काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार आगामी वर्षको बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिए। प्रतिनिधिसभा बैठकमा सुरुवातमा विनम्रताका साथ प्रस्तुत भएका ओली सांसदहरूको प्रश्नपछि भने आक्रोशित देखिए। नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा करिब २० मिनेटपछि स्वास्थ्य असुविधा भएको भन्दै बस्ने व्यवस्था मिलाउन आग्रह गरेका प्रधानमन्त्री ओलीलाई आज सुरुवातमै बस्ने व्यवस्था मिलाइएको थियो। प्रधानमन्त्री ओलीले संसद्मा आज साढे दुई घण्टा…
काठमाडौं: तरुण दलले जनता समाजवादी पार्टीका सांसद सरिता गिरीलाई तत्काल पदबाट निलम्बन गर्न माग गरेको छ। अध्यक्ष जितजङ्ग बस्नेतद्वारा बुधवार जारी विज्ञप्तिमा गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन भन्ने र विवादास्पद अभिव्यक्ति दिएर नेपाली सेनालाई विवादमा ल्याउने काम गरेको भन्दै तत्काल पदमुक्त गर्न माग गरिएको हो। संविधान संशोधन प्रक्रिया चलिरहेको बेला सांसद गिरीले…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २७९ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ४ हजार ३६४ जना पुगेको छ। बुधवार पुष्टि भएका संक्रमितमध्ये प्रादेशिक प्रयोगशाला विराटनगरमा झापाका १ जना रहेका छन्। त्यस्तै, कोशी अस्पताल प्रयोगशालामा झापाकै ४ जनामा संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल प्रयोगशालामा चितवनका २ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल…
फिल्म 'गन विद द विन्ड' एचबीओ म्याक्सबाट हटाइएको छ। साम्प्रदायीक र रङ्गभेदी पूर्वाग्रह बोकेको भन्दै अमेरिकन स्ट्रिमिङ सर्भिसबाट हटाइएको हो। एचबीओले सन् १९३९ मा निर्मित उक्त फिल्म बारे भनेको छ: 'फिल्म तत्कालिन समय दर्शाउने सामग्री हो। पूर्वाग्रह बोक्ने त्यस फिल्म त्यस समय पनि गलत थियो र वर्तमान समयमा पनि गलत नै छ।' फिल्म अमेरिकन गृहयुद्धको सेटिङमा बनाइएको छ जसमा दास…
अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडलाई श्वेत प्रहरी अधिकारीले घुँडाले थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएसँगै रंगभेदबारे चर्चा फेरी एकपटक चुलिएको छ। रंगभेदको यो बहसमा खेलकुद क्षेत्र पनि अछुतो छैन। फुटबल, क्रिकेट, बास्केटबल लगायतका विभिन्न खेलाडीहरुले आफूमाथि रंगभेद भएको खुलासा गर्दै आएका छन्। यसक्रममा फुटबलका चर्चित खेलाडीहरु मार्कस रास्फोर्ड, कान्टे, पाउल पोग्बा, मेस्युट ओजिल लगायतका खेलाडीहरुले खुलेरै आवाज उठाउँदै आएका छन्।…
काठमाडौं : बुधवार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। विभिन्न ठाँउका प्रयोगशालको नतिजाका आधारमा २ सय ७९ जनामा बुधवार संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ। बुधवार ९० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म जम्मा ६ सय…
काठमाडौः संचारकर्मी तथा लेखक चुरामणि खनालको 'नबिर्सौ वीरताको गाथा' बोलको गीत सार्वजनिक भएको छ। खनाल स्वयंको शब्द, संगीत र स्वर रहेको गीत युट्युब रिलिज भएको हो। गीतमा खनालसँगै मनिका विश्वकर्माको पनि स्वर रहेको छ। गीतले नेपाल-भारत सीमा विवादको विषय उठान गरेको छ। सीमा मिचिँदा नागरिक तहबाट निर्वाह गर्न सकिने भूमिकाको समेत वयान गरिएको छ। गीतको भिडियोमा गौतम खाती र साया भण्डारी…
काठमाडौँः समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयकको दफा २ खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेकी छिन्। दफा २ मा मूल संविधानको धारा ९(२) सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ। उक्त अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था छ। गिरीले आवश्यक प्रमाणबिना नै नक्सा जारी गरेको भन्दै उक्त संशोधन हटाउन माग गरेकी हुन्। संशोधनको सूचना प्रतिनिधिसभा सचिवालयको विधेयक शाखामा दर्ता भएको…
काठमाडौं : बाँकेको जानकी गाउँपालिका २ स्थित जोगा गाउँपालिकाबाट फरार भएका कोरोना सङ्क्रमित बिरामी अझै फेला परेका छैनन्। श्री माध्यमिक विद्यालय जोगा गाउँको आइसोलेसनमा बसेका नेपालगन्ज १२ कोयनपुरका ३५ वर्षीय पुरुष फरार भएका थिए। 'हामीले बसेको हुनसक्ने सबै सम्भावित ठाउँमा खोजी गरिरहेका छौँ। अहिलेसम्म भेटिएको छैन,' जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले भने। सोमवार रातको समयमा चर्पी जाने भन्दै…
काठमाडौं: नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा नलाग्न सांसदहरुलाई चेतावनी दिएको छ। एमसीसीलाई राष्ट्रघाती सम्झौता भन्दै विप्लव समूहले सम्झौताको पक्षमा उभिने सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने धम्कीसमेत दिएको छ। विप्लव समूह डोटीद्वारा बुधवार जारी विज्ञप्तिमा जनताको विरोधका बाबजुद एमसीसी पास गर्ने प्रयास भइरहेको भन्दै डोटेली जनताका तर्फबाट रोक्न भूमिका खेल्न डोटीका…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दिउँसो २ बजेका लागि बोलाएको बैठक सरेको छ। प्रधानमन्त्री तथा मन्त्रीहरुले प्रतिनिधि सभामा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिनुपर्ने भएकाले बैठक सरेको हो। अब बैठक आजै ५ बजेका लागि तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। नियमित बैठकका रुपमा मन्त्रिपरिषद बस्न लागेको उनले बताए। यसअघि मंगलवारका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित…
बलिउड अभिनेता अमिताभ बच्चनले प्रवासी मजदुरलाई जहाज चार्टर्ड गरेर गन्तव्यमा पठाउने भएका छन्। यसअघि बसको व्यवस्था गरेर मजदुरलाई घर पठाएका अमिताभले रेलमार्फत पठाउने योजना सफल नभएपछि ६ वटा चार्टर्ड फ्लाइटबाट मजदुरलाई घर पठाउन लागेका हुन्। नवभारत टाइम्सले विश्वस्त स्रोतलाई उद्धृत गर्दै अमिताभ र उनको टिमले रेलमार्फत पठाउन खोजिएका १५४७ मजदुरलाई घर पठाउन १८० यात्रु क्षमताका ६ वटा चार्टर्ड फ्लाइटको व्यवस्था…
काठमाडौं : तपाईँले कोरोना संक्रमणबाट जोगिन प्रयोग गर्दै आएका सुरक्षाका उपकरणहरु नक्कली त छैनन्? एकपटक खरीद गर्दाखेरी राम्रोसँग हेरेर मात्र खरीद गर्नुहोला। अहिले बजारमा पाइने केही स्यानिटाइज लगायत अन्य कस्मेटिक सामानहरु नक्कली समेत भेटिन थालेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार यस्ता नक्कली सामान बनाएर बजारमा बिक्री बितरण भइरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिन सफल भएको छ। त्यस्तै ठूलो परिमाणमा…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले योगीको अभिव्यक्ति जायज नभएको बताए। ‘त्यसरी भन्नुभएको भने जायज होइन। नेपाललाई धम्काउन खोज्नुभएको हो भने निन्दनीय छ। म यति नै भन्छु,’ उनले भने। प्रधानमन्त्री ओलीले योगी केन्द्रीय सरकारको निर्णायक व्यक्ति नभए पनि मुख्यमन्त्रीको हिसाबले त्यस्तो बोल्नु…
काठमाडौं: जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले भ्रष्ट्राचारको ढाकछोप गरेको आरोप लगाएकी छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्ने क्रममा उनले अहिले भ्रष्ट्राचार भएको सुनिने र कारवाही गरेजस्तो गरेर ढाकछोप मात्र हुन लागेको आरोप लगाइन्। गिरीले बाराको निजगढमा बन्न लागेको एयरपोर्टमा सरकारले सेनाको ब्यारेक राख्न खोजेको हो? भन्दै प्रश्न गरिन्। 'निजगढमा वन विनास गरेर के मिलिट्री एअर बेस…
काठमाडौं : नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले कोरोना संक्रमणबाट निधन भएकाहरुलाई अर्कै रोगले मरेको भन्दै सरकारले आफ्नो गल्ती ढाकछोप गरेको आरोप लगाएकी छिन्। बुधवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मृत्यु भएका १५ जना कोरोनाका कारणमात्रै मृत्यु नभएको बताएका थिए। उनले प्रमलाई प्रश्न गरिन, 'मरेपछि भए पनि पीसीआर टेस्ट गरेर प्रमाणित भइसक्यो, उ कोरोना संक्रमणबाट मर्यो भनेर। अनि उसलाई अर्कै…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको १० अर्बको चिन्ता नगर्न आग्रह गरेका छन्। प्रतिनिधि सभामा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले कोरोना नियन्त्रणमा भ्रष्टाचार नभएको बताए। 'दिनैपिच्छे लेखापरीक्षण हुँदैन। अहिले कामका बेला लेखा परीक्षणमा केन्द्रित गर्नु पनि छैन। काममा बढी केन्द्रित हुनुपर्छ,' उनले भने। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले १० अर्बको हिसाब देखाउन माग…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेट मूलत: कोराना समाप्त पार्ने कुरामा नै केन्द्रित भएको दावी गरेका छन्। प्रधानमन्त्री ओलीले यसपालाको बजेट स्वास्थ्य क्षेत्रमा नै केन्द्रित भएको बताए। उनले जनजीवन समान्य बनाउन समाजका अरु पक्षलाई चट्ट बिर्सन नसिकने बताए। बजेट कोरोना भाइरस संक्रमण केन्द्रित हुन नसकेको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए। ओलीले बजेटमाथि सांसदहरुले सोधेका प्रश्नको बुधवार जवाफ…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा राम्रो तयार भएको बताएका छन्। प्रतिनिधिसभामा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले कोरोना नियन्त्रण तयारीबिनै सुरु भएको बताए। तर, अहिले नियन्त्रणका लागि राम्रो तयारी भइरहेको उनको दावी थियो। 'तमतयारीको स्थिति राम्रैसँग बन्दै गएको छ। महामारीजस्तो विषय दलीय विषय होइन मानवीय विषय पनि हो,' उनले भने। संसारमा कोरोनाले विकराल रुप…
काठमाडौं: राष्ट्रिय युवा संघ नेपालले जनता समाजवाद पार्टीका सांसद सरिता गिरीबाट अविलम्ब पदबाट हटाउन माग गरेको छ। गिरीले राष्ट्रिय हित र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति दिएको संघको ठहर छ। सांसद गिरीले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताविरुद्ध संसद र सञ्चार माध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत च्युत भएको भन्दै युवा संघले संसद सदस्यबाट…