काठमाडौँः सरकारले लकडाउनको मोडालिटी खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार अब एकल चालक रहनेगरी मोटरसाइलक तथा साइकल सञ्चालनमा आउनेछन्। सरकारले परिस्थिति विश्लेषण गरेर अर्को निर्णय समेत गर्न सक्नेगरी उक्त निर्णय गरेको हो। मन्त्रिपरिषदको निर्णय सार्वजनिक सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सामाजिक दूरीसहित स्वास्थ्यसँग सम्बन्धित सबै सेवा सञ्चालन हुने जानकारी दिए। कृषि तथा पशुपंक्षी व्यवसायका उत्पादन तथा वितरण, उद्योग, व्यापार,…
विश्वभर रंगभेदी आन्दोलन उत्कर्षमा पुगेका बेला बलिउड अभिनेत्री दीपिका पादुकोणले फेयरनेस क्रिम ब्राण्डबाट अलग भएकी छिन्। फेयरनेस क्रिमको प्रचार गरेको भन्दै कलाकारको आलोचना भइरहेका बेला दीपिका फेयरनेस क्रिम र कोला ब्राण्डबाट अलग भएकी हुन्। यी ब्राण्डको विज्ञापन तथा प्रचार गरेकोमा अहिले आएर दीपिकालाई पछुतोसमेत भएको छ। अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यापछि भारतमा पनि #BlackLivesMatter अभियान चर्चामा छ। यो अभियानको…
काठमाडौं : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये महोत्तरीका ४ जना, बाराका ७ र रौतहटमा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए। पछिल्लो २४ घण्टामा प्रदेशबाट ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
काठमाडौं: अहिले सामाजिक सञ्जालमा 'इनफ इज इनफ' नाम दिइएको समूह सक्रिय छ। सरकारले कोरोना भाइरसको रोकथामका लागि उचित पहल गर्न नसकेको भन्दै उनीहरु सरकारविरुद्ध आन्दोलनमा होमिएका हुन्। विशेषगरी सरकारले कोरोना परीक्षणमा पीसीआर विधिलाई शतप्रतिशत लागू र आरडीटी बन्द गर्नुपर्ने विषयमा जोड दिएका छन्। साथै क्वारेन्टाइन व्यवस्थित गर्दै लकडाउनलाई सहज गर्नुपर्ने उनीहरुको माग छ। मंगलबार उक्त समूहको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा…
काठमाडौँः कर भुक्तानीको दबाबमा रहेका करदातालाई सर्वोच्च अदालतले राहत दिएको छ। सर्वोच्चको संयुक्त इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सरकारले जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सूचना जारी गरेको थियो। करदाताको चर्को विरोधपछि सरकारले असार ७ र १५ गते भुक्तानी गर्न अर्को समय तोकेको थियो। यसैलाई आधार मानेर सर्वोच्चमा रिट परेपछि…
काठमाडौं: वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका १५० जना नेपाली महिला कामदार स्वदेश फर्किएका छन्। पहिलो उडानमा जजिरा एयरलायन्सको जहाजबाट कुवेतमा कार्यरत नेपाली चेलीहरु आज विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित स्वदेशी भूमि टेकेका हुन्। उनीहरुलाई नेपाली सेनाको टोलीले विभिन्न होल्डिङ सेन्टरमा लगेको छ। त्यहाँबाट विवरण संकलनपश्चात क्वारेन्टाइनमा पठाइनेछ। सेनाले प्रदेशगत हिसाबले छुट्याएर होल्डिङ सेन्टरमा लगेको हो। कोरोना महामारी र लकडाउनले विदेशमा अलपत्र…
काठमाडौं : नेपाल प्रहरीका पूर्व आइजीपी रमेशचन्द ठकुरी जेल मुक्त भएका छन्। आज बिहान ठकुरी आफ्नो कैद सजाय भुक्तान गरेर डिल्लीबजारस्थित सदरखोर कारागारबाट निस्किएका हुन्। सुडान काण्डमा दोषी ठहरिएका पूर्व आइजीपी चन्दलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाइएको थियो। गत असार १९ गते ठकुरीले अदालत समक्ष आत्मसमर्पण गरेका थिए। विशेषले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको…
काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको अवस्थामा पीसीआर विधिको परीक्षण बढाउन माग गर्दै प्रदर्शनमा उत्रेका प्रर्दशनकारी माथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा प्रहार गरेको छ। लकडाउनको समयमा सरकारले काम असन्तुष्टि जनाउँदै नक्सालमा विरोधमा उत्रिएका प्रर्दशनकारी माथि दुई राउण्ड अश्रु ग्यास प्रहार भएको हो। त्यस्तै उनीहरु माथि पानीको फोहोरा समेत हानिएको छ। केही प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक संजालमा सक्रिया इन्फ इज…
काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका चिकित्सक तथा स्वास्थ्यकर्मीको करोना बिमा गराएका छन्। बस्नेतले जिल्ला स्वास्थ्य कार्यालयअन्तगर्गत सबै स्वास्थ्य संस्थाका ६ सय १३ जना स्वास्थ्यकर्मीको कोरोना बिमा गराएका हुन्। पीसीआर प्रविधिबाट कोरोना पोजेटिभ देखिएमा १ लाख रुपैयाँ बिमा रकम पाउने ब्यवस्था गरेको उनले बताए। बिमाका लागि १७ जना कांग्रेसका नेता कार्यकर्ताले आर्थिक सहयोग गरेका छन्। ३…
काठमाडौं : नेपाल भारतबीच जारी लिपुलेक, कालापानी र सीमा विवादमा चीनको कुनै भूमिका नरहेको नेपालका लागि पूर्व भारतीय राजदूत राकेश सुदले बताएका छन्। बीबीसी हिन्दीसँगको कुराकानीमा सुदले यस्तो बताएका हुन्। 'मलाई लाग्दैन यस विवादमा चीनको कुनै हात छ। किनकि नेपाल भारतबीचको सीमा विवादको विषयमा चीनले नेपाललाई कहिल्यै साथ दिएको छैन्,' उनले भनेका छन्, 'चीनले लिपुलेक भारतको मान्दै आएको छ। २०१५…
कोभिड १९ को संक्रमण बढिरहेको छ र अर्कोतर्फ रोकिएका खेलकुदहरु विस्तारै सुरु हुँदै गएका छन्। पछिल्लो समय कोरोना संक्रमण सँगै रोकिएका प्रतियोगिता सञ्चालन गर्ने होड चलेको छ। युरोपियन शीर्ष लिगहरु मध्ये जर्मन बुन्डेसलिगा सञ्चालन हुने पहिलो लिग बन्यो। त्यस्तै आज रातिबाट स्पेनिस ला लिगा सुरु हुँदैछ। तीन महिना पछि सुरु हुन लागेको लिगको पहिलो खेलमा आज सेभिया र रियल बेटिस आमनेसामने…
काठमाडौं : जनस्तरबाट चर्को दवाव सुरु भएपछि लकडाउन घोषणा गरेको ७९ दिनपछि सरकारले मोडालिटी परिवर्तनको घोषणा गर्यो। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मानिसको भिड हुनेबाहेक अन्य व्यापार व्यवसाय, उद्योग धन्दा लगायत निजी सवारी साधनलाई चल्न दिने निर्णय गर्यो। तर, कुन क्षेत्रमा कसरी संचान गर्ने? सवारी साधनलाई कसरी चलाउने भन्ने स्पष्ट खाका भने सरकारले सुनाइसकेको छैन। आज यस विषयमा सरकारका प्रवक्ता तथा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको प्रतिरोधात्मक क्षमता उच्च रहेको दावी गरेको भोलिपल्ट पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले त्यसको कडा आलोचना गरेका छन्। ओलीको अभिव्यक्तिलाई अल्पज्ञान र अहंकारका रुपमा व्याख्या गर्दै उनले 'सर्वज्ञानी प्रम' भन्दै व्यङ्ग्य गरेका छन्। ट्विट गर्दै भट्टराईले लेखेका छन् - देशका नेतामा अल्पज्ञान र अहंकारको घातक मिश्रण भयो भने कोभिड १९ कै क्रममा कति बढी…
काठमाडौं : बुधवार भक्तपुरमा ढल हुँदै खोलामा बगेका एक व्यक्ति अझै फेला पर्न सकेका छैनन्। बुधवार करिब ६ बजेतिर भक्तपुरको चुनदेवी नजिकैबाट ६ ख १६१६१ नम्बरको ट्रक चालक नरबहादुर राउतलाई पानीले बगाएको थियो। सल्लाघारीबाट निर्माण सामाग्री लिएर सूर्यविनायकतिर जान लाग्दा सडकमा बगेको पानीको बहाव चेक गर्न गएको बेला उनलाई बगाएर ढल हुँदै मनोहरा खोलासम्म पुर्याएको थियो। गाडीका सहचालकले पानीले बगाएपछि प्रहरीलाई…
राधेश्याम दाहाल - संघीय संसदमा १७ करोड रुपैयाँ युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले लिएको भन्दै एक जना सांसदले आरोप लगाएपछि खेल क्षेत्रमा एक किसिमको तरङ्ग नै ल्यायो। सांसद प्रदीप यादवले युवा तथा खेलकुद मन्त्रीले अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाबाट १७ करोड रुपैयाँ लिएको आरोप लगाएका थिए। यो आरोपको प्राविधिक रुपमा पुष्टि गर्न सकिन्न। मन्त्रीले म इमान्दार…
काठमाडौं : नेपालको नयाँ नक्साको विषयमा दिएको अभिब्यक्तिले कारण निकै विवादमा तानिएकी छिन् जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी। सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच राष्ट्रियताको चर्को नारा लगाउनेक्रम जारी छ। गिरीले भारतले हडपेको भूमिमा नेपालको प्रमाण र दाबी नपुग्ने भन्दै संसदमा संशोधन प्रस्ताव खारेज गर्ने अर्को विधेयक दर्ता गराएकी छिन्। त्यस्तै, बुधवार संसदमा प्रधानमन्त्री केपी…
अमेरिकामा कोरोना संक्रमितको संख्याले २० लाख टेक्नै लागेको छ। आज बिहान ६:१८ बजेसम्म जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकमा संक्रमितको संख्या १९ लाख ९९ हजार ३ सय ९२ संक्रमित छन्। संक्रमितको संख्यासँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि सबैभन्दा माथि छ। त्यहाँ अहिलेसम्म १ लाख १२ हजार ८ सय ७८ जना संक्रमितको मृत्यु भइसकेको छ। संक्रमितको संख्या तीब्र गतिमा…
काठमाडौँः कोरोनाका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय सरकारले गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट स्तरवृद्धि गर्नेगरि परीक्षा नलिने निर्णय गरेको हो। कक्षा ११ को अन्तिम परीक्षाका विषयमा छलफल भए पनि निर्णय भएन । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रस्तावमा एसईई नगर्ने निर्णय भएको हो। अब आन्तरिक मूल्याङ्कनका आधारमा स्तरवृद्धि गरिनेछ। स्तरवृद्धिको सिफारिसलाई राष्ट्रिय परीक्षा…
काठमाडौं : यूएईको अबुधावीस्थित नेपाली दूतावासले नेपाली कामदारको समस्या नसुन्ने गुनासो बढिरहेको छ। दूतावासको सम्पर्क नम्बरमा पनि कुनै रेस्पोन्स हुन छाडेको त्यहाँस्थित नेपालीहरुले आरोप लगाउन थालेका छन्। गुनासो बढ्न थालेपछि दूतावासले जेठ २१ मा विभिन्न समस्यामा परेका नेपाली नागरिकलाई सम्पर्क गर्न भन्दै दूतावासको नम्बरसहितको सूचना जारी गर्योस। तर, ती नम्बरमा पनि फोन रिस्पोन्स हुन नसकेको यूएईको दुबई, अबुधावीलगायत सहरमा भएका…
कलाकार दीपकराज गिरीले कालापानीबारे दिएको अभिव्यक्तिले विवादमा तानिएकी जनता समाजवादी पार्टीका सांसद सरिता गिरीलाई व्यंग्य गरेका छन्। सरिता गिरीलाई नदीको संज्ञा दिँदै दीपकले उल्टो बगेको नदीबाट सुल्टो आश गर्न आह्वान गरेका छन्। ‘सरिताको शाब्दिक अर्थ नदी हो। सबै नदीहरू नेपाल हुँदै भारततिर बग्ने गर्दछ। तर, हामी कहाँ एउटा यस्तो नदी छ जो भारत हुँदै नेपालतिर उल्टो बगेर आएको छ,’ दीपकले…