विराटनगर: आफ्नै अनुयायीमाथि बलात्कारको अभियोगको मुद्दामा फरार रहेका ‘सिद्ध बाबा कृष्णदास’ भनिने कृष्णबहादुर गिरी अदालतमा उपस्थित भएका छन्। सोमवार उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन्। माघ ९ गते उच्च अदालत विराटनगरका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको इजलासले बिहीवार गिरीलाई जेल चलानको लागि आदेश दिएको थियो। तर उच्च अदालत विराटनगरमा जबर्जस्ती करणीअन्तर्गत थुनछेकको सुनवाइ चलिरहेका बेला उनी प्रहरी हवल्दार तहका आफ्ना…
अमेरिकाको वासिङटनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। यसअघि दुईजना संक्रमितको मृत्यु भएको खबर सार्वजनिक भएको थियो। मंगलबार विश्व स्वास्थ्य संगठनले थप चार जनाको मृत्यु भएको जनाएको हो। वासिङटनमा मात्र १८ जनामा कोरोना संक्रमन पुष्टि भएको छ। त्यस्तै अमेरिकाका पाँचवटा राज्यमा सय जनाभन्दा बढीमा कोरोनाक संक्रमण देखिएको सीएनएनले जनाएको छ। आज मृत्यु हुने चार जना क्रिकल्यान्डस्थित…
करिब नौ महिना पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी पूरा गरी एसपी सोमेन्द्रसिंह राठौरको काठमाडौं सरुवा भयो। प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जिल्लाको जिम्मेवारी सम्हाल्ने मौका पाइन। एसपी पन्त तिनै प्रहरी अधिकृत हुन् जसलाई पुस ४ गते प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय चितवन पठाएको थियो। तर राजनीतिक खिचातानीका कारण उनी सरुवा भएको जिल्लाको चार्ज बुझ्न पाइनन्। त्यसपछि उनलाई अर्को सरुवामा…
वैज्ञानिक डाक्टर महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भए। सोमबार उनले र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष हुन्। बैंकले पुनसँगको सम्झौतासँगै उनको कामका लागि भन्दै पहिलो चरणमा दश लाख रुपैयाँ हस्तान्तरण गर्यो। खबरलाई महावीर पुनले आफ्नो फेसबुकमार्पत् 'अचम्मको खबर' भन्दै सेयर गरेका छन्। साथै अन्य…
सन् १३४७ देखि १३५१ सम्म युरोपमा महामारी फैलियो। एर्सिनिया पेस्टिस नामक ब्याक्टेरियाका कारण निमोनिया, सेप्टिसिमिया, बुबोनिक लगायत संक्रमणहरु तीब्र गतिमा फैलिए। युरोपको सामाजिक, आर्थिक, धार्मिक एवम् राजनीतिक अवस्था उथलपुथल भयो। नतिजा- युरेसियाका करोडौं मानिस मरे। जसलाई 'ब्ल्याक डेथ'को शिकार भनियो। उक्त विपत्तीका कारण युरोप दश वर्ष पछाडि धकेलियो भनिन्छ। इटालियन लेखक जिओभानी बकाचिओको छोटा कथाहरुको संग्रह छ 'डेकामेरोन'। संग्रहमा उनले…
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को सम्भावित खतरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने निर्णय गरेका छन्। उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै निजी सचिवालयलाई निर्देशन दिएका छन्। उनको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। सरकारले…
काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेकी छिन्। उनले भट्टराईको परिवारलाई एक लाख एक सय एक रुपैयाँ चलचित्र निर्देशक समाजमार्फत सहयोग गरेकी हुन्। करिश्माले होली मनाउन राखेको रकम केशवको परिवारलाई सहयोग गरेको बताएकी छिन्। त्यसो त हरेक वर्षको होलीमा उनले आफ्नै घरमा कार्यक्रम राख्दै आएकी थिइन्। तर यो वर्ष करिश्माले विश्वभर फैलिरहेको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका छन्। लामो समयदेखि किड्नीको डयलासिस गर्दै आएका प्रधानमन्त्रीको शल्यक्रिया हुने भएकाले उनी अस्पताल भर्ना हुन पुगेका हुन्। आज भिडियो संदेश जारी गरेका ओलीले उपचार पूरा गरेर पुन: काममा फर्कने बताएका छन्। आज साँझ उनी अस्पताल पुगेका हुन् भने उनलाई किड्नी दान गर्न लागेकी समीक्षा संग्रौला दिउँसो नै अस्पताल भर्ना भइसकेकी छिन्।…
काठामडौं : लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ। ‘फिकुरी ट्रेल एक्सप्लोरेसन ट्रिप’मा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन्। ३ हजार ८०० मिटर उचाइ रहेको फिकुरी डाँडाबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्ण मात्र नभई, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ। एक्कासी परेको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो किड्नी दिन लागेकी समीक्षा संग्रौला अस्पताल पुगेकी छिन्। प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदैछन्। संग्रौला प्रधानमन्त्री ओलीको भान्जी पर्छिन्। झापा चारआलीकी समीक्षा आज ३:३० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी हुन्। उनलाई दुई जनाले डोहोर्याएर अस्पताल लगेको त्यहाँ रहेका हाम्रा संवाददाता प्रवीण रानाभाटले जानाकारी दिए। प्रधानमन्त्रीको दोस्रो पटक किड्नी ट्रान्सप्लान्ट गरिँदैछ। त्यसैले आज…
काठमाडौं : चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुमा कोरान भाइरसको संक्रमण नभएको देखिएको छ। स्वास्थ्य मन्त्रालयले भक्तपुरको खरीपाटीमा रहेका उनीहरुमा संक्रमण नदेखिएको जानकारी दिएको हो। 'उहाँहरु सबैको रिजल्ट नेगेटिभ आयो। आज नै उहाँहरु घर जान सक्नुहुन्छ,' मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने। फागुन ४ गते चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखेर…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन तिरुवा थप सात दिन हिरासतमा बस्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिरुवालाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने पहिलो पटक समय दिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले तिरुवाबिरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेको थयो। त्यस्तै घटनाको अनुसन्धान गर्न छानविन समिति गठन भएको छ।…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले राष्ट्र पहिचानका रूपमा संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न प्रस्ताव गरेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका सदस्यले पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्न संविधान संशोधनको तयारी गरेकै समयमा उनले राष्ट्र पहिचानका रूपमा संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न प्रस्ताव गरेका हुन्। सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा…
भारतको नयाँ दिल्ली एक र तेलङ्गानामा एक व्यक्तिमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण देखिएको छ। परीक्षणमा दुवैमा कोभिड- १९ पोजेटिभ देखिएको भारतीय प्रेस इन्फर्मेसन ब्युरोले जनाएको छ। दिल्लीमा कोरोना संक्रमण देखिएका व्यक्ति इटलीबाट फर्किएका हुन्। त्यस्तै तेलङ्गनामा संक्रमित फेला परेका व्यक्ति दुवईबाट फर्किएका हुन्। यी दुवैको थप परीक्षणहरु भइरहेको छ। उनीहरुको अरु यात्रा विवरणबारे अध्ययन भइरहेको ब्युरोले जनाएको छ। भारतमा…
काठमाडौः सुनचाँदीका गहना बिक्रीमा नाम चलेको लाजिम्पाटस्थित पबी ज्वेलरीमा आइतबार राति ठूलो परिमाणमा तयारी गहना र नगद चोरी भएको छ। ८५ लाख ७३ हजार बराबरका सुनचाँदीका गहना र २ लाख ४५ हजार नगद चोरी भएको ज्वेलरी सञ्चालकले बताएको प्रहरीले जनाएको छ। पसलबाट चोरी भएको गहनामा ९८.६८१ तोलाका सुन र ४ सय ३४.२६२ तोला चाँदीका छन्। ज्वेलरी गुल्मीको रुरुक्षेत्र गाउँपालिका-६ घर…
काठमाडौं : मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पाँच देशका नागरिकलाई 'अनअराइभल भिषा' नदिने भएको छ। अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै पाँच वटा देशको अनअराईभल भिसा रोक गर्ने निर्णय गरेको हो। चीन, जापान, इरान, इटाली र दक्षिण कोरियाका नागरिलाई अनअराइभल भिसा रोक गरिएको हो। अब यी देशका नागरिकहरुले विदेशबाट नै भिसा लगाएर स्वास्थ्य परिक्षणको रिपोर्टपछि मात्र नेपाल आउन पाउने छन्। अहिलेसम्म कोरोना भाइरसका कारण करिब ३…
काठमाडौं : सेयर बजार करिब १०० अंक घटेर १५९५ अंकमा झरेको छ। गत साता २०० अंकले बढेको बजार सोमबार एकैदिन ९६ अंकले झरेको हो। डा. युवराज खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाउने समाचार सार्वजनिक भएपछि सोमबार बजारमा पहिरो गएको हो। सबै उपसूचकहरु रातो भएका छन्। बजार ६ प्रतिशतले झरेपछि कारोबार अवधि सकिनुअघि नै बन्द गरिएको हो। जीवन बीमा ६९०, निर्जीबन बीमा ५२४…
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली सहित चार जना प्रहरी अधिकृत विरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। सोमवार सर्वोच्च अदालतमा टिप्पणी सहितको मुद्दा दर्ता भएको हो। शुक्रवार ईश्वरप्रसाद खतिवडा र डक्वरबहादुर शाहीको इजलासले महानिरीक्षक ज्ञवाली सहित चार जनालाई अदालतको आदेशमा छुटेका व्यक्तिलाई लगत्तै पक्राउ गर्ने प्रवृतिले अदालतको अवहेलना भएको भन्दै दर्ता गर्न आदेश दिएको थियो। प्रहरी महानिरीक्षक ठाकुर…
काठमाडौं : सञ्चारकर्मी फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’को प्रदर्शन मिति एक हप्ता पछि सरेको छ। फागुन ३० मा रिलिज हुने तय भएको फिल्म चैत ७ मा सारिएको हो। यसअघि फागुन २३ मा रिलिज डेट तोकिएको ‘म यस्तो गीत गाउँछु-२’, हिन्दी फिल्म ‘बाघी-३’ आउने भएपछि फागुन ३० मा सारिएको थियो। त्यतिबेलै धेरैले ‘नीरफूल’ एक साता सर्ने अनुमान गरेका थिए। ‘नेपाली फिल्म उद्योगमा…
काठमाडौं : दोस्रो टेस्टमा भारतलाई ७ विकेटले पराजित गर्दै न्युजिल्यान्डले घरेलु मैदानमा टेस्ट सिरिज कब्जा गरेको छ। सोमवार क्राइस्टचर्चको हेग्ली ओभल स्टेडियममा न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा कमजोर प्रदर्शन गरेको भारतले लज्जापद हार बेहोर्दै सिरिज गुमाएको हो। पहिलो टेस्टमा न्युजिल्यान्ड(२३५)विरुद्ध ७ रनको अग्रता लिएको भारत(२४२) दोस्रो सिरिजमा भने पहिले इनिङमा १२४ रनमा समेटियो। पहिलो टेस्टको ७ रनसहित भारतबाट १३२ रनको सामान्य लक्ष्य…