काठमाडौं : उल्लेखनीय काम गर्न नसकेको भन्दै सादा पोसाकमा खटाइएका प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहतका कार्यालयमा लामो समयदेखि सादा पोशाकमा कार्यरत १७ अधिकृत र ५७ जवानलाई जिम्मेवारीबाट हटाइ महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। प्रहरीको आचरण सुधार गर्ने, प्रहरीप्रति लागेको लाञ्छना मेटाउने र जनविश्वास अभिवृद्धि…
काठमाडौं : आफ्नै छोराको अपहरण भएको भन्दै प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरी डाक्कनेश्वरी नगरपालिका ९ पत्थरगाढा बस्ने जासर मियाँलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले नियन्त्रणमा लिएको हो। मियाँले छोरो अपहरण भएको मौखिक उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालयको सयुक्त टोली अपहरित भनिएको बालकको खोजी गरेको थियो। तर, बालकको अपहरण नभएको थाहा पाएपछि झुटो जानकारी दिएकोमा…
काठमाडौं : हिजोमात्रै अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था बुझ्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। प्रचण्डको सचिवालयका अनुसार त्यहाँ पुगेर उनले ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए। भेटमा प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका थिए भने ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। साथै सामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई…
काठमाडौं : समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोना प्रकोप फैलिन नदिन विद्यालय बन्द गर्नुपर्ने बताएका छन्। कोरोना भाइरसको प्रकोप विश्वभर फैलिरहेको र खुला सीमाना भएको छिमेकी भारतमा समेत तीव्र रुपमा फैलिँदा नेपालतर्फ भने स्कुल कलेज बन्द नगरेर लापरवाही गरेको भन्दै भट्टराईले सरकारसँग असन्तुष्टि जनाएका छन्। परीक्षाभन्दा बालबालिका र विद्यार्थीको ज्यान ठूलो भएको बताउँदै उनले परीक्षा केही…
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोरी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चिकित्सहरुको सल्लाहमा सोफीलाई आइसोलेसनमा राखिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। लण्डनबाट क्यानाडा फर्किएकी सोफीलाई फ्लूको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा सोफीलाई कोभिड १९ पोजेटिभ देखिएको हो। सोफीलाई संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ट्रुडो दुई साता आइसोलेसनमा रहने भएका छन्। ट्रुडोलाई भने संक्रमणको कुनै पनि लक्षण हालसम्म देखा…
काठमाडौं : सरकारले भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुनःसंरचना गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सुरुवाती समयमा नै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुक भित्र र बाहिरका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको उल्लेख गर्दे उनले भ्रमण वर्षलाई सरकारले नयाँ ढंगले पुनःसंरचना गरेको स्पष्ट पारेका हुन्। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको…
ब्राजिलका एक उच्च अधिकारीलाई कोभिड-१९ को संक्रमण देखिएको छ। ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोका सञ्चार निर्देशक समेत रहेका फावियो वाज्न्गार्टेनमा कोभिड-१९ पोजेटिभ देखिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेको भोलिपल्ट नै उनमा कोभिड-१९ को संक्रमण देखा परेको हो। राष्ट्रपति ट्रम्पसँग भेट गरेका व्यक्तिमा नै कोभिड-१९ को संक्रमण देखापरे पनि ह्वाइट हाउसले भने ट्रम्पको स्वास्थ्य परीक्षण गर्ने कुनै योजना नभएको जनाएको…
काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी प्रकृया रद्ध गरी खुल्ला प्रतिस्प्रधाबाट खरिद गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी अहिलेको प्रकृया रद्ध गरी आवश्यक भए खुल्ला प्रतिस्प्रधाबाट खरिद गर्न निर्देशन दिएको हो। समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत सेक्युरिटी प्रेस स्थापनामा दुरुपयोग भए नभएको छानबिन…
काठमाडौं : अमेरिकी दूतावासले काठमाडौंस्थित अमेरिकन सेन्टर बन्द गर्ने भएको छ। कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन सक्ने भन्दै दूतावासले मार्च १६ देखि अमेरिकन सेन्टर बन्द गर्ने भएको हो। दूतावासले ट्विटरमार्फत नेपाल सरकारले कोरोना भाइरसविरुद्ध चलाएको अभियानलाई साथ दिन भन्दै आफ्ना सबै पूर्वनिर्धारित कार्यक्रमहरुसमेत रद्ध गरेको जनाएको छ। In support of the Govt of Nepal's efforts to contain the possible transmission…
कोरोना भाइरस फैलावटसँगै मानिसमा त्रास पनि बढेको छ। बजार नराम्रोसँग झरेको छ। सिनेमाको पनि। छायांकनदेखि मनोरञ्जनात्मक कार्यक्रम र प्रचार प्रसार रोकिएका छन्। बजार, मनोरञ्जन र जनस्वास्थ्यलाई ध्यानमा राख्दै राख्दै हलिउडदेखि बलिउड र नेपाली फिल्महरु प्रदर्शन समेत स्थगित गरिएका छन्। बहुप्रतिक्षित 'एफ नाइन' अर्थात् फास्ट एण्ड फ्युरियसको ९ औं संस्करणलाई पनि कोरोना भाइरसको असर पर्यो। फिल्म युनिटले सन् २०१७ मा सार्वजनिक…
चिनियाँ चिकित्सकहरुले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट निको भएका पुरुषहरुलाई आफ्नो प्रजनन क्षमता परीक्षण गर्न आग्रह गरेका छन्। भाइरसले पुरुषको अण्डकोषमा क्षति पुर्याउन सक्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन्। भाइरसले पुरुषको उर्वरता वा यौन शक्तिमा असर पुर्याउँछ भन्ने कुनै अध्ययनले भने प्रमाणित गरेको छैन। तर, वुहानका चिकित्सकहरूले उक्त रोगले शुक्राणुको उत्पादन र पुरुषको यौन हर्मोनको उत्पादनलाई असर गर्न सक्ने सम्भावना…
काठमाडौं : सेनाले काठमाडौं तराई/मधेश एक्सप्रेस वे को 'माइलस्टोन' मानिएको सुरुङमार्ग निर्माणका लागि टेण्डर निकालेको छ। तराई मधेश द्रुतमार्ग आयोजना, जग्गी अड्डा भद्रकालीले शुक्रबार सुरुङमार्ग निर्माण अघि बढाउन आयोजनामा बन्ने तीनवटा सुरुङमार्गको दुईवटा प्याकेजमा ठेक्का निकालेको हो। पहिलो प्याकेजमा महादेवडाडामा बन्ने सुरुङमार्गको लागि टेण्डर निकालिएको छ। यो सुरुङमार्ग छोक्रेडाडाबाट महादेव खोल्सी निस्कनेछ। जसको लम्वाई ३.३५५ किलोमिटर (चेनेज २६+३५० देखि…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शल्यक्रिया भएको १०औं दिन ओली डिस्चार्ज हुन लागेका हुन्। सधैं झै औपचारिक प्रेस विज्ञप्ति निकाल्दै अस्पतालले ओलीको अवस्था राम्रो भएको जनाएको छ। 'सम्माननीय प्रधानमन्त्रीज्यूलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज…
न्यूजिल्यान्डकी आन्तरिक मामिला मन्त्री ट्रेसी मार्टिनले गत साता पिटर डट्टनलाई भेटेकी थिइन्। पिटर अस्ट्रेलियाका गृहमन्त्री हुन्। उनलाई शुक्रबार कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो। खबर सार्वजनिक भएसँगै मार्टिनले आफूलाई 'सेल्फ आइसोलेसन'मा राख्ने निर्णय गरेकी छिन्। द गार्जियनले जनाए अनुसार मार्टिनका प्रवक्ताले उनी हाल आइसोलेसनमा रहेको र शनिबार कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने बताएका छन्। पिटर र मार्टिनको गत…
काठमाडौं : यस साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा आएन। बलिउडतर्फ भने फिल्म 'अंग्रेजी मिडियम' नेपाल रिलिज भयो। फिल्मले मिठाइ पसल सञ्चालन गर्ने चम्पक पात्रको कथा देखाउँछ। उ आफ्नी छोरीको लण्डन पढ्न जाने सपना पूरा गर्न लागि पर्छ। जुन संघर्षका कारण उसको जीवन र सम्बन्धहरुमा उताव चढाव भोग्न बाध्य हुन्छ। फिल्मलाई होमी अदाजानीयाले निर्देशन गरेका हुन्।…
काठमाडौं : बलात्कारको अभियोगमा समातिएका इन्द्रहाङ राईलाई साढे ८ वर्ष जेल सजाय भएको छ। रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थी नेतासमेत रहेका राई बलात्कारको अभियोगमा पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले आज फैसला सुनाउँदै जेल सजायँ र पीडितलाई १ लाख ५० हजार रुपैयाँ नगद तिराउने भनेको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। न्यायाधीश विनोदप्रसाद पोखरेलको इजलासले राईलाई मुद्दामा यस्तो फैसला गरेको हो। गत कार्तिक…
काठमाडौं : नेपाल सरकारले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कसैलाई पनि अनअराइभल भिसा नदिने निर्णय गरेको छ। अध्यागमन विभागद्वारा जारी विज्ञप्तिमा यसअघि भिसा लिइसकेका पर्यटकहरुले स्वाव टेस्ट गरिएको हेल्थ सर्टिफिकेट प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको छ। पर्यटकहरुले नेपाल आउनुभन्दा एक हप्ता अगाडि नै हेल्थ सर्टिफिकेट अध्यागमन विभागमा बुझाउनुपर्नेछ। यस्तै, गैर आवसीय नेपालीहरुलाई प्रदान गरिएको अनअराइभल भिसा समेत स्थगित गरिएको…
काठमाडौं : सुनको भाउ अघिल्लो दिनका तुलनामा तीन हजार रूपैयाँ घटेर शुक्रबार प्रतितोला ७८ हजार ५०० मा आइपुगेको छ। लगातार उकालो लागेको मूल्यमा यति धेरै रकमको गिरावट वर्षको यो पहिलो हो। नेपाली बजारमा बिहीवारको कारोबार मूल्य तोलाको ८१ हजार ५०० थियो। साताको पहिलो दिन गत आइतबार तोलाको ८२ हजार ५०० पुगेको सुन मंगलबार अझ उक्लेर ८२ हजार ७०० सम्म पुगेको थियो।…
सुर्खेतः अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो। नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन…