काठमाडौं : नेपाल विद्यार्थी संघले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसमक्ष विद्यार्थीलाई नि:शुल्क इन्टरनेट व्यवस्था मिलाउन माग गरेको छ। आज नेविसंघका अध्यक्ष राजीव ढुंगानासहितका पदाधिकारी सिंहदरवारस्थित मन्त्रालय पुगेर शिक्षामन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेका हुन्। त्यसैगरी, नेविसंघले बजेटको १६६ बुँदामा समेटिएको बुँदा खारेज गर्न पनि माग गरेको छ। नेविसंघले एसईईको झैं कक्षा ११ मा पनि आन्तरिक मूल्यांकनबाट परीक्षा गरिनुपर्ने माग राखेको छ।…
काठमाडौं : नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मूलुक संकटमा गएको आरोप लगाएका छन्। उनले आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै 'इनफ इज इनफ' अब त अत्ति भो खति हुने भो भन्दै सडकमा दन्किएको आवाज कांग्रेसकोमात्र नभएको बताए। उनले प्रतिपक्षीले सहयोग नगरेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ती प्रकट गरे। उनले सडकबाट जनताले सरकार फाल्ने अवस्था आएको समेत बताए। 'जनता…
काठमाडौं : प्रतिनिधिसभाबाट सर्वसम्मतबाट पारित भएको संविधान संशोधन विधेयक राष्ट्रिय सभामा पेश हुँदैछ। आज बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' लाई सभामा टेबुल गर्ने कार्चसूची संसद सचिवालयले बनाएको छ। विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ। छलफलपछि संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ। उक्त समय सकिएपछि राष्ट्रिय सभा विधेयक पारित गर्नेछ। राष्ट्रिय सभाबाट पनि…
काठमाडौः जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको टोलीले झापा कनकाई नगरपालिका वडा नम्बर ३ स्थित टप्पु टोलबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। लकडाउनको समयमा चेतन कुमार प्रसाईँको दुई तले घरको भुइतलामा उनीहरूले जुवा( कौडा) लेखिरहेका थिए। पक्राउ पर्नेहरूमा विष्णु प्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल, ओमप्रकाश चापागाईँ, मान…
काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक बोलाएको छ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल हुने सचिवालयका एक सदस्यले जानकारी दिए। एमसीसीबारे छलफलका लागि बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ। यसअघिको बैठकमा पनि रावल र ज्ञवाली सहभागी थिए। नेकपामा…
संसदमा अभुदपूर्व एकतासहित संविधान संशोधन जसरी भयो त्यसले संसारभर एउटा संदेश दिएको छ - राष्ट्रियता र मुलुकको अखण्डताका पक्षमा नेपालीको सधैं एकमत हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले नयाँ नक्सा जारी गर्दै जसरी लिम्पियाधुरासम्मको नक्सालाई निसान छापमा राख्ने प्रकृया अगाडि बढाएपछि सबै दलले त्यसमा साथ दिए। यो अभूतपूर्व राष्ट्रिय एकताले मुलुकलाई थप बलियो बनाएको छ। मुलुकमा एकदमै थोरैमात्र यस्ता…
काठमाडौँः पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिवार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ। पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन्। पहिरोमा परि ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मीन कुमारी थापा, ८ वर्षीय बिबिसा थापा, ३० वर्षीय दिपा थापा र ३५ वर्षीय कमला बिक मृत्यु भएको हो। पहिरोमा परी अन्य ४ जना…
काठमाडौं : प्रतिनिधि सभाबाट नेपालको नयाँ नक्सासहितको निशान छाप सर्वसम्मतिले पारित भएपछि भारतीय मिडियामा असन्तुष्टिको तरङ्ग फैलिएको छ। टाइम्स अफ इन्डियाले प्रतिनिधिसभाबाट नयाँ नक्सा पास भएको भन्दै त्यसलाई अमान्य हुने शीर्षकमा समाचार दिएको छ। समाचारमा नेपालले नक्सामा भारतीय भूमि समेटेको दावी गर्दै त्यसलाई असमर्थनीय हुने जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवलाई उदृत गर्दै पत्रिकाले पाँच वर्षको अवधिमा दोस्रो…
काठमाडौः नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) थप दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ। देवचुली नगरपालिका घर भई हाल क्वारेनटाइनमा रहेका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। २३ र ३२ वर्षीय सङ्क्रमित पुरुषलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लग्ने तयारी भइरहेको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको…
कोपा इटालिया अन्तर्गत गएराति भएको खेलमा नापोली र इन्टर मिलानले १-१ गोलको बराबरी खेलेका छन्। यो सँगै अघिल्लो लेगमा १-० गोल अन्तरले जित निकालेको नापोली समग्रमा २-१ गोलअन्तरले जित निकाल्दै फाइनल प्रवेश गरेको छ। गएराति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर बराबरीमा रोकिँदै सेमिफाइनलबाटै बाहिरिन पुग्यो। खेलको दोस्रो मिनेटमै इरिक्सनले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। तर खेलको ४१ औं…
काठमाडौं : गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। शनिवार साँझ आइसोलेसनमा रहेका धुर्कोट गाउँपालिका वडा नम्वर ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको राति उपचारको क्रममा रेसुङ्गा नगरापलिका वडा नम्वर ९ स्थित आइसोलेसनमा मृत्यु भएको हो। 'हिजो साँझ आइसोलेसनमा मृत्यु भएको हो। उहाँ उपचारत हुनुहुन्थ्यो,' जिल्ला प्रशासन कार्यालय गुल्लमीका प्रमुख भरतकुमार शर्माले भने। उनी भारतबाट आएपछि क्वारेन्टाइनमा…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल मालोर्कामाथि ४-० को सहज जित निकालेको छ। इबेरोस्टार स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई हराउन आर्थर भिडाल, मार्टिन ब्रेथवेइट, जोर्डी अल्बा र लियोनल मेस्सीले गोल गरे। बार्सिलोनाले खेलको दोस्रो मिनेटमै भिडालको गोलबाट अग्रता बनाएको थियो। त्यस्तै ३७ औं मिनेटमा ब्रेथवेइटले गोल गर्दा पहिलो हाफमा बार्सिलोनाले २-० को अग्रता लियो। त्यस्तै दोस्रोहाफमा पनि…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौँले पासहरू बन्द गरेको जानकारी दिएको छ। आइतवार कार्यालयले सूचना जारी गर्दै काठमाडौँ जिल्लाभरि पास बन्द गराएको जानकारी दिएको हो। जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। जारी भएका पासको सम्बन्धमा भने स्पष्ट केही खुलाइएको छैन। त्यस्तै काठमाडौँमा बसोबास…
जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा फोर्टुना डुसलडोर्फमाथि बोरुसिया डर्टमन्डले १-० को संघर्षपूर्ण जित निकालेको छ। इस्पिट एरेना स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई हराउन डर्टमन्डका लागि अर्लिङ हल्यान्डले निर्णायाक गोल गरे। पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको खेलमा हल्यान्डले दोस्रो हाफको अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए। जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको डर्टमण्डले शीर्ष स्थानको बायर्न म्युनिखसँग अंकदुरी घटाएको छ।…
काठमाडौं : नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट शनिवार सर्वसम्मत पारित भयो। दफावार छलफलपछि विधेयक सर्वसम्मत पारित भएको हो। प्रतिनिधिसभा नियमावलीको नियम १३७ अनुसार विधेयक मत विभाजनद्वारा पारित भएको हो। हस्ताक्षरसहित मत विभाजन गरिएको हो। मतदानमा कूल २७५ सांसदमध्ये २५८ जना संसदमा उपस्थित थिए। र, विधेयकको पक्षमा २५८ मत नै परेको थियो। शनिवार १२ जना सांसद मतदानका बेला संसदमा…
प्रतिनिधि सभामा शनिबार दफावार छलफलपछि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक सर्वसम्मत पारित भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम १३७ अनुसार विधेयक मत विभाजनद्वारा पारित भएको हो। विधेयकको पक्षमा २५८ मत पर्यो भने विपक्षमा कुनै पनि मत परेन। हस्ताक्षरसहित मत विभाजन गरिएको हो। विधेयक जेठ ९ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। जेठ १८ गते सदनमा पेस भएको थियो। विधेयक पारितपछि…
वीरगंज : वीरगंजको गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा अब ४ महिलासहित २७ जना संक्रमितहरुको उपचार भइरहेको छ। अस्पतालबाट शनिवार १२ जना र शुक्रवार ५ जना गरी दुई दिनमा १७ जनालाई डिस्चार्ज गरिएको छ भने शुक्रवार राति ५ जना संक्रमित थपिएका थिए। शनिवार डिस्चार्ज हुनेमा ३ महिला र ९ पुरुष छन्। अस्पतालका संयोजक डा उदयनारायण सिंहका अनुसार शनिवार डिस्चार्ज हुनेमा रौतहटका २,…
काठमाडौँः नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको छ। प्रतिनिधि सभामा शनिबार दफावार छलफलपछि विधेयक सर्वसम्मत पारित गरिएको हो। कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको प्रस्तावमा विधयेक निर्णयार्थ पेस भएको थियो। प्रतिनिधिसभा नियमावलीको नियम १३७ अनुसार विधेयक मत विभाजनद्वारा पारित भएको हो। हस्ताक्षरसहित मत विभाजन गरिएको हो। जसमा विधेयकको पक्षमा २५८ मत परेको थियो। विपक्षमा कुनै…
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै देशभर संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ। शनिवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार नयाँ संक्रमितमध्य २ सय ४७ जना पुरुष हुन् भने ३६ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या…
काठमाडौं : अघिल्ला दुई दिन नै आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकाले आज माइतीघरमा हुने प्रदर्शनप्रति धेरैको चासो थियो। आन्दोलनमाथि प्रहरीलेले बल प्रयोग गर्यो भने, स्थिति थप खराब हुनसक्थ्यो। तर, त्यसो भएन। सुरुमै प्रहरीले केहीलाई नियन्त्रणमा लिइहाल्यो भने आन्दोलनमा आएकाहरु पनि संयमित नै रहिरहे। उनीहरुले बिहानै प्रहरीलाई गुलाफ दिँदै आन्दोलनको थालनी गरेका थिए। भौतिक दुरी कायम राखेर आन्दोलनमा उत्रिएका उनीहरुले राष्ट्रिय…