काठमाडौं : भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन्। नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलवार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो। नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले सरकार-सरकार, संसद-संसद र जनता-जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा छलफल भएको…
काठमाडौं : एपेक्स बैंक घोटाला काण्डमा मुछिएका 'क वर्ग'का ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको खोजी सूचीमा रहेका भेटवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। 'प्रहरीको खोजी सुचिमा हुनुहुन्थ्यो। दिल्लीबाट काठमाडौं आएपछि हाम्रो नियन्त्रणमा आउनु भएको हो,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने। भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो।…
काठमाडौं: नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। दूतावासले सोमबार एक सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामा बोहक भेटघाट नगर्न आग्रह गरेको हो। कतार सरकाले अपनाएको सतर्कता र संवदेशनीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ।…
काठमाडौं : होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने १ हजार ९ सय ४१ चालकलाई कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाले सोमवार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६४५ दुई पाङ्ग्रे र २९६ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरेको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी…
काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रासले काठमाडौं उपत्यकामा यसपटक फागु (होली) को रौनक घटेको देखियो। ठूलो जमघट गर्दै साथीभाइहरुसँग मिलेर खेलिने फागु यसपटक भने परिवारमा नै सिमित भयो। कलाकारहरु एवं रङ्ग पत्रकारहरु मिलेर हरेक वर्ष अभिनेत्री करिश्मा मानन्धरको घरमा होली मनाउँदै आएका थिए। तर यस वर्ष कोरोना भाइरसकै डरका कारण करिश्माले होली आयोजना गरिनन्। त्यसैले कलाकारहरुले सामूहिक होली मनाएनन्। केही…
काठमाडौं : युनाइटेड अरब एमिरेट्समा थप १४ जना व्यक्तिमा कोरोना भाइरस (कोभोडा १९) को संक्रमण देखिएको छ। यसअघि ४५ जनामा संक्रमण देखिएको थियो। सोमबार युएइको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तीमार्फत् संक्रमितमध्ये दुई जना नेपाली रहेको समेत पुष्टि गरिएको छ। त्यस्तै संक्रमित तीन जना इटालीका हुन् भने दुई बंगलादेशी, भारत, सिरिया र रसियाका क्रमश: एक- एक रहेका छन्। विज्ञप्तीका…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपणपछि उपचारारत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी दिएको छ। मिर्गौला प्रत्यारोपणको छैठौँ दिन पनि अस्पतालले जारी गरेको विज्ञप्तिमा पनि प्रमको स्वास्थ्यबारे अघिल्ला दिन जस्तै सामान्य र औपचारिकतामा सिमित। अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा प्रमको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको उल्लेख छ। ‘उहाँको खानपान, हिँडडुल र व्यायमलाई निरन्तरा दिइएको छ,’ जारी…
काठमाडौं : कोरोना भाइरसको प्रकोपमा रहेको उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले टेलिफोन वार्ता गरेका छन्। सोमवार भएको टेलिफोन वार्तामा परराष्ट्र मन्त्री ज्ञवालीले आफ्ना समकक्षी वाङले कोरोना भाइरसविरुद्ध एकजुट हुनुपर्ने बताएको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै द्वीपक्षीय हितका सबन्धमा पनि कुराकानी भएको मन्त्रालयले ट्वीटमार्फत् जानकारी गराएको हो। वाङले मृगौला प्रत्यारोपणपछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको…
काभ्रे: स्थानीय तहले नियमन गर्न नसकेका कारण सहकारी भद्रगोल अवस्थामा पुगेको स्थानीय तहका अगुवाहरुले नै बताएका छन्। नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागले काभ्रेका स्थानीय तहसँग गरेको धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तहमा सहकारी’ विषयक छलफल कार्यक्रममा बोल्ने जनप्रतिनिधि तथा कर्मचारीले सहकारीलाई प्राथमिकता दिन नसकेको स्वीकारको हुन्। सहकारी क्षेत्रको प्रशासनिक व्यवस्थापन गर्न असहज भएको काभ्रेका स्थानीय तहको अनुभव छ।…
काठमाडौं : विदेशी मुद्रा विनिमय मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्वर ३ बस्ने प्रतिवादी साङ्डोमा शेर्पालाई नियन्त्रणमा लिएको हो। शेर्पालाई सिन्धुपाल्चोक जिल्ला अदालतले २०७१ साउन २० गते अठ्सठ्ठी लाख बैसठ्ठी हजार चार सय तेह्र रुपैयासाठी पैसा जरिबाना हुने ठहर गरेको थियो तर शेर्पा भने फरार थिइन्। आइतवार स्वयंभूबाट पक्राउ फैसला…
