PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • कोरोना परिक्षणका लागि सातै प्रदेशमा ल्याब राख्न मुख्यमन्त्रीहरुको माग

    कोरोना परिक्षणका लागि सातै प्रदेशमा ल्याब राख्न मुख्यमन्त्रीहरुको माग

    काठमाडौं : प्रदेशका मुख्यमन्त्रीहरुले कोरोना भाइरस प्रकोपको तयारीका लागि प्रदेशमा प्रयोगशाला बनाउनुपर्ने माग राखेका छन्। कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ६ प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरुबीच प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मुख्यमन्त्रीहरुले सो माग राखेका हुन्। बैठकपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूहरुले ल्याबको माग राखेको जानकारी दिए। उनले भने, ‘परिक्षणका लागि हामीसँग टेकुमा एउटा मात्र ल्याब…

    विस्तृतमा पढ्नुस्

  • २६ जना सहसचिव र उपसचिवको सरुवा : १७ जिल्लाका सिडिओ फेरिए

    २६ जना सहसचिव र उपसचिवको सरुवा : १७ जिल्लाका सिडिओ फेरिए

    काठमाडौं: गृह मन्त्रालयले सहसचिव तथा उपसचिव गरी २६ जनाको सरुवा गरेको छ। सरुवामध्ये १७ जना प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन्। मकवानपुर,धनुषा, कास्की,अछाम, धनकुटा,सिन्धुली, उदयपुर,पाँचथर, सिरहा, तनहँ, मोरङलगायतका जिल्लामा सिडिओ तथा सहायक सिडिओ फेरिएका हुन्। सिरहामा सरोज साद गुरागाई, कास्कीमा ज्ञानप्रसाद ढकाल, पाँचथरमा अर्जुनकुमार शर्मा, धनुषामा कोश हरि निरौलाको सरुवा भएको हो।

    विस्तृतमा पढ्नुस्

  • पर्यटन क्षेत्रको विकासका लागि केन्द्र सरकार एक्लैले केही गर्न सक्दैन : पर्यटनमन्त्री

    पर्यटन क्षेत्रको विकासका लागि केन्द्र सरकार एक्लैले केही गर्न सक्दैन : पर्यटनमन्त्री

    काठमाडौं : पर्यटन क्षेत्रको दीर्घकालिन विकासका लागि १० वर्षे रणनीति आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतवार काठमाडौंमा आयोजना गरेको प्रदेश समन्वय गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि १० वर्षे साझा रणनीति निर्माण गर्नुपर्ने बताएका हुन्। उनले १० वर्षमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले…

    विस्तृतमा पढ्नुस्

  • ट्रोलमा छाएकी नेहा धुपिया भन्छिन् : मेरो बोलीको गलत व्याख्या गरियो

    ट्रोलमा छाएकी नेहा धुपिया भन्छिन् : मेरो बोलीको गलत व्याख्या गरियो

    पछिल्लो समय बलिउड अभिनेत्री नेहा धुपिया ट्रोलमा छाएकी छिन्। उनले एडभेन्चर रियालिटी शो 'रोडिज'मा बोलेको विषयलाई लिएर ट्रोल बनेकी हुन्। कार्यक्रममा एक प्रतियोगीले भनेका थिए- मेरी प्रेमिका म सँगसँगै अर्को एक पुरुषसँग पनि सम्बन्धमा रहेछिन्। त्यो थाहा पाएपछि मैले उसलाई पिटे। प्रतियोगीको कुरा सुनेपछि नेहा आक्रोशित भइन्। जवाफमा भनिन्,'त्यो महिलाको इच्छाको कुरा हो। तिमीलाई उप्रति हिंसात्मक हुने कुनै अधिकार थिएन।'…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध प्रदेश सरकारका पूर्वतयारी बारे मुख्यमन्त्रीले गरे ब्रिफिङ, ‘ठूलो समस्या आए स्वास्थ्य सामग्री छैन’

    कोरोनाविरुद्ध प्रदेश सरकारका पूर्वतयारी बारे मुख्यमन्त्रीले गरे ब्रिफिङ, ‘ठूलो समस्या आए स्वास्थ्य सामग्री छैन’

    काठमाडौं : कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ६ प्रदेशका मुख्यमन्त्री र प्रदेशका सामाजिक विकासमन्त्रीहरुबीच प्रधानमन्त्री कार्यालयमा छलफल जारी छ। सञ्चारमन्त्री युजराज खतिवडाका अनुसार प्रदेश सरकारले गरेका कोरोनाको पूर्वतयारीका विषयमा मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीहरुले ब्रिफिङ गरिरहेका छन्। उनीहरुले स्वास्थ्य सामग्री भएपनि ठूलो समस्या आउँदा भने सामग्री अभाव हुने बताएका छन्। स्वास्थ्य सामग्री केन्द्रबाट लैजानुपर्ने भएकाले खरिदमा भएको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा कोरोना भाइरस भित्रिन नदिन यस्ता छन् सरकारका तयारी

    नेपालमा कोरोना भाइरस भित्रिन नदिन यस्ता छन् सरकारका तयारी

    काठमाडौं : सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई भित्रिन नदिने गरि आवश्यक तयारी गरेको भन्दै भयभीत नहुन सबैलाई अपिल गरेको छ। राष्ट्रिय सभाको आइतवारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भइरहेका प्रयास बारे जानकारी गराउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भयभीत नबन्न सबैलाई आग्रह गरेका हुन्। उनले संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको स्पष्ट पारे। मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षअघि प्रचण्डलाई थप्पड हान्ने युवक पक्राउ, भन्छन्,'ठुलाबडालाई दर्शन पाइन्छ कि भनेर छिरें'

    सात वर्षअघि प्रचण्डलाई थप्पड हान्ने युवक पक्राउ, भन्छन्,'ठुलाबडालाई दर्शन पाइन्छ कि भनेर छिरें'

    काठमाडौं : सात वर्षअघि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थप्पड हान्ने एक युवक फेरि पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको टोलीले बाग्लुङ राजकुटका पदम कुँवरलाई शनिवार नियन्त्रणमा लिएको थियो। यसपटक भने उनलाई कसैलाई थप्पड हानेको अभियोगमा नभएर संसद भवन भित्र अनुमती बीना प्रवेश गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। तर उनी किन संसद भवनभित्र छिरे भन्ने खुल्न सकेको छैन। 'छिर्न मन लागेर छिरेको…

    विस्तृतमा पढ्नुस्

  • दैनिक १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था छैन : निगम

    दैनिक १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था छैन : निगम

    काठमाडौं : नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने बताएको छ। कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला निगमले यस्तो बताएको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आइतवार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास…

    विस्तृतमा पढ्नुस्

  • ‘सिप्यान क्रिकेट अवार्ड’ स्थगित

    ‘सिप्यान क्रिकेट अवार्ड’ स्थगित

    काठमाडौं : कोरोना भाइरसको बढ्दो प्रकोपसँगै क्रिकेट खेलाडीस संघ (सिप्यान)ले आयोजना गर्ने भनेको सिप्यान क्रिकेट अवार्ड स्थगित हुने भएको छ। सिप्यानले आइतवार एक विज्ञप्ति निकाल्दै कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै तत्काललाई स्थगित गरेको जनाएको छ। यसअघि सिप्यानले चैत २१ गते एक समारोह बीच सिप्यान क्रिकेट अवार्ड प्रदान गर्ने जनाएको थियो। नेपाली क्रिकेट खेलाडीहरुको प्रदर्शन र खेल कौशललाई मुल्याङ्कन गरी पुरस्कृत…

    विस्तृतमा पढ्नुस्

  • कोटेश्वर कलंकी सडकमा नयाँ ट्राफिक नियम

    कोटेश्वर कलंकी सडकमा नयाँ ट्राफिक नियम

    काठमाडौः कोटेश्वर कलंकी सडक खण्डमा आजबाट नयाँ नियम लागु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर-कलंकी सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी  तथा साना सवारी साधनहरू सधैँ दाहिने तर्फको लेनबाट मात्र चलाउने नयाँ व्यवस्था लागु गरेको हो। सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प र नाकाबन्दीभन्दा पनि अप्ठेरो अवस्थामा अर्थतन्त्रः कोरोनाको कारण उद्योगदेखि रेमिटेन्ससम्म चौपट

    भूकम्प र नाकाबन्दीभन्दा पनि अप्ठेरो अवस्थामा अर्थतन्त्रः कोरोनाको कारण उद्योगदेखि रेमिटेन्ससम्म चौपट

    काठमाडौं : चीनबाट सुरु भएर संसारभर फैलिएको कोरोना भाइरसले नेपाली स्वास्थ्यलाई अहिलेसम्म संक्रमित त गरेको छैन, तर अर्थतन्त्रको 'जोरो' भने बढाउन थालेको छ। नेपालको विदेशी मुद्रा कमाइ हुने वैदेशिक रोजगार र पर्यटन ब्यवसाय दुई सातादेखि प्रभावित छ। विदेशी पर्यटक नआएर होटलको अकुपेन्सी दर १५ प्रतिशतभन्दा तल आइसकेको छ। कुल रेमिटेन्सको ५० प्रतिशत रकम भित्रिने ६ मुलुकमा नेपालीलाई रोजगारीका लागि औपचारिक/अनौपचारिक प्रतिबन्ध…

    विस्तृतमा पढ्नुस्

  • कानुन संशोधन गरेर घरभाडा नियन्त्रण गर्न माग

    कानुन संशोधन गरेर घरभाडा नियन्त्रण गर्न माग

    काठामाडौं : घरबहाल सरोकार महासंघ नेपालले कानुन संशोधन गरेर घरभाडा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। घरभाडामा घरबेटीहरुले ब्रह्मलुट मच्चाइरहेको भन्दै महासंघले नियन्त्रणको माग गरेको हो। महासंघले कोरोना भाइरसको प्रकोपले घरभाडामा बस्नेहरु झन पीडित भएको उल्लेख गर्दै घरभाडामा तत्काल ५० प्रतिशत छुट गराउन सरकारले वातावरण बनाउनुपर्ने माग पनि गरेको छ। कोरोना सन्त्रासका कारण बजार मूल्यवृद्वि आकासिएको, कालोबजारी मौलाएको र व्यापार तथा…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा चट्याङ लागेर दुई जनाको मृत्यु

    म्याग्दीमा चट्याङ लागेर दुई जनाको मृत्यु

    म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउपालिका -६ खिवाङमा शनिवार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेद्वयलाई अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक पुन र गर्बुजा छिमेकी हुन्। यसैबीच शनिवार रातिको वर्षासँगै यहाँ उच्च पहाडी बस्तीमा…

    विस्तृतमा पढ्नुस्

  • मिर्गौला रोगबाट पीडित रामलाई दुई लाख सहयोग

    मिर्गौला रोगबाट पीडित रामलाई दुई लाख सहयोग

    वीरगंज : बाराको कलैया उपमहानगरपालिका २४ श्रीपुरका ३३ वर्षीय मिर्गौला रोगबाट पीडित शिवविहारी रामलाई समाजिक अगुवाहरुको सहयोगमा दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको रोहवरमा सहयोग हस्तान्तरण गरिएको हो। उपचार खर्च नभएको समाचार प्रकाशित भएपछि सामाजिक अगुवाहरुले सहयोग संकलन र हस्तान्तरण गरेका हुन्। दुबै मिर्गौला फेल भएका रामको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • ट्राफिकलाई चार हजार रुपैयाँ घुस दिन खोज्ने चालक प्रहरी नियन्त्रणमा

    ट्राफिकलाई चार हजार रुपैयाँ घुस दिन खोज्ने चालक प्रहरी नियन्त्रणमा

    काठमाडौं : ट्राफिक प्रहरीलाई घुस दिएको अभियोगमा एक जना पक्राउ परेका छन्। दरबारमार्गमा सवारीसाधन चेकजाँचकमा क्रममा खटिएका प्रहरीलाई चार हजार रुपैयाँ घुस दिन खोजेको अभियोगमा बा २८ प ४०४२ नम्बरको मोटरसाइकल चालक प्रेमनाथ सेढाईँ पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। प्रहरीले अनुसन्धानका लागि चालक र सवारीसाधन नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको आशंकामा ट्रम्पको स्वास्थ्य परीक्षण

    कोरोनाको आशंकामा ट्रम्पको स्वास्थ्य परीक्षण

    काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणको आशंकामा स्वास्थ्य परीक्षण गराएका छन्। चिकित्सकसँगको लामो छलफल र सुझावपछि ट्रम्पले शुक्रबार स्वास्थ्य परीक्षण गराएको र रिपोर्ट नेगेटिभ आएको सीएनएनले जनाएको छ। ट्रम्पलाई भेटेको ब्राजिलको प्रतिनिधिमण्डलका दुई सदस्यलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई स्वास्थ्य परीक्षण गर्न दबाब परेको थियो। शनिबार ह्वाइट हाउसले ट्रम्पको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिँदै ट्रम्पमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रबीच भिडियो सम्वाद, प्रधानमन्त्री ओली पनि सहभागी हुने

    कोरोनाविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रबीच भिडियो सम्वाद, प्रधानमन्त्री ओली पनि सहभागी हुने

    काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका विषयमा साझा धारणा तय गर्न सार्क राष्ट्रध्यक्ष/प्रतिनिधिबीच आज भिडियो सम्वाद हुँदैछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सम्वाद हुन लागेको हो। नेपाली समकक्षी केपी शर्मा ओलीले यसअघि नै मोदीको प्रस्तावको स्वागत गरिसकेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री सम्वादमा सहभागी हुने बताए।…

    विस्तृतमा पढ्नुस्

  • मोदीको प्रस्तावमा पाकिस्तान पनि सकारात्मक, आज सार्क राष्ट्रका नेताहरुबीच भिडियो कन्फ्रेन्स हुने

    मोदीको प्रस्तावमा पाकिस्तान पनि सकारात्मक, आज सार्क राष्ट्रका नेताहरुबीच भिडियो कन्फ्रेन्स हुने

    काठमाडौं : विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९)विरुद्ध लड्नका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबीच साझा रणनीति बनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव पाकिस्तानले पनि स्वीकार गरेको छ। जम्मू काश्मीर मुद्दा तथा विभिन्न हमलाले भारत-पाक सम्बन्ध चिसिएको र यसैकारण सार्क समेत सक्रिय हुन नसकेका बेला कोरोनाविरुद्ध साझा रणनीति बनाउने प्रस्तावमा भने सहमति जुटेको हो। यसअघि नेपाल,…

    विस्तृतमा पढ्नुस्

  • मदिरा सेवनबाट मृत्यु भएको घटनामा ‘सप्लायर’सहित ७ जना पक्राउ

    मदिरा सेवनबाट मृत्यु भएको घटनामा ‘सप्लायर’सहित ७ जना पक्राउ

    काठमाडौं : धनुषामा मदिरा सेवनबाट आधा दर्जन बढीको मृत्यु भएको घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। अवैध घरेलु मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको घटनामा मदिरा सप्लायर्स सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। फागुन २९ देखि चैत १ गतेसम्म अवैध घरेलु मदिरा सेवनबाट जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ को रमदैयामा मदिरा सेवनबाट मृत्यु भएको घटनाको…

    विस्तृतमा पढ्नुस्

  • आहा रारा गोल्डकपको उपाधि मनाङलाई

    आहा रारा गोल्डकपको उपाधि मनाङलाई

    काठमाडौं : पोखरामा आज सम्पन्न आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ। आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मनाङले उपाधि हात पारेको हो। पोखरा रंगशालामा भएको खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ३० मिनेट समय थपिएको थियो। तर, थप समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पुगेर मनाङले ४-३ ले खेल जितेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell