काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभेच्छालाई ट्विट मार्फत् रिप्लाइ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद दिएका छन्। मेरो शल्यक्रियाको सफलता र छिटै बिसेकको कामना गर्ने प्रधानमन्त्री मोदीजीलाई धन्यवाद। हाम्रो निकटको दौत्य सम्बन्धलाई प्रकट गर्ने स्नेही शब्दहरु हुन् यी। Thank you dear Prime Minister Modiji @PMOIndia for wishing me successful surgery and speedy recovery. It was thoughtful of you to…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार प्रकरणको अनुसन्धान गर्न छानविन समिति गठन भएको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्य छानविन टोली गठन गरिएको हो। प्रहरीले आइतवार जुत्ता प्रहार गर्ने जुम्लाका २४ वर्षीय रतन तिरुवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी…
काठमाडौं : सरकारले न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याललाई नियुक्त गरेको छ। आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको हो। यसअघि समितिको अध्यक्षमा गंगाधर पराजुली थिए। उनको कार्यकाल सकिएपछि रिक्त पदमा तत्कालीन एमाले निकट प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष अर्याल नियुक्त भएका हुन्। अर्यालले आफूलाई निर्णयको जानकारी प्राप्त भएको बताए। उनले भने, 'नियुक्त भएको जानकारी पाएको छु।'
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका नेपाली समकक्षी केपी शर्मा ओलीलाई प्रत्यारोपण सफलताको शुभकामना दिएका छन्। सोमबार बिहान ट्वीट गर्दै मोदीले भनेका छन्, ‘प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईँलाई सफल शल्यक्रियाको कामना। भगवान पशुपतिनाथले तपाईँलाई सधैँ सुस्वास्थ्य र दीर्घायूको आशीर्वाद दिउन्।’ My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy…
काठमाडौं : गाँजा खेतीलाई निश्चित मापदण्ड र सरकारी नियमनका आधारमा कानुनी मान्यता दिनेगरी विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ताको तयारी गरिएको छ। प्राइभेट बिलका रुपमा विधेयक पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेका हुन्। प्रतिनिधिसभा सचिवालयमा सोमबार विधेयक दर्ताको तयारी रहेको तामाङले जानकारी दिए। गाँजा खेतीको नियमन र व्यवस्थापनसम्बन्धी विधेयक उनले तयार पारेका हुन्। यसअघि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सांसद विरोध…
भीमदत्तनगर : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको बताए। “दार्चुला…
काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया धरापमा परेपछि परराष्ट्र मन्त्रालयले ई-पासपोर्ट छपाइको पुनः टेण्डर गरेको छ। आफ्नै प्रेस स्थापनाको प्रक्रिया अघि बढाइएको भन्दै गत कात्तिकमा बोलपत्र खोल्नुभन्दा एक दिनअघि परराष्ट्रले टेण्डर रद्द गरेको थियो। प्रधानमन्त्रीको निर्देशनमा उक्त प्रक्रिया रद्द गरिएको भन्दै आलोचना समेत भएको थियो। टेण्डर रद्द भएको चार महिनापछि परराष्ट्रले पुनः टेण्डर आह्वान गरेको हो। मार्च २ (फागुन…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुँदैछन्। दोस्रो पटक ओलीले मिर्गौला प्रत्यारोपणको तयारी गरेका हुन्। यसअघि १३ वर्षअघि भारतमा प्रत्यारोपण गरिएको थियो। यो पटक भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नै ओलीको मिर्गौला प्रत्यारोपणको तयारी भएको हो। ओलीलाई भाञ्जी पर्ने झापाकै एक महिलाले मिर्गौला दिन लागेको निकट स्रोतहरुको दाबी छ। तर, परिचय गोप्य राखिएको छ।…
काठमाडौं : सरकारले नेपाल भ्रमण २०२० स्थगित गर्ने निर्णय गरेको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले विश्वभर कोरोना भाइरसको संक्रमण देखिएकाले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री एवं मन्त्रिपरिषदका अध्यक्ष केपी शर्मा ओलीले अहिले स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने प्रस्ताव गरेका थिए। यसअघि पर्यटन मन्त्रालयले पनि कोरोना संक्रमणकै कारण विदेशमा भ्रमण…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने व्यक्ति ‘विप्लव’ समूहमा आवद्ध रहेको नेकपा जुम्लाले बताएको छ। नेकपा जुम्लाका अध्यक्ष वीर बहादुर कुँवरले आइतवार विज्ञप्ति जारी गर्दै प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा शहीद परिवार तथा नेकपा समर्थक नभई ‘विप्लव’ समूहको गतिविधिमा संलग्न रहेका बताएका हुन्। जुम्लामा पनि पटकपटक अराजनीतिक कार्यमा संलग्न रहेका तिरुवा नेपाल…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी भएको बताएका छन्। रिपोर्टर्स क्लबमा भएको साक्षत्कारमा पन्तले सरकार र पार्टीबाट समृद्धि र सुशासनको अपेक्षा गरिरहेका मतदाताहरु दुःखी भएको बताएका हुन्। उनले भने, ‘अहिले नेकपाभित्र जे-जस्तो कुरा देखा पर्यो, त्यो दुःखद हो। त्यसले नेकपालाई भोट हाल्ने मतदाता र अहिलेको सरकार र नेकपाबाट परिवर्तन,…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। उनको परिचयसमेत खुलेको छ। जुम्लाका २४ वर्षीय रतन तिरुवा भएको प्रहरीले जानकारी दिएको छ। हाल उनी डल्लुमा बस्दै आएको खुलेको छ। आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने पक्राउ परेका छन्। आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको थियो। अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गर्ने नियन्त्रणमा छ, थप अनुसन्धान गर्दैछौ : प्रहरी https://pahilopost.com/content/20200301162522.html Posted by PahiloPost on Sunday, March 1,…
काठमाडौं : अभिनेत्री केकी अधिकारीले हालै विवाह बन्धनमा बाँधिएकी प्रियंका कार्कीलाई पत्र लेखेकी छन्। केकीले फेसबुकमा पत्र लेख्दै प्रियंका हरेक महिलाको लागि प्रेरणा र उदाहरण बनेको बताएकी छिन्। केकी लेख्छिन्, ‘तिमी प्रियंका बन्न चाहने अनि बन्न नचाहने हरेक महिलाको लागि एक प्रेरणा अनि उदाहरण बनिसकेकी छौ। तिमीले सबै नारीलाई आँट दिएकी छौ, निडर हुन आफ्नो ढंगले जीवन जिउन, आजको लागि…
काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न संञ्चारमाध्यमलाई आग्रह गरेका छन्। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले सत्ता परिर्वतन नभई व्यवस्था नै परिर्वतन भएकाले परिवर्तित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न संचारमाध्यमको ध्यानाकर्षण गराएका हुन्। अदृश्य स्रोतबाट सञ्चालित मिडियाहरु…
काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले प्रेमिका करी साइमण्डससँग इन्गेजमेन्ट गरेको जानकारी दिएका छन्। शनिबार साझ दुबैले इन्गेजमेन्टको घोषणा गर्दै आफूहरु यसै वर्ष मातापिता बन्न लागेको जानकारी दिएका छन्। ३१ वर्षीया साइमण्डस गर्भवती छिन्। जोन्सन र साइमण्डसले इंस्टाग्राममार्फत आफ्नो इन्गेजमेन्टको सूचना दिएका हुन्। साइमण्डसले इन्गेजमेन्ट गरेको र यसै वर्षको वर्खायाममा आफूहरुको बच्चाको जन्म हुने जानकारी दिँदै शुभेच्छुक सबैलाई धन्यवाद दिएकी छिन्।…
बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउडमा काम गर्न शर्त अघि सारेकी छिन्। कलाकारहरु हलिउडमा काम गर्न मरिहत्ते गर्ने परिस्थितिमा दीपिकाले भने सुहाउँदो र शक्तिशाली भूमिका पाए मात्रै हलिउडमा काम गर्ने बताएकी हुन्। राम्रो कथा र प्रभावशाली भूमिका पाए हलिउडमा काम गर्न सकिने उनको भनाई छ। उनले हलिउड जानकै लागि तछाडमछाड नगर्ने स्पष्ट पारिन। हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै दीपिकाले भारतीय वा हलिउड…
काठमाडौँः कोटेश्वरको एक घरमा आगलागी भएको छ। आइतबार बिहान काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरस्थित सुरेश श्रेष्ठको घरमा आगलागी भएको हो। साढे चार तले घरको तेस्रो र चौथो तल्लामा आगलागी भएको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। नेपाल प्रहरी, जुद्ध वारुण यन्त्रका दुई दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन।
काठमाडौँः टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव –२०७६’ स्थगित भएको जनाएको छ। नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए। “विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचना अनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौँ”, उनले भने। नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा…
हुम्लाः हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन। असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिक समस्यामा परेका छन्। रायाका तारावीर रावलले भने, “नौ महिना बितिसक्यो भत्ता पाइएको छैन। भत्ता नपाउँदा दशैँ पनि खल्लोमै बित्यो, दुई महिना हिउँद पनि चिसोमै काटियो।” चुनावका बेला घरघरै पुगेर भत्ता वितरण गरिने…