काठमाडौं : नेपाल तरुण दलले फागु पर्व (होली)मा भिडभाड र सांगीतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ। होलीको अवसरमा शुभकामना दिँदै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि यो वर्ष भिडभाड हुने र सांगीतिक कार्यक्रम नगर्न अनुरोध गरेका हुन्। बस्नेतले एक अर्कामा रंग लगाई सद्भाव साटासाट गर्दै मनाइने पर्व होली भए पनि यस वर्ष सतर्कता अपनाउन सुझाव दिएका…
काठमाडौं : विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ)का अनुसार नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई तत्काललाई अस्थायी रुपमा प्रवेशमा रोक लगाउने निर्णय भएको गल्फ टाइम्सले जनाएको छ। यो निर्णय आज (सोमबार) देखि लागु हुनेछ।…
काठमाडौं : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको पहाड र तराईमा हर्षोल्लासका साथ खेलिने होली पर्वले मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गर्ने विश्वास लिएका छन्। सोमबार होलीको शुभकामना दिँदै देउवाले बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गर्ने…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली)ले सम्पूर्ण नेपालीलाई खुसी दिने विश्वास व्यक्त गरेकी छिन् । सोमबार होलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीमा खुसी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिल्ने उल्लेख गरेकी छिन्। रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष…
काठमाडौं : ११० औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अभिनेत्री रेखा थापाले सडकदेखि सदनसम्म महिलाहरुलाई दर्शक बनाइएको बताएकी छिन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा अभिनेत्री थापाले महिलालाई दर्शक बनाइएको अभिव्यक्ति दिएकी हुन्। कार्यक्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल, नेपाली कांग्रेसकी सांसद पुष्प भुसाल र राष्ट्रिय सभाकी सांसद कोमल वलीलगायतलाई वक्ता रुपमा निम्त्याइएको थियो। कार्यक्रममा नायिका थापाले सदनमा…
महिला टी-२० विश्वकपको फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको छ। अस्ट्रेलियाको मेलबर्नमा भएको खेलमा घरेलु टोलीले भारतलाई ८५ रनले पराजित गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियन महिला टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो। १ सय ८५ रनको ठूलो लक्ष्य पछ्याएको भारत १९ दशमलव १ ओभरमा ९९ रन बनाउँदै अलआउट हुन पुग्यो। अस्ट्रेलियाको…
अमित मचामसी- आज अन्तर्राष्ट्रिय महिला दिवस। हरेक वर्षको मार्च ८ मा संसारभर यो दिवस मनाउने गरिन्छ। ‘महिला समानता’ तथा ‘महिला अधिकार’को आन्दोलनमा यो दिवसलाई निकै महत्वपूर्ण मानिन्छ। सन् १९०९ फेब्रुअरी २८ मा अमेरिकाको न्यू योर्क सिटीमा त्यहाँको सोसियलिस्ट पार्टीले पहिलो पटक महिला दिवस मनाएको थियो। त्यसपछि नै १९१० मा अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनमा जर्मनीका प्रतिनिधिहरु क्लारा जेट्किन, केट डन्करलगायतले यसलाई…
काठमाडौं : अशिक्षा, राज्यको उदासिनता र पितृसत्तात्मक सोचका कारण राज्यका निकायमा महिलाको समान सहभागिता हुन नसकेको महिला अधिकारकर्मीहरुले बताएका छन्। आइतवार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा अधिकारकर्मीहरुले संविधानले महिला समानता र अधिकारका कुराहरु स्पष्टसँग उल्लेख गरेको भएपनि राज्यको उदासिनताका कारण कार्यान्वयन हुन नसकेको बताएका हुन्। महिला पुनर्थाुनपना केन्द्रका संजिता तिम्सिनाले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएका कारण विभेद कम हुन नसकेको…
काठमाडौं : आफ्नो बजेट अनुसार तपाईँले मोबाइल वा ल्यापटप किन्ने मुड बनाउनु भएको छ भने तपाईँका लागि खराब खबर छ। बचत गरेर यस्ता सामग्री किन्ने तयारीमा रहेकाका लागि यतिखेर सबैभन्दा चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको छ। त्यसैले विदेशबाट आयात हुने सामग्री तपाईँले सोचेको मूल्यभन्दा निक्कै माथि पर्न सक्छ। आखिर किन त? कारण हो डलरको भाऊ। अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो…
बैतडी : धनगढीबाट दार्चुला जाँदै गरेको ‘अन टेष्ट १२५७ नं’ को जीप दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। राजमार्ग अन्तर्गत पाटन नगरपालिका -६ पनतोलीमा सो जीप आज बिहान सडकबाट २५० मिटर तल खसेको हो। मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय …