PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • कोरोना भाइरसका कारण हलिउड फिल्म 'नो टाइम टु डाइ'को प्रदर्शन मिति सर्‍यो

    कोरोना भाइरसका कारण हलिउड फिल्म 'नो टाइम टु डाइ'को प्रदर्शन मिति सर्‍यो

    कोरोना भाइरसका कारण जेम्स वोन्ड सिरिजको पछिल्लो फिल्म 'नो टाइम टु डाइ'को प्रदर्शन मिति सरेको छ। अप्रिलमा प्रदर्शनमा आउने भनिएको उक्त फिल्म अब नोभेम्बरमा रिलिज हुने बताइएको छ। पछिल्लो समय कोरोनाका कारण हलिउडसँगै बलिउड र चिनियाँ फिल्म उद्योगहरु ठप्प भएका छन्। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई मध्य नजर गर्दै फिल्मको रिलिज डेट सार्ने निर्णय लिएको निर्माण टिमले जनाएको छ। अब नो…

    विस्तृतमा पढ्नुस्

  • हङकङमा मानिसबाट कुकुरमा सर्‍यो कोरोना भाइरस

    हङकङमा मानिसबाट कुकुरमा सर्‍यो कोरोना भाइरस

    काठमाडौं : हङकङमा घरपालुवा कुकुरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमित व्यक्तिले पालेको कुकुरमा कोरोना पोजेटिभ पुष्टि भएको यहाँको कृषि, मत्स्यपालन तथा संरक्षण विभाग (एएफसिडी)ले जनाएको छ। एएफपीलाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले उल्लेख गरेअनुसार हङकङमा एक ६० वर्षीया महिलाको घरपालुवा कुकुरमा कोरोनाको पुष्टि भएको हो। ती महिला आफै संक्रमित छिन्। मानिसबाट जनावरमा कोरोना सरेको यो पहिलो घटना भएको अधिकारीहरुले…

    विस्तृतमा पढ्नुस्

  • मिस वर्ल्ड टोनी आइपुगिन् नेपाल, मिस नेपालले गरिन् स्वागत

    मिस वर्ल्ड टोनी आइपुगिन् नेपाल, मिस नेपालले गरिन् स्वागत

    काठमाडौं : 'मिस वर्ल्ड २०१९' टोनी एन सिंह नेपाल आइपुगेकी छिन्। तीन दिन लामो भ्रमणका लागि उनी विहीबार बिहान काठमाडौं अवतरण गरेकी हुन्।  उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतले स्वागत गरे। उनको सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा तय भएको छ। टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन्।  हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुस्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन् टोनीले। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • गोरखामा जनप्रतिनिधि र कर्मचारी चढेको जीप दुर्घटना : वडा सचिवको मृत्यु, सात जना घाइते

    गोरखामा जनप्रतिनिधि र कर्मचारी चढेको जीप दुर्घटना : वडा सचिवको मृत्यु, सात जना घाइते

    गोरखा : गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका-६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार ग १ ज ५५०५ नम्बरको जीप बुधवार साँझ करिब ७:३० बजे सडकबाट झण्डै ३०० मिटर तल खसेको थियो। दुर्घटनामा गाउँपालिकाका उपाध्यक्ष फूलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व डिएसपी राजकुमार खिउजु पक्राउ, यौन अपराधमा परेको थियो उजुरी

    पूर्व डिएसपी राजकुमार खिउजु पक्राउ, यौन अपराधमा परेको थियो उजुरी

    काठमाडौं : बलात्कारको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजु पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी वृत्त चापागाँउको वृत्त प्रमुख हुँदा एक सेवाग्रही युवतीलाई खिउजुले कार्यकक्षमा नै बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। युवतीले आफुलाई पटकपटक बलात्कार गरेको उजुरी प्रहरीमा दिएकी हुन्।

    विस्तृतमा पढ्नुस्

  • सिभिल मलका साझेदार लालकाजी गुरुङको सम्पत्ति लिलाम हुने, दुई दशकदेखिका साझेदार इच्छाराज तामाङसँग लफडा

    सिभिल मलका साझेदार लालकाजी गुरुङको सम्पत्ति लिलाम हुने, दुई दशकदेखिका साझेदार इच्छाराज तामाङसँग लफडा

    काठमाडौं : सुन्धाराको सिभिल मलमा लगानी गरेका इच्छाराज तामाङका अर्का साझेदार लालकाजी गुरुङको सम्पत्ति लिलाम हुने भएको छ। इच्छाराजले खोलेको सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थाले गुरुङको सम्पति ३५ दिनभित्र लिलाम गर्ने भएको हो। सहकारीले सिभिल बिजनेस कम्प्लेक्सको ७ लाख ९९ हजार कित्ता सेयर लिलाम गर्ने तयारी गरेको छ। यसको कुल मूल्य कति हो खुलाइएको छैन। यसअघि उनले ऋण तिर्न नसकेपछि सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • यौन अपराधको आरोपमा नेकपाका प्रदेश सांसद रावल पक्राउ

    यौन अपराधको आरोपमा नेकपाका प्रदेश सांसद रावल पक्राउ

    काठमाडौं : नेकपाका प्रदेश सांसद अक्कलबहादुर रावल पक्राउ परेका छन्। प्रहरीले बलात्कारको अभियोगमा बुधवार सांसद रावललाई नियन्त्रणमा लिएको हो। सांसद रावलले फागुन १५ गते एक महिलालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले आवश्यक अनुसन्धानपछि नियन्त्रणमा लिएको हो। 'हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी सुदीप गिरीले भने। प्रहरीमा दिएको उजुरीमा महिलाले आफूलाई माघ २१ गते बलत्कार…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो इनिङ सुरु गर्दै अर्थ मन्त्री खतिवडाले भने : म अथक योद्धा हुँ

    दोस्रो इनिङ सुरु गर्दै अर्थ मन्त्री खतिवडाले भने : म अथक योद्धा हुँ

      काठमाडौं : मन्त्री पदबाट राजीनामा दिनुअघि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीसँग भनेका थिए - राजनीति हो, जे पनि हुन सक्छ। राजीनामाको भोलिपल्टै बुधवार मन्त्री पदको सपथपछि खतिवडाले भने - 'म त फेरि आएँ है साथी हो।' श्रीमती र परिवारका सदस्य सहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनी निक्कै प्रफुल्लित देखिएका थिए आज।  हिजो छाडेर गएको अर्थमन्त्रालय पुगेपछि उनले सबैभन्दा सुरुमा…

    विस्तृतमा पढ्नुस्

  • विदेशीलाई विमानस्थलमा संकेत गर्दै सुन फाल्न लगाएर सोफामा लुकाउने शेर्पाविरुद्ध मुद्दा दायर

    विदेशीलाई विमानस्थलमा संकेत गर्दै सुन फाल्न लगाएर सोफामा लुकाउने शेर्पाविरुद्ध मुद्दा दायर

    काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार अदालतमा मुद्दा दायर गरेको हो। माघ ८ गते थाइ एयरलाइन्सबाट काठमाडौं आएका भियतनामी र कम्बोडियनसँग सांकेतिक संवाद गरेर अवैध रुपमा ल्याएको सुन विमानस्थलको प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा फाल्न लगाएकी थिइन् शेर्पाले। त्यसपछि उनले फालिएको  १६८५ ग्राम सुन उपसचिव कर्ण तिमिल्सिनको…

    विस्तृतमा पढ्नुस्

  • हङकङको हारसँगै सकियो नेपालको एसिया कप पुग्ने समीकरण

    हङकङको हारसँगै सकियो नेपालको एसिया कप पुग्ने समीकरण

    काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा आज भएको दोस्रो खेलमा हङकङ पराजित भएको छ। सिंगापुरले हङकङलाई १६ रनले हराएसँगै नेपालको शीर्ष दुईमा पर्दै एसिया कप खेल्ने सपना पनि अपुरै रहने भएको छ। लगातार दुई हार बेहोरेको नेपालले आजको खेलमा थाइल्यान्डमाथि फराकिलो जित निकालेको थियो। तथापि नेपालको अगाडिको यात्रा हङकङको जितमा मात्र अघि बढ्ने समीकरण थियो। तर,…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालले भन्यो : ओलीको अवस्था स्थिर, मृगौला दान गर्ने समीक्षाको अवस्था सामान्य

    अस्पतालले भन्यो : ओलीको अवस्था स्थिर, मृगौला दान गर्ने समीक्षाको अवस्था सामान्य

    काठमाडौं :  प्रधान मन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। 'उहाँका मुख्य सुचांकहरु राम्रो अवस्थामा रहेका छन्। प्रत्यारोपित मृगौलाले पनि काम गर्न सुरु गरिसकेको छ,' अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। मृगौला दान गर्ने प्रधानमन्त्री ओलीकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ अवस्था पनि सामान्य रहेको छ। ओलीको शल्यक्रियामा उत्तम कुमार शर्मा, प्रेम ज्ञवाली, अनन्त कुमार लगायतको टोली सहभागी भएको…

    विस्तृतमा पढ्नुस्

  • पिआरसी खुला स्क्वास प्रतियोगिता शुक्रवारदेखि

    पिआरसी खुला स्क्वास प्रतियोगिता शुक्रवारदेखि

    काठमाडौं : नेपाल स्क्वास संघको आयोजनामा पिआरसी खुला स्क्वास प्रतियोगिता हुने भएको छ। बुधवार पत्रकार सम्मेलन गरी आयोजकले आगामी शुक्रवारबाट प्रतियोगिता शुरु हुने जानकारी दिइएको हो। प्रतियोगिता २७ गतेसम्म जारी रहनेछ। पुरुष खुल्ला, महिला खुल्ला तथा मास्टर ४५ वर्षभन्दा माथिका गरी तीन विधामा प्रतिस्पर्धा गरिने छ। ब्रिटिस गोर्खा आर्मीबाट १० जना स्क्वास खेलाडीसहित ६० जना खेलाडीहरुले प्रतियोगितामा भाग लिने आयोजकले…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको प्रभाव कांग्रेसमा पनि : पार्टीका कार्यक्रम स्थगन, महाधिवेशन तयारीका काम भने नरोकिने

    कोरोनाको प्रभाव कांग्रेसमा पनि : पार्टीका कार्यक्रम स्थगन, महाधिवेशन तयारीका काम भने नरोकिने

    काठमाडौं : नेपाली कांग्रेसले राजनीतिक र सामाजिक कार्यक्रम स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कांग्रेसले भेला तथा सम्मेलनहरु स्थगन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै कांग्रेसले राजनीतिक तथा सामाजिक सम्पूर्ण कार्यक्रम स्थगन गर्ने निधो गरेकोछ,’ प्रवक्ता शर्माले भने। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कार्यक्रम स्थगन गरिएको जानकारी दिइएको हो। कांग्रेसको…

    विस्तृतमा पढ्नुस्

  • प्रदीपलाई सिरिजकै भर : ‘प्रेम गीत-३’मा नयाँ गेटअप

    प्रदीपलाई सिरिजकै भर : ‘प्रेम गीत-३’मा नयाँ गेटअप

    काठमाडौं : पछिल्लो समय नेपाली रजतपटमा फिल्मको सिरिज निर्माण गर्ने ट्रेन्ड बढ्दो छ। गतवर्षको तुलनामा यो वर्ष हेर्ने हो भने निर्माण भएका फिल्महरु मध्ये हिट फिल्मका सिरिज नै बढी छन्। फिल्म ‘छक्का पञ्जा’देखि ‘ए मेरो हजुर’ लगायतका हिट फिल्मका सिरिजहरु धमाधम बनिरहेका छन्। त्यस्तै नाम चलेका अनमोल केसीदेखि प्रदीप खड्का लगायतका अभिनेताहरु पनि सिरिजकै भरमा छन्। प्रेम गीतबाट फिल्मी करियर…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको असर : सर्जिकल मास्कदेखि स्यानिटाइजरसम्म कालोबजारी, अस्पतालमा समेत प्रभाव

    कोरोनाको असर : सर्जिकल मास्कदेखि स्यानिटाइजरसम्म कालोबजारी, अस्पतालमा समेत प्रभाव

    सरला सुवेदी - काठमाडौं : कोरोनाबाट टाढा रहन चिकित्सकले दिएको सुझाव पछ्याउँदै बुधवार बिहान दरबारमार्गको ब्लुबर्ड मार्टमा पुग्दा ह्यान्ड स्यानिटाइजरको 'स्टक' नरहेको जवाफ मिल्यो। जथाभावी छोएपछि स्यानिटाइजरको प्रयोग गरेर सुरक्षित रहने चिकित्सकले सुझाव दिएका छन्। त्यस्तै कोरोना भाइरस (कोभिड-१९) को बढ्दो त्रासबीच चिकित्सक मास्क लगाउन सल्लाह दिएका छन्। मास्क पनि सजिलै किन्न पाइँदैन यतिखेर, ह्यान्ड स्यानिटाइजरजस्तै। महँगोमा किनबेच सुरू भएपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै सत्यनारायण पूजा

    प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै सत्यनारायण पूजा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सत्यनारायण पूजा गरिएको छ। मिर्गौला पीडित सरोकार समाजले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै सत्यनारायण पूजा गरेको हो। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुन लागेको शिक्षण अस्पतालको परिसरमा रहेको मृत्युन्जयेश्वरी महादेव मन्दिरमा पूजा गरिएको थियो समाजकी कोषाध्यक्ष जीतमाया चौधरीले प्रधानमन्त्री ओलीले स्वदेशमा उपचार गराएकामा खुसी व्यक्त गरिन्। साथै उनले दीर्घायुको कामना समेत…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको संक्रमण रोक्न इरानमा ५४ हजार कैदी रिहा

    कोरोनाको संक्रमण रोक्न इरानमा ५४ हजार कैदी रिहा

    काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रासले इरानमा ५४ हजार कैदी बन्दीलाई अस्थायी रुपमा रिहा गरिएको छ। इरानमा कोरोना भाइरस चीनपछि तीव्र रुपमा फैलिरहेको छ। यसलाई रोक्न त्यहाँको सरकारले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रुपमा रिहा गरेको बीबीसीले जनाएको छ। इरानको न्यालयका प्रवक्ता घोलमहुसैन इस्माइलीले कैदीको संख्या धेरै भएका जेलमा कोरोना भाइरसको संक्रमण रोक्न कैदी रिहा गरिएको बताए। उनका अनुसार रिहा…

    विस्तृतमा पढ्नुस्

  • युवराज खतिवडा पुन : अर्थमन्त्री नियुक्त, आजै शपथ

    युवराज खतिवडा पुन : अर्थमन्त्री नियुक्त, आजै शपथ

    काठमाडौं : डा युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन्। खतिवडाको आजै अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ तय समेत भएको छ।  राष्ट्रियसभाको दुई वर्षको कार्यकाल मंगलबारमात्र सकिएको थियो। खतिवडाले कार्यकाल सकिएसँगै मंगलबार नै मन्त्री पदबाट राजीनामा समेत दिएका थिए।  संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न सक्ने संवैधानिक प्रावधान अनुसार खतिवडालाई नियुक्त गरिएको हो। व्यवस्था अनुसार ६ महिनामा खतिवडाले कुनै…

    विस्तृतमा पढ्नुस्

  • एमसिसी जस्ताको तस्तै पारित हुनुपर्छ : देउवा

    एमसिसी जस्ताको तस्तै पारित हुनुपर्छ : देउवा

    कैलाली : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सँगको सम्झौता हुबहु पारित हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले बुधवार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा देउवाले यस्तो बताएका हुन्। 'एमसिसीसँगको सम्झौता जस्तोको त्यस्तै पास हुनुपर्छ यसले नेपाललाई ठूलो पैसा दिएको छ र दिइरहनेछ,' देउवाले भने 'यसमा हाम्रो विरोध छैन।' यस विषयमा आफूहरुको सहमति रहेको बताउँदै देउवाले…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्डमाथि नेपालको ९ विकेटको जित

    थाइल्यान्डमाथि नेपालको ९ विकेटको जित

    काठमाडौं: थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा घरेलु टोली थाइल्यान्डलाई हराउँदै नेपालले पहिलो जित निकालेको छ। अघिल्ला दुई खेलमा पराजय भोगेको नेपालले घरेलु टोली थाइल्यान्डमाथि ९ विकेटको फराकिलो जित निकालेको हो। बेङ्ककस्थित टेर्डथाइ स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो। ६७ रनको लक्ष्य पछ्याएको नेपालले ५ दशमलव…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell