काठमाडौं : साउदी अरबमा रहेका नेपालीलाई स्वेदश फर्काउनका लागि चार वटा उडान हुँदै छन्। आगामी सोमवार पहिलो पटक साउदी अरबको दम्मामबाट हिमालय एयरलाइन्सको फ्लाइट ए ३२० ले नेपालीलाई स्वदेश फर्काउने छ। त्यस्तै जुन १८ बिहीवार रियादबाट नेपाल एयरलाइन्सको फ्लाइट ए ३३० ले नेपाली फर्काउने छ। त्यस्तै, १९ जुनमा हिमालय एयरलाइन्स र २४ जुनमा नेपाल एयरलाइन्सले उडान गर्ने तय भए पनि…
काठमाडौं : सरकारले एकतर्फी रुपमा महंगो भाडादर निर्धारण गरेपछि ओमानस्थित नेपाली दूतावासले आफ्नै पहलमा छुट्टै विमान चार्टर्ड गरी नेपालीलाई स्वदेश फर्काउने तयारी थालेको छ। नेपाल सरकारले ओमानबाट नेपालीलाई फिर्ता पठाउनका लागि ६२ हजार रुपैयाँ भाडा निर्धारण गरी लिष्ट तयार गरेको थियो। तर, ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेको भाडादरमा नभई आफैले ओमानकै विमान चार्टर गरी नेपालीलाई स्वदेश फर्काउन लागेको हो। नेपाल वायु…
फिफा विश्वकपका लागि बन्दै गरेका रङ्गशालामा कार्यरत आप्रवासी श्रमिकहरूलाई महिनौंसम्म पारिश्रमिक नदिइएको खुलासा भएको छ। कतारको फिफा विश्वकप रङ्गशालाका लागि निर्माण परियोजनामा रोजगारत् आप्रवासी श्रमिकहरूले सात महिनासम्म बिना पारिश्रमिक श्रम गर्नुपरेको एम्नेस्टी इन्टरनेसनलले खुलासा गरेको हो। अल बयात रङ्गशालाको बाहिरी आवरण निर्माणका लागि एक खरब १७ अरब भन्दा धेरै रूपैयाँमा करार सम्झौतामा काम गरिरहेको एउटा योजना र निर्माण कम्पनी कतार मेटा…
काठमाडौं : लकडाउनको मोडालिटी फेरिरएसँगै आज सडकमा ह्वात्तै सवारीहरु देखिए। सार्वजनिक सवारी नखुलाए पनि सडकमा जाम हुनका लागि निजी गाडी र मोटरसाइकल पर्याप्त छन्। त्यसमाथि चार पाङ्ग्रे र दुई पाङ्ग्रेमा जोर विजोर नियम लागू गरिएको छ। आज जोर नम्बर भएका निजी सवारी मात्र चल्ने दिन। तर, सडकमा जोर बिजोर दुवै नम्बर प्लेटका सवारी देखिए। ट्राफिक व्यवस्थापनमा जुटेका प्रहरीको सक्रियता आज…
काठमाडौं : बुधवार भक्तपुरमा ढल हुँदै खोलामा बगेका एक व्यक्तिको शव फेला परेको छ। बुधवार करिब ६ बजेतिर भक्तपुरको चुनदेवी नजिकैबाट ६ ख १६१६१ नम्बरको ट्रक चालक नरबहादुर राउतलाई पानीले बगाएको थियो। एकदिनपछि उनको शव ललितपुरमा फेला परेको हो। वाग्मती गाउँपालिका १ स्थित वाग्मती खोलामा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर खत्रीले जानकारी दिए। सल्लाघारीबाट निर्माण सामाग्री लिएर सूर्यविनायकतिर जान लाग्दा…
काठमाडौं : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २० लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयले आज बिहान ६:१८ बजे जारी गरेको तथ्याङ्क अनुसार अमेरिकामा २० लाख २२ हजार २१ जना संक्रमित रहेका छन्। त्यहाँ १ लाख १३ हजार ७ सय ८३ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकाको न्युयोर्क सबैभन्दा प्रभावित क्षेत्र हो जहाँ ३० हजार ५ सय ८० जनाको…
काठमाडौं : स्वयम्भूको छाउनीस्थित वीरेन्द्र सेनिक अस्पतालमा एक जना सैनिकले गोली हानी आत्महत्या गरेका छन्। बिहीवार राति ड्युटीमा खटिएका डम्बरबहादुर विष्टले आफैंले बोकेको बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन्। बैतडीको सुर्मा गाउँपालिका ५ घर भएका विष्टको दुर्गाबक्स गण नारायणहिटीमा दरबन्दी थियो। 'राति ड्युटीमा नै रहेको समयमा गोली हानी आत्महत्या गरेका रहेछन्,' नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने। उनी अस्पतालमा नेपाली…
काठमाडौं : गण्डकी प्रदेशका ४ जिल्लामा ३७ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपरासी वर्दघाट सुस्ता पूर्व १ जना संक्रमित थपिएको गण्की प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका छन्। पर्वतको कुस्मा नगरपालिकाका १० जना संक्रमितमध्ये एक जना मणिपाल अस्पतालमा उपचाररत व्यक्तिमा संक्रमण देखिएको हो।…
नयाँ दिल्ली : कोरोना भाइरसका कारण संसारका खराब मुलुकहरुको सूचीमा बेलायतलाई पछि पार्दै भारत शीर्ष ४ मा उक्लिएको छ। बिहीवार एकै दिन ११ हजार भन्दा धेरै संक्रमित फेला परेको भारतले कूल संक्रमितको संख्यामा बेलायतलाई पछि पारेको हो। बिहीवार भारतमा सबैभन्दा धेरै संक्रमित फेला परे भने मृत्यु हुने संख्यामा सबैभन्दा धेरै रेकर्ड भयो। भारतमा एकै दिन ११ हजार नयाँ संक्रमण भेटिएको…
कोरोनाको महमारी फैलिएसँगै तीन महिनायता रोकिएको स्पेनिस ला लिगा गए रातिबाट सुरु भएको छ। खाली रंगशाला र कडा स्वास्थ नियमहरुबीच सुरु हुने ला लिगा युरोपको शीर्ष लिगहरु मध्ये दोस्रो लिग हो। जर्मन बुन्डेस लिगा यसअघि नै सुरु भइसकेको छ। गएराति भएको खेलमा सेभियाले बेटिसमाथि २-० गोलअन्तरले जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले दुबै गोल दोस्रो हाफमा गरेको…
काठमाडौँ : लकडाउन घोषणा भएको ८० दिनपछि सरकारले केही खुकुलो बनाएको छ। सङ्क्रमणको जोखिम कम भएको जिल्लामा अब निजी सवारी साधन गुड्न पाउने छन्। तर, यसमा जोरबिजोर प्रणाली लागू हुनेछ। काठमाडौँ उपत्यकाभित्र आजबाट यो नियम लागू भएको छ। आज जोर नम्बर प्लेट भएका सवारी साधनले चल्न पाउनेछन्। तर, निजी सवारी साधनले जोरबिजोर प्रणालीमा मात्र टेकेर तीन जिल्ला छोड्न वा उपत्यका आउन भने…
काठमाडौं : ८० दिनपछि धेरै व्यापारीले आफ्नो सटर उघार्न पाए। सडकमा पनि सवारीको लामो नै लाम देखियो। खाद्य तथा तरकारीका पसलमा केही मानिसको चहलपहल पनि बढेको थियो। तर कस्मेटिक, गहना, लत्ता कपडाका पसलमा भने ग्राहकको उपस्थिति शून्य नै देखियो। उत्साहका साथ पसल पुगेका व्यापारीहरूले पसलमा पूरा दिन बिताउन सकेनन्। पसलमा पुगेर सरसफाइ गरे। केही बेर ग्राहक कुरे अनि आधा दिनमा नै फर्किए घर।…
काठमाडौं : सरकारले जोरबिजोर प्रणालीमा आधारित भएर निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय शुक्रवारदेखि लागू भएको छ। तर, अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू राति ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन भने रोक लागाइएको छ। कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन। यस अघि पास लिएर सञ्चालन भएको…
काठमाडौं : सरकारले जोरबिजोर प्रणालीमा आधारित भएर निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेअनुसार शुक्रवार जोर नम्बर भएका सवारी साधन चल्न पाउने भएका छन्। काठमाडौं उपत्यकाभित्र शुक्रवारबाटै निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीमा सो नियम लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। ‘जोर गतेको दिन जोर नम्बर भएका सवारी र बिजोर गतेको दिन…
काठमाडौँः सरकारले लागू गरेको निजी सवारीमा जोरबिजोर प्रणाली शुक्रबारदेखि लागू हुने भएको छ। काठमाडौं उपत्यकाभित्र भोलिबाट नै निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीमा नियम लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। भोलि जोर वा बिजोर के चल्न दिने भन्ने विषयमा छलफल भइरहेको एसएसपी ढकालले बताए। सरकारी कार्यालयको हकमा गुड्ने कर्मचारी बोक्ने बसमा भने असार १ गतेबाट…
काठमाडौं : ८०औँ दिनपछि लकडाउनको स्वरुप बदल्ने निर्णय सरकारले गरेको छ। चरणवद्ध रुपमा जनजीवन सामान्य बनाउने प्रयास अन्तर्गत सरकारले तीन साताका लागि पुनरावलोकन समेत हुने शर्तमा लकडाउनको मोडालिटी फेरेको हो। कोभिडको परिस्थिति विश्लेषण गरेर थप निर्णय गर्नेगरी केही निर्णय असार १ र केही तत्कालै लागू हुनेगरी सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार सरकारको निर्णय जानकारी गराउँदै भौतिक दूरी…
काठमाडौं : गृह मन्त्रालयले जुलुस प्रदर्शन तथा शान्तिपूर्ण धर्नाका नाममा अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ। मन्त्रालयले बिहीवार एक विज्ञप्ति जारी गर्दै अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा लकडाउनको आदेशको अवहेलनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘नेपाल सरकारको आदेश बमोजिम आवश्यक काम नपरी हिँडडुल गर्न नहुने, हिँडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दुरी कायम गर्नुपर्ने,…
काठमाडौँः सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ। धेरै प्रकारका व्यवसाय निश्चित मापदण्डका आधारमा सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ। कोरोना प्रभावको असर हेरेर पुनरावलोकन गर्नेगरी सरकारले निर्णय गरेको हो। निर्णय अनुसार घरमा होटल तथा रेस्टुरेन्ट पनि आंशिक रुपमा सञ्चालनमा आउने भएका छन्। आवश्यक प्रोटोकल सेवा प्रदायकले नै तयार पार्नेछन्। रेस्टुरेन्टहरु घरमा प्याकिङ गरेर लैजानेगरी सञ्चालनमा आउनेछन्। यस्तै, होटलहरु भने क्वारेन्टाइन…
काठमाडौँः सरकारले नेपाल भारत सीमा विवादमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समिति गठन गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विज्ञ समिति गठन भएको जानकारी दिए। नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा समिति गठन गरेको हो। परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त समिति गठन भएको हो। समिति सदस्हरुमा अन्तर्राष्ट्रिय कानुनका विज्ञ सूर्यप्रसाद सुवेदी, इतिहासकार रमेश ढुङ्गेल,…
काठमाडौँः सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा गुरुप्रसाद भट्टराईलाई नियुक्त गरेको छ। महोत्तरीका भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको प्रस्तावमा नियुक्त गरिएको हो। मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई नियुक्त गरेको हो। यस्तै, सार्वजनिक जग्गा संरक्षण तथा जाँचबुझ आयोगको म्याद ६ महिना थप गरिएको छ। रिक्त सदस्यमा स्याङ्जाका पूण्यप्रसाद भुसाललाई नियुक्त गरिएको छ। यस्तै, सहसचिवद्वय उदयराज सापकोटा र धनराज ज्ञवालीलाई मन्त्रिपरिषदले बढुवा र पदस्थापन गरेको छ।…