमा डाक्टर र सर्वसाधारण

    घरबेटीले पीसीआर टेस्ट मागेपछि टेकुमा लाम, निर्देशिका भन्छ : लक्षण नदेखी परीक्षण नगर, अलमलमा डाक्टर र सर्वसाधारण

    काठमाडौं : सरकारको निर्देशिका र व्यवहारबीच तालमेल नहुँदा कोभिड १९ परीक्षणको व्यवस्थापनमा जटिलता देखिएको छ। स्थानीय तहले डेरा गरेर बस्ने मानिसलाई अनिवार्य परीक्षण नगराइ प्रवेश नदिन निर्देशन दिइरहेका छन्। त्यसैका आधारमा घरबेटीहरुले काठमाडौं आइरहेका मानिसलाई पीसीआर परीक्षणको रिपोर्ट नदेखाई घर छिर्न निषेध गरेका छन्। सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाई गरेको दावी गरेको छ तर टेकु अस्पतालमा कोरोना परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • मृत्यु कम देखाउने आधार गुमाउँदै भारत, संक्रमित र मर्ने दुवै बढेको बढ्यै

    मृत्यु कम देखाउने आधार गुमाउँदै भारत, संक्रमित र मर्ने दुवै बढेको बढ्यै

    नयाँ दिल्ली : कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ हजार ५ सय पार भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको टिमले भारतमा कोरोना संक्रमितको संख्या होइन, मृत्युदर देखाउँदै 'सफल व्यवस्थापन'को दावी गरिरहेका थिए। तर, दैनिक ३ सयभन्दा बढी मानिस कोरोनाका कारण मर्न थालेका छन्। आइतवार भारतमा १२ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण देखियो। त्यहाँ ३…

    विस्तृतमा पढ्नुस्

  • हिन्दी भाषा, सरिता गिरी र चर्को राष्ट्रवाद

    हिन्दी भाषा, सरिता गिरी र चर्को राष्ट्रवाद

    विमल गौतम - अन्तर्राष्ट्रिय सन्दर्भका उदाहरण र छिमेककै नेतृ सोनिया गान्धीको अवस्था देखिसकेपछि अङ्गिकृत नागरिकले निश्चित तहभन्दा माथि गएर सरकार चलाउने कुरालाई बन्देज लगाउनुपर्छ भन्ने मेरो पनि बुझाइ छ। तर, अङ्गिकृत नागरिक हो भन्दैमा तथानाम भन्न पाइन्छ र यस्ता नागरिक चाहिँ देशद्रोही नै हुन्छन् भन्ने कुरामा चाहिँ एकछेउ पनि सहमत हुन सकिन्न। पछिल्लो समय बजारमा सरिता गिरीको चर्चा छ। उनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell