PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • प्रदेश २ मा चौबीस घन्टामा थपिए १ सय ७ संक्रमित

    प्रदेश २ मा चौबीस घन्टामा थपिए १ सय ७ संक्रमित

    जनकपुरधाम : पछिल्ला २४ घण्टामा प्रदेश नम्बर २ मा थप १ सय ७ जना व्यक्तिमा कोराना संक्रमण पुष्टि भएको छ। पछिल्ला २४ घण्टामा ६ जना महिला र १ सय १ जना पुरुषमा कोरानासंक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। पछिल्ला २४ घण्टामा सबै भन्दा बढी रौतहटमा ९० जनामा कोराना संक्रमण पुष्टि भएको…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनमा पोखियो बेसार : नारामा लखियो 'नो पीसीआर, अब बेसार'

    आन्दोलनमा पोखियो बेसार : नारामा लखियो 'नो पीसीआर, अब बेसार'

    काठमाडौं : कोरोना संक्रमणको समयमा सरकारको उदासिनतालाई लिएर विरोधमा उत्रिएको समूहले आज आन्दोलन गर्न बेसर नै लिएर माइतीघर पुगेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको इम्युनिटी धेरै भएको र बेसार लगायतका जडीबुटी नेपालीको भान्सामा पाक्ने बताउँदै आएका छन्। उनको त्यही अभिव्यक्तिप्रति लक्षित गर्दै नाराहरु पनि प्रदर्शनकर्ताले प्ले कार्डबाट देखाएका थिए।

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण

    पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण

    पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण भएको छ। आज एक ट्वीट गर्दै उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। ‘बुम बुम’ भनेर पनि चिनिने उनी पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तानसमेत हुन्। ‘म बिहीवारबाट अस्वस्थ महसुस गरिरहेको थिएँ। मेरो शरीर नराम्ररी दुखिरहेको थियो,’ उनले ट्वीटमा लेखेका छन्, ‘र मैले परीक्षण गराउँदा कोभिड पोजेटिभ देखियो। शीघ्र स्वास्थलाभका लागि प्रार्थनाको आवश्यकता छ। इन्सअल्ला।’…

    विस्तृतमा पढ्नुस्

  • सभामुखले संशोधन प्रस्ताव अस्वीकृत गरेपछि सरिता गिरीले भनिन्, ‘म निशान छापको विरुद्धमा छैन, प्रमाण मागेको हुँ’

    सभामुखले संशोधन प्रस्ताव अस्वीकृत गरेपछि सरिता गिरीले भनिन्, ‘म निशान छापको विरुद्धमा छैन, प्रमाण मागेको हुँ’

    काठमाडौँः समाजवादी जनता पार्टीका सांसद सरिता गिरीले स्रोत र प्रमाण खुलाए नयाँ नक्साको आफूले समर्थन गर्ने बताएकी छन्। गिरीले स्पष्ट स्रोत र प्रमाण नभएकाले आफूले विधेयकमा संशोधन दर्ता गरेको बनाइन्। गिरी संशोधन सभामुख अग्निप्रसाद सापकोटाले शनिबार अस्वीकृत गरेका थिए। संशोधन अस्वीकृतसँगै विधेयकमात्र समावेश गरेर कार्यसूची प्रकाशन भएको थियो। ‘म निशान छापको विरुद्धमा छैन। मैले स्रोत प्रमाण खुलाउन माग गरेको हुँ।  अनि…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र महतोको प्रश्न : महाकाली सन्धिमै राष्ट्रघात भयो, कसले गर्‍यो?

    राजेन्द्र महतोको प्रश्न : महाकाली सन्धिमै राष्ट्रघात भयो, कसले गर्‍यो?

    काठमाडौं : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले महाकाली सन्धि हुँदा राष्ट्रघात भएको भन्दै तिनलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। महतोले पार्टी फुटाइफुटाई महाकाली सन्धि गर्नेहरुलाई राष्ट्रघाती भएका भन्दै त्यसैबेला लिपुलेकदेखि लिम्पियाधुरासम्मको विषयलाई सम्बोधन हुनुपर्ने तर्क गरे। सुरुमा मधेशीलाई राष्ट्रघाती भन्दै आक्षेप लगाउने गरेको भन्दै आलोचनात्मक रुपमा प्रस्तुत भएका महतोले मधेशीलाई औला देखाउँदै राष्ट्रघात अरुतिरबाटै भइरहेको बताए। संविधान संशोधनको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय मन्त्रीलाई प्रचण्डको धन्यवाद, सडक उद्घाटन गरेर नेपालीलाई व्युँझाएको भनाई

    भारतीय मन्त्रीलाई प्रचण्डको धन्यवाद, सडक उद्घाटन गरेर नेपालीलाई व्युँझाएको भनाई

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय मन्त्रीहरुलाई धन्यावाद दिएका छन्। भारतले कस्मीर समावेश गरेर आन्तरिक राजनीतिमा व्यवस्थापनका लागि नक्सा जारी गरेपछि नै नेपालले विरोध जनाएको उल्लेख गर्दै उनले पछिल्लो पटक सडक उद्‌घाटन गरेर नेपाललाई आफ्नो अडान राख्ने अवस्था सिर्जन गरिदिएकोमा धन्यवाद दिए। 'हामीले वार्ता र संवादबाटै यो समस्यालाई समाधान गरौला भन्ने चाहेका थियौं,' प्रचण्डले…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सरिता गिरीविरुद्ध हुटिङ, सभामुखले संशोधन प्रस्ताव अस्वीकृत गरेको रुलिङ गरेपछि बैठकबाट बाहिरिइन्

    संसदमा सरिता गिरीविरुद्ध हुटिङ, सभामुखले संशोधन प्रस्ताव अस्वीकृत गरेको रुलिङ गरेपछि बैठकबाट बाहिरिइन्

    काठमाडौँः संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीले बोल्न समय मागेपछि प्रतिनिधिसभामा होहल्ला भएको छ। संविधान संशोधन विधेयकको आधारभूत संरचना विपरीत नै संशोधन दर्ता गरेको भन्दै आलोचना खेपिरहेकी उनले बोल्न खोज्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले होहल्ला गरेका हुन्।  सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न समय दिएका थिए। प्रचण्ड रोस्ट्रमतिर जाँदै गर्दा…

    विस्तृतमा पढ्नुस्

  • ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ’

    ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ’

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रकालमा गुमाएको नेपाली भूभाग गणतन्त्रले फिर्ता लिने बताएका छन्। भूमि फिर्ताको विषयमा दलहरुबीच भएको राष्ट्रिय एकतामा पनि उहाँले प्रशंसा गरे।  संविधान संशोधन विधेयकको दफवार छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले संशोधन प्रक्रियामा साथ दिने सबै राजनीतिक दललाई धन्यवाद पनि दिए।  उनले सबै खाले वैदेशिक हस्तक्षेपबाट उन्मुक्त नेपाल निर्माण पनि गणतन्त्रको एउटा…

    विस्तृतमा पढ्नुस्

  • जब प्रदर्शनकारीले गाए राष्ट्रिय गान, प्रहरीले गर्‍यो सेल्युट : आन्दोलनमा रोचक दृष्य

    जब प्रदर्शनकारीले गाए राष्ट्रिय गान, प्रहरीले गर्‍यो सेल्युट : आन्दोलनमा रोचक दृष्य

    काठमाडौं : प्रदर्शनकारीका लागि सधैं बाधक भनेको प्रहरी नै हुने गरेका छन्। जब प्रर्दशनकारी सडकमा नारा धन्काउँदै उत्रिन्छ, प्रहरी पनि बुट बजार्दै तैनाथ हुन्छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने वा सार्वजनिक सम्पति फोड्ने गरे प्रहरीले रोक्न प्रयास गर्छ। अनि लठ्ठी चार्जदेखि अश्रु ग्याससम्म त्यही प्रहार हुन्छ। अपवाद बाहेकका घटनामा देखिने दृष्य यिनै हुन्। तर, केही दिनदेखि काठमाडौंमा देखिएका प्रदर्शन भने निकै…

    विस्तृतमा पढ्नुस्

  • शाहरुखसँग सहकार्य नगरी बलिउड छाड्दिन : अनुराग कश्यप

    शाहरुखसँग सहकार्य नगरी बलिउड छाड्दिन : अनुराग कश्यप

    फिल्मकर्मी अनुराग कश्यपले आफू शाहरुख खानसँग काम नगरेसम्म बलिउडमा सक्रिय रहने बताएका छन्। एउटै कलेजमा पढेदेखि उनीहरुको चिनजान भएको हो। तर, दुवै बलिउडमा स्थापित हुँदा समेत यी दुईले एउटै फिल्ममा काम भने गरेका छैनन्। हालै अनुरागले शाहरुखसँग काम गर्ने इच्छा व्यक्त गरेका हुन्। अनुरागका अनुसार शाहरुख युनिभर्सिटीमा अनुरागभन्दा अघिल्लो ब्याचका थिए। टाइम्स अफ इन्डियासँग उनले भनेका छन्,’शाहरुख सधैं ठूलो दाजु सरह…

    विस्तृतमा पढ्नुस्

  • सरिता गिरीको संशोधन प्रस्ताव सभामुखबाटै अस्वीकृत, विधेयकमात्र कार्यसूचीमा प्रकाशन

    सरिता गिरीको संशोधन प्रस्ताव सभामुखबाटै अस्वीकृत, विधेयकमात्र कार्यसूचीमा प्रकाशन

    काठमाडौँः संविधान संशोधन विधेयकमाथि समाजवादी जनता पार्टीका सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव अस्वीकृत गरेका छन्। मूल विधेयकमात्र पेस हुनेगरी कार्यसूची प्रकाशन भइसकेको छ।  संसद सचिवालय स्रोतका अनुसार सभामुखले संशोधन सूचना अस्वीकृत गरेरपछि कार्यसूची प्रकाशन भएको हो।  विधेयक मंगलबार सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि  अनुमोदन भएको थियो। विधेयक अनुमोदन भएपछि शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ताको समय थियो। जसमा गिरीको एकमात्र संशोधन दर्ता भएको…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरको आन्दोलन भड्काउन विदेशी घुसपैठ, प्रहरीले लियो तीन जना विदेशीलाई नियन्त्रणमा

    माइतीघरको आन्दोलन भड्काउन विदेशी घुसपैठ, प्रहरीले लियो तीन जना विदेशीलाई नियन्त्रणमा

    काठमाडौं : सामाजिक सञ्जालबाट जोडिएका सरकारसँग असन्तुष्ट युवाहरुले केही दिनदेखि देशभर प्रर्दशन तथा विरोधका कार्यक्रमहरु गरिएका छन्। उनीहरुले अहिले कोरोना संक्रमणको बेला सरकारले देखाएको उदाशिनतादेखि भारतले हडपेको भूमिको विषयमा समेत नारा लागिरहेको छ। आज हुने प्रर्दशनमा विदेशीहरुको घुसपैठ हुनसक्ने प्रहरीको विशेष व्युरोले जानकारी दिएको छ। त्यसैले आजको प्रर्दशनलाई प्रहरीले विशेष सुरक्षाको साथ लिएको छ। आज प्रर्दशनमा सहभागी जनाउन लागेका तीन…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कट्यो ३ लाखभन्दा धेरै संक्रमित

    भारतमा कट्यो ३ लाखभन्दा धेरै संक्रमित

    नयाँ दिल्ली : भारतमा संक्रमितको संख्या ३ लाख पार भएको छ। इन्डियन एक्सप्रेसका अनुसार भारतमा संक्रमितको संख्या ३ लाख ८ हजार ९ सय ९३ पुगेको हो। भारतमा १७ दिनपछि संक्रमितको संख्या दोब्बर भएको हो। यसअघि संक्रमित संख्या दोब्बर हुन १५ दिन पूरा लागेको थियो। शुक्रवार भारतमा ११ हजार ४ सय नयाँ केसहरु थपिएपछि संक्रमित संख्या माथि चढेको हो। कोरोनाको संकटबाट…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको कहरमा डीसीएको २ करोड १० लाख बराबरको खाद्यान्न सहयोग 

    कोरोनाको कहरमा डीसीएको २ करोड १० लाख बराबरको खाद्यान्न सहयोग 

    काठमाडौं : कोरोना संक्रमण र लकडाउनको संकटसँग जुध्न विपन्न परिवारहरुका लागि स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा डेनमार्कको गैह्र सरकारी संस्था डीसीएले दुई चरणमा २ करोड १० लाख बराबरको राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ।  हालसम्म कंचनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली, डोटी, अछाम, धादिङ र गोरखा जिल्ला गरी ४ हजार १ सय ३४ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा संक्रमित पुगे १ सय ९७

    गण्डकीमा संक्रमित पुगे १ सय ९७

    काठमाडौं : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ९७ पुगेको छ। पर्वको कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका ६ वर्षीयबालक र १७ वर्षीया किशोरीमा संक्रमण देखिएको हो। उनीहरु दुवै कुश्मा नगरपालिकाकै हुन्। त्यहीँकै क्वारेन्टाइनमा रहेका जलजला गाउँपालिकाका वर्ष १७ वर्षीय किशोर र महाशिला गाउँपालिकाका १६ वर्षीय किशोरमा पनि संक्रमण देखिएको छ। उनीहरुलाई जिल्लास्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भइरहेको छ| साथै,…

    विस्तृतमा पढ्नुस्

  • विप्लव  कार्यकर्ताको कोठामा भेटिएको सकेट बम सेनाको टोलीले डिस्पोज गर्‍यो, एक कार्यकर्ता पक्राउ

    विप्लव  कार्यकर्ताको कोठामा भेटिएको सकेट बम सेनाको टोलीले डिस्पोज गर्‍यो, एक कार्यकर्ता पक्राउ

    काठमाडौंः प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई विस्फोटक पदार्थ सहित पक्राउ गरेको छ।   महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले शुक्रवार साँझ ललितपुर महानगरपालिका ११ इखाछे बङ्गलामुखी नजिकैबाट विस्फोटक सहित ४१ वर्षीय श्याम भन्ने सानुराज बज्राचार्यलाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा बज्राचार्यको घर कोठा खानतलासी गर्दा घरको तेस्रो तल्लामा रहेको कोठामा लुकाई राखेको अवस्थामा मेटासिटको भाँडो…

    विस्तृतमा पढ्नुस्

  • रेल्वे विभागमा नियुक्तिपछि भीम रावलले भने : देश र पार्टीमाथि आउदै गरेको संकटको आभास

    रेल्वे विभागमा नियुक्तिपछि भीम रावलले भने : देश र पार्टीमाथि आउदै गरेको संकटको आभास

    काठमाडौं : नेकपाका नेता भीम रावलले जथाभावी सरकारी नियुक्तिको कडा निन्दा गरेका छन्। दलका केही नेता र पत्रकारविरुद्ध सोसल मिडियामा लगातार सक्रिय रहेका गुरु भट्टराईलाई रेल्वे विभागको महा प्रवन्धक नियुक्त गरिएको छ। नेता रावलले यस्ता नियुक्तिले देश र पार्टी दुवैलाई क्षति पुग्ने बताएका छन्। पार्टीभित्र छलफल नगर्ने, सरकारी नियकामा जथाभावी नियुक्तिको उनले कडा आलोचना गरका हुन्। रावलले ट्विटरमा लेखेका छन्…

    विस्तृतमा पढ्नुस्

  • ओल्मोको दोहोरो गोलमा होफेनहाइममाथि लाइपजिगको जित

    ओल्मोको दोहोरो गोलमा होफेनहाइममाथि लाइपजिगको जित

    जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा लाइपजिगले होफेनहाइममाथि २-० को जित निकालेको छ। डानी ओल्मो चम्किँदा लाइपजिगले सहज जित निकालेको हो। खेलमा दुवै गोल पहिलो हाफमा लागेको हो। खेलको ९ औं मिनेटमै ओल्मोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए। त्यसको २ मिनेट भित्रै फेरि उनले नै अर्को गोल थपे। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र लाइपजिगले २-० ले खेल आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • युवाको सडक आन्दोलनले तिल्मिलाएका सत्ताका भक्तहरु [सम्पादकीय]

    युवाको सडक आन्दोलनले तिल्मिलाएका सत्ताका भक्तहरु [सम्पादकीय]

    काठमाडौंका सडकमा युवाहरुको विरोधका स्वर सत्ताका लागि प्रीतकरमात्र होइन, अपेक्षाकृत पनि थिएन। सामाजिक सञ्जालबाट जोडिएको असन्तुष्टहरुको यो भिड संगठनभित्र गुट बनाउँदै राजनीतिलाई पेशा बनाउन खोज्नेका लागि अत्याउने खालकै छ। दलीय राजनीतिमा अभीसिप्त र तिनैबाट प्रशिक्षितहरुको गुट बन्ने र आफू केन्द्रित राजनीति गर्ने संस्कारविरुद्धको जेहाद हो यो। त्यसैले सत्ताधारी दलमा गजबको बेचैनी देखिन थालेको छ, प्रतिपक्षी दल मौन देखिए पनि उसले…

    विस्तृतमा पढ्नुस्

  • खराबतिरको यात्रामा नेपालले पछि पार्‍यो सेनेगल, उज्बेकिस्तान र ताजकिस्तानलाई

    खराबतिरको यात्रामा नेपालले पछि पार्‍यो  सेनेगल, उज्बेकिस्तान र ताजकिस्तानलाई

    काठमाडौं : कोरोना भाइरसका कारण खराब मुलुक बन्ने प्रतिस्पर्धामा नेपाल थप एक कदम अगाडि पुगेको छ। नेपालले कोभिड १९ संक्रमितको संख्यामा सेनेगल, उज्बेकिस्तान र ताजकिस्तान लगायतका मुलुकलाई पछि पारेको छ। १६ जनाको संक्रमणबाट मृत्यु भइसकेको नेपालमा शुक्रवारसम्म ५ हजार ६२ कोभिड १९ संक्रमित पुगेका छन्। हिजो एकै दिन नेपालमा ४ सय ४२ जनामा संक्रमण देखिएको हो। प्रदेश नम्बर २ मा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell