विराटनगर : झापाको सदरमुकाम भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शुक्रबार बिहानदेखि एक बिरामीलाई आइसोलेसन वार्डमा राखिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पीताम्बर ठाकुरले एक बिरामीलाई आइसोलेसनमा राखिएको पुष्टि गरे। ‘यी बिरामी ३ दिनअघि दुबईबाट आएका रहेछन्, आज रातिको नाइट बस चढेर काठमाडौंबाट विराटनगर आइपुगेका हुन्,’ डाक्टर ठाकुरले भने, ‘उनलाई रुघा लागेको छ। घाँटी दुख्छ र ज्वरो आइरहेको छ। हामीले शङ्का लागेर…
काठमाडौं : बिश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड १९ (कोरोना) भाइरस संक्रमण रोक्न ट्राफिक प्रहरी प्लेकार्ड बोकेर सडकमा उत्रिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरेको छ। जसमा यात्रुको सुरक्षालाई महत्व दिइएको छ। यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य बसपार्क र भिडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम…
काठमाडौं : बैंकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलिने निर्णय गरेको छ। बिहीवार बसेको बैंकर्स संघको बैठकले शुल्क नलिने निर्णय गरेको हो। विकास बैंक संघले पनि एक महिनालाई शुल्क नलिने निर्णय गरिसकेको छ। केही समयलाई मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क लाग्ने छैन। संघले नगदको कारोबार सकेसम्म कम गर्ने उपाय गर्ने निर्णय गरेको छ। बैठकपछि कायममुकायम…
काठमाडौं : कोरोना भाइरसका कारण दुई सातासम्म अदालतहरु बन्द हुने भएका छन्। आज सर्वोच्च अदालतमा बसेको फुलकोर्टको बैठकले देशका सबै अदालतहरु बन्द गर्ने निर्णय गरेको हो। प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको फुलकोर्टले चैत २२ गतेसम्मको लागि अदालतका कामकारबाहीहरु बन्द गर्ने निर्णय गरेको हो। बन्दी प्रत्यक्षीकरणबाहेक अन्य सबै कामकारबाही बन्द हुने छ।
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरेवापत लिइने कक्षा स्थगित गरेको छ। विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न सतर्कता अपनाउने क्रममा महाशाखाले सचेतना कक्षा स्थगित गरेको हो। मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिँदै आएको सचेतना कक्षा तत्काललाई स्थगित गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद…
कोरोना भाइरसको त्रास बढेसँगै मास्क किन्नेको भिड लाग्न थालेको छ। कालो बजारी गर्नेहरुले लुकाएर राखेको धेरै परिमाणको सर्जिकल मास्क प्रहरीले जफत गरेपछि वितरणका लागि सरकारी तथा सामुदायिक औषधी पसललाई जिम्मा दिएको छ। महाराजगञ्जमा रहेको साझाको औषधी बिक्री कक्षमा आज बिहानैदेखि भिड लागेको थियो। सरकारले २५ जनाभन्दा बढी मानिस भेला हुन समेत निषेध गरेको अवस्थामा मास्क लिनकै लागि ठूलै भिड देखिन्थ्यो।…
काठमाडौँः राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो। संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले बैठक स्थगित भएको जानकारी दिए। कोरोना प्रकोप न्यूनीकरणका लागि भन्दै बैठक स्थगित गरिएको हो। बिहीबार पनि बैठक बसेको थियो। सरकारको निर्णयविपरीत बैठक बसेको भन्दै आलोचना भएको थियो। सरकारले बुधबार २५ जनाभन्दा बढी…
काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर धार्मिक कार्यहरु समेत प्रभावित भएका छन्। साउदी अरब, भारत, अमेरिका, इटालीमा रहेको धार्मिक स्थान सर्वसाधरणका लागि बन्द गरिएका छन्। विश्वका अधिकांश देशमा कहर मचाएको भाइरसको न्यूनीकरण गर्न भन्दै काठमाडौँ उपत्यकाका धार्मिक क्षेत्रमा सतर्कता अपनाउन सुरु गरिएको छ। न्यूरोड, टेबाह: मा रहेको संकटा मन्दिर, महांकाल मन्दिर, तेबहा: स्थित भद्रकाली मन्दिर वटुको भद्रकाली मान्दिरमा शुक्रबारबाट…
काठमाडौं : पूर्वसञ्चार तथा सूचना प्राविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहका कार्यकर्ता टेक लोहार (कालिकोट), लक्ष्मण सेठी (कैलाली) र अमृत कुमाल (कैलाली)लाई नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। 'उनीहरुले नै बम बोकेर लगेको बयान दिएका छन्', एसएसपी थापाले भने।…
काठमाडौं : वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न मुटु रोगीका लागि टिप्स दिएका छन्। नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत रहेका कोइरालाले मुटुरोगी कोरोनाको उच्च जोखिममा रहेको बताउँदै सावधानी अपनाउन अपिल गरेका हुन्। उनले मुटुरोगीलाई भिडभाडमा नजान, ज्वरोखोकी लागेका व्यक्तिबाट टाढै बस्न, हात धुन र उच्च रक्तचाप नियन्त्रण गर्न सुझाव…
काठमाडौं : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको त्यहाँको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। यससँगै इटालीले मृतक संख्यामा चीनलाई उछिनेको छ। कोरोना पहिलोपटक चीनको वुहानमा देखिएको थियो। चीनमा ३ हजार २ सय ४८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। ३ महिनाभित्र विश्वका अधिकांश राष्ट्रमा…
काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। चीनको तिब्बतलाई केन्द्र बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। तिब्बतमा विहान ७ बजेर १८ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं उपत्यका तथा तिब्बतसँग सीमा जोडिएका नेपालका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ।
काठमाडौं : भारतको चर्चित निर्भया सामूहिक बलात्कार तथा हत्या प्रकरणमा संलग्न चारै जनालाई आज विहान मृत्युदण्ड दिइएको छ। घटनामा संलग्न ३२ वर्षीय मुकेश सिंह, २५ वर्षीय पवन गुप्ता, २६ वर्षीय विनय शर्मा र ३१ वर्षीय अशोककुमार सिंहलाई दिल्लीको तिहार जेलमा विहान ५ बजेर ३० मिनेटमा फाँसीमा चढाइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। घटनामा संलग्न ६ मध्ये एक जनाले जेलभित्रै आत्महत्या गरिसकेका छन भने…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरुलाई धार्मिक गतिविधि सञ्चालनमा पुनर्विचार गर्न अपिल गरेका छन्। कोरोना भाइरस (केभिड-१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरुलाई संयमता अपनाउन र कार्यक्रमहरुमाथि पुनर्विचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन्। सरकारले कुनै पनि सार्वजनिक सभा, समारोह, ठूला भेलाहरु, जात्रा, महोत्सव, र भोजभतेर नगर्नु भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने…
काठमाडौं : काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ। महानगरपालिकाले बिहीवार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना मझौला र ठूला वडाहरुलाई २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट…
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचको कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताइन्। भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषयहरु लामो समयदेखि थाती रहेको र दुई देशले छलफलमार्फत ती विषयको समाधान गर्नुपर्ने बताइन्। ‘हिजोदेखि थाती रहेका केही विषयहरु छन्, दुई देशबीचमा छलफल…
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नको लागि सरकारले बुधवार सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै आजदेखि देशभरका हलहरु बन्द भएका छन्। क्युएफएक्सले आफ्नो वेबसाइटमा ‘जनताको सुरक्षा नै पहिलो प्राथमिकता’ रहेको भन्दै सिनेमा हलहरु बैशाख १८ गतेसम्मलाई बन्द गरिएको उल्लेख गरेको छ। कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले सिनेमा…
काठमाडौं : सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मुल्य पसल खोल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज भोलिमा नै उपत्यकामा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइने बताएका हुन्। सरकारका निर्णयबारे जानकारी दिन सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले अहिलेको समयमा मिडियाको भूमिका सबैभन्दा बढी रहेको भन्दै सरकारका कमी कमजोरी बारे जानकारी गराउन समेत आग्रह गरे। मिडियाले जनतालाई प्रशिक्षित गराउनु…
विराटनगर : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न प्रदेश नं १ सरकारको कार्य योजनामा सेनाले मोरङको टाँडीस्थित सूर्यदल गणको सुरक्षा गुल्म परिसरमा २ सय शय्या क्षमताका क्वारेन्टाइनस्थल निर्माण गरेको हो। नेपाली सेना पूर्वी पृतना हेडक्वार्टरको पहलमा क्वारेन्टाइन स्थल निर्माण गरिएको हो। पूर्वी पृतनाले प्रकाशित गरेको विज्ञप्तिमा न्यूनतम स्वास्थ्य मापदण्ड कायम गर्नेगरी निर्माण गरिएको क्वारेन्टाइनमा प्रत्येक पालभित्र २/२ जना अट्ने…
काठमाडौं : सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले कोभिड-१९ का कारण वैदेशिक रोजगारमा जान नपाएका युवाहरुका लागि स्वेशमा नै उपयुक्त अवसर दिने बताएका छन्। सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कोभिड-१९ को संक्रमण हुन सक्ने जोखिमलाई हेरेर विदेश जान र विदेशबाट आउन रोकिएको भन्दै श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी उपलब्ध गराउने बताएका हुन्। उनले भने, ‘वैदेशिक रोजगारीमा…