कलाकारहरु रामचंद्रन, करुणानिधि र जयललिताको निधनपछि अस्थिर बनेको तमिलनाडु राज्य सम्हाल्न सुपरस्टार रजनीकान्तले परिवर्तित राजनीतिक प्रणाली अबलम्वन गर्ने भएका छन्। तमिलनाडुमा कलाकारहरु राजनीतिको नेतृत्वमा सफल बनिरहेका बेला रजनीकान्त पनि यही लाइनमा उभिएका छन्। अहिलेको नेतृत्वविहीन शून्य समय परिवर्तनका लागि उपयुक्त भएको उनको भनाई छ। रजनीकान्तले अहिलेको भ्रष्ट शासनलाई भंग गर्न नसकिएमा भगवानले पनि तमिलनाडुलाई बचाउन नसक्ने बताउँदै आएका छन्। तमिलनाडुमा…
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोरी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चिकित्सहरुको सल्लाहमा सोफीलाई आइसोलेसनमा राखिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। लण्डनबाट क्यानाडा फर्किएकी सोफीलाई फ्लूको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा सोफीलाई कोभिड १९ पोजेटिभ देखिएको हो। सोफीलाई संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ट्रुडो दुई साता आइसोलेसनमा रहने भएका छन्। ट्रुडोलाई भने संक्रमणको कुनै पनि लक्षण हालसम्म देखा…
बुधवार हलिउड निर्माता एवं निर्देशक हार्वे वेन्स्टन जेल चलान भए। अब उनले २३ वर्ष कारागार जीवन बिताउनु पर्नेछ। उनी यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका हुन्। अदालतले उनलाई ‘थर्ड डिग्री रेप’ र ‘फर्ट डिग्री आपराधिक यौन कार्य’मा दोषी ठहर गरेको हो। एक साताअघि मुटुको शल्यक्रिया गराएका उनी बुधबार ह्विलचेयरमा अदालत पुगे। ६७ वर्षीय हार्वेका वकिलले उनलाई पाँच वर्षको मात्र सजाय…
काठमाडौं : नेपाल आयल निगमले डिजलमा मिसावट गरेर ल्याएको चार वटा ट्यांकर फेला पारेको छ। निगमको थानकोट डिपोले बरौनीबाट डिजल ल्याएका चार वटा ट्यांकरमा तोकिएको भन्दा कम ‘डेन्सिटी’ भेटिएपछि गुणस्तर परीक्षणका लागि केन्द्रीय कार्यालयलाई पत्र पठाएको छ। दिलप्रित कौर, प्रसादकुमार श्रेष्ठ, केशव उप्रेती र विश्व अर्यालको ग्रेट हिमालय ढुवानी सेवाले बोकेको ट्यांकरमा मिसावट गरिएको भेटिएको हो। धेरै वर्षपछि निगमले मिसावट…
काठमाडौं : देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ। बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक बन्द गर्ने र पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको बताए। निश्चित समूदाय, वस्ती, बासस्थान गाउँ टोल, वडा, पालिका जिल्ला र प्रदेशसमेतलाई पकेट…
काठमाडौं : किशोरी अपहरण गरेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको छ। उदयपुरमा युवती अपहरणको अभियोगमा १४ जना कार्यकर्ता तथा नेता पक्राउ परेका हुन्। समातिनेमा ६ जना महिला र ८ जना पुरुष रहेको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी प्रधुम्म कार्कीले जानकारी दिए। बुधवार दिउँसो धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ बाट १४ वर्षीय…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया भएको आज नौ दिन पूरा भएको छ। नवौं पनि पनि उनको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै अस्पतालले विज्ञप्ति सार्वजनिक गरेको छ। अस्पतालले औपचारिक हिसाबले जारी गरेको नवौं दिनको वक्तव्यमा पनि उनको अवस्था सुधारोन्मुख भनिएको छ। मेडिकल डिटेलविना नै अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै आएको छ। 'आज नवौं दिन, उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको…
काठमाडौं : सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस (कोभिड-१९) रोकथामको लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन्। संघीय संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले सरकारी व्यवस्थापन नपुगेको बताए। विश्वलाई त्रस्त बनाएको कोरोना नेपाल प्रवेश गरे नियन्त्रण गर्न गाह्रो हुने उल्लेख गर्दै उनले बाहिरबाट आउने जुनसुकै नागरिकलाई पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने बताए।…
हलिउड स्टार टम हङ्स र उनकी पत्नी रिटा विल्सनले आफूहरुलाई कोरोनाभाइरसले संक्रमण गरेको सार्वजनिक गरेका छन्। टम हङ्स हलिउडका सर्वाधिक सफल एक्टर हुन्। इन्स्टाग्राममा पोस्ट गर्दै टम हङ्सले अस्ट्रेलियामा रहँदा कोरोनाबाट प्रभावित भएको जनाएका हुन्। उनका अनुसार थकाइ तथा जाडो महसुस भएको र जिउ दुखेपछि परीक्षण गराएका हुन्। दुवैमा एकैखाले लक्षणहरु देखा परेको र ज्वरो आएको समेत उनले पोस्टमा उल्लेख…
काठमाडौं : अभिनेत्री आँचल शर्मा र मोडल उदिप श्रेष्ठ आज विवाह गर्दैछन्। डेढ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन्। पेशाले डाक्टर रहेका उदिपसँग आँचलको फागुन १२ गते ‘इन्गेजमेन्ट’ भएको थियो। विवाहको पूर्वसन्ध्यामा उनीहरुले संगीत र मेहेन्दी विशेष फोटोसुट सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्। उनीहरुले एकअर्काको नाममा मेहेन्दी लगाएका छन्। २४ वर्षीया आँचल मिस प्लस टुको टाइटल पाए…
बुधबारसम्ममा भारतमा कुल ६० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण दिखिएको छ। हिजो नै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस अर्थात् कोभिड १९ लाई विश्वव्यापी माहामारी घोषणा गरेको छ। महामारीकै कारण प्रभावित भएको छ फिल्म तथा अन्य मनोरञ्जन क्षेत्र पनि। केरेला राज्यमा त संक्रमणको त्रासकै कारण अप्रिलसम्मका लागि सिनेमा घरहरु बन्द गरिएको छ। यतिबेला बलिउड पनि यो भाइरसको त्रासमा छ। जसका कारण…
काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै स्कुल र संसद बन्द गर्न माग गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा प्रधानले संसदलाई निरन्तर रुपमा सञ्चालन गरिराख्नुको तुक नभएको पनि बताए। उनले भने, 'कोरोनाका कारण युरोप, अमेरिका त्रसित छन्। हाम्रोमा संक्रमणले भ्यायो भने हामीसँग रोक्न केही छैन। सरकार के हेरिराखेको छ? सरकार एक्सनमा आएर संसद र…
काठमाडौं : भारतको उत्तर प्रदेश राज्यमा कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति फेला परेको छ। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यको राजधानी लउनऊमा एक महिलालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। किंङ जर्ज मेडिकल विश्वविद्यालय (केजीएमयू)का अनुसार क्यानडाबाट आफन्त भेट्न लखनऊ आएकी महिलामा जाँचका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। ती महिलालाई केजीएमयूको आइसोलेशन वार्डमा राखिएको छ।…
काठमाडौं : प्रहरी महानिरीक्षकको नियुक्तिमा असन्तुष्टि देखाउँदै संगठन छाडेका पूर्वडिआइजी रमेश खरेलले नयाँ अभियान शुरु गर्ने भएका छन्। बिहीबार औपचारिक कार्यक्रम गरि "हाम्रो नेपाल सुशासन अभियान" नामक अभियान शुरु गर्न लागेको खरेलले जानकारी दिए। भ्रष्टाचार, कुशासनविरुद्ध आफूहरुको अभियान केन्द्रीत हुने उनको भनाई छ। अभियानअन्तर्गत देशभर पुगेर नागरिकसँग छलफल सम्वाद गरिने योजना छ। त्यसो त खरेलले दुई साताअधि 'हाम्रो नेपाल, हामी…
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको प्रकोपविरुद्ध लड्न युरोपका सबै देशबाट अमेरिका प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्। एक महिनाका लागि प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध बेलायतलाई भने लागु हुने छैन। यात्रा प्रतिबन्ध शुक्रबारदेखि लागु हुने बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको चुनौतीविरुद्ध लड्न संघीय सरकारका सबै शक्ति परिचालन गर्न तयार रहेको जानकारी समेत दिएका छन्। उनले यस…
काठमाडौं: विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट भारतमा पहिलो व्यक्तिको मृत्यु भएको छ। कर्नाटक राज्यको कालाबुरागीका कोरोना संक्रमित ७६ वर्षीय वृद्धको मंगलबार राती हैदराबादको एक अस्पतालमा मृत्यु भएको द इकोनोमिक टाइम्सले जनाएको छ। कर्नाटकका स्वास्थ्य मन्त्री बी श्रीरामुलुले कोरोनाबाट संक्रमित वृद्धको मृत्यु भएको जानकारी दिएका छन्। उनका अनुसार ती व्यक्ति साउदी अरबको भ्रमणबाट मार्च पहिलो हप्ता भारत…
काठमाडौं: कोरोना भाइरस संक्रमणको आशंकामा विश्व चर्चित फुटबलर एवं युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ। चीनपछि सबैभन्दा धेरै कोरोना प्रभावित इटालीबाट हालै पोर्चुगल फर्किएका रोनाल्डोलाई मडेइरास्थित घरमै क्वारेन्टाइनमा राखिएको हो। युभेन्टसका खेलाडी डानिएली रुगानीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको डेलीमेलले जनाएको छ। रोनाल्डोले सहकर्मी रुगानीसँग कपडा फेर्ने कोठा प्रयोग गरेका थिए। कोरोना संक्रमित रुगानीसँग संगत गर्दा कोरोना…
नारायण ढुङ्गाना- काठमाडौँः विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले संक्रमण फैलिएका थप देशको अनअराइभल भिसा रोक्ने निर्णय गरेको छ। चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९ को संक्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। “शुरुमा पाँच मुलुकबाट…
काठमाडौं : राजनीतिक दलहरुले कोरोना संक्रमणविरुद्धको जोखिम न्यूनीकरणका लागि एकिकृत कार्ययोजना बनाई अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। उच्चस्तरीय समन्वय समितिले बुधवार गरेको सर्वदलिय छलफलमा राजनीतिक दलहरुले कोरोना संक्रमण बारेको सूचना सम्प्रेषण, अस्पतालहरुमा गर्नुपर्ने आवश्यक तयारी, हवाई र स्थल मार्गमा अपनाउनुपर्ने सावधानी, विदेशबाट आएका नागरिकको ट्रेस, प्रभावित बन्दै गएको मुलुकको अर्थ व्यवस्थालाई गर्नुपर्ने सम्बोधन लगायत विषयलाई एकिकृत कार्ययोजना मार्फत सम्बोधन…
काठमाडौं : सरकारले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा नयाँ निर्णय गरेर अघि बढ्ने तयारी गरेको छ। उपत्यकाका ट्याक्सी व्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझ्दै भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा मन्त्रालयले नयाँ निर्णय गरेर अगाडि बढ्ने बताएका हुन्। ‘टुटल’ र ‘पठाओ’का कारण आफ्नो व्यवसाय धरापमा परेको, कयौँ चालक मजदुरहरु प्रत्यक्ष प्रभावित भएको र दैनिकजसो झडपका घटना हुने गरेको भन्दै…