काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकता घोषणासभामा बोल्दै अध्यक्ष राणाले बहुदलिय कालमा जनताले भारी बहुमत दिएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताए। उनले भने, ‘अहिलेको सरकार बहुदलिय परिपाटीको इतिहासमा सबैभन्दा शक्तिशाली छ। नेपाली जनताले सरकारलाई भारी बहुमत दिए।…
काठमाडौं : राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था आवश्यक भएको बताएका छन्। बुधवार राष्ट्रिय सभा गृहमा भएको एकीकरण घोषणा कार्यक्रममा उनले राष्ट्रपतिको पद कुनै पार्टीको गुटले उपयोग गर्ने पद बनेको बताए। डा लोहनीले अहिलेको सरकार प्रतिगमनतिर गएको आरोप समेत लगाए। जनताले मरुभूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्दै सरकार प्रतिगमनतिर गएको उनको आरोप थियो। ‘अहिलेको सरकारले त्यसलाई दुरुपयोग…
काठमाडौं : विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण धमाधम नेपाली फिल्मको प्रदर्शनदेखि छायांकनसम्म स्थगित भइरहेका छन्। जसले गर्दा फिल्मकर्मीहरु मारमा परेका छन्। सरकारले सार्वजनिक भेला, समारोह तथा कार्यक्रमहरु नगर्न आव्हान गरेपछि फिल्मकर्मीहरुले छायांकनदेखि प्रदर्शनसम्म स्थगित गरेका हुन्। हालसम्म कोरोना त्रासका कारण फिल्म ‘नीरफूल’ र ‘म यस्तो गीत गाँउछु २’ गरी दुईवटा फिल्मको प्रदर्शन स्थगित भइसकेको छ। प्रदर्शनको संघारमा दुवै फिल्मको…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच बुधवार एकता घोषणा भयो। दुई पार्टीबीच सहमति पत्र आदानप्रदान भयो। सो क्रममा राप्रपाका प्रवक्ता राजेन्द्र लिङदेनले एकतामा अझै शंका भएको भन्दै कमल थापा, पशुपति समशेर जबरा र प्रकाश चन्द्र लोहनीले पार्टीलाई तहस नहस गरेको बताए। उनले प्रश्न गर्दै भने, ‘तपाईंको अहमताको जाँतोमा हामी पिसियौँ। तपाईंहरु सिद्धान्तमा होइन स्वार्थमा जुधेको हो।’ उनले…
काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेविरुद्ध उजुरी आह्वान गरेको छ। बुधवार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १० दिने सूचना निकाल्न निर्देशन दिएको हो। समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासिय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डेविरुद्ध उजुरी आह्वान गरिएको बताए। समिति सदस्यहरुलाई पाण्डेको…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम प्रहार गर्नेलाई कारवाही गर्न माग गरेका छन्। बुधवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले घटनाको निन्दासमेत गरेका छन्। 'म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भर्त्सना गर्दछु', अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा…
काठमाडौं : भक्तपुरको थिमिमा पौने ४ आना बराबरको जग्गामा केही समयदेखि एउटा घर बन्दै थियो। बन्दै गरेको घरमा धेरैको नजर परेको थियो, किनभने त्यो बन्दै गरेको घर थियो पूर्व सञ्चार तथा सूचना प्राविधिमन्त्री गोकुल बाँस्कोटाको। घुस प्रकरणमा बाँस्कोटाको अडियो सार्वजनिक भएपछि झनै त्यस घरको चर्चा चुलिएको थियो। अरु मात्र होइन केही दिनदेखि घरमा सुरक्षाकर्मीको पनि चासो बढेको थियो। घर प्रहरीको सुरक्षा नजर भित्र…
काठमाडौं : बेलायतका स्वास्थ्यमन्त्री नदिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। डोरिसलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि चिकित्सकको निगरानीमा घरमै क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ। कन्जरवेटिभ पार्टीकी सांसद समेत रहेकी ६२ वर्षीया डोरिसले भनेकी छिन्, 'मेरो कोरोना जाँचको रिपोर्ट पोजेटिभ आएको छ। म आफ्नै घरमा अलग बसिरहेकी छुँ। तपाइहरु सबै सुरक्षित रहनुस्।' आफ्नी ८४ वर्षीया आमालाई समेत खोकी लागेको र परीक्षणको…
बीबीसी- बिगत ३० वर्षमा तेलको भाउमा अहिले जति धेरै गिरावट कहिल्यै आएको थिएन। सोमबार जब एसियाली बजार खुल्यो कच्चा तेलको भाउ ३० प्रतिशतसम्म तल झर्यो। कारोबार सुरु हुनासाथ नै एक ब्यारेल कच्चा तेलको भाउ ४० डलरबाट घटेर ३१.५२ डलर भयो। खाडी युद्धपछि एकै कारोबार दिनमा कच्चा तेलको भाउमा यति धेरै गिरावट आएको हो। तेलको भाउमा गिरावट यस्तो समयमा आएको छ…
कोरोना भाइरसको बढ्दो प्रभावबाट खेलकुद क्षेत्र अछुतो छैन। विश्वभरको खेलकुद कोरोनाकै कारण प्रभावित छ। त्यसमा पनि इटाली र चीनमा खेलकुद बढी प्रभावित देखिन्छन्। नेपालमै पनि एभरेस्ट प्रिमियर लिग, विश्वकप फुटबलको छनोट लगायतका ठूला खेल गतिविधि कोरोनाकै कारण प्रभावित भइसकेका छन् भने राष्ट्रिय खेलकुद परिषद्ले नयाँ खेल गतिविधि आयोजना नगर्न समेत भनिसकेको छ। विश्वभर खेल प्रभावित भइरहँदा क्रिकेट क्षेत्रको ठूलो फ्रेन्चाइज…
काठमाडौं : नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहाल विश्व वरीयताको सातौँ स्थानमा उक्लिएका छन्। विश्व ब्याटमिन्टन महासंघले जारी गरेको नयाँ जुनियर वरीयता अनुसार प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन्। यसअघि उनी १०औं स्थानमा थिए। भर्खरै सम्पन्न जर्मन जुनियर इन्टरनेसनलमा राम्रो प्रदर्शन गरेका उनले ३ स्थान सुधार गर्दै करियरकै सबैभन्दा माथिल्लो वरीयता हात पारेका हुन्। वरीयता क्रममा फ्रान्सका क्रिस्टो पोभोभ शीर्ष स्थानमा छन्। त्यस्तै…
काठमाडौं : जातीय छुवाछुतको कसुरमा नेपाल सरकारका एक अधिकृत पक्राउ परेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हालै सरुवा भएका अधिकृत श्रीकृष्ण बिडारी मंगलवार पक्राउ परेका हुन्। बिडारीकी श्रीमती तीन दिनअघि नै पक्राउ परिसकेकी छन्। बालाजु नेपालटारस्थित बिडारीको घरमा भाडामा बस्ने महिलाको उजुरीपछि उनी पक्राउ परेका हुन्। बिडारीमाथि घरमा बस्ने दलित महिलालाई पानी छोएको निहुँमा भेदभाव गरेको आरोप लगाइएको छ। विभेद…
काठमाडौं : उपत्यकाको सवारी आवागमनलाई सहज बनाउने उद्देश्यले कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा लेन प्रयोगको नयाँ नियम लागू गरिने भएको छ। सो नियम अनुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दायाँ मुख्य (द्रुत) लेनबाट मात्र चलाउनु पर्नेछ। उक्त नियम आगमी चैत २ गतेदेखि लागू गरिने भएको छ।…
काठमाडौं : प्रचार प्रसारमा व्यस्त थिए फिल्म ‘नीरफूल’का कलाकारदेखि निर्माण युनिटसम्म। फिल्मको ट्रेलर समेत सार्वजनिक भइसकेको थियो। तर, हाललाई फिल्मको प्रदर्शन स्थगित भएको छ। फिल्मको प्रदर्शन मिति पहिलो पटक प्रभावित भएको भने होइन। फागुन ३० गते सार्वजनिक हुने भनिएको फिल्म आगामी चैत ७ गते मात्र प्रदर्शनमा ल्याउने भनिएको थियो। तर अब उक्त मितिमा पनि फिल्म प्रदर्शन नहुने भएको छ।…
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईबीच भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा मन्त्रालयका सचिव, नागरिक उड्ययन प्राधिकरणका अधिकारी तथा स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागी थिए। भेटका क्रममा चीनबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रणमा भएको चिनियाँ प्रगतिको विषयमा छलफल भएको थियो। राजदूत होउले चीनमा महामारी फैलिएसँगै चीन सरकारले रोकथामका…
काठमाडौं : संसारभरका सेयर बजारलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पनि पछ्याएको छ। कोरोना भाइरसका कारण अर्थब्यवस्थामा संकुचन आउन थालेपछि संसार भरका सेयर बजारमा पहिरो गइरहेको छ। चार दिनको बिदापछि मंगलबार खुलेको नेप्से ८६ अंकले ओर्लिएर बन्द भएको छ। बजार ६ प्रतिशतले घटेपछि १ बजेर १३ मिनेटबाटै आजका लागि कारोबार स्थगित गरिएको छ। आज दिनभरीमा तीन पटक सर्किट ब्रेकर…
काठमाडौं : सात महिना अघि हत्या गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मकवानपुर गढी गाउँपालिका वडा नम्वर १ पिङडाँडा घर भएका १९ वर्षीय धने भन्ने आरुष थिङलाई नियन्त्रणमा लिएको हो। गत साउन २८ गते ललितपुर महानगरपालिका वडा नम्वर ९ गुहे पोखरीमा उदयपुर कटारी नगरपालिका २ गरास घर भएका ३३ वर्षीय हरि खड्का मृत अवस्थामा फेला परेका…
काठमाडौः कोरोना भाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले कतारको दोहा उडान स्थगित गरेका छन्। कतारले सोमबारदेखि लागू हुने गरि नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई तत्काललाई अस्थायी रुपमा प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो। एनएसीका प्रवक्ता अर्चना खड्काले मंगलबारदेखि…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन्। पार्टी एकताको पूर्वसन्ध्यामा मंगलवार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्। बुधवार राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता घोषणा हुँदैछ। पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे। थापाले…
काठमाडौं : कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ। मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने बताएका हुन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने ढकालले बताए। ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उनले…