PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

  • नेपाल र 'इंग्ल्याण्ड सी' टिमबीच हुने मैत्रीपू्र्ण खेल स्थगित

    नेपाल र 'इंग्ल्याण्ड सी' टिमबीच हुने मैत्रीपू्र्ण खेल स्थगित

    काठमाडौँः अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र इंग्ल्याण्ड सी टिम बीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको जनाएको छ। कोरोना भाइरसको बढ्दो प्रकोपसँगै मे ५ मा इंग्ल्याण्डको एल्डरसर्टमा तय गरिएको खेल स्थगित गरिएको हो। माघ ८ मा गरिएको सम्झौता अनुसार नेपाली राष्ट्रिय फुटबल टिमले इंग्ल्याण्डमा एक खेल खेल्ने र इंग्ल्याण्डको टिमले नेपाल आएर एक खेल खेल्ने तय भएको…

    विस्तृतमा पढ्नुस्

  • इटालीमा कोरोनाबाट मर्नेको संख्या २५ सय नाघ्यो, ट्रम्पले भने : अदृश्य शत्रुसँगको लडाईँमा हामी जित्नेछौँ

    इटालीमा कोरोनाबाट मर्नेको संख्या २५ सय नाघ्यो, ट्रम्पले भने : अदृश्य शत्रुसँगको लडाईँमा हामी जित्नेछौँ

    काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या २५ सय नाघेको छ। तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा इटालीमा थप ३४५ जनाको मृत्यु भएको छ। यससँगै कुल मृतक संख्या २ हजार ५ सय ३ पुगेको अलजजिराले जनाएको छ। संक्रमणको संख्या ३१ हजार ५ सय ६ रहेको छ। इटाली युरोपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो।…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामको प्रश्न : कम्युनिस्ट नाम गरेको नेकपाले प्रदेशको नामाकरण कसरी धार्मिक पात्र जानकीको नाममा गर्न सक्छ?

    बाबुरामको प्रश्न : कम्युनिस्ट नाम गरेको नेकपाले प्रदेशको नामाकरण कसरी धार्मिक पात्र जानकीको नाममा गर्न सक्छ?

    काठमाडौं : समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी प्रस्ताव गरेकोमा असन्तुष्टि जनाएका छन्। कम्युनिस्ट भएर धार्मिक पात्रको नाम सिफारिस गरेकोमा बाबुरामले असन्तुष्टि जनाएका हुन्। यद्यपी प्रदेशसभामा मंगलबार भएको गोप्य मतदानमा जानकीसहित सबै नाम अस्वीकृत भएको छ। नाम अस्वीकृत भएपछि बाबुरामले ट्वीटरमार्फत कम्युनिस्ट नेकपाको सिद्धान्तमाथि प्रश्न उठाएका हुन्। उनले प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • गोकुल बाँस्कोटाले भने, 'बम हाने पनि झुटसँग झुक्दिनँ'

    गोकुल बाँस्कोटाले भने, 'बम हाने पनि झुटसँग झुक्दिनँ'

    काठमाडौं : पूर्व सञ्चारमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता गोकुल बाँस्कोटाले झुटसँग नझुक्ने बताएका छन्। प्रन्टिङ प्रेस खरिदको ७० करोड कमिसन प्रकरणमा अडियो सार्वजनिक भएर पदबाट राजीनामा दिएका बाँस्कोटाले आफ्नो घरमा बम विस्फोट भएपछि मंगलबार ट्वीटरमार्फत धारणा सार्वजनिक गर्दै बमगोला हाने पनि झुटसँग नडराउने उल्लेख गरेका छन्। ७० करोड कमिसन प्रकरणमा आफ्नो संलग्नता नभएको दावी बाँस्कोटाले गर्दै आएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनको कहर: युरो कप एक वर्ष पछि सर्‍यो

    कोरोनको कहर: युरो कप एक वर्ष पछि सर्‍यो

    युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) को आजको वैठकले युरोकप २०२० लाई १ वर्ष पछि सार्ने निर्णय गरेको छ। कोरोना भाइरसको बढ्दो प्रभावसँगै युरोकप एक वर्षलाई पछि सारिएको हो। आगामी १२ जुनबाट १२ जुलाईसम्म हुने भनिएको युरोकप अर्कोवर्षको ११ जुनदेखि ११ जुलाईसम्म हुनेछ। युरोकप सरेसँगै अहिले कोरोना भाइरसकै कारण स्थगित गरिएका युरोपियन लिगहरु त्यसअघि नै सम्पन्न हुनेछन्। ‘खेलाडी, समर्थक र…

    विस्तृतमा पढ्नुस्

  • एकाएक किन लाग्यो पेट्रोल पम्पमा गाडी र मोटरसाइकलको ताँती?

    एकाएक किन लाग्यो पेट्रोल पम्पमा गाडी र मोटरसाइकलको ताँती?

    काठमाडौं : आज दिनभरजसो धेरै पेट्रोल पम्पमा लामो लाम देखियो। गाडी र मोटरसाइकलमा तेल भर्नेको भिड एकातिर देखियो भने अर्कातिर 'तेल छैन' भन्दै पहिले झै बोर्ड झुण्ड्याइए। एकाएक किन भयो त यस्तो हाल? मूल्य घट्ने भएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पले सोमवार कम तेल उठाए। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आयल निगमले १६ तारिख (सोमवार) मूल्य घट्ने जानकारी पाइसकेका पम्प संचालकले…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा जोड्ने कान्ती राजपथ दुईतर्फी सञ्चालनमा आउने कहिले?

    हेटौंडा जोड्ने कान्ती राजपथ दुईतर्फी सञ्चालनमा आउने कहिले?

      काठमाडौं : संघीय राजधानी काठमाडौंलाई छोटो दुरीमा वाग्मती प्रदेशको राजधानी हेटौडा जोड्ने कान्ती लोकपथ दुईतर्फी संचालनमा ल्याउन अझै एक वर्ष लाग्ने भएको छ।  दसैं अगाडि नै संचालनमा ल्याउने भनिएको लोकपथमा योजना अनुसार काम नहुँदा संचालनमा ल्याउन एक वर्ष लाग्ने भएको हो। आयोजनाले तयार पारेको पछिल्लो संशोधित तालिका अनुसार आगामी फागुन मसान्तसम्ममा आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ। मन्त्रालयमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • राखेपको निर्देशनसँगै पछि हट्यो एन्फा, रोकियो ‘बी’ डिभिजनका खेल

    राखेपको निर्देशनसँगै पछि हट्यो एन्फा, रोकियो ‘बी’ डिभिजनका खेल

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्को मंगलवार बसेको बैठकले एक हप्ताका लागि खेल गतिविधिहरु बन्द गर्न निर्देशन दिएसँगै शहीद स्मारक ‘बी’ डिभिजनका खेलहरु एन्फाले स्थगित गरेको छ। पछिल्लो समय कोरोना भाइरस प्रकोपका कारण विश्वभरका खेल गतिविधहरु प्रभावित भएका छन्। नेपालमा पनि खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको फागुन २२ गतेको बैठकले ठूला खेल गतिविधिहरु नगर्न सूचित गरेको थियो। त्यसयता विश्वकप फुटबल छनोट…

    विस्तृतमा पढ्नुस्

  • बार एसोसिएसनले भन्यो : सर्वोच्चको सेवा कटौती गरौं, कोरोनाको जोखिमबाट बचौं

    बार एसोसिएसनले भन्यो : सर्वोच्चको सेवा कटौती गरौं, कोरोनाको जोखिमबाट बचौं

    काठमाडौं : नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा हुने भिड कम गराउन कम्तिमा एक महिनाका लागि नियमित सेवा प्रवाहमा कटौती गर्नुपर्ने जनाएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै बारले कोरोना भाइरसको प्रकोप सम्भावनालाई न्युन गर्न अदालतको नियमित प्रवाह हुने सेवामा केही कटौती गरी अदालतले कार्यसूची प्रकाशन गर्नुपर्ने जनाएको हो। बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक र तत्कालै नगरी नहुने काम बाहेकका सेवा प्रवाह नहुसने…

    विस्तृतमा पढ्नुस्

  • सुन्दरमणि दीक्षितको आरोप : सरकारसँग कोरोना परीक्षण गर्ने किट छैन, भएका जति सबै भिआइपीलाई

    सुन्दरमणि दीक्षितको आरोप : सरकारसँग कोरोना परीक्षण गर्ने किट छैन, भएका जति सबै भिआइपीलाई

    काठमाडौं : वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले कोरोना भाइरसका संकास्पद व्यक्तिमाथि कुनैपनि परीक्षण नभएको आरोप लगाएका छन्। कोरोना भाइरसका विषयमा मंगलवार काठमाडौंमा आयोजित एक साक्षत्कारमा डा दीक्षितले भाइरस परिक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाएका हुन्। उनले भने, ‘हामीलाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन एउटालाई मात्रै देखिएको थियो, नेपालमा त…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संसदको काम रोक्न माग

    कोरोनाको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संसदको काम रोक्न माग

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभा सदस्यहरुले संसदको काम कारबाही रोक्नुपर्ने बताएका छन्। मंगलवार संघीय संसद बाहिर पत्रकारहरुसँग सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारबाही रोक्नुपर्ने बताएका हुन्। सांसद राधेश्याम अधिकारीले सरकारले सबै भन्दा बढी भिडभाड हुने ठाउँहरु निषेध गर्नुपर्ने र यसको सुरुवात संसदबाट नै गर्नुपर्ने बताए। उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • विमान उडाउँदै आकाशमै पाइलटले लेखे : स्टे होम

    विमान उडाउँदै आकाशमै पाइलटले लेखे : स्टे होम

    अस्ट्रियन विमानस्थलबाट उडेको एउटा सानो हवाइजहाज हावामा कावा खाइरहेको थियो। करिब ३० मिनेट पाइलटले विमानलाई यता र उता गरिरहे। उनको उडान शैलीले कुनै प्याट्रन बनाइरहेको अनुभूति हुन्थ्यो। तलबाट हेर्दा पाइलटले केही सिकिरहेका हुन् कि भन्ने पनि अनुभूति हुन्थ्यो। तर, त्यसो भइरहेको थिएन। उनले केही संदेश प्रवाह गरिरहेका थिए - आकाशमा। उनको उडानले भनिरहेको थियो - स्टे होम। अर्थात्, घरमै बस।…

    विस्तृतमा पढ्नुस्

  • सौतेनी आमाको हत्या गरि फरार छोरा १८ वर्षपछि समातिए

    सौतेनी आमाको हत्या गरि फरार छोरा १८ वर्षपछि समातिए

    काठमाडौः सौतेनी आमाको हत्या गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या भएको १८ वर्षपछि केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले धादिङ थाक्रे गाउँपालिका वडा नम्वर ६ रानीबारी  बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई पक्राउ गरेको हो। घटना भएको समयमा थापा ४० वर्षका थिए। २०५८ माघ १० गते थापाको बुवा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। माघ १४…

    विस्तृतमा पढ्नुस्

  • इटालीलाई कोरोनाविरुद्धको लडाइमा सघाउने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

    इटालीलाई कोरोनाविरुद्धको लडाइमा सघाउने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

    चिनियाँ राष्ट्रपति सि जिङफिनले इटालीलाई कोभिड-१९ विरुद्धको लडाईमा चीनले सहयोग गर्ने बताएका छन्। इटालीका प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताका क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन्। दुई नेताबीच सोमवार टेलिफोन वार्ता भएको थियो। वार्तामा राष्ट्रपति सिले इटालीको चिन्ता चीनको चिन्ता भएको भन्दै थप स्वास्थ्य विज्ञहरुलाई इटाली पठाउने बताएको चाइना डेलीले जनाएको छ। अन्तर्राष्ट्रिय रुपमा फैलिएको महामारी रोक्नका लागि साझेदारीलाई अगाडि बढाउने भन्दै राष्ट्रपति सिले ‘सिल्क…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ 'नाट्यश्वर म्यूजिक अवार्ड'को उत्कृष्ट ५ मनोनयन

    यस्तो छ 'नाट्यश्वर म्यूजिक अवार्ड'को उत्कृष्ट ५ मनोनयन

    काठमाडौं : 'नाट्यश्वर म्यूजिक अवार्ड २०७६ का लागि विविध ४८ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएका छन्। अवार्डको दोस्रो संस्करणमा तामाङ सेलो लगायत समूदाय विदेश गीत/संगीतदेखि मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेटिएको छ। गत वर्षदेखि मोफसलका जिल्लाहरुमा आयोजना हुने उद्देश्यसहित आयोजना हुँदै आएको अवार्डको यस वर्ष नुवाकोटमा हुने जनाइएको छ। कार्यक्रममा नेपाली संगीत क्षेत्रमा लामो समय योगदान…

    विस्तृतमा पढ्नुस्

  • तनावग्रस्त पनौतीमा कर्फ्यू आदेश जारी

    तनावग्रस्त पनौतीमा कर्फ्यू आदेश जारी

    काठमाडौँः टिपरले ठक्करबाट आमा-छोरीको मृत्यु भएपछि तनावग्रस्त बनेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू लागेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। 'अर्को सूचना जारी नभएसम्म निश्चित क्षेत्रमा कर्फ्यू लगाइएको छ' सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईँले भनिन्। सोमबार साँझ पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि पनौती क्षेत्र तनावग्रस्त बनेको थियो। स्थानीय र प्रहरीबीच झडप…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध लड्न सरकारका १६ निर्णय : जमघटमा प्रतिबन्ध, गृह प्रशासनले अनुगमन गर्ने

    कोरोनाविरुद्ध लड्न सरकारका १६ निर्णय : जमघटमा प्रतिबन्ध, गृह प्रशासनले अनुगमन गर्ने

    काठमाडौं: सरकारले महामारीका रुपमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न १६ वटा निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिले कोरोनाको संक्रमण रोकथामका लागि केन्द्रदेखि प्रदेशहरुमा आइसीयू बेड व्यवस्था गर्नेदेखि भिडभाड तथा जमघटमा कडाईका साथ रोक लगाउने सम्मका निर्णय गरेको हो। बैठकले सम्भावित जोखिमबाट बच्न साना ठूला कुनै पनि जमघटमा कडाईका साथ रोक लगाउने र…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले इटालीमा ४८ घण्टामा ७१७ जनाको मृत्यु, क्यानडा, स्पेन र रूसमा प्रवेश प्रतिबन्ध

    कोरोनाले इटालीमा ४८ घण्टामा ७१७ जनाको मृत्यु, क्यानडा, स्पेन र रूसमा प्रवेश प्रतिबन्ध

    काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट इटालीमा पछिल्लो ४८ घण्टामा ७ सय १७ जनाको मृत्यु भएको छ। यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको त्यहाँको नागरिक संरक्षण प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कोरोना संक्रमित संख्या २७ हजार ९ सय ८० पुगेको छ। २ हजार ७ सय ४९ जना उपचारपछि घर फर्किएका छन्। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा

    इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा

    जेरुसेलम: इजरायलका राष्ट्रपतिले आइतबार पूर्व सैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा दिएका छन्। कोरोनाभाइरसको महामारीले इजरायल पनि प्रताडित हुनैलाग्दा एक वर्षदेखि इजरायलमा जारी राजनैतिक गतिरोधको अन्त्य गर्न गान्जलाई एक मौका दिएको बताइएको छ। इजरायली राष्ट्रपति रिउभेन रिभलिनको घोषणाले दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निकै ठूलो चोट पुगेको छ। इजरायली इतिहासमै सबैभन्दा लामो अवधि प्रधानमन्त्री बन्ने सौभाग्य पाएका नेतन्याहूको सत्ताबाट…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको जोखिमप्रति सतर्कताको अपिल गर्दै देउवाले भने: बैंक कर्जाको ब्याजदर घटाउ, ऋण चुक्ताको समयावधि थपौं

    कोरोनाको जोखिमप्रति सतर्कताको अपिल गर्दै देउवाले भने: बैंक कर्जाको ब्याजदर घटाउ, ऋण चुक्ताको समयावधि थपौं

    काठमाडौं: नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘कोभिड–१९’ को सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गरेका छन्। उनले एक विज्ञप्तिमार्फत सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाई हुन नसक्दा कुनैपनि समय सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याएका छन्। साथै कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनुपर्ने सतर्कताबारे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell